कति (अ) सामाजिक हामी?

चुनाव
  • Get News Alerts

tata

‘मेरो हजुरवुवा मेरा लागि सबथोक हुनुहुन्थ्यो । आज उहाँ हामी सबैलाई छोडेर जानुभो,’ एक मित्रको स्टेटस थियो। कमेन्टमा अर्को साथीले रिप ठोकेछन्। अंग्रेजीको रेष्ट इन पिसलाई छोटोमा RIP अनि त्यसको सोझै नेपाली भर्सन रिप।

अर्को प्रसङ्ग । बाँच्नका लागि कामको जाँतो पिनाइले ब्यस्त मात्र हैन सासै फेर्न गाह्रो बनाएको छ । यो भागदौडमा कसको जन्मोत्सव वा माथि भनिएको जस्तो दुखदायी खबर पत्तो लाउने जिनस त यही सामाजिक सञ्जाल नै हो। अनि त्यसको नोटिफिकेसनमा फलानोको वर्थडे आज विस् गर भनेर आएसी ह्यापी वर्थडे त ठोक्नै परो जुन अघि कै पारामा छोटिएर एचबीडि वा एचबी भा’को छ । त्यो ठोकाइ अब यति सस्तिए छ कि तीन बित्ता पर क्याबिनमा काम गर्ने साथीहरू र एकै छानामुनी बस्ने परिवारका सदस्यहरुले समेत ठोक्न थालेछन्।

प्रसङ्ग ३ । मलाई यो जीवनको सुन्दर उपहारका रुपमा मेरा जीवनसाथीलाई प्राप्त गरेँ, अहो!  म कति भाग्यमानी, हेर्दाहेर्दै १० वर्ष कटेको पत्तै भएन। बधाई छ । यस्तै सन्देश एकाघर मात्र होइन एउटै कोठामा बस्ने श्रीमान्–श्रीमतिको बेलामौकामा पढ्न पाइन्छ । अझ घतलाग्दो कुरो चाँहि सारा संसारले स्टेटस पढेर यो विवाहोत्सवको बारेमा थाहा पाइराख्दा उही स्टेटस लेख्नेले आफ्नो प्राण प्यारो वा प्यारीसँग गएर शुभकामना साट्न चाँहि भ्याउँदो रहेनछ ।

यी प्रसङ्गहरु कुनै क्षेत्र, वर्ग वा उमेर विशेषका नभई घरघरको कहानी भइसक्यो । समाजका ती पात्रहरु जसको शरणमा नपरी हामीलाई सुख छैन त्यसलाई कतिको नजिक्यायो वा टाढा हुत्यायो? एक दिन घरमा बढो अचम्मै हुने गरि प्लस टु पढ्ने छोरो आमासँग अलिक धेर समयसम्म गफिदै रहेछ। कुरै कुरामा आमाले सोध्न पुगिछन् छोरो आज घरमा वाइफाइ चलेको छैन हो। घर पुगेपछि खानलाई धेरै पटकको बोलाहटमा मात्र आउने छोरो एक्कासी बढो भलाकुसारी गरिराख्दा एक आमाले राखेको प्रश्न थियो यो। आफ्नै घरको अनुभव पनि तपाईँ हाम्रो यस्तै होलान् । धेरै मोबाइलमा, केही ल्पापटपमा, बाँकी ट्याबमा टाँसी रहेको।

सात समुन्द्र पारी बस्ने साथीले के गर्दैछ, पढ्दैछ उसको लव परेको छ कि ब्रेक अप भो सब थाहा छ तर घरै टाँसिएको साथी जो यस्ता सञ्जालको प्रयोगकर्ता होइन ऊ सिकिस्त नै हुँदा पनि थाहा पत्तो छैन । उहिले नयाँ ठाउँ पुगेर बास बस्ने ठाउँमा कस्तो बिछ्यौना होला, सफा होला नहोला, भरे निद्रा पर्ला नपर्ला यस्तै कुराले सताउँथे। अहिले होटेल छिरेर वाइफाइको पासवर्ड के भन्ने प्रश्न पहिला आउँछ ।

यी सन्दर्भहरुले यो लेखक अहिलेको जमानाको अनि सामाजिक सञ्जालको खुंखार विरोधी रहेछ भन्ने पर्ला त्यो कदापी होइन। रेडियोसँगै छापा थिए र छन् पनि। टिभी आए, अन्य माध्यमहरु आए । अनलाइन भइयो तुरुन्तातुरुन्तै कहाँ के भइरहेको छ हात हातमा आयो । समाचार थाहा पाउन कोसौं हिड्नु पर्ने अवस्थामा समाचारले तपाईंलाई पछ्याइरहेको छ । अहिले सामाजिक प्रविधिको हामी परीक्षणकालमै छौं । अब सवाल यसलाई हाम्रो पुराना मूल्य र मान्यतासँग कसरी जोड्ने भन्ने हो।

बिगुल फुक्दै समाचार अनि निम्तो बाँड्ने प्रचलनदेखि सेकेण्ड सेकेण्डमा आउने फेसबुकका नोटिफिकेसनसम्मले गर्ने काम त उही हो–खबर दिने । हो यही खबर पाउने तिब्रतामा कति टाढिँयौ विचारणीय छ । धेरै साथी सामाजिक सञ्जालमा बनाइराख्दा भएका साथीसँग कति समय बिताइयो, सँगै बसेर चिया कहिले खाइयो र पहिले गरिआएको कुरो नगरी यो तकनिकी कुरोको पछि मात्र लाग्दा ती सम्बन्ध गाढा भए कि प्लास्टिक भए? प्लास्टिक यस अर्थमा कि कृतिम हाँसो हाँस्ने र चाहिएको बेला प्याट्टै फुट्ने ।

सामाजिक सञ्जालमा बढो रुचाइएको एक तस्बिर छ जसमा एक दृष्टिविहिनले मोबाइलमा लीन एक केटोको हात समातेर सडक पार गराइरहेको हुन्छ । यसले धेरै अर्थमा ई–सन्सार भित्रका अन्धोपनलाई उजागर गरेको छ । सामाजिक सञ्जाल र ब्यक्तिगत सञ्जाल फरक चिज हुन् र ती दुई बीचका रेखालाई सम्मान गरेमा मात्र सही मानेमा यसको प्रयोग अर्थपूर्ण हुनसक्ला ।

नाक नै जोडिने र सास लिएकै सुनिने गरी एउटै कार्यालयमा काम गर्ने एक मित्रले अर्को एक मित्रलाई भेटेर जन्मदिनको शुभकामना दिँदा आकाश खस्दैन न त सानो होइन्छ बरू आत्मिएता बढ्छ सम्बन्ध गाढा हुन्छ। अनि विवाह उत्सवको कुरो राखेर छिनछिनमा कसले के लेखे र कमेन्ट गरे भनेर हेर्न जुरुकजुरुक हुनु सामाजिक ब्यवहार नभएर मनोविज्ञानको अर्थमा रोग रहेछ । यस विषयमा पनि धेरै अध्ययन र खोज भएका छन्।

अब अलि ब्यक्तिगत पाटो। आज म बिरामी छु । मसँग अस्पतालमा मेरो परिवार छ । फेसबुकका ५ हजार साथी, ट्वीटरका केही हजार फलोवरलाई म बिरामी पर्नुले धेरै फरक पार्दैन । गेट वेल सुन अझ CWS बिरामी पर्दा लेख्ने वा बित्ति गए भने रिप लेख्ने हजारौंको भिडमा कुरो गर्ने साथी भेटिएन। धेरै निरासावादी सुन्निने यो सन्देश पनि तेही सामाजिक सञ्जालमा हिट थियो । यही अवस्थाको भुक्तभोगि हुनु अगावै सोच्ने र अर्थपूर्ण प्रयोग गर्न ढिलो गर्नुहुन्न ।

क्षणक्षणको अपडेट । ओबामा र ट्रम्पसम्मलाई ज्ञान बाँड्न सक्ने जनशक्ति एकाएक शान्त छ। ट्वीटर चलाउँदा एनसेलले पैसा काट्न जो थालेछ । फ्रीका चिज दीगो हुन्नन्। अब यो जोडाइ र सङ्गत अलि पैसा खर्चदा नि कायम हुनुपर्छ नभए अलि अगाडि रिट्वीट र फलोवर्सका लागि कति पढेर, बङ्गाएर आफैंले लेखेको कुरो आफैलाई हास्यास्पद हुनेछ ।

सामाजिक सञ्जाल भनिए पछि समाजका अवयवहरुलाई खलबल नगर्ने किसिमको हुनपर्छ । समाज एक मान्यतामा चल्छ, हो तेही मान्यतालाई बद्लिने ताकतको वकालत गर्ने माध्यम मात्र सामाजिक सञ्जाल बनाउनु भन्दा धरातलमा उत्रेर केही गर्ने सय नै सही ती सँग जोडिने र काम गर्ने चौतारी बनोस् । सामाजिक कि असामाजिक बन्ने छनोट तपाँइ कै।

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट