गौतम हत्या प्रकरणःभारतसँग क्षतिपुर्ती भराईपाऊ

  • Get News Alerts

united
tata

भारतीय एसएसबीको गोलीबाट मृत्य भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमलाई नेपाल सरकारले शहिद घोषणा गर्दै गौतम परिवार र नाबालिक सन्तानको शिक्षा दिक्षा एवं राहत स्वरुप १० लााख रुपैया क्षतिपुर्ती दिने निर्णय गरेको छ।

शहिद घोषणा र नाबालिक सन्तानको शिक्षा दिक्षाको जिम्मा सरकारले लिनु स्वागतयोग्य कदम हो । क्षतिपुर्तीका सन्दर्भमा भने सरकारले भारत सरकारसँग भराउनु पर्दछ यसको अर्थ नेपाल सरकारले आर्थिक सहयोग गर्न हुन्नथ्यो भन्ने चाँहि खोजिएको होइन।

नेपाली भूमीमा प्रवेश गरी नेपाली नागरिकको नै हत्या गर्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जगन्य अपराधको भारत सरकारले माफी माग्नु पर्छ। भारत सरकारसँग क्षतिपुर्ती वापत कम्तिमा १ करोड भारतीय रूपैँया भराई गौतम परिवारलाई उपलब्ध नगराएसम्म गौतम हत्याको उचित सम्मान भएको ठहरिने छैन।  

नेपाल सरकारले बुझ्नु पर्दछ, गौतम नेपाल विरुद्ध कथित जनयुद्व लडेका होइनन् न सीमापारीबाट नेपाल प्रहरीलाई ढुंगा नै हानेका हुन्। गौतम त्यस्ता व्यक्ति पनि थिएनन् जो नेपाली जनताको जीउधनको रक्षार्थ खटिएका सुरक्षाकर्मीको हत्या गरी  हजारौँ नारीहरुको सिउँदो रित्याउँदै हिडे।  

गौतम ती व्यक्ति हुन् जो भारतीय सीमा सुरक्षा बल, एसएसबीसँग आफ्नो मातृभूमीको रक्षार्थ बिना कुनै हतियार मुकाविला गर्न तयार भए र त्यसै शिलशिलामा ज्यान गुमाउन पुगे। उनको तुलना आजसम्मका कुनै पनि शहिदसँग हुन सक्दैन। आफ्नो देशको अस्तित्व रक्षाका लागि विदेशीसँग भिड्ने उनी एक मात्र शहिद हुन्। सरकारले यो कुरा भुल्नु हुँदैन नेपाल आमालाई लक्षित गरी अर्को देशबाट प्रहार गरिएको मिसाइल सरी गोली छेक्ने उनीमात्रै पहिलो नेपाली हुन्।

उनी र अन्य शहिदलाई एउटै साँचोमा राखेर दाँज्न कदापी मिल्दैन। अहिलेसम्म जति जना शहिद बने, सबै नेपाल विरूद्ध वा नेपालमा प्रचलित शासन व्यवस्था विरुद्ध नै लडेका थिए चाहे राणा शासनमा होस् वा पञ्चायत वा शाही शासनमा नै किन नहोस्। 

भारतले देखाएको हेपाहा प्रवृति आजमात्रै होइन, इतिहाँसको कालखण्डमा कयौँपटक देखाएको छ । देशका सत्तरी भन्दा बढी ठाउँमा सीमा मिचिएका छन् । सीमानामा वाँध निर्माण गरी कयौँ विगाहा जमिन र बस्ती नै डुबाएको छ घिनलाग्दो हर्कत स्वाधिन र स्वाभिमान नेपालीले विर्सन सकेको छैन। बर्दियामा बर्दीसहित नेपालीको घरमा प्रवेश गरी खानतलासी लिएको धेरै भएको छैन। पुनर्वास आनन्दबजारको घटना एके ४७ सहित मध्य नेपाल पुगिसकेका भारतीय एसएसबीलाई ससम्मान भारत पुर्‍याइनुको परिणाम हो।

सीमा क्षेत्रमा आफ्नो नागरिक मारिएपछि भारत सरकारसँग उचित क्षतिपुर्ती माग गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्नुको बदलामा उल्टै सीमा क्षेत्रमा कर्फ्यू लगाइरहेको छ । भारत सरकारसँग क्षतिपुर्ती भराई अब उप्रान्त यस्तो गम्भीर गल्ती नदोहोरिने प्रतिवद्दता आए सीमा क्षेत्रमा कसैले पनि विरोध प्रदर्शन गर्ने थिएन ।

जनप्रतिनिधिको नाममा राज्यकोषबाट करोडौ बुझ्नेहरू भारतीय एसएसबीले गोली नै नचलाएको तर्क गर्दै दूतावासका प्रवत्ता बनिरहेका छन्। भारतीय एसएसबीबाट गल्ती भएको लगभग स्वीकार गरिसक्दा पनि भारतले क्षतिपूर्ती दिनुपर्छ भनेर कसैले पनि भन्न सकिरहेको छैन। अझ कतिपयले गौतमको हत्यालाई एकजना व्यक्तिको हत्या समेत भन्न भ्याएका छन्। गोविन्द गौतम माथीको प्रहारलाई व्यक्तिको हत्या देख्ने दृष्टिदोषी र सुस्तमनस्थितिहरुलाई एकचोटी तिलगंगा र न्युरो अस्पतालमा आफ्ना आँखा र मानसिक स्वास्थ्य परिक्षण गराउन अनुरोध गर्न चाहन्छु।

भारतीय एसएसबीले नेपाली भूमीमा प्रवेश गरी नेपालीकै हत्या गरेको छ । यो देशमाथिको आक्रमण हो, नेपाली सार्वभौमसत्तामाथि भारतको सांघातिक हमला हो । भारतीय गोली गोविन्द गौतमको छातिमा होइन, नेपाल आमाको छातिमा प्रहार गरिएको हो । यसको सबै मिलेर मुकाविला गरिएन भने एकदिन नेपालको नाम इतिहासमा सीमित हुने प्रायनिश्चित छ।

यस्तो जघन्य अपराधमा भारत सरकारसँग क्षतिपुर्ती भराई दोषीमाथि उचित कारबाही नगर्ने हो भने यस्ता अनगिन्ती घटनाहरु कालान्तरमा दोहोरिने निश्चित छ । 

सीमा क्षेत्रमा उत्पन्न समस्याको तत्कालिन समाधानका लागि सीमा सुरक्षा चौकी र सुरक्षाकर्मीको संख्या बढाइनु पर्दछ। दीर्घकालिन सीमा व्यवस्थापनका लागी देशमा राजनैतिक स्थीरता र आर्थिक विकाससँगै काँडेतार वा पर्खाल नै पनि नलगाउन सकिने भन्ने होइन तर यसको लागि सरकार, सम्पूर्ण राजनैतिक दल र जनस्तरबाट व्यापक सहयोग र समर्थन सँगै कुशल कुटनीतिको समेत उत्तीकै भुमिका रहनेछ।

नेपालको सीमानामा काँडेतार वा पर्खाल लगाउने भन्ने कुरा फेसबुक वा ट्वीटरमा लेखे जसरी सहज भने पक्कै छैन तर असम्भव पनि छैन ।

यसको लागि सबैभन्दा पहिला सरकारको सीमा व्यवस्थापन सम्बन्धी आधिकारिक नीति बन्नु जरूरी छ। देशको सीमाना संविधानको अनुसूचीमा राख्न नचाहने राजनैतिक दल भएको देशमा अझै आफ्नै आँगनमा कति गौतमहरुले गोली खानुपर्ने हो, यो विचारणीय प्रश्न आज हामी सबै माझ तेर्सिएको छ । 

पुनर्वास आनन्दबजारको समाधान कर्फ्यू हुँदै होइन, देश र मातृभूमीका रक्षक बर्दी विनाका सिपाहीहरुमाथी निषेधाज्ञाको डण्डा युद्व जितेर आएको सिपाहीलाई लात हान्नु हो। त्यसैले, विन्ती छ सरकार,  गोविन्द गौतमको परिवारलाई भारत सरकारद्धारा क्षतिपुर्ती भराई न्याय दिलाइ पाऊ।  

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट