मस्तिष्कको मलामी

yamaha
  • Get News Alerts

united
tata

नेपालमा जन्मेका गौतम बुद्ध प्लेटोभन्दा अगाडिका दार्शनिक हुन्। तर, गौतम बुद्धलाई भगवान मानेर आयौं हामीले। उता एथेन्समा प्लेटोलाई दार्शनिकभन्दा अर्को थोक मानिएन।

युरोपको सिङ्गो दर्शनशास्त्र नै प्लेटोले धानेको तर्क गर्ने विद्वानहरू प्रशस्तै छन्। प्लेटोपछिका युरोपेली दार्शनिकहरूले कि त प्लेटोका विचारलाई काटेर लेखेका छन्, कि भने प्लेटोकै विचारलाई विकसित गरेका छन्।

हामी व्यक्तिलाई भगवान बनाउन सधैं आतुर हुन्छौं। हरेक महान् व्यक्तिहरूले दिएका वाणीहरूमा समाज परिवर्तन गर्ने चाहना निहित हुन्छ। त्यसलाई विमर्शमा ल्याउने जाँगर सायद हामीले देखाएनौं कि भन्ने लाग्छ मलाई।

मस्तिष्कका वैज्ञानिक (न्युरोसाइन्टिस्ट) हरू भन्छन्, व्यक्ति-भगवानको अस्तित्व (धर्म), कला, साहित्यजस्ता विषयहरूमा दाहिने मस्तिष्कले काम गर्छ भने गणित, विज्ञान र तर्कशास्त्रजस्ता विषयहरूलाई देब्रे मस्तिष्कले हेर्ने गर्छ। हामीले देब्रे मस्तिष्क थोरै चलाउँदै रहेछौं जस्तो लाग्छ। पछिल्लोपटक त देब्रे मस्तिष्क चलाउनेहरू पनि दाहिने मस्तिष्क चलाउने भएर निस्किए। तर, यसमा वैज्ञानिकहरू भन्छन्, 'मान्छेको उमेर पाको हुँदै गएपछि देब्रेभन्दा दाहिने मस्तिष्क धेरै चल्न थाल्छ।'

बुढो हुँदै गएपछि कम्युनिष्ट नेताहरूले भगवानप्रति आस्था राख्नु, बुढो हुँदै गएपछि व्यापारी, डाक्टर र इन्जिनियरहरूले साहित्य लेख्न थाल्नुलाई यसैको उदाहरण मानिन्छ। बुढो मस्तिष्कहरू नै देशका नीति-निर्माणमा हावी छन्, राजनीतिक दलहरू तिनै बुढो मस्तिष्कले सन्चालित छन्। युवा मस्तिष्कहरू वैदेशिक रोजगारका नाममा दास झैं बेचिएका छन्। नेपालमा भएका युवा मस्तिष्कहरू गजल र कविता लेख्नमा व्यस्त छन् (अर्थात् दाहिने मस्तिष्क चलाउन व्यस्त छन्), कि भने नेपाल बन्द गर्न प्रयोग भएका छन्। युवा मस्तिष्क जो रचनात्मक हुने गर्छ- त्यसको सही प्रयोग राजनीतिशास्त्रले बिल्कुलै गर्न सकिरहेको छैन।

युरोप र अमेरिका अँध्यारोमा बाँचिरहेको बेला एसियाको विकास उचाईमा पुगिसकेको थियो। इश्वी सम्बत् ६ देखि १०१२ को करिब हजार वर्षको समय विश्वको दर्शन, व्यापार, राजनीति, कला र साहित्य एसियामा केन्द्रित थियो। भारत र चीन उहिलेदेखिकै विकसित देशहरू हुन्। भारत र चीनको छिमेकी भएर पनि उनीहरू सँगसँगै अगाडि बढ्न सकेनौं हामीले। हामीले निर्माण गर्न खोजिरहेको समाज सधैं अन्यौलमा रुमल्लिरहेको छ।

हामीले आधुनिक नेपालको परिकल्पना त गर्‍यौं तर, नेपालको भौगोलिक, साँस्कृतिक, जातीय, वर्गीय चरित्रहरूलाई पहिचान गरेर सबैलाई अगाडि लैजाँदा मात्रै नेपालको समग्र विकास हुन्छ भन्ने चेतना हामीमा पलाएन।

म सधैं सोच्ने गर्छु- ४८ सालको आम चुनावले बहुमतको सरकार बनाउन इजाजत दिएको गिरिजाप्रसाद कोइरालाको सरकारलाई ढाल्ने खेल नखेलिएको भए, सडकका रेलिङ भत्काएर, टायर बालेर र चक्काजाम गरेर उपद्रो मच्चाउनुको साटो पाँच वर्षपछि आउने आम चुनावलाई पर्खिने राजनीतिक संस्कार प्रतिपक्षीले बसाउन सकेको भए? सम्भवत: यतिबेला नेपाल सही ट्र्याकमा आइसक्ने थियो।

अझ म सोच्ने गर्छु- ३६ सालको जनमत सङ्ग्रहमा जनताहरूले पैसा र जाँडरक्सीमा नबिकेर बहुदललाई जिताएका भए? सायद हामी आत्मनिर्भर भइसक्ने थियौं। १७ सालकै राजनीतिक दुर्घटना नभइदिएको भए झन् हामी दुई शक्तिशाली छिमेकी देशहरूकै छेउछाउ पुग्ने थियौं। कस्तोसम्म भएको छ भने निर्दलीय व्यवस्थाका भक्तसेवकहरू नै बहुदलीय व्यवस्थाका व्याख्याता भएर निस्केका छन्। प्रजातन्त्रका असली योद्धाहरूलाई पन्छाउने काम भएको थियो। अवसरवादी राजनीतिशास्त्र नै हाम्रो चिन्तन प्रणालीमा घुसेको छ।

राजनीतिक दर्शनशास्त्रको बुझाई हाम्रो सधैं कमजोर रह्यो। अझ भन्नैपर्दा नेपालको कम्युनिष्ट आन्दोलनले जन्माएका राजनीतिक दर्शनशास्त्रका अध्येता र व्याख्याता निर्मल लामा, मोहनविक्रमसिंह र वैद्यहरूलाई समाप्त पार्ने काम राजनीतिक संगठकहरूले नगरिदिएको भए नेपालले राजनीति रूपमा सफलता हासिल गरिसक्ने थियो। अर्कोतिर, प्रजातान्त्रिक (लोकतान्त्रिक) धारमा प्रदीप गिरीहरू जस्ता विचारकहरूको स्थिति उस्तै निरिह छ, संगठकहरूले राजनीतिक विचारकहरूलाई सधैं ओझेलमा राख्न चाहन्छन्। राजनीतिशास्त्रले हजारौं वर्षपछिको समाजको परिकल्पना गर्नुपर्छ तर, नेपालमा निर्वाचनका लागि मात्रै चिन्तन गरिन्छ। यस्तो चिन्तनले राजनीतिमा 'डनपथ' विकसित हुन्छ र एउटा मान्छेको अकालमा 'इन्काउन्टर' गर्नुपर्ने बाध्यता आइलाग्छ।

अमेरिका दुई सय वर्षमै विश्वको शक्तिशाली राष्ट्र बन्यो। कतिपय राजनीतिशास्त्रका विद्वानहरू भन्छन्, 'अमेरिकामा संसारभरिका विशेषज्ञहरूलाई विभिन्न विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूमा सरकारले काम दिएर राखेको छ। उनीहरू विश्वको जुनसुकै ठाउँको भए पनि, जुनसुकै नश्ल र साँस्कृतिक समुदायबाट आए पनि उनीहरूले आविष्कार गरेको या बाँडेको ज्ञान अमरिकी समाजको लागि हो।'

अझ अमेरिकीहरू भन्छन्, 'उनीहरूको हरेक काम विश्व मानव समुदायको लागि नै हो।'

म्यागसेसे पुरस्कार विजेता महावीर पुनले देखेको 'आविष्कार केन्द्र'को सपनालाई हाम्रो राजनीतिक दर्शनशास्त्रले सहयोग गरेन।

हाम्रो राजनीतिक दर्शनशास्त्रले महावीर या अरू कोहीलाई सुरूमै प्रश्न गर्ने गर्दछ- त्यो कुन दलको मान्छे हो? त्यो कुन जातिको हो? त्यो पूर्वको हो कि पश्चिमको हो? त्यो मधेसको हो कि पहाडको हो? महिला हो कि पुरुष हो? यस्ता प्रश्नहरूको अगाडि उभिँदा मलाई लाग्छ- आजभन्दा दुई हजार वर्ष पहिले ग्रीकेली प्रजातन्त्रले तल्लो वर्ग, दास र महिलाहरूलाई मताधिकारबाट वन्चित गरेजस्तै त होइन अहिले हामीले अभ्यास गरिरहेको गणतन्त्र?

अर्को विचार र दर्शनलाई, अर्को समुदाय र नश्ललाई, अर्को आस्था र आदर्शलाई वर्जित गरेर जानु विभिन्न रूपले विविधतामा बाँचिरहेको नेपाली समाजमा ठीक होइन भन्ने लाग्छ मलाई। वर्जना, साँध-सीमाना र दमनले जन्माउने दर्शनको अन्तिम रूप भनेको आतङ्कवाद हो।

मर्ने बेला बुद्धले एउटा पानी नचल्ने समाजबाट तिरष्कृत शुद्रको घरमा भोजन गरेका थिए। यही कारण मान्छेको वर्ण विभाजनमा विश्वास राख्ने शंकराचार्यले बौद्धग्रन्थ जलाए। मलाई लाग्छ, आजको समयमा हामीले शंकराचार्यजस्तो असहिष्णु हुनु हुँदैन।

हिन्दुदर्शनशास्त्र गरुड पुराणमा हैन, उपनिषदहरूमा छ। प्रमुख एघार उपनिषदहरूमा शुद्ध दर्शन पाइन्छ। यी उपनिषदमा पाइने दर्शनहरूलाई विमर्श गर्न सकेको अवस्थामा नेपालमा महान दार्शनिकहरू जन्मिसकेका हुन्थे। तर, कर्मकाण्डलाई मात्रै प्राथमिकता दिँदै आइयो। किरात जातिमा पाइने मुन्धुमहरूमा निहित दर्शनहरूको अध्ययनले नेपाली समाज नै विकसित भएर जाने हो। लिम्बू जातिमा पाइने सृष्टिमुन्धुममा पुस्ता हस्तानतरणको दर्शन पाइन्छ। जर्मन दार्शनिक सोफेन आवरले आफ्नो दर्शनको विकास उपनिषदबाट गरेका थिए। तीन हजार वर्ष नेपालमा राज्य चलाउने किरात जातिको अहिलेको स्थिति हेर्दा पत्याउनै मुस्किल पर्छ। किरातहरूले यति लामो समयमा निर्माण गरेको सभ्यता, कला र साहित्य कुन स्वाँठ शासकले नष्ट गर्‍यो होला!

समयको गर्तमा हराएका वेदहरू बेलायती राजले खोजेर भारतीयहरूलाई सुम्पेको इतिहास पढ्दा र हड्सन नामका बेलायती अनुसन्धानकर्ताले लिम्बू मुन्धुमको पाण्डुलिपि बेलायतको म्युजियममा लगेर संरक्षण गरेको थाहा पाउँदा गजब लाग्छ, युरोपियनहरूको देब्रे मस्तिष्क चलेकै हो। तीतो सत्य त बौद्धिक संस्कार नै बसाउन सकेनौं हामीले। राजनीतिक दलको सिफारिसमा त्रिभुवन विश्वविद्यालयले कोटाका आधारमा डक्टरेटको शोधपत्रमा अनुमति दिन्छ। प्रज्ञा प्रतिष्ठानमा बसेर बौद्धिक कसरत गर्न पनि राजनीतिक दलको आशिर्वाद चाहिन्छ।

कहिले निर्माण गर्न सकौंला हामीले राजनीतिक हस्तक्षेप मुक्त नेपाली बौद्धिक समाज र संस्कार? महावीर पुनले जस्तो कतिन्जेल विदेशमा मजदुरी गरिरहेका नेपालीहरूसँग याचनामा ओठ च्यातिरहनु पर्ने हो हामीले? कहिलेसम्म युवा मस्तिष्कको मृत्युमा मलामी गइरहनु पर्ने हो? यसको उत्तर कहिँ सुदूर भविष्यमा जरुर होला।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट