म कसरी घरमा कुकुर पालुँ

yamaha
  • Get News Alerts

united
tata

 

२०३८ सालतिरको कुरा। नब्बे सालको भूकम्पले पनि भत्काउन नसकेको पुरानो घर थियो। दहचोक डाँडामाथि। म त्यही घरमा जन्मेको हुँ। २००७ सालमा।

सुविधा खोज्ने क्रममा तल फाँटमा घर बनाइयो। मैले गज्जबको भोटे कुकुर पालेको थिएँ। त्यसको नाम नै शेरा थियो।

म राष्ट्रिय कम्प्युटर केन्द्रमा जागिरे थिएँ। अफिसका साथी राधाप्रसाद पराजुलीले एक दिन भने– ‘ए भुवनजी! तपाईंलाई कुकुर पाल्ने सोख छ। मैले पनि रहर गरेर एउटी छाउरी पाल्न ल्याएँ। डेरामा बस्ने मोरो परियो। घरभेटीले हैरान पारे– कुकुर पाल्ने भए डेरामै बस्न दिन्न रे! सानी, चिटिक्क परेकी। काली छाउरी छे। ठूली हुन्न त्यो। तपाईंले लगेर पाल्नोस् त्यसलाई।’

‘मेरो घरमा त जक्खुको भोटेकुकुर छ राधाजी!’ मैले भनेँ।

‘के भयो त? मिल्छन्, बस्छन्’ उनले भने।

‘ल, त्यसो भए भरे लिएर जान्छु म!’

अफिस छुटेपछि हामी दुवैजना उनको डेरामा गयौँ। उनले श्रीमतीलाई भने– ‘यो कुकुर भुवनजीलाई लैजानोस् भनेको मैले ता।’

‘हुन्छ, हुन्छ लैजानोस्! साह्रै गुनिली छे। तर के गर्ने हाम्रा त घरभेटी नै बैगुनी परे। के भन्ने खोइ?’ उनले भनिन्।

राधाजीले छाउरी मलाई दिए। सानी थिई। तर उमेर त एक वर्ष खाइसकेकी। जातै सानो। गाँठी नै सानी। मैले कुकुर्नीलाई काखीमा च्यापेँ। पुच्छर हल्लाई। हाततिर चाट्न थाली। मायालाग्दी थिई काली। मैले घरमा लगेँ। साँझ परिसकेको थियो राम्रै। आमोईले ठम्याउन सक्नुभएन छ क्यारे। सोध्नु भो– ‘के बिरालो ल्याएको बाबु यो?’

मैले हाँसेर भनेँ– ‘होइन आमोई! यो कुकुर हो। सानोखाले।’

‘आ, किन ल्याएको त? एउटै डाम्नाले घर भत्काइसक्यो। त्यो जोधाले भुतुक्कै पारिहाल्छ नि बाबै!’ आमोई कुकुर्नीलाई उचालेर हेर्दै हुनुहुन्थ्यो। शेराले देखेछ। कराएर, भुकेर उत्पात गर्न थाल्यो। यता सानी कुकुर्नीको पिसाप खुस्केछ। डरले होला। आमोईले भुइँतिर हात पुछ्नु भो– ‘धत् सत्यानाश ग¥यो नि यसले। होइन छाउरी हो कि क्या हो?’ आमोईले प्रश्न गर्नु भो।

‘हो आमोई!’ मैले राधाजीको प्रसङ्ग सबै भनेँ।

‘आ, तँ पनि जहाँ जे पायो त्यही बटुल्छस् भन्या। के भन्ने! तर यो साँडाले मार्छ बाबु! यसलाई’ आमोईलाई थाहा थियो नि शेराको दादागिरी।

‘मार्दैन होला। तपार्इं यो आटबाट टुकी देखाउनुहोस्। म यो कुकुर्नीलाई शेराको नजिक लान्छु। के गर्छ हेरौँ’ मैले भनेँ।

‘त्यसले झम्टिन्छ है! एक हातमा लठ्ठी पनि समात! हेरुँ न त?’

म शेराको नजिक गएँ। एक हातले सानी कुकुर्नीलाई समातेको थिएँ। अर्को हातमा लौरो थियो। शेरा भने सिक्री चुँडालुँलाझैँ गरी मडारिएको थियो। म कराएँ– ‘चुप शेरा! हेर तँलाई साथी ल्याएको मैले।’

मैले हातले सान्नानी (राधाजीले यसको नाम सान्नानी बताएका थिए) लाई उचालेर बायाँ हातको लौरो पनि उसै गरी उचालेँ र शेराको नजिकै गएँ। सान्नानीको त पिसापै फुस्क्यो। सातो गएर होला। मेरो पाखुरोसम्म भिजाइदिई।

अकल्पनीय परिवर्तन देखियो त्यहाँ। अनादि कालदेखि चल्दै आएको जैविक–लैङ्गिक आकर्षणको प्रभाव शेरामा देखियो। त्यो पनि खास गरी मेरो पाखुरा नै डाङ्ग्रीको पिसापले भिजेको हुनाले विलक्षण घ्राणशक्ति हुने शेरा जातिले आफ्नो प्रतिक्रिया देखाइलाल्यो पुच्छर हल्लाएर। तर सान्नानी त कृत्रिम उपज थिई नि। त्यसैले त्यो प्राकृतिक र दिव्य घ्राणशक्ति सान्नानीमा भन्दा शेरामा तीव्र हुनुलाई मैले स्वाभाविक लिएँ।

कस्तो रमाइलो! यता शेरा सान्नानीलाई पाए चाटुँलाझैँ गर्न थाल्यो। उता सान्नानीको भने शेराको डरले पिसाप झर्न थाल्यो। यतिखेर शेरा र सान्नानीको मनोविज्ञानतिर झरेँ भने निबन्ध लामो हुन्छ। त्यसैले त्यस विषयको खोजी गर्नेहरु त्यतापट्टि लागून्! म त शेरा र सान्नानीलाई मिलाउन जान्छु है!

त्यो भीमकाय शेरा र सानी सान्नानीका बीचमा अद्वितीय प्रेम सम्बन्ध देखिन थाल्यो। ती साथसाथै खेल्थे। सँगै उफ्रिन्थे अनि शेराको भुँडीमा लुटुक्क सुत्थी सान्नानी। शेरा सान्नानीको गर्धनतिर चाट्न थाल्थ्यो।

शेरालाई बाँधिराख्न पनि छाडियो। त्यो यताउति बरालिन जान पनि छाड्यो। यतिसारो मित्रता रहे तापनि शेरलाई बिहानबेलुका खान दिइने खोलेका नजिक सान्नानी गई वा हेरी मात्र भने पनि शेरा रिसाउँथ्यो। घुरेर आँखा तथ्र्यो। सान्नानी हच्किन्थी। सान्नानी भने खोले खान्नथी। दही, दूध वा महीसँग भात मुछेर दियो त्यही खान्थी।

असोज या कात्तिकको समय थियो। म अफिसबाट घर फर्केँ। श्रीमतीले मसँग खुसुक्क भनिन्– ‘शेराले बिजोगै ग¥यो नि आज।’ निकै रोमाञ्चित अनुहार थियो उनको।

‘के ग¥यो हँ त्यस्तो?’ मेरो उत्सुकता बढ्यो।

‘कुन्नि कुन कुनामा तिनले उपद्रो गरेछन्। बिचरीलाई त तीन–चार घण्टासम्म झुन्ड्यायो शेराले छ्या!’ उनी निकै लजाएझैँ लाग्यो।

‘के भनेको? कसरी झुन्ड्यायो?’ मैले कुरै बुझिनँ।

‘धत्! कस्तो नबुझेको होला। लठारिएर गाँसिएछन् क्या!’

‘हँ! त्यो कसरी हुन्छ? त्यत्रो ठूलो छ शेरा। सान्नानी छे बिरालो जत्री। के हो यो?’ म विस्मित बनेँ।

‘हो त पत्यारै नलाग्ने कुरा। करेसातिरबाट झुन्ड्याउँदै आँगनमा ल्यायो। सान्नानी कुइँकुइँ कराइरहेकी। आमाआमोई दुवै जना घरमै हुनुहुन्थ्यो। लौरो टिपेर आमोई खेद्न जानुभो– तँ अधर्मी सत्यानाशी। छ्या! के बिजोग गरेको नि यसले भन्दै। शेरा सान्नानीलाई झुन्ड्याएरै गोठतिर कुद्यो। बेलुकी चार बजेतिर पो छुट्टिएछन् भन्या। सान्नानी त उठ्नै सकेकी छैन बिचरी।’

‘कस्तो असत्ती होला? के गरी समागम भयो तिनको?’ मलाई उदेक लाग्दै थियो। म भान्छामा गएँ खाना खान। आमोई भने मुसुमुसु हाँस्तै हुनुहुन्थ्यो। मैले चाल नपाएको अभिनय गरेँ। आमोईका मनमा खुलदुली रहेछ। भनिहाल्नुभो– ‘बाबु! तैँले पापी काम गरिस्। घरमा यति ठूलो डाँगो छ। त्यो सानी कुकुर्नीलाई ल्याउन नहुने।’

‘किन के भो र?’ मैले उत्सुक भएको अभिनय गरेँ।

‘के भएन? भन् न! मैले त त्यो कुकुर्नी मर्छे भनी ठानेकी थिएँ आज। दिनभर घरवरिपरि लठारिएर कन्त बिजोगै ग¥यो नि त्यसले। अहिले पनि कुनामा पसारिएकी छ कुकुर्नी। मर्ने हो कि!’

‘ए ऽऽऽ त्यस्तो हो भने कुकुर्नी कसैलाई दिइपठाउने हो कि?’

‘पख् अब! दुई–चार दिनमा त तङ्ग्रेली त्यो डाम्नी पनि। राम्रोसँग पाल्ने मानिस भए पठाइदिने बाबु! त्यो दुर्दशा हेरेर के बस्नु घरमा छिः!’

सान्नानीलाई पाल्न लाने राम्रो मानिस खोज्दा खोज्दै पुस लाग्यो। तीनवटा छाउराको जन्म दिई सान्नानीले। दुईवटा डाङ्ग्रा र एउटी डाङ्ग्री। अब त्यो आली सुत्केरी कुकुर्नीलाई कसले लैजान्थ्यो र दिने। छाउरा–छाउरी निकै राम्रा थिए। टाउका भने बाबुचाहिँका जस्तै। मेरो मनमा जिज्ञासा थियो– यस्तो बाबु र यस्ती आमाका संसर्गबाट जन्मेका यी छाउरा कस्ता हुने हुन्? कत्रा हुने हुन्? सान्नानी लज्जालु र नरम स्वभावकी छे। शेराको स्वभाव उदण्ड छ। पछि गएर यी छाउराको स्वभाव कस्तो हुने होला?

छाउरा हुर्के। दुई महिनाको उमेर थियो तिनको। फागुनको महिना थियो। शेरासँग छुट्टिएर सान्नानी बनेलीतिर गइछ। सम्साँझै थियो। दुईपटक क्याङ्–क्याङ् आवाज सुनिएको थियो रे। सान्नानीलाई चितुवाले टिप्यो। यसरी सान्नानी गायब भएपछि शेरा तुलबुलियो। शेरा त वन बनेलीतिर तित्रा, भ्याकुरा खेद्न पनि जान्थ्यो। त्यसलाई सितिमिति चितुवाले पनि आँक्न सक्तैनथ्यो पक्कै। शेराको जीउडाल भयङ्र नै थियो। सानो बाछोजत्रै। बिछट्टै फुर्तिलो थियो शेरा।

साना छाउरा शेरासँग खेल्थे। शेरा पनि माया नै गथ्र्यो तिनलाई। हाँक्कहुँक्क कहिल्यै गरेन। तर सान्नानी हुँदा शेरा रत्तिएको थियो घरमा। अब भने दिउँसो फेरि गाउँघर डुल्ने गर्न थालेछ। अब यसलाई फेरि बाँध्नु प¥यो भन्दै थियौँ– एक रात शेरा घरमा फर्केन। म सोच्दै थिएँ– चितुवाले त पक्कै मारेन त्यसलाई। न बाघकै फेला प¥यो कि! कसैले खबर ल्यायो– ’शेरालाई त गाडीले किचेछ। नागढुङ्गानिर पुगेको रहेछ। यसअघि त त्यति टाढासम्म गएको थाहै छैन। कालले डो¥याएको नै भन्नुप¥यो अब!’

यो खबरले हाम्रो परिवार स्तव्ध भयो। त्यो दिन हाम्रा आँङमा घाम लागेन। मनले विश्वास पनि गरेन। झन्डै तीन किलोमिटर पर छ नागढुङ्गा। त्यहाँसम्म किन गयो होला त्यो? कसैले फकाएर लैजाने आँटै गर्दैनथे। फकिने स्वभावै थिएन त्यसको।

तीनैवटा छाउरा हुर्के। जेठोचाहिँ निकै फुर्तिलो र आकर्षक देखियो। त्यसलाई आफैँले पाल्ने निधो भयो।

सान्नानीको छोरो हुनाले त्यसको नामकरण भयो साने। सानेमा विलक्षण गुण र स्वभाव देखिन थाल्यो। त्यो शेराजस्तो उदण्ड पनि थिएन र सान्नानीझैँ लाजवन्ती पनि देखिएन। अत्यन्त आज्ञाकारी थियो। ‘साने! तँ यहाँ बस्ने!’ भनेर एउटा बोरा राखिदिएपछि सुरुक्क गएर त्यसमाथि बस्थ्यो। दिसा पिसाप लाग्दा करेसातिर जान्थ्यो अनि फर्किएर त्यही आसनमा बस्थ्यो।

‘साने! तैँले यहाँ आएर खाने!’ भनेपछि त्यहीँ गएर खान्थ्यो। कतिसम्म भने उसको खाने ठाउँ भ¥याङको कुनामा थियो। बिहानबेलुका थालमा भात ल्याएर त्यहाँ राखिन्थ्यो। तर साने उठेर जाँदैनथ्यो। उसलाई भन्नै पथ्र्यो– ‘जा गएर खा!’ अनि बिस्तारै उठ्थ्यो र हाँपझाँप नगरी आरामले खान्थ्यो। त्यसको नजिकै ठूलो कचौरामा पानी राखिएको हुन्थ्यो। त्यो पानी भने खाना खाएपछि आफूखुसी खान्थ्यो–ल्यापल्याप चाटेर। भान्छा उदाङ्गै छाडिन्थ्यो तर सानेले कहिल्यै पनि मुख हाल्न गएन।

घरमा आउने इष्टमित्रलाई सानेले मोहनी लगाउँथ्यो। नयाँ मानिस घर–आँगनमा आउँदा साने आसनबाट जुरूक्क उठ्थ्यो र आगन्तुकको पिँडौलातिर सुँघ्थ्यो। घरमा आइरहने मानिस भएमा पुच्छर हल्लाउँदै गोडामा चाट्न थालिहाल्थ्यो। गोडा बजाउँदै वरिपरि घुम्थ्यो। मुखमा हेर्दै पुच्छर हल्लाएर स्वागत गथ्र्योे। खुसी व्यक्त गथ्र्यो। मानिसहरु भन्थे– ’कस्तो मानिसको जस्तै स्वभाव भएको कुकुर हँ यो! के यसलाई तालिम पनि दिएको छ कि कसो?’

‘अहँ, कसैले कुनै तालिम दिएको छैन यसलाई। यसको स्वभाव यस्तो कसरी भयो? हामी आफैँलाई आश्चर्य लागेको छ।’

‘लक्षण हो है। यो घरको लक्षण हो यो।’

अब नचिनेको र घरमा कहिल्यै नआएको इष्टमित्र छ भने सुँघेपछि चार पाँच कदम पछाडि हट्थ्यो। उसलाई हेरेर भुक्न थाल्थ्यो। उसलाई हप्काएर वा बेवास्ता गरेर त्यो पाहुना अघि बढ्न थाल्यो भने अनि साने रिसाउँथ्यो। जोडले भुक्न सुरु गथ्र्यो। अझ चारै खुट्टाका नङ्ग्राले भुईं खोस्रिँदै भुक्थ्यो। त्यो भनेको सानेको चरम क्रोध प्रदर्शन हो। घरका मानिस आएर ‘भो साने चुप लाग्!’ भनेपछि उसको कर्तव्य सकियो। खुरुक्क आफ्नो आसनमा फर्किन्थ्यो र आफ्नो मालिकले त्यो पाहुनासँग गरेको व्यवहार एकनाशले हेरिरहन्थ्यो। कस्तो अचम्म!

सानेको कदकाठी पनि चिटिक्क परेको थियो। जिउको हिसाबमा ठूलै टाउको थियो। जिउ कालो। आँखा गाजले र शेराजस्तै सिँगारे परेको अनुहार थियो उसको। सानेको सङ्गतमा आउने सबै मानिस लोभिन्थे र भन्थे– ‘यस्तो कुकुर भए पो पाल्नु। पूर्वजन्म पनि हुन्छ भने यो पक्कै मानिस थियो पहिले।’

शरद्याम सुरु भयो। सानेको प्रणयबेला थियो त्यो। हाम्रो आदेश मानेर घरमा बस्न विवश थियो साने। प्रायः मानिसले पशुका प्रणयकामना बुझिदिँदैनन्। म पनि तिनै अबुझका कोटिमा पर्थेँ। बेलाबेलामा पल्ला गाउँतिर अरु कुकुरका खैलाबैला हुन्थे। दुई–चारवटा कुकुर बाटोमा छाडा भएर हिँडेका पनि देखिन्थे। त्यो बेला साने आँगनमा निस्किन्थ्यो। आँगनलाई छेकेर सानो पर्खाल लगाएका थियौँ हामीले। साने त्यही पर्खालमाथि चढेर छाडा भएका कुकुरहरुलाई हेरेर कुँक् कुँक् गथ्र्यो। बिचराको रहर हो। म पनि त्यो समूहमा जाऊँ! कामना पूरा गरुँ!

यस्तै बेलामा पटकपटकसानेलाई मैले हपारेँ– ‘साने! जा आफ्नो ठाउँमा बस तँ! किन बाहिर आएको?’ उसका तमाम आवेग, इच्छा, कामनालाई दबाएर मेरो आवाजसँगै लुरुक्क परेर साने आफ्नै आसनमा फर्केर गुँडुलिन्थ्यो। धिक्कार! पश्चात्ताप छ अहिले मलाई– आफ्नो त्यो व्यावहारप्रति। सानेको कामनामा आफूले गरेको दुत्कारप्रति। त्यो बेला आफ्नो कुकुरको आज्ञाकारितामा गजक्क फुलेँ म। तर सानेको मनोविज्ञान सत्ताईस वर्षपछि महसुस गरेर प्रायश्चित्त गर्दैछु। त्यसैले मानिसले विगतमा गरेका आफ्नै व्यवहारसँग पनि एक समयमा आएर विद्रोह गर्दोरहेछ। यही प्रायश्चित्त हो।

मलाई अफिस जानु पर्ने। बिहान साँढे आठ बजे खाना खाएर निस्किसक्नु पर्ने। बीस–पच्चीस मिनेटको बाटो हिँडेर काठमाडौँ आउने साधन भेट्नु पर्ने। यसमा थोरै तलमाथि प¥यो भने अफिस पुग्न नभ्याइने। यो अवस्था हो।

म अफिस जाने लुगा लगाएर घरबाट निस्केँ। गोरेटो बाटो हुँदै थानकोट छिचोल्नु पर्ने थियो। दायाँबायाँ टन्नै धानखेत, पँहेलपुर। घरबाट निस्केर दुई मिनेट जति हिँडेको थिएँ होला मैले सानेलाई देखेँ। त्यस्तै आधा किलोमिटरपर। सानेले पनि पक्कै देख्यो मलाई। त्यो गोरेटोमा तीन–चारवटा कुकुर थिए। त्यही समूहमा मेरो साने पनि भेला भएको रहेछ। सानेलाई आपत्ति प¥यो– अब के के उत्पात हुने हो!

मैले हेर्दाहेदै गोरेटो बाटोबाट साने धानखेतमा छि¥यो। बिचरो पशु थियो। उसलाई म लुकेँ। मेरो मालिकले मलाई देखेन भन्ने विश्वास थियो। उसको मालिक (म) भने सानेले हल्लाउँदै गरेका धानका गाँज हेरिरहेको थियो। मलाई कस्तो लाग्यो भने साने कसैले चाल नपाउने गरी धान भित्रभित्रैबाट सकेसम्म छिटो घरमा पुगेर निर्दोष हुन चाहन्छ। अनायास मेरा गोडा रोकिए। यन्त्रवत् उभिएर सानेका कला हेर्न थालेँ। साने धान भित्रभित्रै दुम्किएर धरतर्फ अभिमुख थियो। मेरो नजिक, हाराहारीमा आइपुगेपछि म कराएँ– ‘साने पख् तँलाई! कहाँ गएको तँ?’

मेरो आवाजले सानेलाईं चुम्बकको काम ग¥यो। मानौँ साने परालतिर टाँसियो। पराल हल्लिन छोड्यो। मलाई अफिस जाने हतार थियो। धेरै समयसम्म सानेका चर्तिकला हेरेर बस्ने समय थिएन। तुरुन्तै कराएँ म– ‘ए साने बदमास! यहाँ आइज!‘ फेरि पराल हल्लिन थाल्यो। बिस्तारै म उभिएतर्फ आउँदै थियो साने। फेरि भनेँ– ‘छिटो आइज!’

साने मनिर आलीमा देखा प¥यो। पुलिसका अगाडि अपराधी गलेझैँ देखियो। उसका चारैवटा खुट्टा खुम्चिएका र भुँडी जमिनमै घस्रिएको थियो। निरन्तर पुच्छर भने हल्लिरहेको थियो। आँखा उठाएर मलाई हेर्न सकिरहेको थिएन। मानौँ उसले ठूलो पापकर्म गरेको अवस्थामा पक्रिएको थियो। मेरा आँखामा ऊ चोर थियो, बदमास। दुराचारी थियो, जघन्य अपराधी। साने आलीबाट ओर्लेर मेरो नजिकमा आउन सकेन। उसको दशा देखेर मलाई हाँसो पनि उठ्यो। भित्रभित्र दया पनि लाग्यो। मैले भनेँ– ‘जा छिटो घरमा। आफ्नो ठाउँमा बस्!‘

मेरो यत्ति आदेश थियो। साने यसरी घरतर्फ कुद्यो मानौँ मृत्युदण्डको अपराधीले माफी पाएको होस्! तुरून्तै घरमा पुग्यो साने। म भने सानेको जीवन, उसको बाबुले सान्नानीलाई गरेको दुर्दशा, सान्नानी र शेराको रहस्यमय मृत्युका घटना सम्झिँदै अफिस गएँ।

फेरि त्यस्तै एक महिना पछि एक दिन–

म साँझमा घर पुगेँ। आमोईले भन्नु भो– ‘बाबु! बरबाद भइगो!’

‘के भो आमोईं?’ म विस्मित थिएँ।

‘आज गाउँमा बहुला कुकुर पसेछ। रामेश्वर दाइको गोठमै पसेर लैनो गाईलाई टोकेछ। गाउँका अरु तीनवटा कुकुरलाई पनि टोकेछ त्यसले। पल्लो गाउँका मानिस मिलेर खेदेछन्। हुत्तिएर त्यो कुकुर हाम्रो आँगनमा आइपुग्यो। आँगनमै थियो साने पनि। एक्कासि साने कराएको सुनियो। हामीले झ्यालबाट हे¥यौँ। बाबु बिजोग देखियो आँगनमा। बहुला कुकुरले आफ्नो थुतुनो सानेको गर्दनमा गाडेर लछारपछार गर्दै थियो। हामी जोडले करायौँ। झ्यालमै अम्खोरा रहेछ। मैले त्यसको पानी खन्याइदिए। त्यो पानी जिउमा पर्ने बित्तिकै सानेलाई छोडेर त्यो कुकुर खोल्सातिर दगुु¥यो। ध¥याङम¥याङ गर्दै। अब के गर्ने बाबु? सानेलाई घरमा राख्न होलाजस्तो छैन अब।’ एकै सासमा उहाँले यति कुरा भन्नुभो। मेरो त त्यसै– त्यसै जिउ नै रन्केर आयो। सानेसँगको बिछोडलाई सम्झेर मेरा आँखामा भलभली आँसु बगे।

भोलिपल्ट मैले माहिलो भाइलाई फोन गरेर यो घटना सुनाएँ। ऊ पशु चिकित्सक हो। सुर्खेतमा काम गथ्र्यो। उसले फोनमा भन्यो– ’पागल कुकुर हो र टाउकामा पनि त्यसले टोकेको छ भने झनै खतरनाक भयो। सानेलाई राख्न हुन्न अब। सम्भव भए त्यो पागल कुकुरलाई पक्रेर बाँध्नुप¥यो। चौध दिनभित्र आफैँ मर्छ। मरेन भने त्यो पागल होइन। सानेलाई त अब चौबीसै घण्टा बाँधेर राख्ने। त्यसलाई नफुने। नछुने र खाना पनि परैबाट दिने। सात दिनभित्र त्यसमा लक्षण देखा पर्छन्–एकोहोरो कराउने, घुरेर हेर्ने, झस्किने। त्यो लक्षण देखिनासाथ मार्नुपर्छ। अरु उपाय छैन।’

त्यसपछि मेरो आँङमा घाम लागेन। आँखाअगाडि बादल लागेजस्तो देखिन थाल्यो। घरीघरी साने मात्र देखिन थाल्यो चारैतिर। उसकै स्मरणमात्र दिमागमा घुम्न थाल्यो। कसै गरी दिन काटेँ। मेरो परिवारका सदस्यभन्दा प्यारो सानेलाई आफैँले मार्नुपर्ने कल्पनाले पनि मेरो शरीर सिरिङ्ग गथ्र्यो। त्यो दिन अफिसमा पूरा समय बसिनँ म, बस्नै सकिनँ । सानेको टाउको, गर्दन, ढाडमा घाउ थिए। औषधी पसलमा गएर नियोस्पोरिन मलम किनेँ। घरमा गएर छेस्कामा कपास बेरेर परैबाट सानेका घाउमा लगाइदिएँ। एउटा कीलो ठोकेर ममmेरीको भित्री कोठामा सानेलाई सिक्रीले बाँधे। उसको घाउमा नछोइयोस् भनेर हातमा पन्जा लगाएको थिएँ। आँसु भने निरन्तर बगिरहे, खसिरहे। के गरुँ आँखामा लगाउने टेप पाइने रहेन छ। अन्यथा दुक्खका बेलामा सबैले आफ्ना आँखामा टेप लगाउँदा हुन्।

छ दिन बित्यो– यसरी नै। प्रत्येक साँझबिहान परै बसेर सानेलाई बोलाउथेँ। खाना र पानी दिन्थेँ। दिसापिसाप गराउन बाहिर लाने सम्भावना भएन। यसलाई टोक्ने कुकुर ता कता पुग्यो थाहा नै भएन। यता सानेमा लक्षण देखियो– छैठौँ दिनको साँझमा। मैले बोलाउँदा सधैँ पुच्छर हल्लाउने सानेको पुच्छर त्यो दिन हल्लिएन। पुच्छर त भुइँमा लत्रिएको थियो। ठूला–ठूला आँखा पारेर एक तमाससँग हेर्न थाल्यो। आमोईले भन्नुभो–‘दिउँसो दुईपटक बेग्लै आवाजमा साने कराएको थियो।’ मेरो मनमा सानेलाई बिदाइ गर्ने र यसपछि कहिल्यै कुकुर नपाल्ने ढृढ योजना तयार हुनथाल्योे।

हामीले खाना खायौँ। कान्छो भाइ घरमै थियो। उसलाई भनेँ– ’एउटा बलियो डोरी लिएर तल आइज बाबु! आमाहरुलाई केही पनि नभन्!’

म पनि तल छिँडीमा आएँ। मेरो एउटा हातमा ठूलो फलामे हथौडा थियो, अर्कोमा टर्च। मेरो मनले भनिरहेको थियो– एउटा जघन्य देशद्रोहीलाई मृत्युदण्ड दिन कसाई कालकोठरीमा पस्तै छ। मैले आफ्नो मनलाई दह्रो बनाएँ। भाइ पनि लामो डोरी लिएर छिँडीमा आयो। मैले कठोर मन गर्दै भाइलाई भनेँ–‘भाइ! सायद यसै गर्न हामीले सानेलाई माया गरेका थियौँ।’

मेरा कुरा सुनेर भाइ पनि धरधरी रोयो। अनि भन्यो– ‘अर्को विकल्पै छैन रे दाइ! मैले सान्दाइसँग सोधिसकेको छु। सानेमा त्यो लक्षण देखा परिसक्यो। अब राख्नै हुन्न के गरौँ?’

मेरो जिउ धामीको शरीरझैँ थर थर कामेको थियो। अविरल आँसु खसेर आँखामा जालो बसेझैँ लाग्थ्यो। मुखबाट शब्द पनि शुद्ध उच्चारण भएनन्। त्यही लरबरिएको आवाजमा भनेँ– ‘बाबु! त्यो डोरीलाई सुक्र्याउने पारेर........... घाँटीमा........ फसा! फस्ने बित्तिकै जोडसँग........... तान बाबु!’ भन्न ता भनेँ तर मेरो मुखबाट घुँक्क आवाज निस्किहाल्यो।

मेरो अवस्था देखेर भाइले पनि घुँक्क घुँक्क गरेको मैले सुनेँ। एक्कासि टुटेको आवाज घाँटीमा बज्यो भाइको– 'दाइ! छिटो गरौँ। भाउन्न होलाजस्तो भयो।' भन्दै सानेको गर्दनमा डोरी फसाएर तान्यो भाइले। सानेले किक्लिक्क ग¥यो। मैले कसेर दुई हथौडा उसको तालुमा बजारेँ। पट्ट टाउको फुट्यो। साने छटपटाउँदै शिथिल भयो। म जिउँदै मरेँ। थच्च भुइँमा बसेँ। मेरो मुखबाट निस्क्यो– ‘यही भयो साने! तेरो इमानदारीको इनाम! अब म जीवनभर कुकुर पाल्ने छैन।’

सानेको रगतले मझेरी भिज्यो। उसको शरीर छटपट गर्न छोडेर शिथिल भयो। हामी दुई भाइ भित्तामा अडेसा लागेर धेरै बेरसम्म रोयौँ। मैले आँसु पुछ्दै भनेँ– ”बाबु! एउटा कोदालो लिएर जाऊँ। म यसलाई एउटा प्लास्टिक बेर्छु। तँ टर्च देखा। तल बकैनाको रुखमनि एउटा भँड्खारो परेको छ। त्यसैका सानेको सतगत गरौँ बाबु उठ! त्यो काम सकौँ। भोलिसम्म यो मझेरीको रगत पनि जम्छ। बिहान उठेर फेरि सानेलाई सम्झिँदै मझेरीका टाटा खुर्किउँला!'

हामीले त्यही रात सानेको सतगत ग¥यौँ। आखिर जे जस्तो परे पनि बेहोर्नै पर्ने रहेछ। कसो गरौँ त!

त्यो बहुला कुकुरले टोकेको रामेश्वर दाइको गाई पनि महिना दिनपछि बहुलाएर म¥यो।

मैले त्यसपछि आजसम्म घरमा कुकुर पालेको छैन।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट