मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली?

yamaha
  • Get News Alerts

united
tata

हाँस्नु र खुसी हुनुमा फरक छ । तर, ती दुबै धुर्मुस–सुन्तलीले दिएका छन्। साधुवाद, भाइ–बैना तिमीहरूलाई!

भाइबैना भनेँ, धुर्मुस–सुन्तली (सीताराम कट्टेल–कुञ्जना घिमिरे)लाई। प्रेम र स्नेहले भनेँ। श्रद्धा र ममताले भनेँ।

टिभी हेर्नेलाई हसाँउथे धुर्मुस–सुन्तली । हामी पनि हाँस्यौं होला । खुसी भयौं होला । काँचको पर्दामा हाँसो फुलाउने यी जोडीलाई बर्दिवासका मुसहरले टिभीमा देखेका थिए–थिएनन्? सधैं गरिबी, अभाव र पीडाले डामिएका ती मुसहरले कहाँ पाएर हेर्दा हुन् टीभी? रहर त कति हो कति हुँदो हो तर बाध्यता? बाध्यता र अभाबभन्दा ठूलो शत्रु के हुन्छ ?र, त्यही काँचका पर्दामा फुल्ने यो जोडीका रङ्गीविरङ्गी फूललाई ?

मलाई लाग्छ, बर्दिवासका मुसहरले हाँस्न र खुसी हुन टीभी हेर्नु परेन। आफ्नो बस्तीमा पोतिएको खुसीको रङ् देखर हाँस्न थालेका छन्, अहिले ती।   

खुसीको रङ् कस्तो हुन्छ? कठीन छ उत्तर दिन। उत्तर खोज्न बर्दिवासको मुसहर वस्ती नै जानुपर्छ । जहाँ पोतिदै छ, त्यो रङ्।

अहिले त्यो दुःखी मुसहर बस्तीको माटोमा खुसी र मुस्कानका फूल फूलेका छन् । दशदेश दूर बसेर पनि म देखिरहेको छु, ती खुसीका फूलका थुँगा र रङ्। मुसहर बस्तीमा फुलेका ती फूलका महक। जुन महक यहाँसम्म आइपुगेको छ, जहाँ म बसेको छु ।

कस्तो हुँदो हो, किनारामा परेर छट्पटिएको माछो? यस्तै भएका थिए गिरानचौरका ती हामीजस्तै मान्छे।

गरिबीमाथि दैवी प्रहार! सधै ढल्लाढल्ला जस्तो त थियो नै, तै पनि टाउको लुकाउने छाप्रो त थियो। त्यो पनि ढालिदियो, पापी भूइँचालोले। छटपटिए खुला आकासमुनी । किनाराको माछोजस्तो भए धेरै दिन । कतिले पेटीकोटको छेको लगाएर गुजारा गरे । कतिसँग त्यो पनि थिएन।

साहस गरे धुर्मुस–सुन्तलीले। त्यो साहसमा साथ थपियो, देश–विदेशका नेपालीका पसिनाको कमाइको । ६ महिनामा गिरानचौरमा खुसी र मुस्कानका फूल फुले । ती फूल सधैं मग्मगाइरहुन्। अरु फुल्दै जाऊन्।

यो जोडी कसरी कसरी त्यहाँ पुग्यो? त्यो कथा बेग्लै होला तर त्यो मुसहर बस्तीमा यो जोडीले लेख्न थालेको नयाँ कथाले मेरो मन झन् छोयो, जसरी अरु कतिको छोएको छ। र, कतिको छोएको रहेछ भन्ने कुरा बोस्टनमा देखियो।

हप्ता दिन अघि हामी बोस्टनमा जम्मा भयौं। धुर्मुस–सुन्तली अभियानका लागि १३ लाख ८८ हजार एक सय रूपैया जम्मा भएछ । सहभागी मित्रहरूले गजबको हार्दिकता देखाउनुभो । सुकर्म गर्नेलाई सहयोग गर्न अमेरिका बसेका नेपाली सधैं तयार छन् भन्ने सन्देश मित्रहरुले पुनः दिनुभो । रेस्टुरेण्ट व्यवसायी मित्र राम धितालले सबैलाई खुवाए, खुसी भए, पियाए पनि। करिब एक सय २५ थियौं। वास्तवामा उनको सहयोग सबैभन्दा ठूलो रह्यो। छिमेकी राज्य कनेटिकटका मित्रहरुले देखाएको सद्भावका लागि दुई शब्द पनि उल्लेल नगरे अन्याय हुन्छ । सबैलाई साधुवाद!

हुन त कतिले बचनको मनितो पनि गर्नु भएन वा जान्नु भएन, कि भ्याउनु भएन, जो होस् उहाँहरुलाई पनि साधुवाद!

दुःखका रंगमा डुबाउने हजारौं हुन्छन् तर जीवनमा खुसीको रंग पोत्ने हजारौंमा एक हुन्छन् । धरतीमा पोतिएका सयौं रंगहरु मध्ये फरक छ खुसीको रंग । फरक छ जीवनमा छाउने मुस्कानको रंग । सजिलो छैन, मान्छेको जीवनमा मान्छेले खुसी र मुस्कानको रंग पोत्न । तर मनसा, वाचा, कर्मणा आफूलाई अपर्णा गरे सकिन्छ भन्ने धुर्मुस–सुन्तलीले देखाए ।

त्यो रंग, सधैं अभाव, गरिवी र उत्पीडिनले डामिएका वर्दिवासका मुसहरहरुका अनुहारमा पोतियो । सधैं अध्याँरोमा डुबेको मुसहर वस्तीमा उज्याला अनुहार देख्दा कुन सहयोगीको मनमा पोतिदैन होला, त्यो खुसी र उत्साह उज्यालोको रङ् ?

जीवनमा सायदै पाइने बोनस हो, भित्री खुसी र मुस्कान । त्यो उनीहरुले दिए। सबैलाई दिन सकेनन् होला तर सामर्थ्यले भ्याएसम्म दिए। त्यो सामथ्र्यलाई धेरैले साथ दिए । विशेषतः विदेश बस्ने नेपालीले ।

एउटा परम सत्य के हो भने, धुर्मस–सुन्तली जोडीको कामले मात्र देश बन्दैन। देश सरकारले बनाउनुपर्छ । जनताको कर र तिरो सरकारले उठाउँछ । तर, सरकार?

समय बदलियो । अवस्थ बदलियो । व्यवस्था बदलियो । नेपाल बदलियो ।

नेपाल बदलियो तर झन् खराब भयो । नेता बदलिए तर झन् झन् खराब भए नेता। दोषी व्यवस्था होइन, दोषी नेता हुन् । नेताभन्दा बढी दोषी हामी हौं । हाम्रो मानसिक मानसिकता हो, अवस्था हो । अब न व्यवस्था परिवर्तको सम्भावना छ, न सुधारको छाँट देखिन्छ । सुधार नै चाहने हो भने छोडौं खराउपूजा गर्न । त्यागौं ती गन्धे नेतालाई । हैन भने विदेश बसेर देश विग्रियो भन्ने अधिकार हामीलाई छ कि छैन सोचौं ?

कमसेकम हामी विदेश बस्नेले नेपालका भ्रष्ट नेताको खराउपूजा गर्न छोडौं । वहिस्कार गरौं, दुरुत्सहित गरौं, हतोत्साहित गरौं र त्यागौं तिनलाई । तिनलाई पनि लागोस्, म किन वहिस्कृत भएँ ? र, सुध्रने मौका दिउँ ।

अहिले नेतालाई म उपमा के दिऊँ– गोबरको मूर्तीमा सुनको लेपन !

उत्साहित गरौं, इमान्दार र असललाई । जो समाज र राष्ट्रप्रति इमान्दार छन् । सबैले गरौं । सधैं गरौं, यदि सुधार चाहन्छौं भने ।

कतिका नजरमा लाग्दो हो, धुर्मस–सुन्तलीले केही गरेका छैनन् । तर, एउटा जिउँदो सत्य के पनि हो भने किनारामा फालिएर छट्पटाएका माछालाई बोटलमा राखेर भए पनि बचाउँन त सकिदो रहेछ । यही कुरा देखाएका छन्, यो जोडीले ।

केही नभएर निरासामा देश डुबीरहेको अवस्थामा केही त गरेका छन् । केही नभएको अवस्थामा केही त भएको छ । आशाको दीयो बालेका छन् । केही गर्नेलाई हामीले पनि केही सहयोग किन नगर्ने ?

अर्को लज्जाजनक सत्य के पनि हो भने, यो जोडीले दुई बस्ती बसाउँदा सरकारले भुइँचाला पिडीतका लागि एउटा छाप्रो समेत बनाएको छैन । समष्टिमा सरकारले गर्ने काम धुर्मुस–सुन्तली ले गरिरहेका छन् ।

यीनले गरेको कामले सरकार र नेतालाई योभन्दा बढी कुरीकुरी अर्को के गर्छ? तर, लुगा लगाएपछि लाज छोपिन्छ भन्नेसँग के लाग्छ ? हैन, सरकार !

लुगाले लाज छोपे पनि अनुहार नांगै हुन्छ भन्ने नबुझ्ने सामान्याज्ञान नभएका सँग के लाग्छ ? हैन, नेताजीहरु !

प्रिय भाई–बैना धुर्मुस–सुन्तली,

गिरचौरमा एउटा कुरा गल्ती भए जस्तो लाग्यो । मलाईमात्र हैन, धेरैलाई लाग्यो। यो नदोरियोस् । पचास घर बनाउनु भयो तर साँचो राष्ट्रपतिलाई सुम्पनु भयो । राष्ट्रपतिले हेलिक्याप्टरमा उडेर पचासलाख खर्च गरिन् तर पाँच रुपिया सहयोग दिइन्? त्यसमाथि त्यो पचास लाख त्यही थप्न सकिन्थ्यो । नभए अरु कुनै यस्तै निर्माणमा लागाउन सकिन्थ्यो । तर खै ? किन बोलायौ राष्ट्रपति? प्रचारका लागि ?

आज जनताले जनताको घर बनाउनु परेको छ । कति तिक्त छ, सत्य ? 

देश–विदेशका नेपालीका जनजनका मनमनमा बसेका छौ, सहयोग पाएका छौ। मनमुठी खोलेर नेपालीले सहयोग गरे । किन चाहियो प्रचार ? आत्मरतिपूर्ण प्रचार आफैंमा आत्मघाती हुन्छ ।

मेरो अनुरोध, नेताभन्दा पनि त्यही मुसहर टोलकी एउटी मुसहरी आमालाई वस्तीको साँचो दियौ भयो भने सहयोगीप्रति साँचो सम्मान हुनेछ । राष्ट्रको ढुकुटीबाट फाल्टु खर्च हुने छैन । 

म मात्र हैन, देश–विदेशका सम्पूर्ण सहयोगीको चाहना यही हुन सक्छ । हैन र फेरि पनि गन्धेनेता बोलायौ भने मेरो मनको फुलबारीमा फुलेको एउटा फूलको बोट उखेलिन सक्छ । मजस्ता लाखौंको मनबाट त्यो फूलको बोट उखेलिन सक्छ ।

भाइबैना ठानेर भनेँ । मन जितेर भनेँ । सहयोगीको भावनाको सम्मान र सहयोगको मनितो गरिदिन्छौ भन्ने विश्वास छ, टुटाउने छैनौं । यस्ता कुरा परमपरोपकारी सत्यग्रही डा. गोविन्द केसीबाट पनि सिक्न सकिन्छ । अन्यथा नलिनु है.... ।

फेरि पनि नेता बोलाएर साँचो सुम्पिए ती सहयोगीको मन दुख्छ । सहयोगको अपमान हुन्छ । मेरो र मजस्ताको मेहनत, पसिना र इमान्दारिताको कमाईले ठड्याएको मुसहर वस्तीमा देशका घैमलको फोहोरी पाउँ नपरोस्, है भाइबैना।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट