जीवनतिर फर्कने याम (फोटोफिचर)

चुनाव
  • Get News Alerts

चेरीका फूलहरु
tata

कवि र प्रेमीले सबैभन्दा धेरै माया गर्ने शब्द फूल हो। फूल जीवनतिर फर्कँदै गरेको एउटा बिम्ब हो। कवि र प्रेमीहरु हर्दम जीवन तिर फर्कन्छन्। प्रत्येक मान्छे एक पल्ट कवि र प्रेमी बन्छ।

म बस्ने देश दक्षिण कोरियामा भर्खरै हिउँद सकिएको छ र वसन्त ऋतु सुरु भएको छ।

पानी भर्खरै आफ्नो नियमित जीवनतिर फर्केर बग्न थालेको छ।

हिउँदभर यहाँको हरियो प्रकृति कोमामा जान्छ। पानी बरफ बन्छ। बग्दा बग्दै जम्छ। माटो जमेर ढुंगो बन्छ। रुखका जराहरु बिनाविद्रोह बुद्ध बनेर ध्यानमा बस्छन्। प्रत्येक रुखबाट प्रत्येक पात झरेर नाङ्गै बन्छन्। कुन रुख कुन जातको हो थाहा हुँदैन। सायद, दुःखका बेला सबै जात, सबै धर्म, सबै गोत्र एकै हुन भन्ने सन्देशको लागि यी सबै रुख नांगिन्छन् होला।

कोरियाका गाउँघरहरु ठिक हाम्रा लेकाली बस्तीजस्ता छन्। माटो ढुंगाले बनाइएका स–साना घरहरु जंगली जनावरबाट सुरक्षित राख्न ढुंगाको पर्खाल लगाइएको हुन्छ। यी मौलिक घरहरुको चिम्नीबाट हिँउदभर नियमित धुवाँ पुत्पुताउँछ।

हिउँदमा घर न्यानो बनाउन दाउरा बाल्ने चलन छ।
हिउँद साह्रै उदास, उराठ र दिक्क लाग्दो हुन्छ।

यस्तो दिक्क लाग्दो हिउँद सक्किना साथ ती घरहरुबाट धुवाँ पुत्पुताउन बन्द हुन्छ। कोमामा गएको साकुरा (चेरी) जीवनतिर फर्केर मुस्कुराउँछ। जमिनमा आशाका बिम्बस्वरुप वनस्पती अंकुराउँछ।
अनि मान्छेमा आशा पलाउँछ। खेतीपातीको याम सुरु हुन्छ। बुढाबुढी कुटो कोदालो बोकेर खेतबारीमा निस्कन्छन्। स्कुले केटाकेटी स्कुलतिर फर्कन्छन्।

अप्रिलको झरीमा भिजेको माटोबाट मिठो वासना आउँछ।

जताततै स्निग्ध सेतो साकुरा फुल्छ।

कोरियाको अनेक ठाउँमा ‘फोतकोत छुक्छे’ (चेरी ब्लोसम फेस्टिभल) हुन्छ। जहाँ एकै दिनमा लाखौं मान्छे पुग्छन्। जीवनतिर फर्केर मुस्कुराइरहेका चेरीलाई साक्षी राखेर भन्छन्, ‘हामी जस्तोसुकै दुःखमा पनि हार्दैनौं। हामी धैर्य गर्छौं। हामी हरदम जीवनतिर फर्कने बाटो खोज्छौं।’

अप्रिल दुईमा कोरियाको ‘छिने फोतकोत छुक्छे’ (छिने चेरी ब्लोसन फेस्टिभलमा) हजारौं मान्छे पुगेका थिए। जहाँ मान्छेले उराठलाग्दो हिउँदलाई बिर्सेर वसन्त ऋतु मनाइरहेका थिए। जहाँ मान्छे मुस्कुराइरहेका थिए।

 

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट