तपाईंको नेताको जीवनशैली कस्तो छ?

yamaha
  • Get News Alerts

united
tata

संविधान जारी भएको दिन म पोखरामा थिएँ। नेदरल्यान्डमा पढ्दाका प्राध्यापक केस भान वेस्टन र म पोखराको लेकसाइडमा बेलुकीको खाना खाँदै थियौं।

संविधान जारी भएको खुसी मनाउन बाजागाजासहित उर्लिएका स्थानीयको चहलपहल देखेर मेरा ती प्राध्यापकले भने, ‘हामीकहाँ त फुटबलमा जितेको बेला मात्र यस्तो हुन्छ।’

उनले भनेको साँचो हो। विश्वकप २००६ हुँदा म नेदरल्यान्डमै थिएँ। एउटा खेलमा नेदरल्यान्ड जित्दा त्यहाँका जनताले खुसियाली मनाएको मैले प्रत्यक्ष देखेको थिएँ। त्यो खुसियालीलाई मेरा प्राध्यापकले जसरी नेपालको संविधान उत्सवसँग दाँजे, त्यसमा एउटा असमानता भने छ। नेदरल्यान्ड जित्दा सारा जनता खुसी हुन्छन्, जबकि नेपालमा संविधान जारी हुँदा सारा देश खुसी थिएन। सारा देश संविधान उत्सवमा सरिक हुन सडकमा ओर्लिएको थिएन। एक समूह दीपावली मनाइरहँदा, अर्को समूह यस्तो पनि थियो, जसले संविधानको विरोधमा बत्तीहरू निभाएको थियो।

सबभन्दा दुःखी त छिमेकी देश भारत भयो। भुइँचालोले ध्वस्त मुलुकमा संविधान जारी भएको निहुँ पारेर आर्थिक नाकाबन्दी लगाइदियो। उसका समर्थक दलहरूले त्यही नाकाबन्दीको समर्थन गरिदिए। संविधानलाई लिएर उत्पन्न त्यो द्वन्द्व आजपर्यन्त सुल्झिएको छैन। राजनीतिक द्वन्द्व निरुपण गरेर आर्थिक समृद्धितर्फ जानुपर्ने हामी संविधानकै धाराहरूमा अल्मलिइरहेका छौं। उत्तरी र दक्षिणी छिमेकी विश्वकै ठूलो अर्थतन्त्र बन्ने क्रममा रहेका बेला हामी भने आफ्नै प्रगतिमा बन्चरो हान्दै एकपछि अर्को राजनीतिक द्वन्द्वमा फस्दै गएका छौं। 

हुँदाहुँदा राजनीतिका नाममा विगतका गल्ती–कमजोरीलाई घृणाका रूपमा विकास गरिँदै छ। यस्तो घृणाको विकास गर्न हो भने आजको द्वन्द्व भोलिको पुस्तामा पनि सर्छ। पुस्तान्तर हुँदै जाने यो द्वन्द्वबाट हामी सामाजिक कायाकल्पको आशा राख्न सक्दैनौं। यसले निम्त्याउने भनेको गरिबी मात्र हो। सामाजिक पछौटेपन र झन्झन् अस्थिरता र अविकास मात्र हो। फाइदा त द्वन्द्वका ठेकेदार र हाम्रो अस्थिरताबाट आफ्नो राजनीतिक स्वार्थ भजाउन माहिर विदेशीहरूलाई मात्र हुने हो। संसारभरिका द्वन्द्वग्रस्त मुलुकको अनुभवले यही देखाउँछ।

हामीले भोलिको समाज कस्तो बनाउने भन्ने हाम्रो आजको क्रियाकलापबाट निर्देशित हुन्छ। अभावग्रस्त हिंसात्मक समाज बनाउने कि समृद्ध शान्तिपूर्ण समाज बनाउने हाम्रै हातमा छ। आफ्नो कमजोरी सुधार्दै अझै सम्पन्न हुन खोज्ने कि आफूसँग नभएको कुराले वा अघिल्लो पुस्ताले भोगेको असमानता उचालेर दुःखी रहने? यो पनि हाम्रै हातमा छ।

यथार्थ कुरा नपत्याउने वा वास्ता नगर्ने, बनावटी हल्लालाई विश्वास गरिहाल्ने संस्कारले नै हो, हामी आर्थिकदेखि राजनीतिक रूपमा पनि अहिलेसम्म ठगिँदै आएका छौं। हामीलाई सानैदेखि जीवनका यथार्थसँग आत्मसात् गर्न छाडेर बनावटी कुरा घोकाइन्छ। घोकेर वा चोरेरै भए पनि धेरै नम्बर ल्याउन सिकाइन्छ। वास्तविक जीवनमा एउटा निवेदन लेख्न लेखन्दास खोज्नुपर्ने, एउटा भिसा वा पुलिस रिपोर्टको फारम भर्न ‘परामर्शदाता’ खोज्नुपर्ने हुन्छ।
परीक्षा दिने विद्यार्थीभन्दा उनीहरूलाई चिट चोराउन धेरै अभिभावक परीक्षा केन्द्रबाहिर ताँती लागेको टिठलाग्दो दृश्य देखिन्छ। 

चोर्नु हुँदैन वा कानुन तोड्नु हुँदैन भनेर सिकाइएको भए हामीले दलालको फन्दामा परेर ट्रकमा अमेरिका छिर्ने सपना देख्ने थिएनौं। हुँदाखाँदाको जागिर छाडेर युरोप छिर्ने लोभमा दलालको फन्दामा पर्ने थिएनौं। राजनीतिक नेतृत्वको नियत खुट्याउनसक्ने थियौं वा संविधान संशोधनबाट नै मुलुक विकसित हुने सपना पनि देख्ने थिएनौं।

चाहिनेभन्दा बढी राजनीति र द्वन्द्वमा भुलेर हामीले धेरै समय अभाव र पछौटेपनमा बितायौं। अब समय घर्किसक्यो, राजनीतिलाई नै ‘धर्म’ मान्ने प्रवृत्ति छाडेर सामाजिक उन्नतिको तस्बिर आँखा अगाडि सजाउँदै चुनावमा भोट हाल्ने बेला आएको छ। स्थानीय चुनावको मुखमा हामीले विगतका गल्ती–कमजोरी सच्याउँदै अघि बढ्ने हो भने मात्र देशको प्रगति सम्भव छ। इमानदार, निष्ठावान तथा उच्च नैतिक चरित्र भएकाहरूलाई नपत्याउने हो भने कहिल्यै प्रगति सम्भव छैन। 

यसको निम्ति हामीले इमानदार तथा निष्ठावान नेताको मूल्यांकन कसरी गर्ने भन्ने थाहा पाउनुपर्छ। जस्तो– तपाईंको नेता कहाँ बस्छ? तपाईंकै क्षेत्रमा कि राजधानीमा? आम्दानीको स्रोत के हो? बालबच्चा कहाँ पढाउँछ? जीवनशैली कस्तो छ? नेता आफू काठमाडौंको महलमा बसेर आन्दोलनका नाममा गाउँलाई सुविधाबाट वञ्चित गराउँछ भने उसको सही नियत खुल्छ। हामीले जिन्दगीभरि नदेखेको ठाउँको प्रदेशको सीमामा बखेडा गरेर गाउँको प्रतिनिधि चुन्न बाधा गर्ने, समानताको वकालत गरेर आफू भने विलासी जिबन बिताइरहेको नेतालाई हामी किन स्वीकार गर्ने?

समाजमा द्वन्द्वको सिर्जनात्मक रूपान्तरण खेलकुद हो। पहिले भीषण युद्ध ब्यहोरेका देशहरू अहिले फुटबल लगायतका खेलको मैदानमा भिडिरहेका छन्। 
मेरा ती डच प्राध्यापकसँग पोखरामा रातिको खाना खाइरहँदा म सोचिरहेको थिएँ– के नेपालमा पनि राजविराज–११ र पोखरा–११ बीचको फुटबल टेलिभिजनमा युरोपियन लिगजस्तो हेर्न सम्भव नहोला र?

सम्भव छ। तर, यसको निम्ति परिवार, समाज र देशलाई समृद्धितर्फ लग्न समाजमा विग्रह ल्याउने होइन, एकता स्थापित गर्ने मानिस नेतृत्वमा हुनुपर्छ। फुटाल्ने र झगडा गराउनेको बाहुल्य भएको समाजको विकास सम्भव छैन। त्यसैले, नेपाललाई हाम्रा नेताहरूले सधैं भन्नेजस्तो स्विट्जरल्यान्ड बनाउने कि देशलाई जातीय र साम्प्रदायिक विभाजनमा लगेर कश्मिर बनाउने हाम्रै हातमा छ।

जर्मनमा एउटा उखान छ– छानाको परेवाभन्दा हातको भँगेरा निको।

हामी पनि यही उखानझैं आफ्नो हातमा भएको अवसर र उपलब्धि गुमाएर अर्काको देखासिकी वा अर्काले उकासेको भरमा अनिश्चित भविष्यको मार्गतर्फ त डोरिइरहेका छैनौं?

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट