प्रकाशकी पुनमकली

yamaha
  • Get News Alerts

united
tata

 

एक वर्ष पहिले भेट्दा प्रकाश पन्ध्र वर्षका थिए। अनुहारमा जुँगाको रेखी पनि राम्रोसँग नबसेको केटोले ढुंगाजस्तै देखिने केही वस्तुले हात्तीको पेटमा रगडिरहेको दृश्य राप्ती नदीजस्तै आनन्ददायक थियो।

त्यही बिहानको जंगल सफारी भने त्यती सम्झनयोग्य थिएन। हामी सँगै एक क्यानेडियन जोडी यात्रामा थिए। हामी चढेको हात्ती र माउते दुवै झगडालु श्रीमान-श्रीमती जस्ता थिए। चित्त नबुझी-नबुझी मेलातिर निस्किएजस्ता। नेपाल यात्रामा मलाई छुटाउनै मन नलाग्ने कुराहरूमध्ये पर्दछ, जंगल सफारी।

हामीभन्दा अगाडि लम्किरहेको हात्ती र माउतेको केमेस्ट्री भने प्रेममा लिप्त भएर हिँडिरहेका प्रेमी र प्रेमिकाको जस्तो थियो। हेर्दै रहरलाग्दो। हाम्रो हात्ती भने माउतेले हिँडाउन खोजेको बाटो हिँडिरहेको थिएन। माउते हात्तीसँग यात्राभरी मुर्मुरायो। फर्किने क्रममा बुढी राप्ती पार गर्दै गर्दा हात्तीले रिस पोख्यो। हिँड्नै मानेन। माउतेले आफ्नो दाहिने हातमा भएको फलामको तिखो अंकुसले कानको पछाडि जोडसँग घोच्यो।  सायद, पीडाका कारण हात्ती खोला किनारको चिप्लो र अफ्ठ्यारो गौँडो आत्तिएर पार गर्न खोज्यो र लड्न लाग्यो। लडेको भए, हाम्रा कतै न कतैका हड्डी भाँचिने थिए। तर हात्ती पछारिनुअघि धानियो र फेरि उठ्न सक्यो। हामी सबैको उत्साहलाई त्रासले थिच्यो। दिनभरी मन गरुङ्गो भयो।

त्यही दिन तीन चार बजेतिर राप्तीको किनारमा टहलिँदा एउटा भर्खरको केटोले हात्तीलाई मिची-मिची नुहाइरहेको दृश्य देख्दा मन अलिकति भए पनि हलुका भएको थियो। मैले त्यती नै खेर अलि नजिकै गएर प्रकाशसँग कुरा गर्न थालेको थिएँ।

प्रकाशको घर धादिङ रहेछ। बाले फर्निचरमा काम गर्दा रहेछन्। उनलाई पढ्न मन लाग्दो रहेनछ। घरबाट निस्किएपछि उनले हात्तीको स्याहार्ने पछुवाको काम गर्न थाले। अहिले उनी माउते हुन्।

माउतेलाई माहुत पनि भनिन्छ। जसरी खलाँसी गाडी चलाउन सिक्दै जाँदा ड्राइभर बन्छ, पछुवा पनि माहुते बन्छ। तर अफसोच! माहुतेको ड्राइभिङ टेस्ट र लाइसेन्स दुवै हुँदैनन्। गाउँको स्कुलमा पढ्न मन नलागे पनि प्रकाशले यत्रो हात्तीलाई नियन्त्रणमा लिन सक्ने भएका छन्।

प्रकाशकी हात्तीको नाम पुनमकली हो। निकुञ्जमा दुईथरी हात्ती छन्, निजी र सरकारी। त्यतीखेर सौराहामा त्यस्तै ६० निजी र १० सरकारी हात्ती छन् भनेर मलाई सौराहामै रहेको जंगल सफारी लजका सन्चालक सुमन घिमिरेले जानकारी गराएका थिए। प्रकाशकी पुनमकली निजी हुन्। जंगल सफारीमा प्रयोग गरिने सबै पोथी हात्तीहरू हुन्। भाले हात्तीहरू अलि रिसाहा हुने भएकाले पोथी हात्ती प्रयोग गरिन्छन्।

वर्षैपिच्छे हात्तीले माउतेलाई घाइते बनाएको खबर र एक दुई जना माहुतेको मृत्युको जानकारी प्रकाशलाई पनि छ।

'हात्ती मात्तिन्छ कि भन्ने डर लाग्दैन तिमीलाई?' मैले सोध्दा उनले निर्धक्कसँग जवाफ दिएथे, 'लाग्दैन।'

'कुनै कुनै माउतेले राम्रोसँग स्याहार-सुसार गर्दैनन्, राम्रोसँग खुवाउँदैनन्, खाली अंकुसले घोच्छन् मात्रै, अनि झोंक चल्छ हात्तीलाई।' प्रकाशले यसो भन्दा उनले हात्तीलाई जस्तो व्यवहार गरिन्छ उसले पनि त्यस्तै व्यवहार गर्छ भनेर हामीलाई जानकारी दिइरहेका थिए।

उनलाई डर नलाग्नुको अर्को कारण, उनीले यी घटनाहरू प्रत्यक्ष देख्नु नपरेकाले पनि हो। उनले यस्ता घटनाको हल्ला मात्र सुनेका छन्।

प्रकाशलाई हात्ती सानै उमेरदेखि मन पर्थ्यो। प्रकाशले आफ्ना भिनाजुको माध्यमबाट हात्तीसँग नजिकिने अवसर पाएका हुन्। प्रकाशले आठ कक्षा भन्दा बढी पढ्न चाहेनन्। प्रकाशका परिवारले सुरुमा यो काम मन पराएका थिएनन्। तर पछि भिनाजुका कारण उनी चितवन आएरै छाडे। एक वर्षदेखि ३३ वर्षकी पुनमकलीको जिम्मा प्रकाशले पाएका छन्। उनले तलबको रुपमा आठ हजार पाउँछन्।

मसँग  कुरा गरीँरहँदा प्रकाशले राप्तीको पानीमा आनन्द मान्दै लम्पसार परिरहेकी पुनमकलीको साँप्राको छालामा इट्टाको टुक्राले घोट्न भने छोडेका थिएनन्। प्रकाशले खुशी मान्छन् कि उनी सबैभन्दा कान्छा माउते हुन्। उनी आफ्नी पुनमकलीसँग खुसी छन् भन्ने संकेत उनको मीठो मुस्कानले दिएको थियो। प्रकाशले अहिलेसम्म पुनमकलीलाई आज विहान हामी चढेको हात्तीको माउतेले जस्तो फलामको तीखो अंकुसाले दुख्ने गरी घोच्नुपरेको छैन।

मैले प्रकाशलाई यत्रो जनावरको जिम्मा लिएका छौ, कसैलाई माया गरेका छौ कि भनेर पनि सोधेको थिएँ।

प्रकाशले लजाउँदै भनेका थिए, 'मैले कसैलाई माया गरेको छैन। अहिले सानै छु।'

प्रकाश पुनमकलीको प्रेममा छन्।

प्रिय सौराहा! प्रकाश अहिले सोह्र वर्षका भए। उनको जुँगाको रेखी अहिले त प्रस्ट देखिन्छ होला। राप्तीको किनारमा पुनमकलीसँग भेटिए भने मेरो मनभरीको सम्झना सुनाइदिनु। मलाई आशा छ, पुनमकलीलाई प्रकाशले अझै पनि त्यो अंकुसाले घोच्नु परेको छैन।

 

 

 

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट