शुक्लाफाँटा वन्यजन्तु आरक्षका वार्डेन युवराज रेग्मी उत्साहित छन् । कुनैवेला सानो क्षेत्रफलमा धेरै बाघको बासस्थान भनेर प्रसिद्धि पाएको सुदूरको यो आरक्षमा जारी बाघ गणनामा राम्रा सम्भावना देखेपछि पुरानै प्रसिद्धिले निरन्तरता मिल्ने उनको आशालाई बल मिलेको छ ।
कुनैबेला २४ बाघ रहेको यो आरक्षमा पछिल्लो समयमा ८ बाघमा सिमीत भए पनि संरक्षणमा भएका पहल र चोरी सिकारीमा आएको नियन्त्रणले शुक्लाको पहिचान फेरीनेमा म उत्साही छु उनले भने ।
सरकारले पहिलो पटक मुलुक भर एकैचोटी बाघको गणना गरिहहँदा यसको परिणाम उत्साहजनक आउनेमा विज्ञहरु एकमत छन् । वन सचिव कृष्ण चन्द्र पौडेल भन्छन मुलूक भर बाघको संख्यामा उत्साहजनक बृद्धि हुने सम्भावना छ ।
सरकारकोे आगामी दस वर्षभित्र बाघको संख्या दोब्बर बनाउने लक्ष छ तर विज्ञहरुका अनुमानलाई आधार मान्ने हो भने यो लक्ष पाउन दस वर्षकर्ुर्नु पर्दैन ।'यहाँ भईरहेको बाघ गणनालाई बाघ पाइने १३ मुलुक -र्टाईगर रेञ्ज कन्ट्री)लगायत सबैले चासोपर्ुवक हेरेका छन' पौडेलले थपे 'गणनाको परिणाम मुलुकको संरक्षण र पर्यटनकालागि पनि उत्साहप्रद हुने विश्वास गरिएको छ ।
फागुन पहिलो साता देखि बाघको बासस्थान भनेर पहिचान गरिएका मुलुकका प्रमुख निकुञ्ज आरक्ष, जैविक मार्ग र चुरे क्षेत्रमा एकै पटक हजार भन्दा बढी क्यामरा राखेर बाघको गणना भइरहेको छ ।आगामी तीन महिनाभित्र गणनाको परिणाम र्सार्वजनिक गर्ने सरकारको लक्ष छ ।
चोरी सिकार र अवैध व्यपारका कारण संकटमा रहेको संकटमा रहेको यो प्राणीको स्रोत साधनको अभावमा यस अघि निकुञ्ज र आरक्षमा छुट्टा छुट्टै गणना हुन्थ्यो । यसरी छुट्टाछुट्टै गरिदा आएको तथ्यांक बाघको वास्तविक संख्या निकाल्न अवैज्ञानिक समेत ठानिएपछि सरकारले एकैपटक बाघ गणना गर्न थालेको हो ।
बाघ हिडने बाटोको दाँया बाँया स्वचालित क्यामरा राखी गरिने 'क्यामरा ट्रयापिङ' विधिमा अर्न्तगत गरिने गणनामा पाँच सय जोडी क्यामराको प्रयोग भईरहेको छ । यो विधिमा क्यामराले् लिएका तस्बिरमा बाघको शरीरका पाटाको अध्ययन गरी संख्या एकीन गरिन्छ । एउटा बाघका पाटा अर्कोसँग नमिल्ने हुँदा यो विधि अपनाईन्छ । बाघ गणना प्राविधिक समितिका संयोजक महेश्वर ढकालका अनुसार अहिलेसम्म संरक्षणकर्मीले पाएका संकेतका आधारमा बाघको संख्या राम्र्रै रहेको बुझिएको छ ।
मुलुकका पर्सर्ाान्यज्नतु आरक्ष र नजिकको चुरे पर्वत, चितवन राष्ट्रिय निकुञ्ज, वरण्डाभार जैविक मार्ग र चुरे क्षेत्र , बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँगै नजिकको चुरे क्षेत्र, बसन्ता र लालझाडी जैविकमार्ग र जोडिएको चुरे क्षेत्र, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, ब्रम्हदेव जैविकमार्ग र चुरे क्षेत्रमा बाघ गणनाको काम भइरहेको छ ।
तर्राईमा भारतसँग जोडिएका निकुञ्ज र आरक्षमा बाघ गणनामा दुबै देशले सहकार्य गरिरहेका छन् । मुलुकका पर्सर्ााचतवन ,बाँके, बर्दिया र शुक्लाफाँटासँग भारतका वाल्मिीकी,सोहेल्वा, कतरनियाघाट, दुधवा र लग्घा बग्घा संरक्षित क्षेत्र जोडिएका छन ।
एक शताब्दी अघिसम्म भारतमा ४० हजार बाघ थिए । मानविय कारणले अहिले यो प्राणीको संख्या ३२ सयको हाराहारीमा छ । सन १९९८ यता विश्वमा बाघको ४० प्रतिशत बासस्थान विनाश भएको छ । यो शताब्दी भित्र मात्रै बाघको संख्या एक लाखबाट घटेर ३२ सयमा झरेको छ । बाघ संकटमा पर्नुको कारण बासस्थान विनाश ,चोरी सिकार र अंग प्रत्यंगको व्यापार हो ।
सरकारले सन २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्षमा सरकारले काम गरिरहेको छ ।सन २००९ को तथ्यांक अनुसार मुलुकमा १ सय ५५ बाघ छन् । गत साउनमा र्सार्वजनिक तथ्यांक अनुसार सन २००९ मा १८ बाघ रहेको बर्दियामा १९ थप भएर ३७ बाघ पुगेका थिए । एकै पटक मुलुकभर गणना हुने हो भने बाघको संख्या दोब्बरको हाराहारीमा पुग्ने अनुमान विज्ञहरूको छ ।