युरोपेली संघले नेपाली जहाजलाई कुनै पनि युरेपेली मुलुकको आकाशमा उड्न प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । संघले दुई महिनाअघि पठाएको पत्रको जवाफ चित्त नबुझेपछि सरकार प्रमुखको ध्यानाकर्षण गराउँदै गत वैशाख २३ गते मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई चेतावनीपत्र पठाएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
पर्यटन मन्त्रालय र हवाई क्षेत्र अनुगमन गर्ने नेपाल नागरिक उड्यान प्राधिकरणलाई समेत पठाईएको पत्रमा नेपाली जहाज असुरक्षित भएको आरोप लगाएको छ । नेपाली जहाज धेरै दुर्घटनामा पर्दै आएकाले युरोपको आकाशमा उड्ने अनुमति दिन समस्या रहेको पत्रमा उल्लेख छ ।