हाम्रो अभियान सरकारलाई च्यालेन्ज होइन, सहयोग हो

चुनाव
  • Get News Alerts

tata

पूर्व–पश्चिम राजमार्ग सफाईका क्रममा गत वर्ष पुसको १३ गते हामीले यहाँ पाइला टेकेका थियौँ। नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुस ९ गतेदेखि १७ गतेसम्म सरसफाई अभियान सञ्चालन गरेको थियो र सोही क्रममा हामी यहाँ आइपुगेका थियौँ।

बस्तीमा आइपुग्दा हाम्रा आँखा साँच्चिकै रसाएका थिए। रोग, भोक र शोकमात्र होइन, पुस्तैनी दुःख र अभावको जाँतोमा पिसिइरहेका दिनहीन मुसहर समुदायको दुरावस्थाले हामीलाई छटपटी भएको थियो। र, हाम्रो हृदय कटकटी खाएको थियो। बस्तीमा बालविवाह चरम थियो। बालबच्चाहरू पोषणयुक्त आहार–व्यहारको अभावमा कुपोषणको सिकार थिए। बालबच्चाको भरण–पोषण, रेखदेख गर्नुपर्छ भन्ने कुनै चेतना थिएन। पुसको महिना शीत तपतपी चुहिने घर, ओढ्ने ओछ्याउने थिएनन्। रोगी, सुत्केरीहरू पराल ओछ्याएर सुतिरहेका। कठ्यांग्रिइरहेका। हृदयविदारक अवस्था थियो। बच्चाबच्चाहरू कोही पनि विद्यालय जाँदैन थिए। यी दृष्यले हामीलाई निकै भावुक बनाएको थियो।

स्थानीय पत्रकार तथा सामाजिक अभियन्ता राजकरण महतो, जसले हामीलाई मुसहर समुदायको व्यथासँग घुलमिल हुने मौका प्रदान गरे। पत्रकार र कलाकारको संयुक्त प्रयासले ल्याएको आमुल परिवर्तन हो यो एकीकृत नमुना मुसहर बस्ती।

हाम्रो आगमनपछि गाँस, बास कपासको व्यवस्था ग¥यौँ। शीतलहरबाट बचायौँ। र, आज सिंगो बस्तीको मुहार फे¥यौँ। अहिले सबै केटाकेटीहरू विद्यालय जान्छन्। कापीकलम र ड्रेससहित विद्यालय जाँदा हाम्रो मन खुसीले पुलकित हुन्छ। ती भीडमा हामी हाम्रै छोरी भेट्टाउँछौँ। तीन वर्षे काखे छोरी, जसले मेरो कलाकारिताको नाम मात्रै जान्दछिन्– धुर्मुस बाबा। उनलाई छोडेर समग्रबालबालिकासहित यहाँका बालबालिकाको खुसी खोज्न आएको सार्थक भएको भान हुन्छ हामीलाई।

हामीले त्यहीबेला अठोट लिएका थियौँ– यहाँका मुसहर समुदायको अनुहारमा हाँसो, खुसी छर्छौं। बस्तीमा उज्यालोले आकार लिन र सपनाले साकार रूप धारण गर्न समय लागेन। पुस २५ गते शिलान्यासका दिन जुन बाचा, कबोल गरेका थियौँ– वैशाख १ गते नयाँ वर्षका दिन बस्ती हस्तान्तरण गर्छौं। त्यो बाचा पूरा गरेका छौँ। हामी चाहन्छौँ– सबैले यसैगरी आफ्ना बाचा पूरा गरौँ।

हामीले एकीकृत बस्ती विकासको सुरुआत गर्दै काभ्रेको पहरी बस्ती र सिन्धुपाल्चोको गिरानचौरसम्म पुग्दा हिमाल–पहाडबीच मात्रै होइन आपतविपतमा परेका नेपालीनेपालीबीच सद्भाव र सदाशयता–सेतुको भावना जागृत गराउन केही हदसम्म सफल भएका थियौँ। खाँचो थियो– तराई–मधेसमा सद्भाव सञ्चार गराउने। र, त्यसैको कडी हो एकीकृत नमुना मुसहर बस्ती। तराई– पहाडबीच सद्भाव विस्तार गर्ने हाम्रो प्रयास थियो, जुन आज पूरा भएको छ।

आजको सन्दर्भमा वचनले मात्रै सद्भाव वृद्धि गर्न सक्दैन। आश्वासनका दाउराले मात्रै चुल्हो तात्दैन। व्यथाको घाउ वचनले मात्रै निको हुँदैन। भित्रैदेखि दत्तचित्त भएर कर्ममा होमिनुपर्छ। त्यसैले त ठडियो एकीकृत नमुना मुसहर बस्ती। विविध भाषाभाषी, जातजाति, समुदाय र सम्प्रयादको सुयोग्य फूलबारी हो नेपाल। एकआपसलाई तोडेर होइन जोडेर मात्रै समुन्नतीको राजमार्ग खडा गर्न सकिन्छ। एकीकृत नमुना मुसहर बस्ती मधेस विकासको आधाशीला मात्रै होइन, देश निर्माणको प्रक्रिया पनि हो।

देश एकीकृत विकासकै अवधारणाले बन्ने हो। यदी हामी साँच्चिकै देश बनाउँछौँ भनेर लाग्छौँ भने एकीकृत बस्ती विकास गर्नैपर्छ। देश रेडिमेड भासनले बन्दैन। असल कर्म र इच्छाशक्तिले मात्रै बन्छ। देश शक्ति, पैसा र पावरले बन्ने होइन, टाइमिङको आवरले बन्ने हो। आन्दोलन र भासनले मात्रै मुलुक बन्दैन, सुशासनले बन्ने हो। स्पष्ट रोडम्याप र विकासको खाका चाहिन्छ देश बन्न।

बालमैत्री, अपांगतामैत्री, वातावरणमैत्री, संरचना कागजमा लेखिएर हुँदैन। त्यो पूर्वाधारको विकासका लागि पनि बस्ती एकीकृत नै हुनुपर्छ। अर्को, हामीले समतामूलक समाजको धेरै कुरा ग¥यौँ। साम्यवादको पाठ पनि पढ्यौँ। यही हो समानुपातिक, साम्यवाद, समावेसीको उदाहरण। कसैका घर कसैभन्दा कम छैनन्। समान छन्। एकनासे छन्। सबैका बालबालिकाहरू एकैठाउँमा खेल्छन्। रम्छन्, रमाउँछन्। कुनै बालबालिकाले उँचनिच महसुुस गर्नुपर्दैन। बालबालिकाको वृद्धिविकासको दरिलो आधार पनि यही हो।

घर जिन्दगीभरीको सपना हो। यसकिसिमको घरमा बस्ने यहाँका मुसहर दाजुभाइ दिदीबहिनीहरूको सपना शायदै पूरा हुन्थ्यो। हाम्रो प्रयत्न, सहयोगी मनहरूको साथ र उहाँहरूको लगनशीलताले घर बनेको छ। घर बनेपछि मानिसमा अरु इच्छाशक्ति जाग्छ। काम गर्ने आँट र जाँगर पैदा हुन थाल्छ। दाउरा बेच्न जाने, फर्कंदा दुःखी अनुहार लिएर आउने दिनचर्या अब साँच्चिकै बदलिन्छ।

हामीले हिमाली जिल्ला सिन्धुपाल्चोकमा गिरानचौरमा एकीकृत नमुना बस्ती निर्माण ग¥यौँ। पहाडी जिल्ला काभ्रेको डाँडा गाउँमा एकीकृत नमुना पहरी बस्ती बनायौँ। अहिले तराई–मधेसमा एकीकृत नमुना मुसहर बस्ती निर्माण ग¥यौँ। हो, अब हामी गर्वका साथ भन्छौँ– एकीकृत बस्ती निर्माणमा हामीले ह्याट्कि पूरा ग¥यौँ। दुई वर्षभित्र तीन बस्ती र एक वर्षभित्र दुई बस्ती उभ्यायौँ। मात्रै तीन महिनामा मुसहर बस्ती बनायौँ। छियाछिया भएका मनहरूलाई एक बनायौँ। समग्रमा हिमाल–पहाड–तराईलाई सद्भावको एउटै सूत्रमा उन्यौँ। रकेटको स्पिडमा काम गर्नुपर्छ, अनि मात्र देश बन्दछ। हाम्रो मूलभाव यही हो।

हाम्रो अभियान सरकार, पार्टी या दललाई च्यालेन्ज होइन सहयोग हो। जुनसुकै पार्टीको सरकार बने पनि सरकारलाई सहयोग गर्नु नागरिकको कर्तव्य हो। सरकारलाई बलियो नबनाइ मुलुक दरिलो बन्दैन। हाम्रो अभियान सरकालाई बलियो बनाउने अभियान हो।

बस्ती उभ्याउन र मुसहर समुदायलाई हँसाउन आर्थिक, भौतिक, नैतिक सहयोग जुटाउने देशविदेशका सहृदयी मनहरूप्रति हार्दिक नमन, आभार अभिनन्दन व्यक्त गर्न चाहन्छौँ। उहाँहरू हाम्रो लागि प्राणवायु हो। पहिलो, दोस्रो र तेस्रो बस्तीसम्म हामीलाई सहयोग गर्ने सम्पूर्ण सहृदयी मनहरूलाई सलाम टक्¥याउन चाहन्छु।

‘राष्ट्र निर्माण तपाईं–हाम्रो अभियान’ हिजो धुर्मुस् सुन्तली फाउन्डेसनको मात्र नारा थियो, आज सिंगो देशको नारा बनेको छ। जुन चिज बर्दिबासले आज देखाइसकेको छ। प्लेकार्ड, तुल, व्यानर गेट आदिमा जसरी सद्भावको नारा लेख्नुभएको छ, राष्ट्रिय एकताको सन्देश अगाडि सार्नुभएको छ। यसले सिंगो देशलाई सन्देश दिएको छ, राष्ट्रिय एकता र सद्भावको। जुन हामीले खोजेका थियौँ र देशले खोजेको पनि यही थियो।

हामीले पटक–पटक जिन्दावाद मुर्दावादका नारा लगायौँ तर, विकासका नारा कहिल्यै लगाएनौँ। तर, आज बर्दिबासले विकासको नारा लगाएको छ। यहाँ हामी कोही मधेसी छैनौँ, कोही पहाडी छैनौँ। यहाँ त मात्र नेपाली छौं। हामीले मानवता पनि बिर्संदै गएका छौँ। कतै दुर्घटना हुन्छ, तर हामीलाई सेल्फी खिच्न हतार हुन्छ। फेसबुकमा चढाउन र लाइक बढाउन हतार हुन्छ। कहिले हामीले विकासका लागि सेल्फी खिचेनौँ। विकासका लागि आवाज उठाएनौँ। किनकि हामी कहिल्यै पनि नागरिक भएनौँ। सबै पार्टीका भयौँ। यो दल, ऊ दल, बहुदल, निर्दल मात्रै भयौँ। अब हामी नागरिक मात्र बन्नुपर्छ।

हामीले नयाँ केही गरेका छैनौँ। भिजन र नेतृत्वकला भए धेरै गर्न सकिन्छ भन्ने देखाएका मात्रै हौँ। आज हाम्रो सपना पूरा भएको दिन हो। हामीसँगै तीन करोड नेपाली जनता खुसी भएको दिन हो आज। हाम्रो छाती मात्र होइन सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीको छाती गर्वले ढक्क फुलेको दिन हो। सबैले आज मनन गरिरहनुभएको होला, हाम्रो देश हामीले नै बनाउन सक्छौं। र, एकदिन हामीले कल्पना गरेको नेपाल साँच्चिकै बन्छ।

हामीलाई विश्वास छ, फूलजस्ता यहाँका बालबालिकाहरूको हाँसोमा सदा खुसी फक्रिइरहने छ। जून जस्ता यहाँका आमा दिदीबहिनीहरूको अनुहारमा दिप्ती चहकाइ रहनेछ। यहाँका बुबा दाजुभाइहरू बस्तीको विकास र समुन्नतीका लागि एक गट्ठा हुनेछन्। कलिलै उमेरमा विवाह गर्न बाध्य चेलीहरूको आँखामा दाइजो र दुव्र्यवहारको आँसु होइन, शिक्षाको उज्यालो हाँसो हुनेछ। अभावले खिइएको मझेरीमामा वास्तवमै सुख छाउने छ। हामीले त बस्ती निर्माण ग¥यौँ। आयआर्जन, सीप विकासका लागि वैज्ञानिक प्रविधिबाट नास्टले कार्यक्रमहरू अगाडि बढाउने सम्झौता गरिसकेको छ। अब हामीमात्र नभएर यहाँहरूसँग सरकारसमेत छ। यहाँका उद्योगी, व्यापारीहरू हुनुहुन्छ। सरकारी तथा गैरसरकारी संघसंस्थाहरू छन्। बस्तीको विकासका सँगै उहाँहरूको जीवनस्तर उकास्न पनि सबैले एकपटक खुलेर सहयोग गरौँ। म अपिल र अनुरोध गर्न चाहन्छु।

स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेको छ। यहाँबाट निर्वाचित हुने जनप्रतिनिधिले यस बस्तीको विकासमा सहयोग पु¥याउने विश्वास लिएका छौँ।

राष्ट्र निर्माण, तपाईं हाम्रो अभियान!

(बस्ती हस्तान्तरण गर्दा धुर्मुसले दिएको मन्तव्यको सम्पादित अंश)

 

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट