स्थानीय नेतृत्व चुन्दा कोलम्बियाको मेडेलिन सहरबाट के सिक्ने?

yamaha
  • Get News Alerts

united
tata

हाम्रो घरदैलोको विकास भनेर चिनिने स्थानीय निकायमा त्यस्तो नेतृत्व आवश्यक छ, जसले नागरिकका समस्या सुन्न सकोस् र समाधान दिन सकोस्।

यस आलेखमार्फत् एउटा उदाहरण प्रस्तुत गर्न खोजेको छु, जहाँ विज्ञहरुले नेतृत्व लिई एउटा सहरलाई नै रुपान्तरित गरेका छन्।

कोलम्बियाको मेडेलिन सहर सन् १९८० ताका पाब्लो एस्कोबरले चलाएको लागुपदार्थ सञ्जालको चपेटामा थियो। १९९० का सुरुआती वर्षहरुबाट जब एस्कोबरका गतिविधि नियन्त्रणमा राखियो, अपराधका घटना कम भए। तैपनि २००२ सम्म पुग्दा प्रति एक लाख नागरिक १ सय ८५ हत्या भइरहेको थियो। त्यतिबेला अर्धसैनिक बल तथा अपराधिक समूहहरुले आफ्नो राज चलाउँथे।

परिवर्तनको सुरुआत सन् २००३ बाट भयो। २००६ सम्म आइपुग्दा हत्याको दर प्रति एक लाख नागरिक ३२.५ मा झर्यो। यस्तो द्रुत परिवर्तनलाई ‘मेडेलिन जादू’ भनिन्छ, जुन २००४ मा निर्वाचित मेयर सर्जियो फायार्दोका नीतिहरुका कारण सम्भव भयो। उनले सन् २००७ मा आफ्नो कार्यकाल पूरा गर्दा हरेक १० सहरबासीमध्ये ९ जना उनको पक्षमा थिए।

यो परिवर्तन कसरी सम्भव भयो त ?

सहरको निजी क्षेत्र समस्याग्रस्त भइरहेको अवस्थामा प्राज्ञिक तथा नागरिक समाजका अगुवाहरु परिवर्तनका लागि छलफल गर्न एकजुट भए। तिनीहरुले उक्त क्षेत्रमा 'प्रोएन्टीओकिवा' नामक नाफारहित निजी प्रतिष्ठानसँग मिलेर विज्ञान तथा प्रविधि प्रवर्द्धन गर्न थाले। उनीहरुले कोलम्बियाको राजधानी बोगोटाको एक विश्वविद्यालयका गणित प्राध्यापक सर्जियो फायर्दोलाई उक्त परियोजना नेतृत्व गर्न बोलाए। सर्जियो आएपछि विज्ञान तथा प्रविधि केन्द्रमा आंशिक संलग्न हुन थाले। उनी एन्टीओकिवाको गोभर्नर अल्भारो उरिबेले नेतृत्व गरेको शान्ति आयोगको बैठकमा पनि सहभागी हुन थाले। प्रोएन्टीओकिवा र शान्ति आयोगमा संलग्न भएपश्चात् फायार्दोले उक्त क्षेत्रका बारेमा बुझ्न र नयाँ धारणा बनाउन थाले।

सन् १९९९ मा ५० जनाको एउटा समूह भेटेर उक्त क्षेत्रको राजनीतिक अवस्थाबारे छलफल गर्न थाले। तिनीहरु गैरसरकारी क्षेत्र, सामाजिक संस्था, प्राज्ञिक संस्था, कला, पत्रकारिता तथा निजी क्षेत्रबाट भेला भएका थिए। धेरैसँग राजनीतिक अनुभव पनि थिएन। उनीहरुको छलफल उक्त सहरको राजनीतिक नेतृत्वप्रतिको नैराश्यलाई कसरी कार्यमा रुपान्तरण गर्नेमा केन्द्रित थियो। बैठकहरुको मुख्य निष्कर्ष सर्जियो फायार्दोलाई मेडेलिनको मेयरका रुपमा अगाडि सार्ने रह्यो। यो एकदमै महत्वपूर्ण कदम थियो।

त्यति बेला फायार्दोको सार्वजनिक नीति निर्माणमा एकदमै कम अनुभव थियो। उक्त समूहले एउटा सिद्धान्त विकास गर्यो जसले उनीहरुलाई ऐक्यबद्ध रहन मद्दत गर्यो। साथै उनीहरुले मेडेलिनमा उक्त बेलाको महत्वपूर्ण समस्याहरु असमानता, भ्रष्टाचार र हिंसाको समाधानका लागि कार्यहरु गर्न थाले।

फायार्दोले सन् २००० को निर्वाचनमा परम्परागत राजनीतिक दलको दबदबा रोक्न नयाँ राजनीतिक प्रयोगहरु गरे। सहरका जनतालाई भेट्न उनी सहरभरि हिँडे।उनका समर्थकले हजारौं पर्चा बाँडे। यो कार्यपश्चात् फायार्दोले नेतृत्व गरेको समूहले सहरको रुपरंग र वासना तथा सहरले भोगेका सामाजिक, राजनीतिक तथा आर्थिक समस्याहरु नजिकबाट बुझ्न सफल भयो।

निर्वाचनमा फायार्दोले ६० हजारभन्दा बढी भोट प्राप्त गरी तेस्रो स्थानमा आए। त्यसले राष्ट्रिय हलचल नै ल्यायो। मुलुकभर ‘पैसाको राजनीति गर्ने परम्परागत राजनीतिक दलको दबदबा हुने निर्वाचनमा कसरी एउटा स्वतन्त्र व्यक्ति उठेर सम्मानजनक नतिजा ल्याउन सक्यो ?’ भनेर चर्चाको विषय बन्न पुग्यो।

सन् २००२ मा पुग्दा त्यो ५० को समूहमा संख्या धेरै नै वृद्धि भयो। उक्त समूहले निर्वाचनपश्चात् पनि आफ्ना क्रियाकलाप जारी राखेको थियो। साधारणतया निर्वाचनमा हारपछि गैर परम्परागत राजनीतिक अभियानहरु हराएर जान्थे। उक्त समूहले भने सहरका समस्याको छलफल जारी राख्यो। आफ्नो सञ्जाल बढाउने तथा सन् २००३ को निर्वाचनका लागि रणनीति पनि बनाउँदै गयो।

सोही समय कोलम्बियाको राष्ट्रपतिमा अल्भारो उरिबे निर्वाचित भए। उनले नयाँ सुरक्षा नीति ल्याए जसलाई लोकतान्त्रिक सुरक्षा भनियो। त्यस नीतिअनुरुप उनले मेडेलिनबाट अर्धसैनिकहरुलाई हटाउन बल तथा वार्ताको मिश्रित तरिका अपनाए। यसले उक्त सहरमा हिंसा र मृत्युको दर धेरै नै घटाउन मद्दत गर्यो। त्यो बेला फायार्दो पुन: मेयरका लागि तयारी गर्दै थिए।

सन् २००३ को निर्वाचनमा फायार्दो दुई लाखभन्दा बढी मत ल्याई मेयरमा निर्वाचित भए। यो परम्परागत दलका उम्मेदवारको तुलनामा २० प्रतिशतभन्दा बढी मत थियो। त्यसपछि उनको चारवर्षे कार्यकालले मेडेलिनलाई हत्या-हिंसा र पाब्लो एस्कोबारको सहरबाट शिक्षा, विज्ञान तथा प्रविधिको सहरका रुपमा स्थापित गरायो।

माथिको आलेखले कसरी दृढ निश्चय भएका नागरिकहरुले परिवर्तन ल्याउन सक्छन् भन्ने एउटा सफल उदाहरण दिएको छ।

करिब १५ वर्षको जनप्रतिनिधिविहिन अवस्थामा नेपालका अन्य गाउँसहरमा झैँ काठमाडौँ महानगरपालिकाको समस्या धेरै नै बढेको छ। अनियन्त्रित सहरीकरण, जनसंख्या वृद्धि, सवारी साधन वृद्धि लगायत सहरी व्यवस्थापन र अनुगमनको कमजोरीले काठमाडौँलाई कुरुप बनाउँदै लगेको छ। अब हुने स्थानीय निर्वाचनले त्यो चक्र तोड्ने सामर्थ्य राख्छ?

परम्परागत राजनीतिबाट त्यो दुश्चक्र तोडिँदैन, किनकि जबसम्म बेइमान र असक्षमलाई सक्षम र इमान्दारले नेतृत्व सुम्पन्छन् तबसम्म तिनीहरुले स्वयं कुशासनको सिकार बन्नुपर्छ। तसर्थ, विज्ञ र इमानदारहरु अगाडि आएर नेतृत्व लिए र तिनलाई जनसाधारणले समर्थन दिए समग्र देश र देशको मुटु काठमाडौँलाई फेरि सुन्दर र समृद्ध बनाउन सम्भव छ।

(लेखक विवेकशील नेपाली दलमा केन्द्रीय सदस्य हुन्।)

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट