हजुरबाले आइफोन चलाउन जानेनन् भनेर चिहान अगाडि सत्तोसराप गर्ने!

skoda
  • Get News Alerts

united
tata

 

मेरा र सबैका हजुरबुबाहरुले आफ्नो युगको प्रतिनिधित्व गर्नुहुन्छ। म आफ्नो युगको प्रतिनिधित्व गर्छु। त्यस्तै उहाँका पनि हजुरबुवाले आफ्नै युगको प्रतिनिधित्व गर्नुहुन्थ्यो र मेरा छोरानातीले पनि आफ्नो युगको प्रतिनिधित्व गर्ने नै छ्न। यो एउटा सरल सत्य हो। मेरा हजुरबुबाले आइफोन र ल्यापटप , फेसबुक र टुइटर चलाउन जान्नुपर्छ भन्ने मेरो आग्रह जति हाँस्यास्पद र कुतर्कपुर्ण हुनजान्छ त्यति नै मेरा छोरा नातिले डोको डालो बनाउन र नाम्लो बुन्न जान्नै पर्छ भन्ने मेरो आग्रह र सोच पाखण्डपुर्ण र अव्यावहारिक हुन जान्छ। हजुरबुबा पुस्ताले आइफोन चलाउन जानेनन् भनेर उनको चिहान अगाडि सत्तोसराप गर्ने नाति पुस्ताले सरल सत्य विरुद्ध मुर्खताका सबै रेकर्डहरु ब्रेक गरेको हुन्छ।

पौष २७ गते पृथ्वीनारायण शाहलाई कसरी सम्झने र किन सम्झने भन्ने सवाल यही अन्तर युगीन चेतनाको सेरोफेरोमा घुमेको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा राष्ट्रिय एकीकरण दिवस अथवा पृथ्वी जयन्तीलाई सरकारी बिदा र मान्यताबाट च्युत गर्नु अघि र पछि पृथ्वीनारायण शाहको चिहान उधिन्ने र उनको बारेमा जबर्जस्त कुतर्क र प्रोपोगन्डा प्रचारित गरिएको छ।। उनको सम्झना र सम्मानलाई सरकारी पात्रोबाट च्युत गर्ने सवालमा संघीय लोकतान्त्रिक गणतन्त्रले सरल सत्यप्रति चिम्लिएको आँखाले उसको स्वभाविक बुद्धिप्रति नै प्रश्न चिन्ह खडा मात्र गरेको छैन यसको नियतमाथि नै आशंका उब्जाएको छ।

पृथ्वीनारायण शाह स्पष्ट शब्दमा भन्नू पर्दा सामन्त युगका सामन्ती राजा हुन। उनी लगायत उनको युगका सबै सामन्त हुन। मल्ल र सेन शासकहरु प्रजातान्त्रिक र प्रगतिशील अनि पृथ्वीनारायण शाह एक्लै सामन्त भएका होइनन्। फरक कति मात्रै हो भने, पृथ्वीनारायण उनीहरु भन्दा दुस्साहसी र रणनैतिक रुपमा कुशल सामन्ती राजा हुन। उनी विजयी सामन्ती राजा हुन र उनीबाट विजितहरु पराजित सामन्त राजाहरु थिए। सामन्ती युगमा सामन्त राजाबीच राज्य विस्तारको महत्वाकांक्षा सबैमा थियो। हुनु स्वाभाविक पनि हो। यो दौडमा तुलनात्मक रुपमा गरिब र सानो गोर्खा राज्यको राजाको हैसियतमा उनले जुन रुपमा गोर्खा राज्य विस्तार गरी विशाल नेपाल राज्यको निर्माण गरे त्यसले हो उनलाई पृथ्वीनारायण शाहा बनाएको।

यो कसैको कृपाले प्राप्त हुने र कसैको निगाह नहुँदैमा खोसिने विभुषण होइन। सरकारी पात्रोमा उल्लेख भए पनि, नभए पनि सबै जस र अपजस सहित नेपाल राज्य एकीकरणको नेतृत्व गरे बापत यो उपाधिबाट पृथ्वीनारायण शाहलाई इतिहासले विभुषित गरेको हो। कसैको कुतर्क र कुनियतले उनलाई यो एतिहासिक सम्मानबाट च्युत गर्न सक्दैन।

तर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सामन्ती शब्दलाई उनी विरुद्ध जसरी गालीको रूपमा प्रयोग गरिएको छ, त्यो घोर हाँस्यास्पद छ। हाँस्यास्पद किन छ भने सामन्ती युगमा जन्मिएको एउटा मानिस स्वभावतः सामन्त नै हुन्छ भन्ने सामान्य सत्यको नाङ्गो उपहास भएको छ। प्रगतिशील र समाजवादी भनिएका दस्तावेजबाट सुटुक्क चोरिएको सामन्ती शब्द उनी विरुद्ध गालीको रूपमा प्रयोग गरिएको छ। जबकी यो शब्द गालीवाचक शब्द हुँदै होइन। बरु उनी समाजवादी हुनुपथ्र्यो, प्रगतिशील हुनुपथ्र्यो, पुँजीवादी हुनुपर्थ्यो भन्ने जुन आग्रहका साथ प्रचार गरिएको छ , त्यसले मुर्खता र बहुलाठ्ठीपनका सबै सीमा तोडेको छ। गाईजात्राको प्रहसनमा पनि यस्तो सस्तो र हाँस्यास्पद खुराक भेटिदैन। यीनै प्रोपोगन्डाको जमिनमाथि टेकेर उनलाई सरकारी पात्रोबाट च्युत गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जुन निर्णय छ, त्यो दुर्भाग्यपूर्ण छ।

संघीय लोकतान्त्रिक गणतन्त्रका सुत्रधारहरुको पृथ्वीनारायण शाहले जयप्रकाश मल्ल लगायत बाइसे र चौबिसे राज्यका शासकलाई गुलाबको फूल दिएर राज्य विस्तार गर्नु पथ्र्यो भन्ने आग्रह हो ? होइन भने, इतिहासका पानाहरुमा प्रेम पत्र लेखेर राज्य विस्तार भएको कसैले कतै पढ्को, सुनेको छैन। तर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल त्यस्तो आदर्शमय एकीकरणको अपेक्षा पृथ्वीनारायण शाहबाट गर्छ। ऊ किन यस्तो बालहठ गर्छ! यीनै तर्कहरु माथि टेकेर उसले किन पृथ्वीनारायणलाई पात्रोच्युत गरेको हो? उसको असली नियत के हो ? पुस २७ को सेरोफेरोमा यो प्रश्न अरु ज्वलन्त बनेर उठेको छ।

कल्पना गरौं त नेपोलियन बोनापार्टलाई फ्रान्सेली गणतन्त्रवादीहरुले यही अभियोगमा पात्रोच्युत गरेका भए कस्तो हाँस्यास्पद हुन्थ्यो होला ? मानव जातीको ३००० वर्षको इतिहासमा ५००० वटा युद्ध भएका छ्न। र ती सबै युद्ध राज्य विस्तारको अभिप्रायले भएका छन। राज्य विस्तार र युद्धबीच स्वाभाविक सम्बन्ध हुन्छ भन्ने सरल सत्य बुझ्ने ‘कमन सेन्स’ संघीय लोकतान्त्रिक गणतन्त्रका धुरन्धर विद्वानसँग नभएकै होला त? अनि किराँतदेखि मल्लसम्मका राजाहरुले कसरी राज्य प्राप्त गरेका थिए। के तिनले बृहत् शान्ति सम्झौता गरेर राज्य हासिल गरेका हुन?

हिजोको कुरा छोडौं। संघीय लोकतान्त्रिक गणतन्त्र के हिंसाको बल र धरापमा प्राप्त भएको होइन? राजनीतिक महत्वाकांक्षा भएको एउटा समूहले त राज्यमा अंश खोज्न, आधुनिक, सभ्य र मानव अधिकारको ग्यारेन्टी गरेर जेनेभा कन्भेन्सन पारित भएको युगमा हिंसालाई राज्य प्राप्त गर्ने माध्यम ठानिन्छ भने सामन्ती युगका पृथ्वीनारायण शाहले फुलको थुंगा दिएर राज्य हासिल गरेनन् भन्नेहरुको आसय के होला?

यसलाई स्वभाविक वुद्धिको अभाव मात्रै भन्न सकिने ठाउँ छैन। यहाँ सिधै नियतमाथि प्रश्न उठछ। महाभारत युद्धको नेतृत्व गरेबापत् जसरी कृष्ण हिन्दु धर्मावलम्बीहरुको पात्रोबाट च्युत भएका छैनन्। त्यसरी नै राष्ट्र निर्माणको नेतृत्व गर्ने पृथ्वीनारायण शाह नेपाली पात्रोबाट च्युत हुन पर्ने कुनै चित्तबुझ्दो कारण छैन।

त्यसो भए पृथ्वीनारायण युद्ध सरदार नै हुन त ? उनको व्यक्तित्वलाई पोलिस गरी राख्न जरुरी छैन। उनलाई न ‘श्री ५’ को शिर, न शाहदेवको पुच्छर आवश्यक छ। किनकि पृथ्वीनारायण एउटा त्यस्तो नाम हो जसलाई कुनै पनि टेक्ने समाउने सहाराको खाँचो पर्दैन। त्यसैले उनलाई बकाइदासँग युद्ध सरदार मान्न आपत्ति गर्नुपर्ने कुनै कारण छैन। सम्पूर्ण जीवन लड्दा लड्दै बिताएका अनि ऐतिहासिक आवश्यकताले जन्माएका कुशल योद्धाको अर्को नाम नै पृथ्वीनारायण शाह हो।

जसको गोर्खा राज्य विस्तारको महत्वाकांक्षाले नेपाल एकीकरण भएको थियो। उनी आन्तरिक एकीकरण गरेर अंग्रेज विरुद्ध लड्ने दक्षिण एसियाकै गर्व गर्न लायक रणनीतिज्ञ र युद्ध सरदार हुन्। एक महत्वाकांक्षी योद्धा हुन्। ऐतिहासिक रुपमा साँच्चैका बडामहाराज हुन्। जसको लाठी उसको भैंसी हुने सामन्ती युगका ठूला लाठीवाला सामन्त र योद्धा नेता हुन। जसले महामारी जस्तो रूप धारण गरेर फैलिदै गरेको बेलायती साम्राज्यवाद विरुद्ध प्रतिरोधात्मक युद्ध लड्न आन्तरिक रुपमा सरसाना राज्यहरू एकीकरण गरेर शक्ति आर्जन गरेका थिए।

तर यो सवालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आग्रह के हो स्पष्ट हुनुपर्छ। के पृथ्वीनारायण शाहले गरेको एकीकरणको अभियान गलत थियो? के हामी बैइसे र चौबिसे नै ठिक थियौं? कि भारतीय उपमहाद्वीपका अरु राजा र रजौटालेझंै पृथ्वीनारायण शाहले पनि गोर्खा राज्य ब्रिटिस उपनिवेशलाई सुम्पनु पथ्र्यो र आज हामी भारतीय युनियन अन्तर्गत हुनुपथ्र्यो भन्ने आग्रह हो?

पृथ्वीनारायण शाहको एकीकरण अभियानले खारेज गरेका यीनै कुरा हुन्। जब संघीय लोकतान्त्रिक गणतन्त्र पृथ्वीनारायणको ऐतिहासिक कदमको औचित्यमाथि यसरी प्रश्न उठाउँछ र त्यसैलाई आधार मानेर पृथ्वीनारायणलाई पात्रोच्युत गर्छ भने उसको यो कदमको आसय के हो ? त्यसो भए के हो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको एतिहासिक वैधानिकताको स्रोत? यी प्रश्नहरूको जवाफ नदिई पृथ्वीनारायणलाई पात्रोच्युत गर्ने निर्णय कहिले पनि वैधानिक हुन्न।

अब प्रश्न उठन सक्छ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, पृथ्वीनारायण शाहको निजी महत्वाकांक्षाको परिणाम मात्रै हो त ? के आजको नेपाल पृथ्वीनारायण शाहले आफ्ना हारको प्रतिशोध लिने क्रममा मात्रै निर्माण हुन पुगेको हो त ? गोर्खाभन्दा तुलनात्मक रुपले बलिया टिस्टा र काँगडासम्म फैलिएको विशाल नेपालको बडामहाराज हुनुभन्दा एकीकरणको अर्को कुनै उदेश्य छैन?

ऐतिहासिक तथ्यहरुले त्यसो भन्दैनन्। मुलतः तत्कालीन नेपाल अधिराज्यको स्थापना बेलायती साम्राज्यविरुद्ध खडा गरिएको हो। तत्कालीन अवस्थामा बेलायती साम्राज्यवादलाई तेस्रो ध्रुवमा कसैले चुनौती दिएको थियो भने त्यो पृथ्वीनारायण शाहले खडा गरेको टिष्टादेखि काँगडा सम्मको सामान्ती अधिराज्यले दिएको थियो। ऐतिहासिक एकीकरण अभियानको बाहिरी उत्प्रेरणाको स्रोत नै बेलायती साम्राज्यवाद थियो।

आन्तरिक उत्प्रेरणाको स्रोत ओल्लो र पल्लो डाँडामा राज्य गरिरहेका रजौटाहरुको अन्त्यहीन आपसी कलह थियो। उर्लिदो बेलायती साम्राज्यवादलाई रोक्न र चुनौती प्रस्तुत गर्न एउटा बलियो र एकीकृत नेपाल राज्यको ऐतिहासिक आवश्यकता पृथ्वीनारायणको नेतृत्वमा पूरा भएको थियो। यो ऐतिहासिक आवश्यकताले जन्मिएको नेपाल, बेलायती उपनिवेशमा नपरेका औंलामा गन्न सकिने विश्वका सीमित स्वाधीन देशहरुको गन्तीमा आउँछ।

राजतन्त्र र ज्ञानेन्द्र शाहको रिस र गणतन्त्र स्थापनाको आवेगमा हामीले पृथ्वीनारायण शाहलाई पात्रोच्युत गरिरहदा त्योसँगै उनले नेतृत्व गरेको एउटा गौरवमय ऐतिहासिक कदमको पनि खारेजी गर्दैछौं भने ध्यान पुर्याउन सकेका छैनौं। संसदीय घोषणा र मन्त्री परिषदको निर्णयबाट तन्त्र र व्यवस्था खारेज गर्न सकिएला तर ऐतिहासिक घटनाहरू खारेज हुन सक्दैन। आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको एकीकरण पृथ्वीनारायण शाहकै नेतृत्वमा सम्पन्न भएको हो। त्यो कुनै पनि घोषणाले खारेज हुन नसक्ने ऐतिहासिक परिघटना हो। यही ऐतिहासिक परिघटनालाई नेतृत्व दिएका कारण पृथ्वीनारायण शाह, पृथ्वीनारायण शाह भएका हुन। उनलाई सम्झनु र सम्मान गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले आफ्नो भौगोलिक र सांस्कृतिक अस्तित्वको ऐतिहासिक निरन्तरता र वैधानिकता कायम राख्नु हो।

सबैलाई चेतना भया !

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मकैको चामल मकैको चामल

    खाना नलिनु अघिः -यो साउले खाना सोध्दा पुग्यो भने ‘आगायो’ भन् हे!
    -नपुगेको चैँ कसरी भन्ने?
    -‘चायो’ भन् न! मलाई फिटिक्कै खसकुरा नआउने। आखिरमा ‘आगायो’ के खाएर भन्न सक्नु ? बल्लबल्ल ‘चायो’ मेरो मुखबाट पाँच किलोको ढक जस्तो गरुङ्गो भएर सुस्तरी प्रक्षेपण हुन्छ। बाले अर्डर दिँदा भात मेरो लागि चैँ ‘हाफ’ भनेको हुन्छ। खाने बेला मैले ‘फुल’ पो खाइसक्छु, कारणः भात चामलको देखापर्छ।

    छम गुरुङ

  • हामी आफैं उखेलिनुपर्ने जरा हौं हामी आफैं उखेलिनुपर्ने जरा हौं

    मैलै जीवनमा धेरै बालबालिकाको कान निमोठेँ। कन्सिरीका रौं तानेँ। गालामा चड्कन लगाएँ। पाइपको लौरोले हत्केला बजाएँ। ढाड भाँचिएला जसरी हिर्काएँ। जबजब म बालबालिकालाई निरीह बनाउँदै शासकीय रवाफमा यी कार्य गर्थेँ म स्वयम् बिरामी पर्थेँ। त्यही दिन या भोलिपल्ट सम्बन्धित बालकसित भेटेर सम्बन्ध पुनसर््थापित भएको अनुभूति भएपछि मात्र आफूलाई सजिलो महसुस हुन्थ्यो।

    नरेन्द्रकुमार नगरकोटी

  • आमा र अनुहारका धर्सा आमा र अनुहारका धर्सा

    घाँटीमा अँगालो मारेर सुत्ने मेरो बानी थियो। बुवासँग सुत्दा पनि त्यसरी नै अँगालो मार्थेँ। उहाँलाई कहिल्यै झर्को लागेन। आमा आइरहन नपाउने। उहाँलाई लिन बुवा नै जानुपर्ने भएकाले चाँडै आँउने सम्भावना कम हुन्थ्यो। चाडपर्वजस्ता विशेष बेलामा मात्र हाम्रो भेट हुन्थ्यो। आमालाई लिन बुवा हिँडेदेखि आईपुगुन्जेलसम्मको पर्खाई सबैभन्दा लामो लाग्थ्यो मलाई। आमालाई सुनाउने धेरै कुराहरु सम्झिएर बस्थेँ म। सुनाउँछु भनेर सम्झिएका धेरै कुराहरु उहाँ नजिकै आईपुग्ने बेलामा हराउँथे।

    सुरज सुवेदी

साहित्यपाटी

  • फर्कनु उसको फर्कनु उसको

    भर्खरै थाहा पाएको हुँ मैले उनी फर्कि आएकी
    उनी जो हाम्रो टोलको सबैभन्दा सुन्दर युवती थिइन्
    अब आएकी छिन् सधैँको लागि विवाहको तीन वर्षपछि फिर्ता

    शिरीष कुमार मौर्य

  • मेयर हर्कचोक मेयर हर्कचोक

    दिनहरु बित्दै गए। मेरा मानसपटलमा ती युवती र त्यो बच्चाको अनुहार धमिलो धमिलो हुँदै गयो। शायद अघिल्लो वाक्य मैले गलत लेखेँ। ती आँखाहरू धमिला हुने किसिमका थिएनन्। सुदूर मानसपटलमा गहिरो गरी कुँदिएका थिए ती।

    शिव संकल्प

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट