कमरेड के यो तिमी नै हौ?

चुनाव
  • Get News Alerts

tata

नं १ कमरेड तिमीले मुक्तिको सपना देखाउँदा म यसै पुलकित भएँ। पहिला पनि सपना नदेखाएका त हैनन्, तर तीनीहरु संसार बदल्ने नाममा आँफै बद्लेको देख्था चिडचिडाहट भएको थियो। तिमी आयौ यो देशका सासकविरुद्ध युद्ध गर्नुपर्छ भन्यौ। म अलिक हिच्किचाएको पनि थिएँ त्यतिबेला। तर आँट हिम्मत भरेउ तिमीले। अरुले धोका दिए अब हामीबाट भने धोका हुने छैन भन्यौ। छिमेकी भएर पनि भारतले कहिल्यै राम्रो व्यवहार नगरेको, हामीलाई सँधै हेपेको हाम्रंो स्वाधिनता, लोकतन्त्र र सार्वभौमिकतामाथि बलात आक्रमण गरी हाम्रो सीमा मिचेको देखेर यसै भाउन्ने हुन्थ्यो रिसले आँखा देख्दिनथेँ।

तिमीले भन्थ्यौ अब यीनीविरुद्ध सुरुङ्ग युद्ध लड्नुपर्छ। म पनि त सुरिएकै थिएँ। ज्यान फालेर भिड्नुप¥यो जस्तो लाग्यो, कम्तिमा मेरा सन्तती स्वतन्त्र देशका मुक्त नागरिकको जीवन जीउन त पाउनेछन् भन्ने आशमा। तर समय वित्दै गयो। तिमी त भारततिरै बसेछौ। यहाँको आन्दोलनले भारतको हित प्रतिकुल कुनै काम गर्नेछैन भनी पत्र पनि लेखेछौ। गणतन्त्र हामीले लडेर ल्याएपछि जब तिमी सत्तासीन भयौ , म छक्क परेँ , तिम्रो देशभक्ति तिम्रो मुक्तिको सपना सबै पुरा भएजस्तो गरी तिमी त सत्तामै बस्नका लागि जस्तोसुकै हरकत गर्न पो तयार भयौ।

जनताका शत्रु मानिएकासँग काँधमा काँध मिलाइ यो राष्ट्रिय एकताको प्रतिक बन्ने हैन जातभातका नाममा देशमा सांप्रदायिक कचिंगल पो भित्र्यायौ। जब जनताले निर्वाचनमा दण्डित गरे, तिमी अझ उग्र भएर राष्ट्रघातमा लागेको म देख्छु। आज शासक भएर जनतामाथि गोली चलाउन तिमीलाइ अफ्ठ्यारो लागेको छैन। म शरमले मर्छु, हुँदा हुँदा छिमेकीले नेपाली नागरिक मार्दा तिमी आँट हिम्मतका शब्द, श्रद्धाञ्जली र समवेदनाका शब्द भन्न सक्दैनौ। मलाइ छटपटी हुन्छ, के यो तिमी नै हौ कमरेड ?

नं २ कमरेड, तिमी पनि त नं १ सँगै थियौ मसँग भेट्दा। जनताको शासनका लागि यो हैन जनसरकार चाहिन्छ भन्यौ। अनि त्यसको प्रमुख पनि बन्यौ। तिमीजस्तो पढेलेखेका विद्धानले भनेपछि कसो नहोला भन्ने लाग्यो। प्रभावित भैयो। तिमी र नं १ बेलाबेला झगडा गर्दा विचारको लडाइँ लडेको होला। क्रान्तिलाई गति देको होला भनी हामी ठान्थ्यौँ। तर पछि बुझ्दा कुरा त सत्ताको रैछ। आँफै सरकारप्रमुख हुँदा तिमीले जनताको प्रतिनिधीको संविधानसभा भंग गरायौ।

संविधानसभाबाटै संविधान भन्ने कुरा पनि भ्रम पो रैछ। संविधान आँफै प्रमुख भएर बनाउने अवसरलाई संविधान नबनाउन पो भुमिका खेल्यौ। जसै संविधान बन्यो तिम्रो दुख र पिडाको सिमा रहेन। राजीनामा दियौ जनप्रतिनिधीबाट। आँफुले बनाएको भनेको पार्टीबाट। अहिले हिजोका तिम्रा कमरेडहरु आउटडेटेड भए तिम्रालागि। जातीय विद्धेसको विष छर्किदै हिँड्न, नेपाल हितका विपक्षमा बोल्न लेख्न आज तिमी नामुद भयौ। यस्तो लाग्छ हिजो हामीलाई बर्गका कुरा सिकाउने, राष्ट्रियताका कुरा सिकाउने, मुक्तिका कुरा सिकाउने तिमी नै हौ कमरेड ?

कमरेड नं ३, तिमी त पञ्चायति कालरात्रीदेखि नै आन्दोलनमा होमिएका। जनजाति पृष्ठभुमिका अनेक जटिलताका माझबाट तिमीले विकास गरेको आफ्नो बौद्धिकता अनि तिम्रो इमान्दारिताबाट सबै जातिभाषा क्षेत्रका मानिसले तिमीलाई औधी विश्वास गरे। तिमी लागेको पार्टीका अनेक कमजोरीबाट कोहीबेला थकित हुँदा पनि तिमीलाई देखेर थुप्रो मानिसहरुमा आश जाग्ने गथ्र्यो। मेरा बा तिमीलाई औधी सम्मान गर्थे, तिम्रो जनपक्षिय व्यवहार देखेर।

मेरा बा–आमाले काममा जाँदा तिमीसँगै मलाइ छोड्ने गर्थे, त्यसबेला मैले तिम्रो काखमा मैले थुप्रै पटक शु शु गरेछु। यति सरल मानिस तिमी, राज्यबाट ठगिएका सबै जाति भाष धर्मका अनि गरीब मानिसका भरोषा थियौ। तर तिमी एकाएक सांप्रदायिक विद्धेस प्रोत्साहित गर्न पो उभियौ। हुँदा हुँदा आज तिमी नेपाली जनता मारिँदा विदेशीको चिठी बोकेर देशको संसदमा उ निर्दोश छ भन्न थाल्यौ रे। लोकतन्त्र जसकालागि तिम्रो आह्वानमा धेरै मानिस शहिद हुन हौसिए। कति त बलिदान भए। त्यही लोकतन्त्रका बैरीहरुसँग मिलेर आज तिमी पनि राष्ट्रघातमा लागेको देख्दा म सा¥है चकित भएको छु , कमरेड के यो तिमी नै हौ।

कमरेड नं ४, तिमी अत्यन्त इमान्दार भएर कमरेड एक र दुइसँग लागेका। आज तिमीसँग लागेका थुप्रै मानिसहरु कति बेपत्ता छन्, कतिका मृत्यु अगाडिका अन्तिम बोलीका स्मृतिमात्र छन्। के आज यही दिन देख्नका लागि तिमी लडेका थियौ ? तिमीले आफ्ना बैँशका मिठा सपना जनताको मुक्तिका लागि भनी त्यागेको यही कुशासनका लागि हो। तिमीसँगै लडेको कमरेड आज मन्त्री भएको छ। तस्करीको आँफुलाई सानो भुरो बताउँछ। तिम्रो नेतृत्व गरेको कमरेड आज विदेशीका आततायी दमनका विरुद्ध सत्ताच्युत हुने डरमा चुँ बोल्दैन।

तिम्रा बेपत्ता साथी र आदरणीय शहिदको सपनामाथि कुठाराघात मात्र गर्छ। हिजो राज्यको अत्याचारका विरुद्ध आगो ओकल्ने तिमी किन मौन छौ। आफ्नाहरुलाई दिइएको धोकाविरुद्ध अब चुपचाप लाग्ने बाटो लिएको हो र तिमीले ? के यो मौन, सबै कुरा देखेर बुझेर पनि बेमतलब, बेपरवाह बसेको तिमी नै हो कमरेड ?

कमरेड नं ५, यो मुलुकको लोकतान्त्रिकको रुपान्तरणका लागि जेल नेल हतकडी के भोगेनौ तिमीले। सबै जनताको समानताको चहानालाई यथार्थमा अनुवाद गर्न तिमीले लामो लडाइँ लडेको इतिहास साँची छ, अत्यन्त निरंकुशता र बर्वर समयमा तिमीले आँफुलाई उभ्याएको हामीलाई थाह छ। तर जब तिमीले सत्ताको स्वाद चाख्न शुरु ग¥यौ, तिमीले सत्ताबाहेक केही देखेनौ। कोसँग मिल्ने कोसँग नमिल्ने तिमीले छुट्याउनै छोड्यौ।

यही कारणले मानिसहरुले तिमीलाई सासक मात्र देख्न थाल्यो, साथी मान्न छाड्यो। तिमीमा भरपरेका थुप्रो मानिसले भित्रभित्रै तिम्रो साथ छाडेको तिमीले पत्तै पाएनौ। ठुला ठुला हण्डर खायौ। तिम्रा साथीहरु अब तिम्रो हालत हुने देखेर तिम्रो साथ पनि छोडे। साथ मात्र हैन समानताको, लोकतन्त्रको र मानवताको एजेण्डै छोडे। तिमीले लगाएको सत्ताको बानीले कतिपयले सत्ताका लागि सबथोक छोडे, जनतासामु गरेका बाचा पनि। तिमीले समयमै कुरा बुझ्यौ, आँफुलाई सच्याउँदै लग्यौ , जनताको मन जित्यौ र अगाडि बढ्यौ। आज देशमा संकट आएको बेला आँट हिम्मतका साथ तिमी जनताका माझमा जाँदैछौ। तिम्रो अभियानसँग आत्तिएर अरुहरु हिंसा मच्चाउँदैछन्। निर्दोष जनताको हत्या गर्दैछन्। र तिमीले चालेका लोकतान्त्रिक कदमले यो सब भएको भनी कुतर्क गर्दैछन्।

तिमी यी सब आरोप चिर्दै खुट्टा नकमाइ लोकतन्त्रका लागि, समानताका लागि, न्यायका लागि नडराइ भिड्न त भिड्छौ कमरेड? आफ्नो स्वभिमानका लागि , राष्ट्रिय अखण्डताका लागि, सबै जाति भाषा धर्म लिङ्ग वर्ण क्षेत्रको सन्तुलित विकासका लागि तिम्रा बोलीहरु कुनै कारणले तलमाथि त पर्दैनन् नि ? के सत्ताको लोभ छोडेर नेपाल राष्ट्र र नेपाली जनताको असली सेवक बन्न छाडेर दायाँबायाँ त गर्दैनौ नि ? के तिमी नै हौ त कमरेड अब हाम्रो न्याय र समानताको अधुरो सपना पुरा गर्न लाग्ने अगुवा ? के हाम्रो समृद्धि शान्ति र विकासको सपनाको सारथी तिमी नै हौ त कमरेड ?

हामीलाई थाह छ हाम्रो सपना न हिजो खराब थियो ,न आज नचाँहिदो छ। हामी सम्मानका साथ हरेक नागरिक मिलेर बस्न पाउने, राज्यले सामाजिक सुरक्षासहितको न्यायको प्रत्याभुति देओस्, हाम्रो सार्वभौमिकता अझ मजबुत बनोस्, संसारभरका न्यायका चाहानमा हाम्रो ऐक्यबद्धता रहोस्। गाँस बास कपास, स्वास्थ्य शिक्षा सुरक्षा र रोजगारको हाम्रो सपना आजपनि पवित्र छ। यो सपनामा साथ दिने के तिमी नै हौ त कमरेड?

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट