बदलाको रङपानी

  • Get News Alerts

united
tata

बाल्यकालको समय इटहरीमा हरसालको होलीलाई उत्सवमय बनाइयो। तर ती होलीका सबै सम्झना धुमील भइसके। खास एउटा घटना भने याद छ। तर ती घटनामा संलग्न पात्रहरुका अनुहार धमिला भइसकेका छन्। कुन साल हो भन्ने पनि ठ्याक्क थाहा छैन। तर घटना थाहा छ किनकि, त्यो घटनामा एक किशोरीहरुको जत्थाले होलीको नाममा मेरो आक्रोशको ‘ब्यारोमिटर’ ह्वात्तै बढाई दिएका थिए।

सायद, म त्यो बेला १०, ११ बर्ष जतिको थिएँ। त्योताका होली खेल्दा हाम्रा लागि बनेका केही अघोषित नियमहरु थिए। नचिनेका मान्छेलाई रङ नदल्ने। आफ्नोे क्षेत्र वा टोलभन्दा टाढा होली खेल्न नजाने अनि थोत्रो कपडा लगाएर होली खेल्ने। ताकि, रङ लागेको कपडालाई धुनुको सट्टा सिधै मिल्काउन पाइयोस्। एकाध बदमासी गरिन्थ्यो। तर, त्यो अक्षम्य हुँदैन थिए। विशेषगरि बेलुनमा रङपानी भरिन्थ्यो अनि गुडिरहेको गाडीमा प्रहार गरिन्थ्यो। अक्सर हरेक गाडी त्यो दिन सिसा लगाएर गुड्थे। अनि हाम्रो हरेक प्रहार असफल प्रयास हुन्थ्यो। तर ट्रयाक्टर हाम्रा लागि उपयुक्त साधन हुन्थ्यो। त्यसमा हाम्रो प्रहारलाई छेक्ने कुनै साधन हुँदैन थियो। त्यसैले ट्रयाक्टर आइरहेको देखियो भने असाध्यै खुसी हुन्थ्यौं। तर त्यो समय धेरै कम मात्रामा ट्रयाक्टर गुड्थे।

अघोषित नियममा बसेर, अघोषित उद्देश्य पुर्ती गर्दै हाम्रो टोलका केटाकेटीले त्यो दिन पनि होली मनायो। एक–अर्कालाई रङ दलियो। हल्ला गर्दै टोल वरिपरि घुमियो। अनि रङपानीले भरिएको बेलुनले गुडिरहेको गाडीमा हानियो। एवंरितले एक बजेतिर सबै आ—आफ्नोे घर लागियो। आजकल त यी सबै साथीहरु कता—कता पुगिसके। एकाध साथी भने भर्चुअल दुनियाँमा भेटिएका छन्। भौतिक रुपमा शशरीर भेट नभएको त दुई दशक नै हुन लाग्यो।

म बस्ने घर टाँड परेको थियो। काठमा खम्बामा ठडिएको त्यो घरमुनि भाग खुल्ला थियो। माथि भने बाँसको टाँटीमाथि सिमेन्ट पलास्टर गरिएको थियो। छानो जस्ताले छाइएको थियो। दिनको दुई बजेतिर होली खेलेर म कोठामा आइपुगेँ। फुपू कतै आफन्तको घर जानु भएको थियो क्यारे। घरमा कोही थिएनन्। पहिले फेर्ने कपडाको जोहो गरेँ। त्यसपछि भान्सामा छिरेर प्लास्टिकको बाल्टिन र जग लिएर भ¥याङ ओर्लिएँ। घरको थोरै उत्तर दिशामा चापाकल थियो। त्यसको पनि उत्तरतिर तर नजिकै शौचालय र स्नानगृह थियो। सधैँ म स्थानगृहमै नुहाउँथेँ। तर आज शरीरमा रङ दलिएको हुनाले एक बाल्टी पानीले नुहाउन पुग्दैन थियो। पटक पटक पानी बोकेर स्नानगृह पु¥याउन गाह्रो थियो। त्यसकारण चापाकलकै छेउमा उभिएर नुहाउन थालेँ। साबुनले मिची मिची रङ पखालेँ। अब शरीरबाट सबै रङ पखालियो भनेपछि कपडा फेर्न भने स्नानगृह छिरेँ। कपडा फेरेर बाहिर आए अनि रङ लागेको थोत्रो कपडालाई स्नानगृह पछाडिको खाली जग्गामा फ्याँकिदिएँ।

त्यसपछि कोठामा जाने क्रममा भ¥याङछेउ नपुग्दै १५, १६ वर्षीया तीन जना केटीहरु देखिए। उनीहरुको नाम थाहा थिएन। खासमा उनीहरु रेणुका दिदीका साथीहरु थिए। रेणुका दिदी अगाडिपट्टि भाडामा बसेर होटल चलाउँथिन्। होटल चलाउने कामचाहिँ रेणुका दिदीको आमाले गर्थिन्। रेणुका दिदीचाहिँ कक्षा नौ तिर पढ्थिन् क्यारे। ती केटीहरु रेणुका दिदीका साथीहरु थिए जो कहिलेकाही त्यहाँ आइरहन्थे। रेणुका दिदीको भाइ पनि थियो, प्रवीण। ऊ पनि नौ कक्षामा पढ्थ्यो।

ती किशोरीहरु रेणुका दिदीलाई भेट्न आइरहेका थिए, जो सधैँ हाम्रो घरको आँगन भएर अघि बढ्थे। उनीहरुले हात र गालाभरि रङ पोतेका थिए। मलाई देखेपछि उनीहरुले रङ लगाइदिन खोजे।
‘रङ नलगाई दिनु है, म नुहाईसकेको’, मैले हातमा बाल्टी लिएर बोलेँ।

‘त्यसो भनेर काँ हुन्छ’ घोडाको जस्तो थोरै कपाल अडाडि पारेकी एउटी केटीले भनी, जसलाई हामी हाम्रो भाषामा ‘घोँडेपौस’ भन्थ्यौँ।

मलाई लाग्यो यिनीहरुले मलाई रङ नलगाइ छोड्दैनन्। तर म त अब होली नखेल्ने भनेर नुहाइसकेको थिएँ। त्यसैले उनीहरुबाट बच्न बाल्टीन छोडेर भागेँ। तर उत्तरतिर पर्खाल र पश्चिमतिर अर्काको घर भएकोले भाग्ने ठाउँ थिएन। पुर्वतिर उनीहरुले छेकेका थिए। म थोरै दक्षिण भागेर फेरि भ¥याङछेउ आइपुगेँ। म जसरी पनि कोठातिर भाग्ने प्रयास गरिरहेको थिएँ। तर भ¥याङको पहिलो खुड्किलो चढ्दाचढ्दै एउटी केटीले मलाई च्याप्प समाइहाली। मैले बल गरे तर आफूभन्दा पाँच, छ वर्ष बढी उमेरकी केटीको हात छुटाउन सकिन। एकैछिनमा बाँकी दुइटी केटीहरु पनि आए। अब म निरीह भएँ। उनीहरुले मलाई च्याप्प समाएर पालैपालो रङ दलिदिए। अलिअलि कपडामा पनि दलिदिए। अझ एउटी त अघि मैले आँगनको बीचैमा छाडेको बाल्टिन उठाएर चापाकलतिर लागी। त्यतिन्जेल बाँकी दुई जनाले मलाई समाएर राखे। बाल्टिनभरि पानी आइपुग्यो। एउटीले मिनिस्कर्टको गोजीमा रङ बोकेकी रहिछ। निकालेर बाल्टिीको पानीमा घोली अनि मेरो टाउकोबाट खन्याइदिई। त्यसरी म बबुरोमाथि तीन जना किशोरीले होली मनाए।

उनीहरु गलल हाँस्दै रेणुका दिदी भएतिर बढे। तर रेणुका दिदीले यो सबै घटना भएको देखिनन्। सायद देख्थिन् त हुन दिने थिइनन्। म रिसले चुर भएर एकैछिन त्यहीँ बसेँ। पछि उठेर कोठामा आएँ। एक जोर कपडा बोकेर फेरि नुहाउने ठाउँमा पुगे। तर यसपाली नुहाउन पहिले जस्तो समय लागेन। नुहाएपछि रङ लागेको कपडा धोएँ। धोएको कपडा बोकेर आफु बस्ने टाढे घर उक्लिएँ। घरको अगाडिपट्टि बरन्डामा कपडा सुकाउँदै थिए, त्यही बेला अघिको किशोरी ग्याङको अट्टहास सुनियो। त्यो अट्टहासमा रेणुका दिदीको आवाज पनि मिसीएको थियो। म भने तिनीहरुको अट्टहास सुनेर भित्रभित्रै चिढिएँ।
म त्यसपछि लुकिछिपी वस्तुस्थितिको अवलोकनमा निस्किएँ। उनीहरु सबै अघिझैँ रंगिएका थिए। तर रेणुका दिदीले रङ लगाएकी थिइनन्। रेणुका दिदीले रङ नलगाउनुमा मलाई कुनै चासो पनि थिएन। तर ती तीनजना केटीले रेणुका दिदीलाई चाहिँ जबरजस्ती गरेनछन् भने अनुमान लगाएँ। यो कुराले यिनीहरुले ममाथि मात्र जबरजस्ती गरे भन्ने लाग्यो। अनि फेरि मेरो रिसको पारो चढ्यो।

‘मलाई मात्र जबरजस्ती रङ लगाइदिने?’ म भित्रभित्रै मुर्मुरिएँ।

म त्यहाँबाट फर्किएँ। उनीहरु गफमा मस्त थिए। म त्यहाँ पुगेको र फर्केको केही थाहा पाएनन्। सिधै घर आएपछि फुपूको कोठा हेरेँ। कोठामा ताल्चा लगाउनु भएको थिएन। खराब नियत राखेर फुपूको कोठा छिरेँ। फुपू सिरानीमुनि पैसा राख्नुहुन्थ्यो। मैले त्यहाँबाट एक रुपैयाँको थोत्रो नोट निकालेँ। वास्वतमा यो चोरी काम थियो। चोरीको रकम लिएर अगाडिको किराना पसल पुगेँ अनि धुलो रङ किने। फर्केर रङको धुलो जगमा खन्याए अनि चापाकल पेलेर जग भरे। त्यसपछि म लुक्दैलुक्दै किशोरी ग्याङ भएतिर गएँ। यसपाली पुग्दा उनीहरु ताली बजाएर हिन्दी फिल्मको गीत गाउँदै थिए।

मैले एउटीलाई ताकेर रङपानी पानी छ्यापेँ। त्यो केटी त मज्जैले भिजी। बाँकी सबैलाई रङपानीको छिटा प¥यो। त्यो रङपानी रेणुका दिदीलाई पनि प¥यो। सबैले मलाई हेरे। म बदला भावमा अगाडि उभिएको थिएँ, जसले सबभन्दा बढी आक्रोशित रेणुका दिदीलाई बनायो।

‘तँ भानेलाई, पख् त’, रेणुका दिदी कड्किँदै आइन्।

पछिपछि अरु पनि तम्सिँदै थिए। म मर्छु, बाँच्छु नभनी त्यहाँबाट भागेँ।

भ¥याङ उक्लने काम पनि हतारमै भयो। सायद, त्यति हतारमा मैले त्यो भन्दा पहिले कहिल्यै भ¥याङ उक्लिएको थिइनँ। कोठामा छिरेर ढोकाको चुकुल लगाएँ। अनि पूर्वपट्टिको झ्याल खोलेँ, जहाँबाट रेणुका दिदी बस्ने घर देखिन्थ्यो। झ्यालबाट नियालेँ तर उनीहरुको गतिविधि देखिएन। ममाथि रिस पोखिरहेकी रेणुका दिदीको आवाज भने सुनेँ।

म भने बदला लिन पाएकोमा मनमनै खुसी थिए। त्यो बेला सानो भएकोले मात्र। सायद म ठूलो भएको भए, त्यो दिन जगको सट्टा ठूलो बाल्टिनमा रङपानी बोकेर जान्थेँ। अनि एउटीको सट्टा तीन वटीलाई नै निथ्रुक्क पारिदिन्थेँ।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

  • मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली? मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली?

    टिभी हेर्नेलाई हसाँउथे धुर्मुस–सुन्तली । हामी पनि हाँस्यौं होला । खुसी भयौं होला । काँचको पर्दामा हाँसो फुलाउने यी जोडीलाई बर्दिवासका मुसहरले टिभीमा देखेका थिए–थिएनन्? सधैं गरिबी, अभाव र पीडाले डामिएका ती मुसहरले कहाँ पाएर हेर्दा हुन् टीभी? रहर त कति हो कति हुँदो हो तर बाध्यता? बाध्यता र अभाबभन्दा ठूलो शत्रु के हुन्छ ?र, त्यही काँचका पर्दामा फुल्ने यो जोडीका रङ्गीविरङ्गी फूललाई ? मलाई लाग्छ, बर्दिवासका मुसहरले हाँस्न र खुसी हुन टीभी हेर्नु परेन। आफ्नो बस्तीमा पोतिएको खुसीको रङ् देखर हाँस्न थालेका छन्, अहिले ती।   खुसीको रङ् कस्तो हुन्छ? कठीन छ उत्तर दिन। उत्तर खोज्न बर्दिवासको मुसहर वस्ती नै जानुपर्छ । जहाँ पोतिदै छ, त्यो रङ्।

    शिव प्रकाश

  • मंगली मंगली

    मंगली स्कुल किन नआएको भनेर म उसको भाइ सुजितलाई सोधिराख्थेँ। हिजो उसको भाइले मलाई भनेको थियो, “सर मंगली त अबदेखि स्कूल नआउने रे, सबैले सम्झाउँदा नि स्कुल जान्न भन्छे, अब तपाईं आफैं गएर बोलाउनु। ऊ त स्कुल कहिले नि नआउने भन्छे।" 

    मनोज पाण्डे

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट