मंगली

yamaha
  • Get News Alerts

united
tata

बिहानको समय। 

एउटा आँखा चिम्लिँदै अर्को आँखाले मोबाइल हेरेँ। पाँच बजिसकेको रहेछ। 

बिहानै विद्यार्थीको घर जानुपर्छ भनेर म हिजो चाँडै सुतेको थिएँ। जानैपर्ने कारण पनि थियो। कक्षा १० मा पढ्ने मंगली तामाङ स्कुल नआएको नि हिजो झन्डै एक हप्ता भइसकेको थियो। 

मंगली स्कुल किन नआएको भनेर म उसको भाइ सुजितलाई सोधिराख्थेँ। हिजो उसको भाइले मलाई भनेको थियो, “सर मंगली त अबदेखि स्कूल नआउने रे, सबैले सम्झाउँदा नि स्कुल जान्न भन्छे, अब तपाईं आफैं गएर बोलाउनु। ऊ त स्कुल कहिले नि नआउने भन्छे।" 

मंगलीले किन स्कुल नआउने भनेकी होली, उसको घर गएर उसलाई कसरी स्कुल आउन फकाउने होला भनेर सोच्दै मेरो रात बितेको थियो। राम्ररी निन्द्रा पनि परेन। कतिखेर आँखा लागेछ थाहै भएन। त्यसैले बिहान अझै पनि राम्ररी बिउँझेको थिइनँ। तैपनि उठेँ र झ्याल खोलेँ। 

बाहिर हेर्नासाथ म झसङ्ग भए। सिमसिम पानी पो परिराखेको रहेछ। सेतो तुवालोले पूरै ढाकेको थियो। चार पाँच फिट वरपर बाहेक टाढाको केही देखिँदैन थियो। यस्तोमा कसरी जाने भन्दै बाहिर हेर्दै एकछिन टोलाए। तैपनि जानु त पर्छ भनेर आँट गरेँ र ढोका खोलेँ। एकछिनमा फ्रेश भएर बाहिर निस्किएँ। 

अगाडि नै अमिरको घर थियो, कक्षा १० मै पढ्ने अर्को विद्यार्थी। हिजो 'सर, म पनि तपाईंसँग जान्छु है' भनेको हुनाले मैले “अमिर, अमिर” भनि बोलाएँ।

अमिर 'हजुर' भन्दै बाहिर निस्कियो र मुसुक्क हाँस्यो।

“जाने हैन त मंगलीको घर?” मैले सोधेँ।

“जाने निसर म त अघि नै रेडी भएको,” उसले हाँस्दै भन्यो।

'जाउँ हिडौं सर' भन्दै ऊ अघि बढ्यो।

म पनि उसैको पाइला पछ्याउँदै अघि बढेँ। 

हामी नवलपुरबाट हिँड्दा पौने ६ भइसकेको थियो। बाटोमा अमिरसँग मंगली र सुजितको बारेमै कुराकानी भयो। 

“मंगली स्कुल किन नआएकी रे सर, केही थापाउनु भयो त?” उसले सोध्यो। 

मैले 'खै थाहा पाएको छैन, अब उता पुगेपछि नै थाहा हुन्छ' भनेर जवाफ दिएँ। 

यस्तै यस्तै कुरा गर्दागर्दै हामी भेडीचौर पुग्यौं। अघिसम्म बाटो ओरालो थियो, सजिलै आइयो, अब उकालो चढ्ने बेला भयो। अमिर छिटोछिटो हिँड्थ्यो, म बिस्तारै बिस्तारै उसैको पछि हिँड्थेँ। उकालो सकिनेबित्तिकै उसले हातका औँलाले देखाउँदै भन्यो, “ऊ सर कविराज, कविता र जयराम ५ कक्षासम्म पढेको बोर्डिंङ स्कुल।”

मैले उसले देखाएतिर हेरँ। स्कुल भुइँचालोले पूरै भत्किएको रहेछ। 

"अहिले पनि पढाइ हुन्छ त यहाँ, भुइँचालो ..." मैले सोधेँ। 

“हुन्छ सर तर विद्यार्थी एकदम थोरै छन्,” मेरो कुरा सकिन नपाउँदै उसले भनिहाल्यो। 

कुराकानी गर्दागर्दै हामी मुले गाउँ पनि पुग्यौं। मुले वार्ड न. ९ नवलपुर गाविसकै एउटा अंश हो। यस गाउँका धेरैजसो विद्यार्थी नवलपुर माविमै पढ्न आउँछन्। बाटोमा भेटेका मान्छेसँग अमिर तामाङ भाषामा कुरा गर्दथ्यो, म बुझ्दिनं थिए, त्यसैले खासै मतलब पनि लाग्दैन थियो।

“घर चिन्नु हुन्छ नि सर”, उसले सोध्यो।

“खै चिन्नुपर्ने त हो”, मैले जवाफ दिएँ।

हुन त पहिला नै एकचोटि सुजित र मंगलीको घर गइसकेको थिएँ। तैपनि हुस्सुले ढाकेको भएर चिन्छु जस्तो भने लागेको थिएन। यति याद भने थियो, उनीहरुको घर बाटोमुनि छ। हामी जाँदै थियौं, एकछिनपछि मैले बाटो मुनि सँगसँगै भएका दुइवटा घर देखेँ। तीमध्ये एउटा घर उनीहरुकै हो जस्तो लग्यो। अलिक नजिक पुगेपछि त्यो घर उनीहरुकै हो भन्ने भयो अनि अमिरलाई ल घर आइपुग्यो भनेर म बाटोमुनि ओर्लिन थालेँ। यतिखेर अमिर मेरो पछिपछि आयो। झन्डै एक घन्टाको हिँडाइपछि हामी उनीहरुको घर पुग्यौं। घर अगाडि पुगेर मैले लामो सास फेरेँ।

घरको आँगन सुनसान थियो। 

“सुजित, मंगली”, मैले बोलाएँ तर कुनै जवाफ आएन।

अमिर ढोकाको नजिकै गयो अनि भन्यो, “सर घरमा त कोइ छैनन् जस्तो छ। यहाँ त छेस्कन लगाको छ बाहिर बाट।”

“ए हो त रहेछ एकाबिहानै सबैजना कता गएछन्”, म पनि ढोका नजिकै पुगेँ।

सँगैको घरमा एउटी बूढी आमा धारामा पानी थाप्दै हुनुहुन्थ्यो। हामी नजिकै गयौं अनि मैले सोधेँ, “आमा यो घरका मान्छेहरु कता गएछन् ?”

“नानीहरु को हो र कति कामले आउनुभयो ?”, आमाले हामीलाई तलदेखि माथिसम्म पूरै हेर्दै सोध्नुभयो।

मैले छिटो छिटो, “म सुजित र मंगलीको स्कुलको सर हुँ उनीहरुलाई भेट्न आएको" भनिहालेँ।

अनि आमाले आज सबै जना तल खेतमा गएका छन् भन्नुभयो। अमिर र म एकअर्कालाई हेर्न थाल्यौं। 

“अब के गर्ने त सर”,अमिरले मलाई सोध्यो। अनि मैले मोबाइल निकालेँ र मंगलीकी आमालाई कल गरेँ।

उहाँले फोन उठाउनुभयो र हलो हलो दुइचोटि भन्नुभयो। मैले नमस्ते दिदी भनेँ। पहिला पनि फोनमा कुरा भइराख्थ्यो त्यसैले उहाँले चिनिहाल्नुभयो। मैले अरु केही नभनि म घरमा आएको छु तपाईंहरु कता हुनुहुन्छ भनेर सोधेँ।

“म खेतमा छु, सुजित र मंगली माथि बारीमा छन्, म त्यतै जाँदै छु, पुगेर दुवै जनालाई पठाइदिन्छु," उहाँले भन्नुभयो। 

मैले हुन्छ भनेँ अनि फोन राखेँ।

अमिर र म आँगनको छेउमा आएर कुर्न थाल्यौं। सर आकाश अलिक खुल्ला भएछ, हेर्नुस त पारि भन्दै उसले पारि सिम्पालकाभ्रेको डाँडा देखाँउदै भन्यो। म पनि त्यतैतिर हेर्न थालेँ। सेतो कुहिरो तलदेखि माथि तिब्र गतिमा उड्दै थिए। माथि माथि पुग्दा तिनीहरु विभिन्न आकारका बादल बन्थे। सिम्पालकाभ्रेको डाँडालाई बादलले कहिले पूरै ढाक्थ्यो, कहिले डाँडाभन्दा माथि जान्थ्यो त कहिले बादलको बीचबाट त्यो अग्लो डाँडाको चुच्चो मात्र बाहिर देखिन्थ्यो। यस्तो लाग्थ्यो, सेतो बादल र हरियो पहाड एकअर्कासँग खेलिरहेका छन्। कहिले पहाड म अग्लो छु भन्दैछ त कहिले बादल माथि पुगेर हैन म अग्लो छु भन्दै हाँसिरेहेको जस्तो।

अमिर र म दुवै जना त्यो दृश्यमा हराएझैं थियौं। यतिकैमा मेरो मोबाइलको रिंगटोन र भाइब्रेसनले हामी दुवै जना झस्कियौं। मंगलीकी आमाले कल गर्नुभएको रहेछ। उहाँले मंगली घर आउन मानिन तपाईं यता बारीमा आऊनुहोस् सर भन्नुभयो।

“हामीले बारी देखेका छैनौं”, मैले भनेँ। 

उहाँले 'घर अगाडिको त्यो सानो बाटोबाट सिधै तल आऊनुहोस् सर, भेटाउनु हुन्छ, बीचमा एउटा चौतारा पनि आउँछ' भन्नुभयो र फोन काट्नुभयो।

घर अगाडि देब्रे पट्टिबाट एउटा सानो बाटो रहेछ, अलि अलि ढुंगा पनि छापेको रहेछ। हामी बारीमा जानुपर्ने भयो, जाउँ तल भनेर मैले अमिरलाई भनेँ अनि म अगाडि बढेँ। 

अमिर बारी, बारीमा पो जाने सर भन्दै मेरो पछिपछि लग्यो। धेरै पानीले भिझेको बाटो, लेउ लागेर चिप्लो चिप्लो भएको रहेछ। हामीले त्यो चिप्लो बाटोको छेउ छेउमा जे भेट्यौं त्यो समाउदै बिस्तारै बिस्तारै ओर्लियौं। बीचमा मकैबारी आयो। दुवै जनालाई अब कता जाने भयो। सर यी यहाँ मान्छे हिँडेको जस्तो छ हामी यसैलाई पछाउँदै जाऔं भन्दै अमिर अगाडि बढ्यो। 

मकै बारीमा त्यो गिलो गिलो माटो हाम्रो पाइलाले दबिएको जस्तो अनुभव हुन्थ्यो। एकैछिनमा बाटो हरायो। हामी मकै बारीभित्रै हराएझैं भयौं। 

सर अब बाटो खोज्नुपर्छ हामी तल तल तिर जाऔं भन्दै ऊ अगाडि लम्क्यो। म हुन्छ भन्दै उ सँगै हिँड्न थालेँ। दुइ तीन कान्ला जति हाम्फाल्दै हामी ओर्लियौं र बाटो पनि भेटायौं। बाटो छेउको बारीमा काम गरिराखेको मान्छेलाई सोध्दै सोध्दै हामी अघि बढ्यौं। अलिकति अगाडि गएपछि मंगलीको ममीले भन्नुभएको चौतारा पनि आयो। चौतारबाट तल झर्दै गर्दा सुजित, मंगली अनि अरुहरु बोलिरहेको आवाज सुनिन थाल्यो।

“हामी आइपुग्यौं जस्तो छ सर, सुजित र मंगलीको आवाज सुनिन थाल्यो”,अमिरले भन्यो।

अवाज त मैले पनि सुनें। यतिकैमा अमिरले भन्यो, "उ तल त्यता रहेछन सर सबै जना।” 

“धेरै जाना पो रहेछन्”, अमिरले थप्यो।

सबै जना मकै बारीको छेउमा रहेछन्। हामी दुई जना छिटो छिटो झर्यौ र नजिकै पुग्यौं। नजिकिँदै गर्दा मंगलीले र सुकुमाया (भर्खरै एस.एल.सी. दिएर बसेकी विद्यार्थीले) नमस्ते सर भने। मैले नि नमस्कार फर्काएँ। 

“सुकुमाया के छ खबर?”, मैले सोधे। उसले ठिक छ सर भनी। त्यहाँ धेरै जना हुनुहुन्थ्यो।नजिकै पुगेर मैले सबैलाई नमस्ते गरेँ अनि यताऊती हेरेँ।कक्षा ७ मा पढ्ने सावित्री पनि त्यहीँ बसेर मलाई हेर्दै हासिराखेकी थिइन्। सबै जनाको हातमा पहेँलो र छेउतिर अलि अलि कालो लागेको रोटी थियो र रोटीमाथि नै साँधेको भटमास पनि। बिहानै सबै जना कोदो रोप्न आउनु भएको रहेछ र अहिले खाजा खाने बेला भएको रहेछ।

सुजितले तामाङ भाषामा केही भन्यो। सबै जना बिस्तारै हाँस्न थाले। सर ल कुर्सीमा बस्नुस भनि उसले उल्टो पारेर राखेको डोको मतिर सार्यो। सायद यही कुराले सबै जना हास्नुभएको होला। भर्खरै हिँडेर पुगेकोले पसिनै पसिना भएकोले बस्न मन थिएन। त्यसैले हैन ठिक छ भनेँ। सुजितले त्यहीँ भएको निलो रंगको प्लास्टिक टिप्यो जुन उनीहरुले पानी पर्यो भने ओढ्न प्रयोग गर्दथे। प्लास्टिकलाई तीनचार चोटि पट्टाएर डोकोमाथि राख्यो र भन्यो “ल बस्नुहोस् सर अब माटो लाग्दैन। “

डोको माथि माटो भएको कारणले म नबसेको भन्ने उसलाई लागेछ अनि अब मैले नाई भन्न सकिन र बसें। सुजितको आमाले तामाङमा  केहि भन्नु भयो जुन मैले बुझ्ने कुरै भएन। सुजित यताउति गर्दै एउटा प्लेटमा दुइवटा रोटि लिएर नजिक आयो अनि ल सर टाढाबाट आउनु भएको भोग लाग्यो होला रोटि खानु भनेर मुसुक्क हाँस्दै प्लेट मलाई दियो। मैले केहि नभनी प्लेट समाते अनि त्यसमा भएको एउटा रोटि अमिर लाई दिएँ।

“अचार पनि खानुहोस् सर “, सुजितले भन्यो।

“अचार पिरो होला, मलाई पिरोले सन्चो गर्दैन, म खान्नँ बरु अमिरलाई देऊ “ , मैले भने।

“हामि त यस्तै खान्छौं सर तपाईलाई मिठो लाग्लाकि नलाग्ला”, सुजितको आमालेले भन्नुभयो।

“हैन मिठो नै छ दिदि। फेरी भोक मिठो भन्छन नि। “, मैले मसिनो स्वरमा भनें।

बिहानै पकाएको भएर होला रोटि चिसो भइसकेको थियो र अलि सारो सारो पनि। चिसो मकैको रोटि चपाएर निल्न एकदम गाह्रो भयो। सुजितले यी पानी पिउनुहोस् सर भनि सेतो सिलावरको बटुकोमा पानी ल्याएर मलाई दियो। पानीको पिधमा बालुवा जस्तो टिलिटिली टल्कीराखेको थियो। मैले  केहि पनि नभनी चुपचाप पानी पिए।

यतिकैमा मैले मंगली भएतिर हेरे अनि भनें, “ मंगली तिमीलाई गालि गरूँ कि के भनु भन त , स्कूल किन नआएको तिमी ? “

मंगली चुपचाप टाउको निहुराएरै बसी, एक शव्द पनि बोलिनँ। उति नै खेर एकजना दुब्लो अग्लो दाई हामिबाट अलि टाढा जानु भयो र हरियो मकैको ढोड जम्मा गर्न लाग्नु भयो। सरले केही भन्नु हुन्छ भनेर बाउ चाहिँ भाग्यो ऊ भनेर त्यही भएको एक जना दिदीले भन्नुभयो अनि बल्ल मलाई थाहाँ भयो कि ऊहाँ मंगलीको बुवा हुनुंहुदो रहेछ। 

“आमाले त स्कुल जाऊ भान्नु भएको त होनि मान्दै मान्दिन,” उहाँले थप्नुभयो। 

म मंगली भएतिर फर्किएँ अनि किन स्कूल नजाने भनेकी स्कूल त जानु पर्योनि हैन र भनेर सोधे। उसले यतिखेरपनि केहि बोलिन तर सुक्कं सुक्कं गरेर रुन थाली। म एकछिन चुप भएँ। यतिकैमा त्यहाँ भएको सबैले उसलाई तामांङमा सम्झाउन थाल्नु भयो तर  के के भन्दै हुनुहुन्थ्यो चाहिँ मैले केहिपनि बुझिनं। सर नै त्यति टाढाबाट बोलाउन आउनुभयो स्कूल त जानु पर्छ पढाई पनि पुरा गर्नुपर्छ, सबैजना यस्तैयस्तै भन्दै मंगलीलाई सम्झाउंदै हुनुहुन्थ्यो। मंगली चुपचाप नै थिइ। एकछिनपछि भने उसले एकासी झर्केको र रुन्चे स्वरमा तामांङमा केहि शब्दहरु भनि। मैले उसले भनेको केहिपनि बुझिनं अनि अमिर र सुजितको अनुहारमा हेर्न थाले। उनिहरुचाहिँ हासिँराखेका थिए।

“मंगली तिमी अब साच्चि नै स्कूल कहिले नाजाने त, १० कक्षामा पुगिसकेको मान्छेलेनि यतिकै पढाइ छोडछन् त ?”, मैले सोधे।

“अहँ सर अबदेखि म स्कूल कहिलेपनि जान्नँ, म घरमा नै बस्छु घरको काम सघाउंछु, घरको काम मैले गरें भनि भाइ स्कूल जान पाउँछ अनि राम्ररी पढ्न पनि पाउँछ,”मंगलीले रुँदै भनि। उसले यति भन्दा मलाई मेरो दिदीको सम्झना आयो । हाम्रो घरको आर्थिक अवस्थाले गर्दा दिदीले एस.ल.सी दिएदेखि नै कामगर्नु पर्ने बाध्यता भयो र पढ्ने रहर हुदाँहुदै पनि राम्रो संग पढ्न पाउनुभएन । बल्लबल्ल प्लस टु पास गर्नुभयो तर त्यो भन्दा माथिको पढाई पुरा गर्न सक्नुभएन । म आज ईन्जिनियर हुनुमा मेरो दिदीको त्याग र बलिदानको उत्तिकै महत्व छ ।

“बुवाचाहिँलाई काम मात्र धेरै गरिदिएँ हुन्छ सर त्यसैले अस्ति स्कूल पनि नजाउ मेलामा जाऊ भनेर गालि गर्नु भयो रे।,” त्यहीमध्येकी अर्की दिदीले भन्नुभयो।

“घरको काम त गर्नै पर्योनि अलि अलि, तर काम छ भन्दैमा पढाई छोड्नु पनि त भएननि। एक दुइ दिनमा कोदो रोप्ने काम सकिहाल्छ अनि स्कूल आउनु नि है मंगली,” मैले उसलाई फकाउँदै भनें।

यतिनैखेर मंगलीको बुवा पनि हामि नजिकै आउनुभयो अनि एकछिन बेस्सरी कराउनु भयो।  सबै जना चुपचाप भएन्। उहाँले तामाङ भाषामा बोल्नु भएकोले मैले केहि पनि बुझिनं।  उहाँ रिसमा हुनुहुन्थ्यो र अहिले मैले केहि नभन्दै ठिक होला जस्तो लग्यो अनि एकछिन चुप नै बसे।  मंगलीको बुवा, सबित्रिको बुवा अनि अरु लोग्नेमान्छेहरु अर्को बारी खन्न कोदाली बोकेर माथि तिर उक्लिए। अमिर र सुजित मेरो नजिकै आए अनि अमिरले मुसुक्क हाँस्दै भन्यो, ”सर मंगली त अब बोकेर लगे पनि स्कूल जान्नँ भछे त।

“अनि उसको बुवाले चाहिँ के भन्नु भएको”,मैले सोधें। “सर है बुवाले, छोरी स्कूल जा अनि आमा नवलपुर बजार जा काम साम गर्नु पर्दैन भनेर कराउदै हुनुहुन्थ्यो” , अमिरले अडकिदै भन्यो।

एकछिन मलाई म मात्रै आएर गल्ति गरें जस्तो लाग्यो। संगै स्कूलको प्रिन्सिपल माझी सरलाई पनि लिएर आएको भए उहाँले तामाङ पनि बुझ्नु हुन्थ्यो अनि सायद मंगलीको बुवालाई पनि सम्झाउनु हुन्थ्यो भन्ने लाग्यो। आज यस्तै भयो शनिबार माझी सरलाई पनि लिएर मंगलीको बुवासंग कुरा गर्नुपर्ला जस्तो लग्यो। मंगली , सुकुमाया , सावित्री , मंगलीको भाउजु र अरु महिलाहरु कोदोको बिउ लिएर तल बारीमा ओर्लिए। साबित्रिले छिटो छिटो केहि भनि अनि अमिर र सुजित बेसरी हाँसेन्। के भयो किन हाँसेको भनि मैले सोधें अनि अमिरले जवाफ दियो “मेरो बाउ यस्तो भएको भए, म त ढुंगाले हानेर हींडीदिन्थे रे सबित्रिले”। म पनि मनमनै मुसुक्क हाँसे तर केहि बोलिनं। सावित्रीलाई त्यस्तो भन्नुहुन्न भनेर सम्झाउन पनि जरुरी लागेन।

म एकछिन डोकोमाथि नै टोलाएर बसिराखेँ। अमिर, सुजित र म बारीको माथ्लो पाटोमा थियौं र मंगली सुकुमाया सावित्रीहरुचाहिँ तल्लो पाटोमा कोदो रोप्दै थिएँ। मंगलीकी दिदी, भाउजू मंगलीलाई केही भन्दै थिएन। मंगली पनि अलिक रुन्चे स्वरमा बोल्दै थिई। के के कुरा भयो भन्ने चाहिँ मलाई थाहा भएन तर यति यकिन चाहिँ भयो, तल स्कुलकै विषयमा कुराकानी भइराखेको थियो। यस्तो लग्थ्यो सबैजना रोइरहेका छन्। मलाई माझी सरले भन्नु भएको कुरा याद आयो। कक्षा १० को फर्म बुझाउन एकदुई दिनमा लानुपर्छ भन्नुभएको थियो। फर्म नभरे १० कक्षाको परिक्षा दिन पाइदैन थियो। मंगलीले फर्म भरेकी थिइन। म अलिक नजिक गएर फेरि मंगलीलाई सम्झाउने प्रयासमा लागेँ। 

“बुवाले स्कूल नजाऊ भन्नुभएको हो र मंगली?”. मैले सोधे। मंगलीले जवाफ दिइन। आमाले के भन्नु हुन्छनि? स्कूल नजाउ भन्नु हुन्छ र। “आमाले त जाऊ भन्नु भएको छ तर बुवाले मलाई धेरै नराम्रो संग के के भन्नु भयो, गाली गर्दा नि धेरै नराम्रो शब्दको प्रयोग गर्नु भयो, आमालाई पनि पिट्नुहुन्छ त्यसैले म स्कूल आउँदिनं सर अब”, मंगलीले धेरै भाबुक हुदै भनी।

एक दुई दिन नआउनु, पछि बुवाको रिस मरेपछि अनि काम पनि सकिएपछि आउनु नि है। तर अहिले चाहिं सरले फर्म भरिराख्दिन्छु तिम्रो फोटो र जन्मदर्ताको कागज चाहिँ देउ न सरलाई है। 

“मलाई ढिला पनि भयो अब म जानुपर्छ”, मैले घडी हेर्दै भनें। मंगली र उसको भाउजुबीच एकछिन दोहोरो कुरा भयो। सबै नबुझे पनि अलि अलि चाहिं बुझे जस्तो अनुभव भयो। फोटो र जन्म दर्ताकै बारेमा कुरा गरेका थिए। कुरा गर्दा गर्दै मंगली रुदैं चिच्चाई। सुजित नजिक आयो र भन्यो ,”मंगलीले त फोटो सोटो च्यातेर फालिसकि भन्दै छे सर”, तर फालेकी छैन होला सर लुकाएको ठाउँ म खोज्छु अनि स्कूल लिएर आउँछु। मैले फेरि घडी हेरें ८ बजिसकेको थियो मलाई घर फर्कियर खाना खाएर ९ बजेको एक्स्ट्रा क्लास लिन स्कूल पुग्नु पर्ने थियो। अब ढिला भयो भन्ने मनमा भयो अनि मंगलीलाई भने एकचोटी फेरी राम्ररी सोच्नु है अनि सुजितलाई फोटो र जन्म दर्ताको कागज चाही पठाउनु ल म अर्को दिन माझी सर लाई लिएर आउँछु अनि तिम्रो बुवा संगपनि कुरा गर्छु। अहिले सरलाई ढिला भयो सर जान्छु ल। 

“हस सर राम्ररी जानु है," मंगलीले भनी।  

ल सावित्री, सुकुमाया बाइ भनेर म उकालो चढेँ। सुजित र अमिर पनि मसँगै माथि उक्लिए। सुजितको घर पुगेपछि सुजितले एकछिन ल सर म फोटोहरु खोज्छु भनेर भित्र गयो र एकछिनमा उसले जन्मदर्ता चाहिँ पाएको तर फोटो चाहिँ नभेटाएन गुनासो सुनायो। धन्न मंगलीले भनेको जस्तो च्यातेको छैन भनेर एकछिन ढुक्क भएं। जन्मदर्ता छ भने फोटो पनि पक्कै छ राम्ररी खोजेर स्कुल आउनु है भनेर म सुजितसंग पनि बिदा भएं। अमिर र म बाटोतिर उक्क्लियौं।

मंगलीलाई मनाउन नसकेकोमा मन खिन्न परेर म फर्किएं। बाटोमा पनि चुपचाप नै हिँडे। अमिरले पनि केहि बोलेन सायद उसले बुझिसकेको थियो होला। मनमा असफल भएको भान भयो अनि म त्यस्तै त्यस्तै कुराहरु सोच्दै कोठामा आइपुगें। मेरा सह प्रज्ञार्थी साथीहरुले पाकाएको खाना खाएं अनि स्कूल गएं। म उसको घर गएको कुराले मंगलीलाई पनि केहि असर त भयो होला जस्तो नि लाग्यो। उसले फेरी एकचोटी राम्ररी सोच्छे होला भन्ने आश पनि मनमा बाकी नै थियो। एक दुई दिन कुर्नुपर्ला अनि केहि नभए माझी सरलाई लिएर फेरी एकचोटी मुले जानुपर्ला भनेर सोच पनि बनाएं। तर त्यतिसम्म गर्नु भने परेन। पर्सि पल्टै सुजितले फोटो र जन्मदर्ताको कागज लिएर स्कूल आयो अनि फर्म पनि भरियो। सुजितले अर्को हप्ता देखि मंगली स्कूल आउँछे भनेर खबर पनि दियो। यो कुरामा हर्षले खुसी भए। अनि आइतबार देखि मंगली स्कुल आउन थाली।

सायद यो मंगलीको मात्रै कथा होइन होला हाम्रो देशको अधिकांश ठाउँमा अलिकति पनि घरको आर्थिक अवस्था कम भएको चेलीको यस्तै कथा होला। आफ्नो उमेरले भ्याउनेभन्दा बढी काम गर्नुपर्ने वाध्यता अनि पढाइलाई त्यागेर परिवार अनि भाइबहिनीको पढाई र भविश्यको बारे सोच्नुपर्ने स्थिति। यस्तै छ यहाँ चेलीको व्यथा।

(इलेक्ट्रोनिक्स र कम्युकेसन ईन्जिनियरङमा बिई गरेका मनोज हाल टिच फर नेपाल फेलोका रुपमा, सिन्धुपाल्चोकको नवलपुर माविमा पढाउँछन्।)

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट