कसरी भइन् उनी चरित्रहिन?

  • Get News Alerts

united
tata

‘उनी को हुन् र उनको विहे कहिले कोसँग भयो मेरो लागि चासोको विषय थिएन,’ बाटोमा हिँडिरहेकी एक युवतीलाई बुढी औला तेर्स्याउँदै नजिकै रहेकी एक महिलाले टिप्पणी गरिन्। ‘विहे गरेको १ वर्षमै पोइ छोडेर, अर्कोसँग विहे गरेर हिडेकी छे। छ्या ! लाज सरम केही नभाकी?’ आफ्नो गन्तब्यमा बेफिक्री हाफ पाइन्ट, टिर्सट र क्याप लगाएर हिँडिरहेकी उनीमाथि एकाएक गरिएको टिप्पणी पटक्कै चित्त बुझ्दो थिएन।

आफ्नो व्यक्तिगत जीवन स्वतन्त्र रुपमा जिइरहँदा पनि अरुका लागि कति टाउको दुखाईको विषय बन्दोरहेछ भन्ने एउटा ज्वलन्त उदाहरण थियो। एक वर्ष भित्र श्रीमानसँग छुट्टिनु पर्नाको केही कारण होलान् जसले सम्बन्धको बाटो अलग बनायो। तर बाहिर हेर्दा ती महिला गतिछाडा सावित भईन्।

सायद, ती महिलालाई निकै फुर्सद थियो। उनको बारेमा टिप्पणी गरेर ‘इन्टरटेइन’ गरिराख्न।  म भने हतारमा थिएँ। मेरो देखिएको स्वतन्त्रता भित्र धेरै जिम्मेवारी पुरा गर्नु थियो। यिनै कुरामाथि तर्क वितर्क गरेर रल्लिने समयको अभाव थियो। तर पनि मन मानेन। एकछिन मनको रिमोट दबाएँ र केही शालिन तरीकाले सोधेँ ‘किन त्यसरी विहे गरेकी होलान् त, थाहा छ हजुरलाई?’ मैले सोधेँ, ‘खै! बानि गतिलो नभएर होलानी! ऊ छोटा कट्टु लाएर हिड्नुपर्ने, जोसँग पनि बोल्नुपर्ने। ‘यल्लाई, लोग्नेले मन पराएन।’

निकै अड्कलको भरमा यसो भएर होला र उसो भएर होला भन्दै ती महिलाको निजी जिन्दगीमाथिको टिका टिप्पणी साह्रै ‘घटिया’ लाग्यो । अरुको व्यत्तिगत जीवनमाथि अनुमानका भरमा यति विधि नकारात्मक टिप्पणी गर्न कति मन मानेको होला? प्रश्न आफ्नै मनसँग गरेँ। फेरि उनले एक वर्ष पछि अर्कोसँग विहे गरिन् त। फेरि किन? पहिलोसँग मन मिलेन  अनि दोस्रो विहे गरीन्। के अपराध गरिन् उनले? के आधारमा चरित्रहिन भएर हिँडेको आरोप लागिरा’छ उनलाई।

एक महिला हुनुको नाताले हरेक कोणबाट उनले जिएको स्वतन्त्रता र त्यसमाथि गरिएको टिकाटिप्पणीलाई केलाएँ निकै नराम्रो लागिरह्यो। त्यसरी टिप्पणि गर्ने महिलाको बारेमा पनि सोचेँ। यहि विषयमा मेरो र उनको विचार र दृष्टिकोणमा कति धेरै अन्तर। म उनको व्यत्तिगत जीवन र स्वतन्त्रताबाट व्याख्या गर्छु तर उनी ‘लोग्नेले मन नपराएकी एक गतिछाडा आइमाइर्’ भनेर चित्रित गरिरहेकी छिन्।

एकै परिवेश र एकै दैनिकीमा रहेकी उनले त्यो भन्दा बढी कसरी सोचुन्, बुझुन् र जानुन् । जुन संस्कार, परिवेश र दैनिकीमा आफूलाई अभ्यस्त बनाएकी छिन् त्यो भन्दा बढी जान्न बुझ्न र सिक्न नसक्नुमा उनीमात्रै दोषि पक्कै होइनन्। त्यो वातावरण नपाउनुमा उनको शिक्षा, चेतनास्तर, परिवार र समाज दोषी छ। त्यसैले उनले सोचेको सोचमाथि पनि दया लागेर आयो ।

 विवाह नितान्त निजी जीवनको मामला हो । यो जोडिसँगै बसेर रमाउन सकेनन् र छुट्टिएर स्वतन्त्र जीवनको बाटो रोजे। यी विषयमा हाम्रो यति धेरै चासो किन? प्रश्न फेरि मनमा उठ्यो । यी महिलाका पूर्व श्रीमान पनि धेरै चोटि यही बाटो हिडे होलान् । बेफ्रिकी आफ्नै तालमा। उनको हैसियत अनुसार आफ्नो जिन्दगी पक्कै जिएका होलान्। तर ती पुरुषमाथि कोही कसैले चरित्रहिनको ट्याग लगाउँदैन। उनी निकै सम्मानित छन् यो समाजमा। किनकी उनी मर्द पुरुष हुन्, नेपाली समाजका। अफसोच ! यहाँ त चरित्रको पगरी महिलाले मात्रै भिर्नुपर्छ।

केहि दिन पछि फेरि तिनै पात्र उही बाटोमा देखिइन् । हुलिया केहि फरक थियो । जिन्स र टाइट टिर्सट अनि हातमा सानो कुकुर पनि । बेफ्रिकी उही बाटो आफ्नै संसारमा। संयोगले एक दिन तिनै महिलाकी आमासँग भेट भयो । प्रसंगमा उनले छोरीको कुरा निकालिन्। उनले अन्तरजातीय प्रेम विवाह गरेकी रहिछन्। विदेशमा रहँदा सँगै पढेका सहेलीसँग। मंगोलियन उनी र ब्राम्हण थरका पुरुष। देश भित्र आए पछि समस्या देखिन थालेको उनकी आमाले बताइन्। विदेशमा हुँदा  दुई जना बिच प्रेम भयो अनि विहे गरे। आफ्नै संसारमा रमाएका थिए। जब देश भित्र आए आफन्त पनि उनीहरुको विहेको हिस्सेदार बन्न थाले अर्थात  आफन्त, इष्टमित्र सबैलाई उनीहरुको सम्बन्धको डोरीले समेट्नु पर्नेभयो। विस्तारै, जात भातका कुरा उठ्न थाले, रहन सहन र संस्कार, संस्कृतिका कुरा उठ्न थाले, सासु, ससुरा, नन्द, अमाजु, देवर, जेठाजुको मान मर्दनका अनेकन प्रसंग निस्किन थाले। विदेशमा राम्रा साथी बनेका, हरेक कुराहरु राम्रा लाग्ने ती जोडिको नेपाल फिरे पछिको व्यवहारमा आकाश र पातालको व्यवहार देखिन थाल्यो। दुवैको सम्बन्धमा मन मुटाव बढ्न थाल्यो । माया ममता, विश्वास, समझदारिमा मजबुत हुनुपर्ने सम्बन्धमा जात भात, संस्कारका कुरा हुँदै शंका उपशंका, लाञ्छना र तिरस्कारले कमजोर बनाउँदै लगेपछि अन्ततः सम्बन्ध तोडियो ।

दुबै कानुनी रुपमा अलग भए। एक वर्ष पछि आमा बुबाले आफ्नै जातको एक व्यवसायीसँग उनको सम्बन्ध जोडिदिए। अहिले दुबैले व्यवसाय चलाइरहेका छन् स्वतन्त्र रुपमा आफ्नो जिन्दगी जिइरहेका छन् । तर पहिलो लोग्नेसँग १ वर्षमै सम्बन्ध विच्छेद भयो भन्दैमा अहिलेसम्म लाज सरम नभएकी भन्दै चित्रित गर्नु कति न्यायोचित होला?

पहिरन उनको स्वतन्त्रता हो, उनले खुलेर पुरुषसँग बोल्दा चरित्रको लक्ष्मणरेखा कोरिनु पर्ने कारण किन? समाजको विभेद युक्त र एकतर्फी दृष्टिकोणको मजाक पात्र महिला मात्रै बन्नु पर्ने किन?  उनका पूर्व श्रीमान भने दुधले नुहाएका जस्तै चोखा। मानौ सम्बन्ध तोडिनुको मुख्य अभियुक्त तिनै महिलानै हुन्। कहिलेकाही अझ त कतिसम्म सुन्नुपर्छ भने कुनै महिलामाथि बलात्कार भयो भने ती महिलाको चरीत्रमाथि प्रश्न गरिन्छ। गतिलो भएको भए त्यस्तो हुन्थ्यो र? चरित्रहीन भएर नै बलात्कार भयो । ऊफ ! यो समाज, पात्र, सोच र प्रवृत्ति । चरित्रको प्रमाण पत्र पुरूषका लागि चाहिदैन तर महिलाकालागि अनिवार्य ।

उनी एक प्रतिनिधि पात्र मात्रै हुन् धेरै महिला माथि यि र यस्तै बहानामा चरीत्रमाथि प्रश्न उठाइन्छ र हतोत्साहि गर्ने गरिन्छ । यो महिला र पुरुष वर्गबाट भन्दा पनि संकुचित मानसिकताका परपीडकहरुबाट हुने गरेको छ । आजकाल सामाजिक संजालदेखि धेरै कुराहरुमा अरुलाई खिल्ली उडाउनु मजाक गर्दै परपीडक बनेर आत्मरतिमा रमाउने बानिले अक्सर प्राय धेरैलाई गालिसकेको छ। हामी आफ्नो धरातल विर्सन्छौ र हरेक मानिसको बैयक्तिक जिन्दगीको चरित्रको प्रमाणपत्र बोकेर बाटो घाटोमा हिडिरहेका बटुवाको बर्गिकरण गर्छौ। बुझ्दै नबुझी विभिन्न ट्याग लगाइदिन्छौ। आवरण हेर्छौ, दृष्टिाकोण बनाउँछौं।

निर्दोषलाई दोषि आँखाले हेर्छौ र अपराधि सम्झन्छौ । दोषिलाई निर्दोष आँखाले हेर्छौ र सज्जन बनाइदिन्छौ । बास्तविक कुरा बुझ्न निकै हतार हुन्छ हामीलाई मानसपटलमा बनिरहेका रेडिमेड कुराहरु बाहिर फालिहाल्छौ अनि रमाउँछौ।

हरेक मानिसको आफ्नो व्यक्तिगत जिन्दगी हुन्छ । ब्यक्तिगत जिन्दगी भित्रका ती पानाहरुमा धेरै कहानीहरु लेखिएका हुन्छन् । ती मध्ये केही मात्रै समाजले देख्ने गरी बाहिर आएको हुन्छ त्यो भन्दा धेरै नदेखिएरै बसेका हुन्छन् । आवरणमा देखिएका तथाकथित केही पक्षलाई लिएर बनाइएका दृष्टिकोण आजकाल सबैभन्दा बढी खतरनाक बनिरहेका छन्।

[email protected]

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

  • मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली? मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली?

    टिभी हेर्नेलाई हसाँउथे धुर्मुस–सुन्तली । हामी पनि हाँस्यौं होला । खुसी भयौं होला । काँचको पर्दामा हाँसो फुलाउने यी जोडीलाई बर्दिवासका मुसहरले टिभीमा देखेका थिए–थिएनन्? सधैं गरिबी, अभाव र पीडाले डामिएका ती मुसहरले कहाँ पाएर हेर्दा हुन् टीभी? रहर त कति हो कति हुँदो हो तर बाध्यता? बाध्यता र अभाबभन्दा ठूलो शत्रु के हुन्छ ?र, त्यही काँचका पर्दामा फुल्ने यो जोडीका रङ्गीविरङ्गी फूललाई ? मलाई लाग्छ, बर्दिवासका मुसहरले हाँस्न र खुसी हुन टीभी हेर्नु परेन। आफ्नो बस्तीमा पोतिएको खुसीको रङ् देखर हाँस्न थालेका छन्, अहिले ती।   खुसीको रङ् कस्तो हुन्छ? कठीन छ उत्तर दिन। उत्तर खोज्न बर्दिवासको मुसहर वस्ती नै जानुपर्छ । जहाँ पोतिदै छ, त्यो रङ्।

    शिव प्रकाश

  • मंगली मंगली

    मंगली स्कुल किन नआएको भनेर म उसको भाइ सुजितलाई सोधिराख्थेँ। हिजो उसको भाइले मलाई भनेको थियो, “सर मंगली त अबदेखि स्कूल नआउने रे, सबैले सम्झाउँदा नि स्कुल जान्न भन्छे, अब तपाईं आफैं गएर बोलाउनु। ऊ त स्कुल कहिले नि नआउने भन्छे।" 

    मनोज पाण्डे

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट