नेपाली नागरिकमाथि फ्लाई दुबईको कत्रो अत्याचार!

चुनाव
  • Get News Alerts

एक विदेशी सहयात्रीको अनुभव
tata

हाल काठमाडौं बसोबास गर्दै आएको ससुराली खलकसँग भेटघाट गर्न यसपालि म र मेरी श्रीमती नाद्जाले नेपाल जाने निधो गरेका थियौं। हामीले प्रयोग गर्दै आएको इन्टरनेटका साइटहरूमार्फत् सस्तो र राम्रो विमान खोजी गर्दा गतिलै प्रस्ताव पनि भेटियो।

करिब पाँच घन्टा लगाएर भेनिस (इटाली) बाट ‘एयर इमिरेट्स’ मा दुबई र दुबईबाट ‘फ्लाई दुबई’ मार्फत् करिब छ घन्टामा काठमाडौं पुग्ने तालिका थियो। यो ‘फ्लाई दुबई’ भन्ने कम्पनीको नाम चाहिँ हामीले यसअघि कहिल्यै सुनेका थिएनौं।

इमिरेट्समा यात्रा अवधिभरि खाना अघिपछि समेत गरेर जतिपटक माग्यो उतिपटक सित्तैमा महँगा पेयहरुको आनन्द लिँदै उड्दा हाम्रो यात्रा रमणीय बन्न पुगेको थियो। जबकि, लगत्तैको फ्लाई दुबईको अनुभव फेरि उस्तै डरलाग्दो बन्न पुग्यो। युरोपतिर असाध्यै न्यून भाडामा उडाएर सेवाका मामिलामा बदनामी कमाएको आयरल्याण्डको ‘रियान एयर’ जस्तै थियो यो, जसलाई छ घन्टासम्म झेल्न कठिन भयो। यात्रा अवधिभरि भएभरका खानेकुरादेखि लिएर पिउने मामिलामा पानीसम्म पनि बेग्लै तिर्नुपर्ने। ‘सस्तो टिकट काटेकैले त यस्तो भयो’ भन्दै चित्त बुझाउनुको हामीसँग विकल्प थिएन।

नेपालमा दुई सातासम्म रमाइलो विदा मनाएपछि अन्तिममा हामी युरोपस्थित घर फर्कने बेस्वादको दिन पनि आइपुग्यो। गएको शनिबार (अप्रिल १) राति एघार बजेर पाँच मिनेट जाँदा काठमाडौंस्थित विमानस्थलबाट हाम्रो फ्लाई दुबई उड्ने तय थियो।

र, यहीँबाट अजिबका घटना सुरु भए।

बेलुकी मेघ गर्जनसहितको वर्षाले धमाधम थुप्रै विमान सेवा रद्द भइरहेको हामीले चाल पायौं। अघि बेलुकी पाँच बजे नै उड्नुपर्ने फ्लाई दुबईकै अर्को जहाज पनि रद्द भएको रहेछ, जसले राति करिब साढे दस बजे उसका छुटेका यात्रु ओसार्ने क्रममा थियो।

हामीले आफ्नो विमानको बारेमा सोध्दा हाम्रो विमान समयमै ओर्लिसकेको र केही फरक नपर्ने जानकारी विमानस्थलका कर्मचारीले दिएका थिए। तैपनि झण्डै मध्यरात हुन लाग्दा हाम्रो विमानको नाम सूचनापाटीबाट हरायो। यात्रुहरुले धन्दा मान्न थालेपछि अचानक एउटा सूचना सुनाइयो। हाम्रो विमान ‘परिचालनसम्बन्धी कारणले’ रद्द भएको हुँदा हामीले फेरि फर्केर सुरक्षा जाँचतर्फ जानुपर्ने आदेश पो माइकबाट आयो। बिस्तारमा जानकारी नपाएर आफै पनि रनभूल्लमा परेका तिनै कर्मचारीको भरमा हामीलाई छाड्दै विमानस्थलको इन्टरकमबाट आएको सूचना त्यस्तरी अधुरै टुंगिएको थियो।

हामी अध्यागमन र पासपोर्ट कन्ट्रोल हुँदै फेरि फिर्ता फर्किरहँदा आफूहरुको भिसा त्यसै रात सकिने जानकारी अधिकृतहरुलाई दिइरहेका थियौं। यसको कारणले पछि फेरि हामीलाई कुनै समस्या आइनपरोस् भनेर हामी आश्वस्त हुन चाहन्थ्यौं। त्यस रात विमानस्थलका सुरक्षाकर्मीले सजिलो हाँसो निकाल्दै ‘केही फरक पर्दैन, जानुस् जानुस्’ भनेका थिए। (जबकि भोलिपल्ट अध्यागमनका कर्मचारीले हामीबाट गल्ती भएको जनाउ दिँदै फेरि विमानस्थलको गेटमा फर्केर विमान रद्द भएको कागजात इत्यादि ल्याउन लगाएका थिए जसको हामीले जमेर विरोध गरेपछि बल्लतल्ल उनीहरुले नै कसैगरी मिलाएर हामीलाई अघि बढ्न दिए)

यसरी विमान रद्द भएर फर्किएपछि हामीले बुझाइसकेका लगेज फेरि फिर्ता लिनुपर्थ्यो। त्यसको लाममा कुर्न थाल्यौं। यो सारा अवधिभरि हामीले हाम्रो विमान र हामी स्वयंको अब के हुन्छ भन्नेबारे जानकारी मागिरह्यौं र विमानस्थलका कर्मचारीले पनि चित्तबुझ्दो जवाफ दिनुको साटो घरि ‘यता पर्खिनुस्’ र घरि ‘उता पर्खिनुस्’ भनेर झुलाइ मात्र रहे। यात्रुहरुसँग संवादको मामलामा फ्लाई दुबई कमजोर रहेछ।

विमानस्थलमा अनाहकै लामो र झन्झटिलो कुराइ हुन थालेपछि मैले झर्किएर भोलि उड्ने कति बेला हो त्यसको सिधा र स्पष्ट जवाफ मागेँ, ताकि हामी बेलैमा ससुराली गएर सुतेपछि समयमै फेरि विमानस्थल पुग्न सकौं। ती कर्मचारीले ठ्याक्कै उत्तर दिनुको साटो मौसमको खराबीबाट सुरु गर्दै भोलिपल्ट बिहान करिब १० बजेतिर बल्ल विमानस्थल सुचारु होला भन्ने अनुमानको खबर पो सुनाए।

विमानस्थल पो! अर्थात् उनको त्यो अनुमानको विशाल जानकारीभित्र पनि हामी उड्ने विमानको ‘अनुमानित’ सूचना अटाएको थिएन। अब यस्तो बेला फ्लाई दुबईले नै कुनै भरपर्दो जानकारी देला र हाम्रो चित्त बुझाइदेला भनेर कुर्नुको कुनै विकल्प रहेन।

अन्तिममा हामीलाई विमानस्थल बाहिर गएर बस कुर्ने, जसले कुनै होटलमा लगेर सुत्ने व्यवस्था गरिदिनेछ र भोलि विमान चढ्नका निम्ति फेरि समयमै बसमै विमानस्थल ल्याइदिने जानकारी प्राप्त भयो। त्यो मध्यरात विमानभरिका त्यत्रा यात्रुलाई ओसार्ने बस र सुत्ने स्थानको जोहो गर्नु पक्कै सजिलो काम थिएन। र, हामीलाई अब बल्ल पो यी कर्मचारीहरु चल्मलाउन थाले कि भन्ने भान भयो। जे होस्, यो विन्दुबाटै अवस्था चाहिँ झनै विचित्रको हुन थाल्यो।

विमानस्थलभन्दा बाहिर यात्रुहरुको अटेसमटेस भीडलाई दुईवटा लगभग उत्रै फरक समूहमा विभाजन गरिएको थियो। एकातिर विदेशीहरुको भीड थियो भने अर्कोतिर नेपालीहरु उभ्याइएका।

मलाई लाग्यो हामी विदेशीहरु एकापसमा संवाद गर्नसक्ने भएकाले साथै बस्न रुचाउँछौं भनेर यसरी समूह विभाजन गरिएको होला। त्यतिबेलै हामीलाई अलग अलग होटलमा पो पठाउन थाले कि भन्ने विरक्तलाग्दो अनुमान मेरो मनमा आयो। यसरी धमाधम यात्रुहरु बीचमा विभाजन गरिरहेका फ्लाई दुबईकै एक कर्मचारीसँग मैले सोध्ने निधो गरेँ।

उनले हिचकिचाउँदै, ‘धन्धा नमान्नुस् न, तपाईंहरु सबै होटल जानुहुन्छ’ भनेर जवाफ टुंग्याइन्। मलाई लाग्यो उनी यसकारण हिचकिचाइरहेकी छिन्, उनी इमान्दारीपूर्वक जवाफ दिन चाहँदिनन्। र, मेरो ब्रम्हले पनि मलाई ठीकै सोचिरहेको छु भन्ने भइरहेकै थियो।

हामीसहितका सम्पूर्ण विदेशी यात्रुहरुलाई सबैभन्दा पहिले सुविधाजनक बसमा चढाएर सहरकै भब्य होटल ‘सोल्टी क्राउन प्लाजा’ तर्फ लगियो। अब हाम्रो आगामी विमान कतिबेला उड्ने हो भन्ने जानकारी नपाइकनै हामी बिहान करिब तीन बज्नै लाग्दा थकित भएर ओछ्यानमा पल्टियौं। बिहान सबेरै उठ्दा हाम्रो विमानको बन्दोबस्त भइसकेको रहेछ। हामी दिउँसो एक बजे उड्दै थियौं र हामीलाई लिन होटलमा दस बजे बस आउँदै थियो।

सोल्टी होटलमा बिहानको नास्ता गरिरहँदा हामीले हिजो राति विमानस्थलमा भेटेका थुप्रै विदेशी यात्रुहरुलाई देखिरहेका थियौं। जबकि कस्तो अनौठो! त्यत्रा फ्लाई दुबईका यात्रुहरुको भीडमा हिजो भेटिएका कुनै नेपाली पनि थिएनन्! एक जना पनि थिएनन्! किन? त्यो पाँचतारे होटलको बफे नाश्ता खाने लहरमा लामबद्ध एउटै समूहको झण्डै पचास-साठी जना झुण्डमा एक जना नेपाली पनि किन थिएनन्?

हामी विमानस्थल पुग्यौं र हिजोका नेपाली यात्रीहरुसँग फेरि त्यहाँ भेट भयो। अर्को एक घन्टा ढिलाइ गरेपछि फ्लाई दुबईको उही विमानमा सबै जना सँगसँगै चढ्यौं। हामीले पछि पाएको आधिकारिक जानकारीअनुसार कूल मिलाएर हाम्रो विमान १४ घन्टा ढिलो भएको रहेछ।

यसरी एउटै विमानमा सँगै यात्रा गरिरहेका सहयात्रीहरु नेपाली भएकै कारणले किन रातभरि बेपत्ता भए भन्ने रहस्य खोज्न हामी उत्सुक भयौं। हाम्री एक सहयात्री नेपाली यात्रुले बितेको रात उनले झेलेको आतंक सुनाइन्।

हिजो राति विमानस्थल बाहिर उभ्याइएको फरक फरक लाइन त नेपाली र विदेशी भनेर पहिचानको आधारमा नभई कर्मचारीहरुले राष्ट्रियताकै आधारमा ‘यी हेप्न मिल्ने निर्धाहरु’ र ‘यी हेप्न नसकिने सचेत यात्रीहरु’ भनेर पो अलग पारिएको रहेछ।

ती नेपाली महिला यात्रुले हामीसँगको कुराकानीमा गएको राति आफूले एक्लै भए पनि फ्लाई दुबईका कर्मचारीहरुसँग यो भेदभावलाई लिएर विरोध गरेको, त्यसबाट केही फाइदा नभएको र अन्ततः आफूहरु सबैलाई विदेशी यात्रीहरु भन्दा बेग्लै होटलमा लगिएको जानकारी दिइन्।

उनीहरुलाई विदेशी यात्रीहरु जस्तै सुविधाजनक होटलमा लगिएको रहेनछ। एउटा घटिया स्तरको होटलमा लगेर ओह्रालिएको रहेछ। त्यस घटिया होटलको प्रत्येक कोठामा पाँचदेखि छ जना सम्म खाँदेर उनीहरुलाई सुताइएको रहेछ। त्यसबाहेक हामीलाई विमानस्थलबाट सोल्टी होटल लगेपछि पनि झण्डै थप दुई घन्टा नेपालीहरुलाई त्यहीँ कुराएपछि मात्र बसले ओसारेको रहेछ।

यो सबै सुनेर मेरी श्रीमती रिसले आगो भइन्। मेरी श्रीमतीले तत्काल विमानको एक जना परिचालक बोलाएर नेपालीमाथिको त्यो दुर्व्यवहारविरुद्ध आक्रोश ब्यक्त गरिन्। ती परिचालकले यो जानकारी विमान कम्पनीका अधिकृतहरुसम्म पुर्याइदिने बताउँदै मेरी श्रीमतीको इमेल ठेगाना लिए।

हामी दुबई आइपुग्यौं। त्यहाँ फेरि अर्को रात बिताएर घर पुग्न जीवनमै सबैभन्दा लामो यात्राको अनुभव लियौं। त्यस स्थानमा भेटिएका फ्लाई दुबईकै अर्का कर्मचारीसँग हामीले यसरी नेपाली भएकै कारण जातीय आधारमा गरिएको भेदभावविरुद्ध कुरा उठायौं।

जवाफमा उनले (नेपालप्रतिको बुझाइमा) ठट्टा गर्दै युरोपेलीहरु र तिनका लाटो पाराको आदर्श आफूलाई मनपर्ने बताए। ‘यस्तो गुनासो मलाई होइन, सडकमा प्लेकार्ड लिएर उभिँदै पो गर्नुपर्थ्यो’ भनेर हाँसोमा उडाए। ती कर्मचारीले फरक यात्रीलाई फरक होटलमा राख्ने भनेर फ्लाई दुबईले संस्थागत निर्णय गरेको नभइ सम्बन्धित मुलुक (नेपाल) कै समस्याले त्यस्तो हुन पुगेको दाबी गरे।

‘दुबईमा यदि त्यस्तो भइदिएको भए हामी फलानो र चिलानो देशका नागरिक भनेर कदापि छ्ट्याउँदैन थियौं र एउटै होटलमा सबै यात्रुलाई समान व्यवहार गरेर राख्ने थियौं,’ ती कर्मचारीले प्रष्ट पारे।

हामीले पनि आपत्ति जनाउन छाडेनौं, ‘तपाईंको फ्लाई दुबईले त्यस प्रकारको घोषित नीति नलिएको होला। तर व्यवहारमा भइरहेको अन्तरलाई त तपाईंको नीतिले साबित गर्दैन।’

जवाफमा उनले केवल यति भनेर टुंग्याए, ‘हाम्रो पाँचतारे होटलको सेवा प्राप्त गर्नुभएकोमा तपाईंलाई बधाइ छ।’

घर फर्किसकेपछि पनि मैले फेरि फ्लाई दुबईलाई इमेल लेखेर सारा विवरण जानकारी गराएँ। जवाफमा उनीहरुले पठाएको पत्र यस्तो थियो–

हेलो रिकार्डो

तपाईंले व्यक्त गर्नुभएको प्रतिक्रियाको निम्ति धन्यवाद, जसलाई हामी सरोकार राख्ने टिमसमक्ष पक्कै पुर्याउने छौं। जहाँसम्म होटलको बन्दोबस्तको कुरा छ, त्यो कुनै राष्ट्रियताका आधारमा नभई उपलब्धताको आधारमा हुने गर्छ।

विमान ढिलाइ हुँदा यात्रीलाई कति असुविधा पुग्छ भन्ने हामीलाई थाहा छ। हामी आफ्ना यात्रीहरुको उडान अनुभवलाई स्तरीय बनाउन निरन्तर प्रयास गरिरहेका छौं। त्यसैले तपाईंको प्रतिक्रियालाई हामी यसबारे सम्वन्धित विभागसमक्ष पनि पक्कै पुर्याइदिनेछौं।

तपाईंले यात्रा बिमा गर्नुभएको छ भने त्यसका निम्ति आवश्यक कागजात चाहिएमा हामीलाई जानकारी दिनुहोला। हामी विमान कम्पनीकै कारण तपाईंको यात्रामा ढिलाइ हुन गएको जानकारीसहितको पत्र पठाउन तयार छौं।

समझदारीका निम्ति धन्यवाद।

त्यस रात महँगो सोल्टी होटलमा केवल विदेशी यात्रीहरु मात्र शतप्रतिशत अटाउने तर नेपालीका निम्ति एउटै कोठा पनि बाँकी नरहेको हो भने यो पत्याउन मुश्किल पर्ने संयोग मान्नुपर्छ। र, यो पनि अर्को त्यत्तिकै पत्याउन मुश्किल पर्ने संयोग मान्नुपर्छ कि त्यत्रो सहरमा सोल्टीबाहेक कुनै अरु होटल बाँकी थिएनन् जसमा ती नेपाली यात्रीहरुले यति फराकिलो ठाउँ पनि नपाउन् कि प्रत्येक यात्रु वा उनीहरुको जोडीका निम्ति बेग्लाबेग्लै कोठा होस्।

स्पष्ट छ, नेपालीहरुमाथि त्यस रात भएको दुर्व्यवहारका पछाडि केवल आर्थिक र अत्यन्त अनैतिक कारण मात्र थियो। फ्लाई दुबईलाई विश्वास गर्ने ती गरिब निमुखा आप्रवासी कामदारको झुण्डलाई महँगो होटलको पैसा तिर्नु के नै जरुरी छ? भन्ने अत्यन्त अनैतिक कारण यसका पछाडि लुकेको छ। अर्कातर्फ फ्लाई दुबई ती यात्रीहरुलाई गुमाउन पनि चाहँदैन जसको आर्थिक अवस्था राम्रो छ, जो सचेत छन् र सेवा सुविधामा कमी आउनेबित्तिकै तत्कालै अर्को विमानसेवा रोज्न थाल्छन्। उ यस्ता यात्रीहरुमा खर्च गर्न कुनै कन्जुसी गर्दैन।

यहाँनिर प्रश्न उठ्छ, हामीले कहिलेदेखि कम्पनीले नियम कानुनको पूर्णतः परिपालना गरेको छ भने मात्र उसको आर्थिक उन्नतीलाई मान्यता दिने हो? के हामी यो सन् २०१७ मा उभिएका छैनौ, जहाँ संस्थागत जातीय र नश्लीय भेदभाव एउटा इतिहास भइसकेको छ?

र, यो नै हाम्रो यात्राको तीतो कथा हो जसका आधारमा अब आइन्दा फ्लाई दुबईले उसको नीति परिवर्तन नगरुन्जेल हामी सबैले त्यस विमान सेवालाई कदापि प्रयोग नगर्ने प्रण गर्न सक्छौं। के तपाईका पनि विगतका त्यस्तै अनुभव छन्? छन् भने तपाइका प्रतिक्रियाहरुलाई स्वागत गर्दछु।

(इटालीको भेनिसका रिकार्डोले लेखेको ब्लगबाट उनको अनुमतिमा अनुदित)

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट