विवाहपछि पुरुषचाहिँ बदलिनु पर्दैन?

चुनाव
  • Get News Alerts

tata

जति नै शिक्षित र उदार बन्दै गए पनि हाम्रो समाज छोरीहरुका कहिल्यै उदार भएन। पढेलेखेका वर्गले पनि छोरा र छोरीबीच भेदभाव गरिरहे, गरिरहेका छन्। गर्भदेखि नै विभेद झेल्ने छोरीले मृत्युपर्यन्त विभेदको जालोमा बेरिन्छे। आमाको पेटमा हुँदा परिवार र नातेदारले छोराको आश गरी गर्ने विभेद, आशा गरिएको छोराको ठाउँमा छोरी जन्मेपछि परिवार र नातागोताले गर्ने विभेद, सानी छँदा दाइभाइ सरह खेल्न, दौडिन खोज्दा ‘तँ छोरी होस्, दाइले जस्तो दौडिने, उफ्रिने नगर’ भनेर हुने विभेद, स्कुल जान थालेपछि केटा साथीहरुले गर्ने विभेद आदि आदि।

यस्तो परिवेशमा हुर्केकी हरेक छोरीले १० वर्ष नपुग्दै अनुभुति गर्न थाल्छे– म छोरी मान्छे हुँ, त्यहीभएर मैले यस्तो गर्नुपर्छ अनि छोराले जस्तो यस्तो गर्नुहुदैँन र आफ्नो स्वतन्त्रतामाथि आफैँ लगाम लगाउँदै आफ्नो हद निर्धारण आफैँ गर्छे। आमासँग भान्छामा बसेर झ्यालको कुनाबाट दाजुभाइ दौडेको र कराएको टुलुटुलु हेर्नु बाहेक ऊसँग अरु विकल्प नै हुँदैन। ऊ भान्छामा बस्छे, आफुले सकेको आमालाई सघाउँछे या त आमाले गर्ने श्रृंगारका सामान लगाउन थाल्छे । बाहिर जाने, खेल्ने काम छोरीको होइन भन्ने मानसिकता उसमा पनि आउन थाल्छ र आफूलाई छोराभन्दा कमजोर छु भन्ने सोचाइ विकास हुन थाल्छ।

छोरीहरुका लागि यही नै यथार्थ हो। आमाको पेटमा हुँदा देखि सुरु भएको विभेदले प्रत्येक छोरी मान्छेले बालिका छदैँ आफ्नो सीमारेखा आफैँ निर्धारण गरिसकेकी हुन्छे। अनि बलका कामहरु गर्नबाट पछि हट्न थाल्छे, उसलाई म छोरी भएकैले शारिरिक रुपमा कमजोर छु, यस्तो बलको काम गर्न सक्दिनँ भन्ने अनुभुति हुनथाल्छ।

यस्तो सोचाइ र परिवेशमा हुर्केकी छोरीको बिहे हुन्छ। लोग्नेको घरमा छोरीको अर्को जन्म हुन्छ, श्रीमती र बुहारीका रुपमा। फेरि बेरिन्छे ऊ विभिन्न सीमा र रितिरिवाजमा। हिजोसम्म नचिनेकी को हो, को हो अवस्थामा रहेकी एउटी युवती अचानक उक्त घरकी गृहिणी, बन्छे। समाजले उसलाई उक्त घरको बागडोर सम्हाल्ने जिम्मेवारी थोपरिदिन्छन्। घरको चुलोचौकोदेखि राखनधरन सबै उसको जिम्मामा हुन्छ। श्रीमानको सामानको हेरचाह अब उसले गर्नुपर्छ,। उसले विवाह भएर गएको दिनदेखि नै त्यस घरमा भएका सबैको जिम्मेवारी लिनुपर्छ, मानौैँ, त्यसैका लागि नै उसको विवाह भएको हो।

मेरी एक नातेदारले जिम्मेवारीले थिचेपछि विवाह गरेको २ महिनामै हुँदाखाँदाको जागिर छोडिन् र घर सम्हालेर बसेकी छन्। उनी भन्छिन्–अफिस र घर गर्दा एकदम गाह्रो भयो । जिउलाई आराम पनि भएन अनि जागिर छोडिदिएँ। के गर्ने सबैजनाले विश्वास गर्नुहुन्छ, माया गर्नुहुन्छ। सबै जिम्मेवारी दिनुभएको छ, सम्हाल्न त परिहाल्यो नि।

आजकल उनी घर सम्हाल्नमै व्यस्त छिन्। कतै निस्किदिनन् पनि। विवाहपछि उनको जीवनमा साँच्चै नै परिवर्तन आएको छ। साथीहरुसँग घुम्न गइराख्ने उनी अहिले घरकै काममा रमाउन थालेकी छिन् र यसमा निक्कै खुसी पनि छिन्। घर परिवार र श्रीमानले खुबै माया गर्छन उनलाई। ‘घर राम्रो भए सबै राम्रो हुन्छ, घरै बिग्रे त सकिग्गो नि’, उनले बारम्बार भन्छिन्। हुन पनि हो, घरबार जोड्नु, विवाह गर्नु भनेको नै श्रीमान श्रीमती मिलेर बस्नलाई हो, खुसी हुनलाई हो अनि त्यो खुसी नै रहेन भने जिन्दगीको अर्थ नै के भयो र ?

मेरी ती आफन्त खुसी छिन्, उनका श्रीमान् र सासूससुरा सबै खुसी छन् र म पनि खुसी छु, उनको खुसीमा। तर यही प्रसंगलाई जब स्वतन्त्रता अनि लैगिंक समानतासँग जोडेर हेर्छु तब भने मलाई खुसी लाग्दैन, जब नारी स्वतन्त्रतासँग उनको यो निर्णयलाई जोड्न पुग्छु मलाई साँच्चै औडाहा हुन्छ। उनले आफ्नो वैवाहिक जीवनलाई खुसी र सुखी राख्न आफ्नो स्वतन्त्रताको बली दिएजस्तो लाग्छ। विहेअघि साथीभाइसँग घुम्ने, रमाइलो गर्ने अनि अफिसमा पनि निकै राम्रो काम गर्ने मेहेनती र प्रतिभावशाली कर्मचारी थिइन्। विवाहपछि हाकिमले उनलाई काम नछोड भनेर निकै सम्झाएका पनि थिए रे तर पनि उनले काम छोडिन्। विवाह गरेर आएको आफ्नो घर र परिवारलाई व्यवस्थित गर्न भनेर।

उनी त एक उदाहरण मात्र हुन्। उनको जीवनजस्तै हुन्छ विवाहपछि धेरै छोरीको जीवन। उसको हिँड्ने, घुम्ने बानीदेखि लवाइखवाइ मात्र होइन सोचाइको स्तरमा पनि परिवर्तन आउँछ। ठीक छ, विवाहपछि नयाँ ठाउँ, नयाँ परिवेशमा केही हदसम्म आफूलाई परिवर्तित गराउनु ठीकै पनि हो। तर पटक्कै चित्त नबुझ्ने कुरा के हो भने एउटी नारीले समाज र परिवेशलाई हेरेर आफूलाई परिवर्तन गर्न सक्छे, श्रीमानको घरको सबै जिम्मेवारी लिनसक्छे भने एउटा पुरुषले विवाहपछि आफूलाई परिवर्तन किन गर्न सक्दैन? के श्रीमती घर सम्हाल्नका लागि मात्र हो त? जब नारीलाई अधिकार दिने कुरा आउँछ, त्यसबेला पछि हट्ने अनि घर सम्हाल्नचाहिँ फेरि नारी नै चाहिने? विवाहपछि पुरुषले आफूलाई कति परिवर्तन गर्छ भन्ने थाहा पाउन हाम्रो समाजका विवाहित पुरुषको विवाहअघि र पछिको जीवन हेर्नुहोस् उत्तर आफैँ पाउनुहुनेछ। पर जानैपर्दैन आफ्नै श्रीमानको दिनचर्या हेर्नुस् त, कति परिवर्तन देख्नुभयो? केटा मान्छेको जीवन विवाहअघि जस्तो थियो त्यस्तै नै हुन्छ, केही पनि परिवर्तन हुँदैन। त्यति नै बाहिर हिँड्ने, त्यति नै साथीभाइ, त्यति नै फोन आउने, त्यति नै रमाइलो गर्ने। अझ धेरै बढेको हुन्छ उनीहरुको स्वतन्त्रता। ‘घर सम्हाल्दिने आइहाली अब जे गरे पनि हुन्छ’, भन्ने मानसिकता धेरै पुरुषमा देखिन्छ। कतै गएर निस्किन अलि हतार गरे उसका साथीले भन्छन्–के हतार र तँलाई अहिले त घरमा श्रीमती छदैँछ नि।

अचम्म लाग्छ, स्वतन्त्रता पुरुष र महिलालाई बराबरी चाहिने होइन र? यदि हो भने के अरुको स्वतन्त्रता हनन गरेर आफू स्वतन्त्र हुनु सही हो त?

केटीले अर्काको घरमा आएर पनि सबै जिम्मेवारी लिन सक्छे भने केटाले लिन सक्दैन र? के घर सम्हाल्ने जिम्मेवारी केटी मान्छेको मात्र हो? उसो भए लोग्ने स्वास्नीलाई एक रथका २ पांग्रा किन भनिएको त? एक रथका २ पांग्रा भनेको त सधैँ सँगसँगै हुने होइन र?

मलाई चित्त नबुझ्ने कुरा नै यही हो। विवाहपछि केटी मान्छे हर कुरामा परिवर्तन हुनुपर्ने अनि केटाचाहिँ केही पनि परिवर्तन हुनु नपर्ने? कतिसम्म विभेद भने, केटीले विवाहपछि कतै साथी वा आफन्तकोमा जानु परे आफैँ १० पल्ट सोचेर मात्र श्रीमान वा सासु, ससुरासँग अनुमति माग्नु पर्ने अनि केटाले साथीको घरमा पुगेपछि बल्ल म फलानो ठाउँमा छु, आउन ढिला हुन्छ भनिदिए पुग्ने।

पुरुष मित्रहरु, जन्मपूर्व नै भोगेको विभेदले १० वर्षको कलिलो उमेरमा नै आफूले आफ्नो सीमारेखा निर्धारण गरेकी एक महिलाको सम्मान गर्नुहुन्छ, भने कमसेकम आजैदेखि उसले भने पनि नभने पनि उसका इच्छा र चाहानाको कदर गरिदिनुहोस्। आफ्ना छोरीहरुलाई सानैदेखि नै बन्धनमा नराखी स्वतन्त्र छोडिदिनुहोस्, ताकि उनीहरु मानसिक र शारीरिक रुपमा बलिया बनून्।

श्रीमानहरुले मुखले जागिर खान जाउ भनेर मात्र होइन श्रीमतीका लागि बाहिर गएर काम गर्ने वातावरण बनाइदिनुहोस् त्यसका लागि भात पकाउने, भाँडा माझ्ने लगायतका घरको काममा सघाउनुस्, भाँडा माझ्ने, लुगा धुने, सरसफाई गर्ने काम छोरीबुहारीको मात्र हो भन्ने सकिंर्ण मानसिकताबाट आफुलाई मुक्त पार्नुहोस्।

मायाप्रेम र विश्वासको नाममा थेग्नै नसक्ने गरी अनावश्यक जिम्मेवारी नथोपर्नुहोस्। पकाएर खान दिँदा नुन बढी र कम भयो भनेर दोष लगाउनुको सट्टा उसको प्रशंसा गरिदिनुहोस्। उसलाई ऊ भएर नै परिवार चलेको छ भन्ने आभास दिलाइदिनुहोस् र अन्त्यमा आफूले भोगेको स्वतन्त्रता अरुलाई पनि चाहिन्छ भन्ने कुरा महशुस गर्नुहोस्। नबिर्सनुस्, लिंगको आधारमा स्वतन्त्रताको हद छुट्टिदैन। श्रीमतीलाई घरका काममा साथ दिँदा तपाईँ सानो बन्नुहुन्न, तपाईँको ओज झन् बढ्छ।

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट