एक महिला पत्रकारको मधेस रिपोर्टिङ

  • Get News Alerts

united
tata

 

‘तपार्इं भगवती पाण्डे हो?’ अपरिचित ल्याण्डलाइन टेलिफोनको नम्बरबाट मोबाइलमा आएको कल उठाउनासाथ उताबाट प्रश्न सोधियो।

‘हो, म भगवती पाण्डे नै बोल्दै छु तर, तपाईंले कुन भगवतीलाई खोज्नुभएको हो कुन्नी!’ मैले भने। 

‘तपाईंले मेरो बारेमा दुई दिन पहिले के लेख्नुभएको थियो? मलाई चिन्नुहुन्छ? म को हुँ? के गर्छु थाहा छ?’

उताबाट एकोहोरो धम्कीपूर्ण भाषा बोलिँदै थियो। म सुन्दै थिएँ। डेढ वर्ष पहिले सेतोपाटीमा प्रकाशित एउटा समाचारपछि समाचारसँग सम्बन्धित पात्रबाट आएको धम्कीपूर्ण टेलिफोन थियो त्यो।

‘हो म, तपाई‌ंलाई चिन्छु तर, जति चिन्ने गर्छु त्यति लेख्न आवश्यक परेन र लेखिन, आवश्यक परे पछि पनि लेख्ने छु। अर्को कुरा, तपाईं के गर्नुहुन्छ त्यसले मलाई केही फरक पर्दैन। मेरो सरोकारको विषय नहुन पनि सक्छ। तपाईं तपाईंको काम गर्नुस्, म मेरो काम गर्छु।’

बालक 'बलि' दिएको गाउँमा 'राजा साब'

म विचलित नभई ऊसँग संवाद गर्दै थिएँ। मैले त्यसलाई बहसको विषय पनि बनाइनँ। कतिपय पत्रकार मित्रहरु कुनै समाचारलाई विषय बनाएर कसैले सामान्य प्रश्न सोध्यो भने पनि धम्की दियो भनेर आन्दोलन नै गर्न दबाव दिएका घटना धेरै छन्। मैले त्यस्ता मान्छेलाई किन चर्चामा ल्याउनु भनेर चुपचाप बसेँ।

बालक बली दिएको गाउँ नवलपरासीको कुडियाबाट फर्केपछिको दिनको घटना थियो त्यो। पछि थाहा लाग्यो, हाम्रा केही पत्रकार साथीहरुको उक्साहटमै उनले मलाई धम्क्याउन खोजेका रहेछन्। अहिले मलाई देख्नासाथ ओइलाएको झार जस्तो हुन्छन् तिनीहरु।

...

पहिलो संविधानसभा निर्वाचनको दिन यस क्षेत्रका नेताहरुले मतदान गरेको दृष्य छायांकन गर्नुपर्ने थियो। बुटवलको कान्ति उच्च मावी केन्द्रमा नेपाली कांग्रेसका नेता तथा उम्मेदवार सुर्यप्रसाद प्रधानले मतदान गरेको दृश्य लिन बिहानै पुगेँ। म क्यामेरा खिचिरहेकै थिएँ। उहाँले मैले भिडियो खिच्दै गरेको नदेखेर होला, ‘इम्मोड (हालको लुम्बिनी) टिभी खोई? मैले भोट हालेको खिच्नुप¥यो’ भन्नुभयो। उहाँको त्यो भनाइले म धेरै खुसी भएँ। किनभने, हामीले कम्तिमा पनि स्थानियस्तरमै केही प्रभाव पार्न सकेका रहेछौँ भनेर खुसी लाग्यो। प्रधानको अघिल्लो वर्ष निधन भयो। तर, अहिले पनि त्यो दृश्य हेर्दा र सम्झँदा रमाइलो लाग्छ।

...

२०६४ साल भदौ महिना। बुटवलको तिनाउ नदीमा ठूलो बाढी आयो। दुई दिनदेखि परेको मुसलधारे वर्षासँगै तिनाउ किनारमा रहेका सुकुम्बासी बस्तीलाई वरिपरि घेरेर तिनाउको भेल उर्लिएको थियो।

सुन्दरनगर, बिनापाते, मजुवालगायतका बस्तीका दर्जनौँ घर बाढीको बीचमा परेका थिए। तीन जनालाई नदीको भेलले बगाइसकेको थियो। पानी रोकिनुको साटो झन् वर्षिँदै थियो। सँगै तिनाउको भेल पनि बढ्दै थियो। तत्कालिन बुटवल नगरपालिकाको समन्वयमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा सक्रिय थिए।

वरिपरि फैलिएको तिनाउको बीचमा बिनापाते बस्ती टापु जस्तै बनेको थियो। सोही बस्तीमा फसेकाहरुलाई क्रेनमार्फत् नदी वारि ल्याइँदै थियो। म टेलिभिजनमा कार्यरत रहेकाले दृश्य संकलन गरिरहेकी थिएँ। दिउँसोदेखि शुरु गरिएको उद्धार कार्य रातीसम्म चल्योे। घण्टौंसम्म पानीमा भिजेर काम गर्नुपरे पनि जोखिममा परेकाहरुको उद्धार भएको देख्दा थकान हराएको थियो।

तिनाउ खोलामा उद्धार सकिँदा रातको साढे १२ बजिसकेको रहेछ। झमझम पानीमा भिज्दै उद्धार कार्यमा सहभागीहरुलाई सहयोग गर्दै दृश्य संकलन गर्दा घरमा रहेका साना छोराछोरीको बारे सोच्ने ध्यान समेत गएन। छोराछोरी घरमा एक्लै छन् भन्ने समेत बिर्सिएछु। हामी दुवैजना सँगै थियौं। घर पुग्दा छोराछोरी बिहान रहेको थोरै दालसँग भात खाएर सुतेका थिए। त्यसबेला छोरी १२ वर्षकी, छोरा ४ वर्षको थियो। दिनभरीको थकान तर पनि रातभर निद्रा लागेन। छोराछोरीलाई समय नदिएर हामी कसका लागि काम गर्दैछौं भन्ने लाग्यो। निदाएका छोराछोरीलाई काखमा च्यापेर त्यो दिन म निकै रोएँ। तर, विचलित भइन। मेरो पनि यो समाजप्रतिको जिम्मेवारी छ भन्ने भावनाले नै मलाई रातको समयमा तिनाउ किनारमा खतरा मोल्न उत्साह जगायो जस्तो लाग्छ।

...

पत्रकारितामै आफ्नो भविष्य बनाउँछु भनेर कुनै योजना बनाएर यो क्षेत्रमा प्रवेश नगरे पनि यसैलाई मुख्य पेशा बनाएर बिताएको १० वर्ष पुगेछ। यो अवधिका सम्झन लायक घटना हुन् यी।

मैले सक्रिय पत्रकारिताको सुरुवात टेलिभिजनबाट गरेको र लामो समय एउटैमा मात्र काम गरेकोले होला, अन्य सञ्चार माध्यमको अवस्था कत्तिको गाह्रो वा सजिलो हुन्छ अनुभव गर्न पाएको छैन। पछिल्लो तीन वर्षदेखि सेतोपाटीबाट केही अनुभव लिने मौका मिलेको छ। तर पनि छापा तथा रेडियो भन्दा टेलिभिजनमा काम गर्न केही गाह्रो भने पक्कै छ। पत्रकारिता त्यसमा पनि दृश्यसहितको पत्रकारिता आफैंमा चुनौतीपूर्ण र कठिन मानिन्छ। कुनै पनि विषयमा समाचार वा स्टोरी बनाउनु परे सम्बन्धित स्थलमै पुग्नुपर्ने। स्क्रिप्टअनुसारको दृश्य चाहियो थपघट गर्न पाइएन यसले पनि केही गाह्रो छ। त्यसमा पनि महिला पत्रकारलाई त झनै फिल्डको समस्या। फिल्डमा जाने व्यवस्था मिलायो स्थानीय भाषाको समस्या। आफूले सोधेको त्यो समुदायले बुझ्दैन उनीहरु बोलेको आफु नबुझिने।

‘बालक बलि दिएको’ गाउँ कुडियाबाट फर्किएपछि…

सीमाक्षेत्रमा हुने तस्करी, अपराध, मधेश आन्दोलन, जातीय आन्दोलन, भ्रष्टाचार जुन विषयमा रिपोर्टिङ गरे पनि कतै न कतैबाट धम्कीपूर्ण अभिव्यक्तिको सामना गर्नु परेको हुन्छ। कहिलेकाहीँ दिक्क लाग्ने यो क्षेत्रमा आफू गरेको रिपोर्टिङकै कारण कसैले राहत पाएको, उद्धार भएको, सहयोग जुटेको जस्ता कुरा सुन्दा सन्तोष मिल्ने गर्दछ।

...

२०७१ साल फागुन ५ गते आइतबार, दिउँसो करिब ३ बजेतिर होला, नेपाल वायु सेवा निगमको जहाज बेपत्ता भएको खबर चारैतिर फैलियो। म आफ्नो कार्यकक्षमै थिएँ। सञ्चार माध्यमभन्दा पनि फेसबुक र ट्वीटरमार्फत् जहाज दुर्घटनाको खबर चारैतिर फैलिएको थियो। त्यो दिनभर घटनास्थल पत्ता लाग्न नसके पनि भोलिपल्ट बिहानै अर्घाखाँची ढिकुराका कमल सारुबाट थाहा भयो, जहाज मसिने लेकमा दुर्घटनाग्रस्त भएको छ भन्ने। सम्भवतः जहाज मसिने लेकमा दुर्घटनामा परेको ‘ब्रेकिङ न्युज’ सेतोपाटीबाट प्रसारण गर्न सकिएको थियो।

दुर्घटनास्थल यकिन भइसकेपछि बुटवलबाट १ सय १० किलोमिटर भन्दा लामो दुरीको सन्धिखर्क पुगेरै कभर स्टोरी बनाएँ। जुन दुःखद रहे पनि धेरै पाठकहरुबाट मन पराइएको थियो। त्यही स्टोरीले नै सेतोपाटीमार्फत् मलाई धेरैसामु परिचित बनायो।

...

पत्रकारिता क्षेत्र मलाई क्याम्पस पढ्दादेखि नै मन पर्ने क्षेत्र थियो। तर, पत्रकारितामै लाग्छु भन्नेचाहिँ सोचेकी थिइनँ। विद्यालय पढ्दा देखि नै अलिअलि कविता र गीतहरु भने लेख्ने गर्थेँ। बेला-बेला विभिन्न विषयमा लेखहरु लेख्ने गर्थें। संयोगवस मेरो पहिलेदेखिको चाहना तथा पारिवारिक पृष्ठभुमी पनि पत्रकारिता भएर होला, मलाई पत्रकारितामा लाग्ने प्रेरणा मिल्यो।

नेपाल टेलिभिजनबाट जागृती कार्यक्रम प्रसारण हुन्थ्यो। म त्यो कार्यक्रम सकेसम्म नबिराई हेर्ने गर्थें। मनमनै सोच्थेँ, म पनि टेलिभिजनमा यस्तै कार्यक्रम चलाउन पाए। मनमनै कल्पना गर्थें। मेरो त्यो कल्पना र सपना अहिले थोरै भए पनि पुरा भएजस्तो लाग्छ।

म स्वास्थ्य क्षेत्रको विद्यार्थी भए पनि मेरो पत्रकारिताप्रतिको चाहनाले जितेर होला, त्यताको जागिर छोडेर पत्रकारितामा आएँ। अहिले १० वर्ष भएछ, पुरै समय पत्रकारितामा बिताउन थालेको।

आज पनि म बिहानदेखि साँझसम्म समाचारका लागि नै खटिन्छु। म त्यही संस्थामै क्रियाशील छु, जहाँबाट मैले स्वयंसेवकको रुपमा प्रवेश गरेकी थिएँ। त्यहीँ अहिले समाचार प्रमुखको रुपमा एउटा महत्वपुर्ण पाटोको नेतृत्व गर्ने अवसर पाएकी छु।

महिलाहरुलाई चुनौती यो क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा छ। अझ त्यसमा पनि महिलाहरुले त घरभित्रैबाट चुनौतीको सामना गर्नुपर्छ। पहिले त घरबाट निस्कन नै गाह्रो, निस्किहाले पनि कार्यालयमा प्रवेश गर्न गाह्रो, प्रवेश गरे त्यहाँ टिक्न गाह्रो। अविवाहित होस् वा विवाहित, दुवैका लागि समस्या छन्। घर–परिवारलाई मनाएर यो क्षेत्रमा लागे पनि दिनदिनै जोगिँदै र आफूलाई बचाउँदै काम गर्नुपर्ने चुनौती अविवाहितका सामु रहेका हुन्छन् भने विवाहितहरुलाई त्योसँगै घरपरिवार, आफन्त, समाज सबैतिर जिम्मेवारी पुरा गर्नुपर्ने दायित्व पनि थपिएको हुन्छ।

अझै पत्रकारिता क्षेत्र त हरेक दिन नतिजा देखिने क्षेत्र प¥यो। हरेक दिन परीक्षा दिनुपर्ने र पास हुनुपर्ने। जाडो, गर्मी, चाडपर्व, साँझ, बिहान केही भन्न नपाइने। यति गर्दा पनि महिलाहरुलाई आफ्नो अस्तित्वको लागि ठूलै चुनौतीको सामना गर्नुपर्छ।

हाम्रो समाजीक संरचना नै त्यस्तै छ। म अहिले जुन जिम्मेवारीमा छु, यहाँसम्म आउन धेरै मेहनत गरेकी छु। त्योभन्दा बढी मेहनत मैले यो जिम्मेवारीलाई जोगाउन गर्नु परेको छ। मेरा सहकर्मी साथीहरुसँग काम गर्नु, समाजले खोजेको सुचना र सन्देश प्रवाह गर्नका लागि तयार रहनु र संस्थाको भावनाअनुसार समुदायको सशक्तिकरणका लागि योजना बनाउनु मेरो दैनिकी हो।

पत्रकारिताको कुनै समय सीमा नहुने। कहिले बिहान ६ बजे निस्किनुपर्ने, कहिले साँझ ९ बजेसम्म अफिसमै भइने। कहिलेकाहिँ त छोराछोरीको स्कुलको रिजल्ट, उनीहरुको जन्मदिन जस्ता दिनमा पनि सँगै बस्न नपाइने। यस्तो हुँदा उनीहरु खिन्न हुन्छन्। उनीहरुकै लागि भनेर काम गर्न खोज्दा कतै उनीहरुलाई नै दुःखी तुल्याएँ कि? जस्तो लाग्छ। अरु चाडपर्वहरुमा आफन्तसँग बस्न नपाउँदा पनि कहिलेकाहिँ निराश बनाउँछ।

रुपन्देहीलाई पत्रकारितामा मोफसलको राजधानी पनि भन्ने गरिन्छ। टेलिभिजन, एफएम रेडियो, दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरुको संख्या हरेक वर्ष थपिँदै गएका छन्। त्योसँगै काम गर्ने पत्रकारहरुको संख्या पनि थपिनु स्वाभाविक नै हो। तर, महिला पत्रकारहरुको संख्या भने थपिनुको साटो घट्दै गएको छ।

पछिल्लो १० वर्षको अवधिमा रुपन्देहीले थुप्रै आशालाग्दा महिला पत्रकार उत्पादन ग¥यो। अहिले पनि केही साथीहरुले राष्ट्रिय मिडियामा रिपोर्टिङ गर्नेदेखि जिल्लामै रहेर पनि रेडियोमा स्टेसन म्यानेजर, समाचार प्रमुख, कार्यक्रम प्रमुख भएर जिम्मेवारी पुरा गरेका छन्। तर जति साथीहरु आउनुभयो, टिकिरहने वातावरण भने बन्न सकेन।

नेपाल पत्रकार महासंघमा करिब ७० जना महिला सदस्य रहे पनि धेरैले पेशा नै छाडिसकेका छन्। मिडियामा आवद्ध रहेकाहरु पनि थोरै मात्र समाचारमा काम गर्छन्। फिल्डमा गएर रिपोर्टिङ गर्नेको संख्या त अत्यन्त न्युन छ। परिवारिक अवरोध, समाजले हेर्ने दृष्टिकोण, न्युन पारिश्रमिकलगायतका समस्याका कारण पनि महिलाहरु पलायन हुनुपर्ने बाध्यता छ।

जति साथीहरु टिकिरहेका छन्, कि त अविवाहित छन् या श्रीमान् पनि पत्रकारितामै भएका कारण पत्रकारिता पेशा छोड्नु परेको छैन। हामी पनि दुवै जना एउटै पेशामा रहेकाले होला, समाचारको विषय छनोट, फिल्ड रिपोर्टिङमा जाँदा केही सहज पक्कै छ। तर, कामसँगै घरपरिवार, आफन्त तथा छरछिमेकप्रतिको दायित्व निर्वाह गर्नुपर्ने चुनौती पनि थपिएको हुन्छ।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट