सिलगडीले बल्ल एउटा यस्तो शालिक पायो

  • Get News Alerts

united
tata

नेपाली साहित्य जगतका तीन वरिष्ठ साहित्यसेवी 'सूधपा'मध्ये एक 'पा' नामले चिनिने साहित्यकार डा. पारसमणि प्रधानलाई नचिन्ने विरलै होलान्। प्रायः ५. जति कृतिहरू प्रकाशित गरेर भारतमा नेपाली भाषा र साहित्यका अभावकालमा साहित्यमा योगदान पुर्‍याउने महान् विभूति शिक्षाविद्, भाषाविद्, साहित्यकार, समाजसेवी डा. प्रधानको नेपाली विश्वमा नै पहिलो शालिक स्थापित भएको घटना हाम्रा निम्ति अवश्यै सुखद अनुभूति हो। हामीले यस्तै नै खुशी अनुभूत गरेका थियौं जब उनले २०२५ मा टिपन-टापन ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार प्राप्त गरेका थिए अनि त्रिभुवन प्रज्ञा पुरस्कार र त्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ महाविद्यावारिधी (डीलिट) उपाधि पाएका थिए।

माघ २ गते २०७३ का दिन भारतको सिलगडी नजिकको एउटा सानो गाउँ खोलाचन्द फाप्रीमा डा. पारसमणि प्रधान शालिक निर्माण समितिको तत्वावधानमा आठ फुट अग्लो शालिकको स्थापना भयो। उक्त मूर्ति कलालाई सापेक्षतामा उभ्याएर जीवन्तता दिने प्रख्यात मूर्तिकार अमीर सुन्दासले बनाएका हुन्। मूर्धन्य साहित्यकार डा. जस योञ्जन प्यासीको अध्यक्षतामा गरिएको कार्यक्रममा सिक्किम विश्वविद्यालयका उपकुलपति डा. टंक बहादुर सुब्बाका बाहुलीबाट शालिक अनावरण गरियो। कार्यक्रममा विशिष्ट अतिथि भारतीय राजस्व सेवाका संयुक्त-आयुक्त मिलन रूचाल थिए। यहाँसम्म यस लेखले घटनाको जानकारी गराएको छ। अब चर्चा गरिनेछ, यस शालिकको आज के महत्त्व छ अनि भोलि यसले कस्तो भूमिका निर्वाह गर्ला।

डा. पारसमणि प्रधानको शालिक सानो संस्थाले बनाएको ठूलो साझा वस्तु हो अनि यसप्रति सबैका मनमा सहकारी भाव पैदा भएकै हुनुपर्छ। यो सेल्फीको युग हो, शालिक नजीक उभिएर सेल्फी खिच्न सबैलाई मनपर्छ तर त्यसको रखरखाउ, हेरचाह अनि स्याहार-सुसारका लागि भने जुन उत्साह सेल्फी खिच्नमा लिइन्छ त्यही उत्साह देखाउने कर्तव्य उत्तर बङ्गालका नेपालीभाषीहरूको रहेन भने यस शालिकले समाजप्रति महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्दैन।

एक समय सिलगडीका नेपाली बहुल क्षेत्रहरू आज इतिहास कोट्याएर गर्व गर्नुपर्ने स्थितिमा पुगेको छ। एक समय यहाँका बहुसंख्यक नेपालीभाषी दिनदिनै अल्पसंख्यक बन्दै जाँदैछन्। बढ्दो शहरे प्रभावले गोर्खा संस्कृतिमा गहिरो प्रभाव पार्दैछ। अति भौतिकवादी कारणहरूमा नेपालीभाषी समाजका खम्बाहरू बन्नुपर्ने युवाहरू आफैंमा मस्त अनि व्यस्त छन्। यस बृहत् भेकमा गोर्खा संस्कृति कहालीलाग्दो स्थितिमा उभिएका बेलामा जलपाईगडी जिल्लाभित्र पर्ने सिलगडीसँगै टाँसिएको सानो गाउँ खोलाचन्द फाप्रीमा उभ्याइएको डा. पारसमणि प्रधानको शालिकको भविष्यमा समाजप्रतिको योगदान धेरै ठूलो अनि बहुआयामी हुनसक्ने सम्भावनाहरू देख्छु म।

शालिकको बहुआयामी सम्भावनाहरूका चर्चा गरिनअघि म यस भेगले बोकेका केही विसंगतिको उल्लेख गर्न चाहन्छु, किनभने यस शालिकले भोलि ती विसंगतिहरूलाई पनि सम्बोधन गर्ने नै छ भन्ने आशा साँच्न सकिन्छ। आज दार्जीलिंग जिल्ला, डुवर्स भूमि अनि सिक्किमका नेपालीभाषी समाज ठूलो चट्टानबाट टुक्रिएर स-साना जात-थर-गोत्र आदिमा राजनैतिक अधिकारको स्वार्थ चिन्तन गर्ने तुच्छ विचारमा अलमल्ल छ। सामाजिक वर्गको राजनीतिमा अल्मलिएकाहरूले आर्थिक वर्गलाई भुलेर एउटै आर्थिक वर्गमा शत्रुता बोक्न थालेको स्थिति छ यहाँ आज। यस्तो स्थितिमा सबै एकै ठाउँ बसेर साझा चिन्तन गर्ने चौतारी बनाइनुपर्ने आवश्यकता टड्कारो छ।

सामाजिक सहकार्यको मूल्य र मान्यता दिनदिनै लोप हुने क्रममा छ। यो सबैतिरको साझा समस्या हो। सहयोग र सहकार्यका अभावमा समाजले सामाजिक मूल्यहरू वहन गर्न सक्दैन। सिङ्गो समाजमा बसेर समाजका सबै सांस्कृतिक मान्यताहरूलाई सिङ्गो स्वरूप प्रदान गर्न नसक्नु अहिलेका समयमा देखापरेको अर्को विसङ्गति हो। यसैले समाजको समग्र विकासका निम्ति सामाजिक सहकार्यको खाँचो परेको हुन्छ अनि यसका निम्ति पनि चिन्तन चौतारीको आवश्यकता टड्कारो छ।

भारतमा नेपाली भाषा बहु जात-जाति, बहु संस्कृति वहनकर्ताहरूको र बहुभाषीहरूद्वारा बोलिने साझा सम्पर्कको माध्यम हो। यहाँ नेपाली मूलकाबाहेक उनीहरूसँग मिसिएर बस्ने अन्य जातिकाहरूले पनि यसलाई सम्पर्क भाषाका रूपमा चलाएका छन्। तर अहिलेको शिक्षा व्यवस्थाका कारणले अब आउने भावीपिढीले बिस्तारै नेपाली भाषा भुल्दै जाने/ प्रयोग कम गर्दै जाने आशंका बढेर गएको छ। अहिलेका युवा पुस्तामा नै 'मलाई त नेपाली भाषा ठ्याम्मै आउँदैन', '६५ भनेको कति हो?', 'नेपाली गीत त सुन्नै मनपर्दैन' जस्ता कुराहरू सुन्न पाइन्छ भने भविष्य कता जान्छ/जाँदैछ भन्ने कुरा गम्भीर विषय हो। यसको अर्थ हामीले अहिलेको प्रतिस्पर्धाका समयमा आफ्ना छोरा-छोरीलाई अंग्रेजी पाठशाला नपढाऊँ भन्ने होइन, तर आउने भविष्यलाई आफ्ना भाषाको जगेर्ना गर्न कसरी सिकाउँ भन्ने हो। हुन त भारतमा नेपाली भाषामा शिक्षणको प्रारम्भिककालमा नेपाली पुस्तक, कथा, कविता, उपन्यास, पाठ्य सामाग्री, नेपाली व्याकरण आदि लेख्नेहरू अधिकांश अंग्रेजी माध्यम पढेकाहरू नै थिए। तर उनीहरूमा जातीय अस्मिताको भावना थियो। खाँचो छ यस विषयलाई सम्बोधन गर्ने एउटा साझा चौतारीको।

माथि जनाइएका समस्याहरू आजका राजनैतिक, सामाजिक अनि भाषिक रूपमा देखापरेका गम्भीर समस्याहरू हुन्। यसलाई सम्बोधन गरिन उपयुक्त स्थान, माध्यम, अवस्था अनि इच्छाशक्तिको खाँचो पर्छ। यस्तो अवस्थामा सिलगडी अति नै उपयुक्त स्थान हो। यो यस भेकको ठूलो व्यापारिक केन्द्र भएकाले यहाँ धेरै संख्यामा मानिसहरू जुट्न परे समस्या पर्दैन। सस्तो सुलभ बास अनि गाँस दिनसक्ने, बाटोघाटो र यातायातको सुविधा बोकेको शहर सिलगडी उत्तर बङ्गाल, सिक्किम अनि सम्पूर्ण पूर्वोत्तर भारतकै निम्ति सजिलो स्थान बन्नसकेको छ।

सामाजिक राजनीति अनि भाषिक समस्यालाई सम्बोधन गरिन मञ्चको जुन खाँचो पर्छ, त्यस खाँचोलाई यस शालिकले पुरा गर्न सक्ने सम्भावना प्रबल छ। हुन् त यसअघि पनि सिलगडीमा तेन्जिङ शेर्पा, रतनलाल ब्राह्मण, भानुभक्त, पारिजातका शालिकहरू बनाइए, स्थापित गरिए। तर सम्भवतः स्थानाभावका कारण त्यसले कहिल्यै भीड जुटाउन सकेन। उहाँहरूका जयन्तीमा हामी त्यहाँ कहिल्यै भेला हुन सकेनौं। सिलगडीले बल्ल एउटा यस्तो शालिक पायो, जहाँ भाषाको सम्मान उभिएको छ, साहित्यको कोशेढुंगा उभिएको छ अनि नजिकै छ एउटा सिङ्गो मैदान, जहाँ सबैले भेला भएर जातिगत, भाषागत, संस्कार-संस्कृतिगत कुराहरूमा आ-आफ्ना भावना/विचार पोख्न सक्छन्। माथि बताइएका समस्याहरूलाई सम्बोधन गर्न सक्छन्। थोरैमा वर्षमा एकपटक पारसमणिको जयन्ती त्यहाँ सबैले भेला भएर साझा रूपमा मनाउन सक्छन् अनि त्यसदिनलाई प्रतिवर्ष जातिगत, भाषागत साझा समस्याहरूलाई सम्बोधन गर्ने एउटा विशेष दिनका रूपमा उभ्याउन सक्छन्।

यस शालिकका मूर्तिकार अमीर सुन्दासले पनि समाजबाट यस्तै आशा साँचेका छन्। उनी भन्छन्, 'शालिक आफैं केही होइन। एउटा विशिष्ट व्यक्तिको प्रतीक। एउटा कला। समाजका निम्ति अपेक्षा गर्नपर्ने कुरा हो शालिक निर्माणमा जुटेका शालिक वरिपरिका मान्छेहरूबाट।' उनी समाजका विसङ्गतिलाई औंल्याउँदै अझ भन्छन्, 'म पनि पारसमणिका शालिकबाट मातृभाषा शिक्षाप्रति सचेत हुन तथा स्वावलम्बन हुन प्रेरणा पाऊन भन्ने अपेक्षा राख्दछु। हाम्रा समाजले विश्वशान्ति र राजनीतिक समस्या समाधानका निम्ति महापुराणहरूमा प्रचुर समय र धन खर्चिने र हातमा शुन्यबाहेक केही प्राप्ति नहुने कार्य अधिक गर्दछ। त्यसो गर्नुभन्दा यस्ता आदर्श व्यक्तिहरू जसले आफूलाई मात्र नसोचेर समाज र देशका निम्ति प्रेरणादायी तथा अनुकरणीय काम गरेर गए उनीहरूका स्मरणमा शालिक निर्माण यसरी गरे यस्ता कार्यले सधैँका निम्ति प्रेरणा दिनेछ अनि जातीय माइलखुट्टीको प्रतीक स्थापित हुनेछ।'

पारसमणि प्रधानलाई आजको विसम सामाजिक परिस्थितिमा उभ्याउँदा त्यसले भविष्यका यस भेकका नेपालीभाषीलाई एउटा सिङ्गो अखण्डित समाज दिनेछ भन्ने विश्वास बोकेर शालिक निर्माणका निम्ति निरन्तर खटेका समाजसेवी तथा शिक्षक कैलाश सुब्बालाई यस कलमकारले 'पारसमणिका शालिकबाट भविष्यमा तपाईं समाजका लागि के अपेक्षा गर्नुहुन्छ?' भनेर सोध्दा उनले कुनै जवाफ दिन चाहेनन्। सम्भवतः शालिक निर्माण गरिनअघि उनले बोकेका विश्वासले मूर्त रूप पाइसकेका हुनाले यसभन्दा उता अब नेपालीभाषी समाजले हात अघि बढाएको हेर्न चाहन्छन् उनी। उनलाई हेर्दा लाग्छ, सिङ्गो नेपाली समाजले पर्दापछाडि बसेर समाजलाई खिप्ने यस्ता हातहरूलाई स्पष्ट नदेख्नु नै हाम्रो सामाजिक विकासमा अवरोध आफैले ल्याउनु हो।

समाज खिप्ने हातहरू प्रायः नै खाली हुन्छन्। धेरै पुस्तक छपाउने धेरै ठूलो साहित्यकार, ठूलो ओहदा भनेको ठूला मान्छे, मोटो पुस्तक भनेको गम्भीर पुस्तक, धन सामाजिक उचाइको मापदण्ड मान्ने वर्तमान हाम्रा सोचले स्वीकार्नु सक्नुपर्छ, धेरै पुस्तकको तुलनामा एउटा रचना उत्कृष्ट हुनसक्छ, गरीबको सोच पनि देश र राष्ट्रका हितमा हुनसक्छ, ओहोदाविहीनहरूमा पनि चिन्तनको उचाइ हुन सक्छ, अनि मात्र समाजले समाज हुनुको अर्थ बोक्नेछ।

यस्तै नयाँ चिन्तन बोकेर समाजलाई, समाजका विसङ्गतिहरूलाई युग-युगसम्म वर्तमानमा उभिएर सापेक्षिक सम्बोधन गर्ने साझा चौतारी बन्नसक्छ सानो गाउँ खोलाचन्द फाप्रीमा ८ फीट (आधारसँग जम्मा १२ फीट) उभिएको डा. पारसमणि प्रधानको शालिक। उभिइरहन सक्छ नेपाली भाषा, साहित्य, संस्कृति अनि समाजका निम्ति प्रतीक बनेर।

सिलगडी, भारत

 

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट