काठमाडौं, चैत २० (सेतोपाटी)– एसिसी २०–२० कपको जारी प्रतियोगिता अन्तर्गत नेपाल र युएईबीच आज भएको सेमिफाइनलमा पहिलो ब्याटिङ गरेको युएईले ८ विकेटमा १३३ रन बनाएको छ । अहिले त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाल १३४ रनको लक्ष्यसाथ खेल्न सुरु गरेको छ ।
बिहान त्रिवि रंगशालामै भएको हङकङ–अफगानिस्तानको खेलमा अफगानिस्तानले हङकङलाई ७ विकेटले हराएर फाइनलमा प्रवेश गरेको थियो । १३४ रनको लक्ष्य हासिल गरे नेपाल फाइनलमा अफगानिस्तानसँग भिड्ने छ ।
प्रकाशित मिति: 2013-04-02 14:56:13