यो पालिको भोट नयाँ बैकल्पिक शक्तिलाई

yamaha
  • Get News Alerts

united
tata

२० वर्ष अघि स्थानीय निर्वाचन हुँदा म सानै थिए। हामी गाउँमा बस्थ्यौँ। एक त कलिलो उमेर त्यसमाथि राजनीति के हो थाहा थिएन। गाउँमा मुखियाको लागि दुई जनाको उम्म्वेदारी थियो। अरु पनि थिए होलान्, तर याद भएन।

रुख छापवाला उम्मेद्वार काकाको साईनो लाग्नेवाला थिए भने सूर्य छाप चै ठूलो बुवाको साईनो लाग्नेवाला। नातामा भने दुबै पर्थेनन्। त्यतिखेर कांग्रेस र कम्युनिस्ट भनेर पनि बुझ्नसक्ने थिइनँ म। बुझ्थे र केवल (रूख छापले जिते फलानो काका मुखिया हुने, सूर्य छापले जिते फलानो ठूलोबुवा मुखिया हुने। मान्छेले कसैलाई चिनेकै आधारमा त भोट दिने होला जस्तो लाग्थ्यो। तर हाम्रो परिवारको सम्बन्ध दुबै उम्म्वेदारसँग राम्रै थियो। दुबैजना भोट माग्न आउँदा, आमाले हुन्छ भनेर पठाउनुभएको याद छ। त्यै भएर चुनावको दिन भोट हालेर आउनु भएको आमालाई सोधेँ, -भोट कस्लाई हाल्नुभयो भनेर। तर आमाले नाम नै भन्नुभएन। शायद केटाकेटीबाट एक कान मैदान हुँदै उँहाले भोट नदिएको उम्म्वेदार सम्म कुरा पुग्ला र सम्बन्ध बिग्रेला भनेर हो कि, भन्नुभएन। भन्नुभो आफूले कस्लाई भोट हालेको भनेर देखाउन पनि हुँदैन, भन्न पनि हुँदैन। जे होस्, रुख छापवाला काका गाउँको मुखिया बने। हाम्रो सम्बध दुबै उम्मेद्वार र उनका परिवारसँग उस्तै रहयो।

म न त राजनीति शास्त्रको विद्यार्थी हुँ न त नेपाली राजनीति बारे गहिरो र सुक्ष्म अध्ययन नै गरेको छु। मेरो हैसियत केवल एक सचेत नागरिक हुनु हो र त्यही हैसियतमा यो लेख लेख्दैछु।

नेपाली ईतिहास पल्टाएर सर्सर्ती हेर्दा एउटा कुरा के बुझिन्छ भने देशमा हरेक पल्ट ब्यवस्था परिवर्तन हुँदा एउटा न एउटा नयाँ शक्ति मुलधारमा स्थापित भएको छ। वा भनौ, अहिले नेपालका प्रमुख दलहरु कुनै न कुनै ब्यवस्था परिवर्तन हुँदा नै मुल्धारे राजनीतिमा स्थापित भएका हुन्। २००७ सालमा राणा शासन अन्त्य भइ नयाँ ब्यवस्था आउँदा तत्कालिन नयाँ शक्ति थियो नेपाली कांग्रेस। धेरै लामो समयसम्म देशको बागडोर सम्हालेको नेपाली कांग्रेसको सुरुवाती संकल्प र संस्थापक नेताहरु प्रतिकै विश्वाशले होला यो पार्टी अहिलेसम्म नेपाली राजनीतिको एक प्रमुख शक्ति रहिआएको छ।

नेकपा एमाले पनि २०४६ सालको आन्दोलन ताकाको नयाँ शक्ति हो। नेपाली जनताले तत्कालिन नयाँ शक्ति नेकपा एमालेलाई पनि विश्वाश गरेकै हो, त्यही भएर नै ऊ लामै ईतिहास भएको नेपाली कांग्रेसको एक प्रमुख बिपक्षी भएर उभिन सफल भयो। त्यसपछि एकातिर परिवर्तनको नौलो मुद्दा लिएर माओवादीले जनयुद्व चर्काउदै थियो भने अर्को तिर राजा ज्ञानेन्द्रले आफूलाई नयाँ शक्ति मानेर सत्ता हातमा लिए।

त्यसपछिको परिवर्तन भने मेरो पुस्ताले देखेको सबैभन्दा ठूलो परिवर्तन हो र शायद हुनेछ। २०४६ सालको आन्दोलनमा सानै थिइयो र राजनीतिक चेत थिएन तर यसपल्ट चै आन्दोलनमा नारा समेत लगाइेको थियो। पछिल्लो ब्यवस्था परिवर्तन पछि मुल्धारमा स्थापित भएको तत्कालिन नयाँ शक्ति थियो माओवादी। आफू हुर्कदै गर्दा देखेको राजनीतिक अस्थिरता र खिचातानीबाट आजित मेरो पुस्ताले परिवर्तनको सम्बाहक बनेको माओवादीलाई सुरुमा एकदम विश्वाश गरेको थियो। त्यस्को नतिजा संविधानसभाको पहिलो चुनावमा देखियो। नेपाली जनताले एक्पल्ट फेरि नयाँ शक्तिलाई साथ दिए। केन्द्रमा मात्र होइन, क्षेत्रिय राजनीतिमा हेर्ने हो भने पनि मधेसी जनाधिकार फोरमले पहिलो चुनावमा ल्याएको मत हेरे पुग्छ।

जति निरास हामीभन्दा अघिल्लो पुस्ता आफूले विश्वाश गरेको तत्कालिन नयाँ शक्तिबाट थियो, त्यो भन्दा कयौँ गुणा निरास हाम्रो पुस्ता संविधान सभाको पहिलो चुनावपछि माओवादीसँग भएको थियो। किनभने माओवादीले वाचा गरेको परिवर्तनका लागि कसैले घरबार, ठाउँ-थलो, छरछिमेक वा आफन्त भनौ, धेरैले केही न केही गुमाएका थिए। तर माओवादीले परिवर्तन संस्थागत गर्नबाट मात्र चुकेन, परम्परागत दलहरु जस्तै भ्रष्ट र सत्ता-उन्मत्त देखियो।

त्यही भएर माओवादीले हाम्रो पुस्तालाई गरेको विश्वासघातको परिणाम उसले संविधान सभाको दोस्रो चुनावमा भोग्यो। तर बिडम्बना के भने त्यतिखेर माओवादीलाई सबक सिकाउन उसको भाग भोट दिनलाई अरु कुनै नयाँ शक्ति नै थिएन। अरु बिकल्प नभएपछि भोट फेरि नेपाली काङ्रेस र नेकपा एमालेको पोल्टामा गयो। यही मौकाको फाईदा राजावादी पार्टी रा.प्र.पा नेपाललाई पनि भयो। तसर्थ त्यतिबेला नभएको मामाभन्दा कानो मामा ठिक सरह पाएको भोटलाई कांग्रेस, एमाले वा रा.प्र.पालाई जनताले विश्वाश गरेको दिएको जनमत नठान्दा नै उपयुक्त होला। जसोतसो नयाँ संविधान त बन्यो, तर त्यस्को कार्यन्यन महाभारतभन्दा काम देखिएको छैन।

अहिले फेरि देश चुनावमय भएको छ। स्थानीय निर्वाचन ढोकैमा आइपुगेको अवस्था छ। तर यसपाली भने गत चुनावजस्तो बिडम्बना छैन। गणतन्त्र नेपालको नयाँ संबिधानलाई संस्थागत गर्ने यस चुनावमा हाम्रो अगाडि केही नयाँ र बैकल्पिक शक्तिहरु देखा परेका छन्। केही नामले मात्र नयाँ शक्ति तर उही पुरानै ढाँचाका नेताहरु भएका छन भने केही कामले नयाँ शक्ति मानिएका हुन्। नामै किटेर भन्नुपर्दा अघिल्लो पार्टी बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी हो भने पछिल्लो पार्टी बिबेकशील नेपाली दल हो। हालै आफुलाई अर्को बैकल्पिक शक्तीको रुपमा आफुलाई प्रश्तुत गरेको छ साझा पार्टीले। अब फेरि बेला आएको छ हामीले संस्थागत परिवर्तनका पक्षमा मतदान गर्न र यो पाली हामीले एक्पल्ट नयाँ बैकल्पिक शक्तीलाई विश्वास गर्नैपर्छ।

बाबुरामको नयाँ शक्ति पार्टी भित्रै मेलमिलाप नभएको हुँदा र यस्को नेतृत्वले पहिले गरेर देखाउने मौका पाइसकेको र त्यस्को परिणाम पनि हामीले देखिसकेको भएर उक्त पार्टीलाई फेरी विश्वास गर्नु भनेको आँफैलाई विश्वासघात गरे सरह हुन्छ।

त्यही भएर यस्लाई पुरानै शक्तिमा राखौँ। अहिलेको वास्तविक नयाँ शक्ति भनेको बिबेकशील नेपाली दल र साझा पार्टी हो र अब आउने चुनावमा यी दुबै शक्तिबिच प्रतिस्पर्धा हुनुपर्छ। हामीले हरेक परिवर्तन सँगै कुनै नयाँ शक्तिलाई विश्वास गरेर हेर्‍यौ। धेरैजसो धोका सरह नै पायौ, फेरी किन नयाँ पार्टीलाई विश्वाश गर्नु भन्ने प्रश्न आउन सक्छ तर एक अन्तिमपल्ट भए पनी यी दुई बैकल्पिक शक्तिलाई हामीले संकाको सुबिधा भने दिनैपर्छ।


नयाँ बैकल्पिक शक्तिलाई भोट किन दिने भन्ने प्रश्नको उत्तर पाउन हामीले पुराना परम्परागत शक्तीहरुले के दिए भनेर हेरे पुग्छ। भ्रष्ट कार्यपालिका, जर्जर स्वास्थ्य सेवा, अब्यवहारिक् शिक्षा प्रणाली, प्रतेक क्षेत्रमा राजनीतिक हस्तछेप, दलीय सिन्डिकेट आदि इत्यादि।

यहाँसम्म कि देशका कयौँ ठाउँमा जीवनयापनका सामान्य बस्तु र सेवाहरु पनि छैन। दिए त केवल रेमिटान्स र दाताको पैसाबाट चल्ने अब्यवस्थित बिकास्सोन्मुख देश। जब कि यही अवधीमा राम्रो नेतृत्व पाएका हामी भन्दा गरिब देश कहाँ पुगिसके। परम्परागत पार्टीहरुमा कोही राम्रा र विश्वास गर्न सकिने नेता हुँदै नभएका हैनन् र उनीहरुले गरेरै देखाएका पनि छन्। तर त्यत्रो लामो ईतिहास भएको पार्टीहरुमा औंलामा गन्न सक्ने जति मात्र क्षमतावान र बिश्वासिलो नेताहरु भेट्नु भनेको दुस्खको कुरा हो। नयाँ बैकल्पिक शक्तिलाई भोट दिने अर्को कारण भनेको यी पार्टीहरुमा केही गर्छु भनेर अगाडि बढेका अधिकांश सदस्यहरु युवा छन। अहिले हाम्रो समाज छिटोछरितो रफ्तारमा परिवर्तन हुन खोज्दैछ भने हाम्रो ब्यवस्था सुस्त गतिमा परिवर्तन हुने गरी डोर्याइेको छ।

यही समाज र ब्यवस्थाको रफ्तारको फ्रिक्वेन्सी नमिलेकै कारण देश अल्झिरहेको हो, र यो फ्रिक्वेन्सी मिलाउने काम युवाहरुबाट मात्र सम्बव छ। हामीलाई भोलि मात्र देश राम्रो होस् भन्ने छैन, ३० वर्ष पछिको समाज यस्तो बनाउने भनि अघि बढ्नुछ र त्यो सम्भव तुल्याउन परम्परागत शैली र नेतृत्व दुबै छोड्नुपर्छ। साच्चै, अब पालो नयाँ पिँढीको हो, देशको हरेक क्षेत्रमा।

अहिलेका नयाँ वैकल्पिक शक्तिहरूलाई चुनाव जित्न सजिलोचै छैन। किनभने संविधान सभामा माओवादीलाई भोट दिने हाम्रो पुस्ताका धेरैजना देशमा छैनन्। देशमा हामीभन्दा अघिल्लो र अझै अघिल्लो पुस्ता धेरै छन् र पुरानो पुस्ताले विश्वास गर्ने भनेकै पुरानै नेतृत्वलाई हो। तर हामीले एउटा काम भने गर्न सक्छौ। उहाँहरूलाईको नयाँ पुस्ताका नयाँ शक्ति प्रति विश्वास बढाउने काम चै हामी गर्न सक्छौ। उहाँहरूलाई हामीले भन्नुपर्ने हुन्छ कि अबको समाज हामीले आफ्नो लागि हैन अर्को पुस्ताको लागि बनाउनेवाला छौं। उहाहरुको विश्वाश जित्न सके, यो पाली फेरि नयाँ बैकल्पिक शक्तिले जित्नसक्छ र हामीले जिताउनुपर्छ। हामीभन्दा पछील्लो पिढीले हामीलाई धन्यवाद भन्न सक्ने गरी बनाएर यो समाज र यो देश उनिहरुलाई सुम्पिन सके धेरै हुनेछ।

त्यसैले यो हामी म आफ्नो बुवा र आमा दुबैलाई भन्नेछु, रुख छाप र सुर्य छापमा धेरै विश्वास गरिसक्नु भयो, यो पाली नयाँलाई विश्वाश गर्नु। सबैले यति गरे आशा गरौँ देश बन्छ, हाम्रै पालामा।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट