पेटभरी खान, स्कूल जान, सुलभ औषधिमुलो, न्यानो सुताई शान्त वातावरण आदि–आदिको आशामा पटक–पटकका विद्रोहमा सहजै साथ दिए रोल्पालीहरुले ।
राष्ट्रिय पञ्चायत सदस्य, सांसद, सभासद त के मन्त्रिसमेत बनाउन भ्याएकै हो ।
प्राय हरेक पटकको मन्त्रिमण्डलमा रोल्पा परिरह्यो इतिहासदेखि । तर, समग्रमा रोल्पा अझै उस्तै छ ।
सरूवा भएर आउने कर्मचारी गह्रौ मनका साथ भित्रिन्छन, अनि फर्किने बेलामा मोटा–घाटा, चिल्ला–चापला भएर फर्कन्छन् । चप्पलसँग राजधानी छिरेका नेताहरू कोहि पनि खाली हात फर्केनन् पारिवारीक जोहो बिना । गुनासो गर्छन रोल्पालीहरू ।
अहिलेसम्म रोल्पाले आधा दर्जनभन्दा बढी मन्त्री जन्माईसकेको छ । रेगबहादुर सुवेदी, बालाराम घर्तिमगर, सुरेन्द्र हमाल, भीमकुमारी बुढा, वर्षमान पुन, जयपुुरी घर्ति, ओनसरी घर्ती, कृष्णबहादुर महरा।
सांसद र सभासद त धेरै पठाई सक्यो ।
२०१५ सालका एमपि खडानन्द सुबेदी पञ्चायतमा सधै सत्तामा पुग्ने बालाराम घर्तिमगर, बरमन बुढा, कृष्णबहादुर महरा, सुरेन्द्र हमाल, लेखनाथ आचार्य, जयपुुरी घर्ति, सन्तोष बुढा, खुमा सुबेदी, सन्तोषी वि.क., ओनसरी घर्ती, तारा घर्ती, जोखबहादुर महरा, रिमा नेपाली, वर्षमान पुन, झक्कु सुबेदी सवै रोल्पाली हुन ।
कस्तो छ रोल्पाको स्वास्थ्य ?
सबै–सबै असन्तुष्टिकाबीच सबैलाई बिझेको सबैलाई दुखेको विषय हो रोल्पाको स्वास्थ्य ।
२०३४ साल साउन १ गतेबाट सुरूआती इतिहास छ, रोल्पाली सरकारी स्वास्थ्य सेवाको ।
कामु कार्यालय प्रमुखकासाथ लोकेश्वरलाल श्रेष्ठबाट सुरू गरिएको स्वास्थ्य कार्यालयले आफ्नो ३६ वर्षको जीवनमा अहिलेसम्म जम्मा सात जना डाक्टर मात्र प्रमुखको रूपमा भेटेको छ ।
२०५० सालको जेठमा डा.निर्मलकुमार ज्ञवाली पहिलो पटक भित्रिएका थिए । करिब २ वर्षको उनको बसाई पछि खाली भएको डाक्टरी पद २०५७ मा आएर डा.भवानीप्रसाद शर्माले पूरा गरे १ वर्ष जति ।
१ वर्षको डाक्टरी पद खाली भैरहदा २०५९ को अन्तिममा आए डा.यदुचन्द्र धिमीरे यतातिर ।
२०६१मा डा.पिताम्वर सुबेदी, २०६३मा डा.मिनचन्द्र अधिकारी, २०६४मा डा.युवराज पोख्रेल र २०५९मा डा.विनोदकुमार गिरी ।
३६ वर्षको ईतिहासमा १६ वर्ष कुनै डाक्टरले नटेकेको रोल्पामा २०५० सालबाट मात्रै एमबिबीएसको अनुहार देख्यो ।
कार्यालय प्रमुख बाहेक अहिलेसम्म ११ जना डाक्टरहरुले सेवा दिएका छन् । डा.शिशिर दाहाल, डा.ओमकृष्ण पाठक, डा.त्रिलोकीनाथ गुप्ता, डा.सन्देश देवकोटा, डा.सुवज भट्राई, डा.बोम बिसी, डा.लोकेन्द्र थापा, डा.विपीन कार्की, डा.किरण धिमिरे, डा.महेश पौड्याल र डा.सचिन धिमिरे ।
२०३४ देखि २०६० सम्म सामान्य हेल्थ सेन्टरको रूपमा रहेको यहाँ २०६१ चैतमा मात्र जिल्ला अस्पताल स्वीकृती पायो, त्यो पनि मात्र १५ शैय्याको । आफ्नो भवनको अभावमा भाडामा बस्दै आएको अस्पताललाई २०६२ मा डा.पिताम्वर सुवेदीले जवरजस्ती पुर्याए सदरमुकामबाट ५ किलोमिटर टाढा रहेको अस्पताल कै खण्डहर बनेको आफ्नै भवनमा ।
खण्डहर भवन किन ?
२०३७-३८ मा टेण्डर आव्हानपछि पम्फा कन्ट्रक्सनले जिल्ला अस्पताल भवन निर्माण सुरू गरेको थियो । त्यो बेलाको ३६ लाख रूपैयाँमा सुरु गरिएको भवन निर्माण तत्कालिन पञ्चायतका हस्तीहरु सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको प्यानलको आन्तरिक बिबादका कारण ठेकेदार डिल्लीबहादुर सुवेदी चेपुवामा परे । उनले थापा पक्षको पेलानको निहुँ बनाएर भवन निर्माण अलपत्रै छाडे केहि समय ।
२०४२ सालमा सिडिओ भई आएका सानुवाबु खत्रीले यो योजनालाई सकाउन पहल गरे । थापा पक्ष र सिडिओको दबाबमा परेका ठेकेदारले नाम मात्रको काम सकाएर भवन हस्तान्तरण नै नगरी गुमनाम भए ।
त्यो बेलाका यो योजनाका मुद्दा सम्वन्धि सम्पूर्ण फाईलहरु जिल्ला प्रशासन कार्यालयका पोका भित्र कतै अहिले पनि थन्किरहेको छ ।
नेदरल्याण्ड सरकारले अस्पतालका लागि दिएका भौतिक सामाग्रीसमेत रहेको नव–निर्मित भवन अलपत्र परेपछि सबै चोरिएर सकिए। झ्याल ढोका सबै हराए। २०३७÷०३८ बाट सुरू गरिएर २०४१÷०४२ तिर सम्पन्न भएको यो भवन करिब २० वर्ष जति एक्लियो ।
सामान्य हेल्थ सेन्टरका लागि बनाएको भवन हस्तान्तरण नभएका कारण स्वास्थ्य संस्था सदरमुकाम मै बस्यो । भाडाको सानो घरमा ।
अहिलेसम्म यहाँ मर्मतका लागि मात्रै करिब ७५ लाख सकिएको छ । तर, पनि सेवा दिन सक्ने अवस्थामा छैन । भित्ताहरू चर्किएका छन् । झ्याल ढोका खस्ने अवस्थामा छन् । टिनको छाना खिया लागेर चुहिन्छ।
आफ्नो स्थापना कालदेखि ३ वटा शासन व्यवस्था देखेको यो भवनले धेरै मन्त्री, नेता, मन्त्रालयका सचिवहरुको अनुहार देख्यो तर आफू उस्तै छ ।
पछिल्लो समय अस्पताल यति जिर्ण छ की, कुनै पनि बेला सेवा लिन आएका बिरामी र स्वास्थ्यकर्मी थिचिन सक्छन् भवन भत्कीएर ।
कतै–कतै त भित्ताहरुवाट नियालेर हे¥यो भने भित्रबाहिर सजिलै देख्न सकिन्छ, च्र्किएका प्वालहरुवाट ।
तल बेडमा विरामी सुत्छन् माथि भित्ताबाट आफै–आफै धुलो, माटो झरिरहन्छ उनीहरूको शरीर र ओछ्यानमा । भुँई उप्कीएर गाई गोठ जस्तै छ । बिजुलीका तारहरू छरपस्टै छन् ।
यति मात्र कहाँ हो र ? सदरमुकामबाट अस्पताल पुग्ने ५ किलोमिटरको बाटो बयान गरि नसक्नुको छ । अस्पताल जाँदा जाँदै कुनै पनि बेला के हुने हो भन्न सकिदैन सवारी साधनमा वस्यो भने ।
कर्मचारी कति ?
१–अस्पताल, २–प्राथमिक स्वास्थ्य केन्द्र, ९–ईलाका हेल्थपोष्ट र ४०–उपस्वास्थ्य चौकी रहेको रोल्पामा अहिले केहि उपस्वास्थ्य चौकीलाई अपग्रेड गरिएको भए पनि भबन, दरबन्दी मिलानलगायतका काम हुन सकेको छैन ।
२ जना डाक्टर दरबन्दी भएको जिल्ला अस्पतालमा हेल्थ असिस्टेन्टको त झन दरबन्दी नै छैन । आन्तरिक आय पनि एकदमै न्यून छ ।
स्टाफ नर्स–२, अहेब–२०, अनमी–११, ग्रास्वाका–२६, मासिका–१० गरि हाल रोल्पामा जम्मा ९१ दरबन्दी रिक्त छ ।
कारण लोकसेवा आयोगले जाँच गराएर सबै ठाउँमा स्वास्थ्यकर्मी पठाउँछ । त्यसको वर्ष दिन नपुग्दै विभिन्न कोणको भनसुनको आधारमा सरकारले सरूवा गराएर सुगम तिर लगिदिन्छ स्वास्थ्य ।
रोल्पाको स्वास्थ्य सेवा करार दरबन्दीको भरमा टिकेको छ । अहिलेका ४ डाक्टर मध्येमा ३ अस्थायी–करारका हुन भने जन–स्वास्थ्य अधिकृत पनि ।
अहेव, भ्याक्सीनेटर, अनमीगरी करिब ८२ जना अस्थायी–करारमा छन यहाँ ।
उता २ वटा प्राथमिक स्वास्थ्य केन्द्र पनि लामो समय देखि डाक्टरबीहीन छ ।
कस्तो छ त सेवा ?
काम चलाउ रूपमा जेन–तेन गुज्रीएको रोल्पाको स्वास्थ्य सेवा २०६४ जेठ २२ गते यहाँ भित्रिएका डा.युवराव पोख्रेलसँगै सुधारिएको पाईन्छ । करिब ५ वर्षको रोल्पा बसाईमा एउटा गतिलो छाप छोडेर गएका छन् उनी ।
डा.पोख्रेल भित्रिने समयमा स्वास्थ्य सेवा सुचकाङ्क ६५औ स्थानमा रहेको रोल्पालाई १२औ स्थानमा ल्याउन सफल भए । उनका मातहतका डा.शिशिर दाहाल, डा.ओमकृष्ण पाठक, डिल्लीराज पोख्रेल, भीमबहादुर चौधरीलगायतको टिमले भगीरथ प्रयास ग¥यो भन्छन् रोल्पाको स्वास्थ्यलाई नजिक बाट नियाल्नेहरू ।
डा.युवराज पोख्रेल रोल्पा आए ताका संस्थागत सुत्केरी ४ प्रतिशत रहेकोमा उनको बसाईमा २५ प्रतिशत पुगेको थियो । परिवार नियोजन साधन प्रयोगकर्ता दर १९ प्रतिशतबाट ३६ प्रतिशतमा पु¥याएका थिए । मातृ–मृत्यूदर, शिशु–मृत्यूदर घटाउन सफल त्यो समयको जनशक्तिले अन्य सेवाहरु पनि राम्रै प्रबाह गरेको देखिन्छ ।
तर हाल त्यो गति तोडिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका एक स्वास्थ्यकर्मी “कर्मचारी बिचमा टिम नमिलेको र गर्नुपर्छ भन्ने मानसिकता नभएका कारण यसो भएको स्वीकार्छन”।
सफलतामा पुगेको बर्थिङ सेन्टर !
सबै–सबै अलमलका बिचमा रोल्पामा सुरक्षित मातृत्व सेवा भने २०६५ सालबाट असाध्यै सफलतामा पुगेको छ । जिल्ला विकास समिति, गाउँ विकास समितिको प्रत्यक्ष सहयोगमा अहिले रोल्पाका ४२ स्थानमा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।
गर्भवती जाँच ४ पटक गरेवाफत रू ४ सय र स्वास्थ्य संस्थामा सुत्केरी गरेवापत रू एक हजार गरि एकमुष्ट रू एक हजार ४ सय बुझ्दछन रोल्पाली आमाले ।
सिर्प, सेरम, उवा, डुव्रिङ गाविसका स्वास्थ्य संस्थाबाहेक अन्यत्र सबै स्थानमा गाविस ले अनमी राखिसकेको छ ।
जेल्बाङ, स्यूरी, पाङ, पाखापानी, बुढागाउ,ँ फगाममा पनि बर्थिङ सेन्टरको पूर्वाधार पूरा गरि स्वीकृतिको लागि पठाईसकेको छ ।
तत्कालिन स्थानीय विकास अधिकारी कृष्णप्रसाद अर्याल, योजना अधिकृत महेन्द्रकुमार सापकोटा, आड्रा नेपाल, सुरक्षित मातृत्व संजाल महासंघ नेपाल, परिवार स्वास्थ्य कार्यक्रमलाई यसको श्रेय दिने डा.युवराज पोख्रेल आफ्ना मातहतका कर्मचारीहरुको अनवरत प्रयासले रोल्पामा सुधार गर्न सफल भएको जनाउँछन् ।
सरूवा भएर काठमाडौ गएका डा.पोख्रेल नपुगेको कुनै स्वास्थ्य संस्था छैन रोल्पामा ।
“यो जालीम दुनियाँमा डा.युवराज पोख्रेल रोल्पाले पाउनु रोल्पालीको भाग्य थियो” भन्छन् काग्रेस जिल्ला सभापति कृष्णबहादुर घर्ति ।
“डा.पोख्रेल ईमान्दार त थिए नै उनको बसाईमा रोल्पालाई दिनु पर्ने जति सेवा दिए” भन्छन् पत्रकार कासिराम डाँगी ।
कस्तो छ बर्तमानमा अस्पताल ?
अहिले रोल्पामा करारका ३ जना डाक्टर छन भने करिब ७ दर्जन अस्थाई–करारका स्वास्थ्यकर्मी ।
एक्सरे गर्ने रेडियोग्राफरको दरबन्दी नहुदाँ कहिले अहेबले त कहिले कार्यालय सहयोगीले काम धान्नु पर्छ ।
त्यसै गरि भिडियो–एक्सरे सामान्य रुपमा त डाक्टरहरुले गर्छन तर उनीहरुलाई आवश्यक तालिम दिन नसकेका कारण एउटा भिडियो–एक्सरे गर्न रोल्पालीहरू महंगो गाडी भाडा तिरेर दाङ, बुटवल वा नेपालगंज पुग्नुपर्छ ।
उता स्थानीय प्रशासन लाचार भईदिदाँ बजारमा खुलेका औषधी पसलहरुमा अहेवले नै भिडियो एक्सरे, इसिजि, लगायतका नाजायज गतिविधिहरु गरिरहेका छन ।
गर्भपतन त झन औषधि खुवाएर होस वा अन्य विधिबाट होस गाउँमा, बजारमा प्रसस्तै हुने गर्छन गैर कानुनी रुपमा ।
एक्काईसौ शताब्दिको जिल्ला अस्पताल अहिले पनि १५ शैय्याको छ । भने यो युगमा कुनै सुत्केरी बेथा लागेको आमालाई अप्रेसन गर्नुप¥यो भने लामो बाटो टाढा लानुपर्छ अञ्चल नै काटेर । त्यो पनि सदरमुकाम बाट ।
गाउँबाट कुनै बिरामी रिफर भयो भने कहिले काहि त ५÷७ दिनको यात्रापछि मात्र प¥याउन सकिन्छ सुविधासम्पन्न अस्पताल तिर ।
जति राजनीति गरे पनि जनताका लागि कसले ग¥यो र ? रोल्पालीहरु मनभरी गुनासो पालेर बसेका छन् ।