एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

चुनाव
  • Get News Alerts

tata

एक नेपाली नागरिक भएको नाताले नेपालमा अस्पतालले सर्वसाधारणलाई प्रदान गर्ने सेवा र नीतिका बारेमा केही लेख्न मन लाग्यो। आज म एक बिरामी वा बिरामीको कुरूवाको तर्फबाट कुरा गर्न चाहन्छु यद्यपी पेशाले म एक नर्स हुँ।

जब म मेरो कोही आफन्तलाई बिरामी भएर अस्पताल लैजान्छु त्यहाँदेखि मेरो भागदौड सुरू हुन्छ। अस्पताल कम र म्याराथन ग्राउन्ड धेरै जस्तो लाग्छ। बिरामी भर्ना गर्नुपर्ने भयो भने फाइल बोकेर काउन्टरसम्म जाउ, पैसा तिर र पुन बिरामी भएको वार्डमा फर्किउ। फेरि औषधीको कागज समातेर औषधि किन्न फार्मेसीसम्म जाउ, औषधि किनेर वार्डमा फर्क। बिरामीलाई भोक लाग्यो, जुस खान मन लाग्यो भने अस्पतालको कम्पाउन्डबाट बाहिर निस्केर चाहिने सामान किनेर फेरि वार्डमा जाउ।

यो सबै दृश्य देख्दा हाम्रो देशका अस्पतालहरूले स्वस्थ्य रहनू भन्नु र रोकथामका उपाय सिकाउनु व्यर्थ लाग्छ। अस्पतालहरूले बिरामीलाई मात्रै बिरामी देख्ने र कुरूवालाई साह्रै तन्दुरूस्त देख्ने नीति देख्दा अचम्म लाग्छ। बिरामी त यसै बिरामी नै छन्, तर बिरामीका कुरूवालाई हरेक तर्फबाट तनाब परिरहेको हुन्छ।

उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

मैले काम गरेको धुलिखेल अस्पतालले साँच्चै नै उदाहरणीय काम गरेको छ। उक्त अस्पतालले बिरामी कुरूवा घर भनेर एउटा घर बनाएको छ। यति सम्मको सहयोग बिरामी कुरूवाले अस्पतालबाट पाए भने त्यो ठूलै सहयोग हुन्छ। किनकी कतिपय मानिस राम्रो गुणस्तरीय स्वास्थ्य सेवा पाउन कै लागि गाउँ गाउँबाट आएका हुन्छन् जसको यहाँ अस्पताल छेउ छाउ कोही हुँदैन । यसरी हरेक अस्पतालहरूले कुरूवा घरको निर्माण गर्ने हो भने बिरामी कुरूवालाई ठूलै राहत मिल्ने थियो।

अर्को कुरा चाँही औषधिको आन्तरिक सप्लाई गर्ने नीति । यो नीति मैले पाटन एकेडेमी अफ हेल्थ साइन्सेसमा देखेँ। बिरामीका लागि अत्यन्तै  लाभदायक लाग्यो यो नीति। उक्त अस्पतालमा बिरामी भएर गएपछि चलाइने औषधिहरू किन्न जान नपर्ने र आन्तरिक सप्लाई गराएर बिरामी डिस्चार्ज हुँदा पैसा तिर्नुपर्ने रहेछ।

यो हुँदा भागदौड निकै नै कम हुने गर्छ । यस्तो नीति सबै अस्पतालमा लागू गर्ने हो भने छिटो र गुणस्तरीय सेवा दिन सफल हुन्थ्यो।

त्यस्तै हेल्प डेस्क भनेर सबै अस्पतालमा खोलिए भने सायद सर्वसाधारणलाई सजिलो हुने थियो। यस्तै त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल ठूलो क्षेत्रफ मा बनेको अस्पताल हो जसमा थुप्रै बिल्डिङहरू छन्। जसले गर्दा कहिल्यै नआएका बिरामीलाई कुन रोगको उपचार कुन बिल्डिङमा हुन्छ भन्ने थाहा नहुन सक्छ।

त्यसकारणले  टिचिङ अस्पतालले ब्लक भनेर नाम दियो जसमा A Block , B Block , C Block लगायतका छन् र उक्त ब्लक अन्तर्गत के_के सम्बन्धी उपचार गरिन्छ  भन्ने ठूलो बोर्ड मा अस्पताल परिसरमा लेखिएको छ। यस्तै गरी हरेक अस्पतालहरूले स्पष्ट तरिकाले कहाँ कुन उपचार हुन्छ भनेर छट्टयाइदिए सर्वसाधारण लाभान्वित हुनेथिए।

अन्त्यमा लेख्नै मन लागेको कुरा अस्पतालको क्यान्टिनको बारेमा हो। कतिपय अस्पतालमा त क्यान्टिन पनि छैनन् र क्यान्टिन भएका अस्पतालमा पनि कतिको गुणस्तरीय खानेकुरा वितरण गरिन्छ भन्ने प्रमाण सायदै कसै सँग होला। अस्पताल परिसर मै गुणस्तरहिन खाना खान बाध्य हुन्छन् सबैजना। स्वास्थ्य माथी यत्रो खेलवाड हुँदा पनि मौन छौँ हामी , मौन छ प्रशासन  र मौन छ सरकार।

यस्ता धेरै लुकेका साना लाग्ने कुराहरू छन् जुन सुधार गर्न सम्भव छ र आवश्यक पनि छन्।

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट