एसिसी २०–२० कपको आज कीर्तिपुर मैदानमा भएको युएईविरुद्ध खेलमा नेपालले जितेको छ । यो जितसँगै नेपाल एसिसी २०–२० को फाइनलमा प्रवेश गरेको छ । भोलि दिउँसो सवा एक बजे नेपाल र अफगानिस्तानको फाइनल खेल त्रिवि रंगशालामा हुने छ ।
नेपालले सेमिफाइनलमा युएईलाई छ विकेटले हराएको हो । युएईले पहिलो ब्याटिङसँगै निर्धारित २० ओभरमा १३३ रन बनाएको थियो ।