त्रिविका विद्यार्थीमा शोधको सकस

skoda
  • Get News Alerts

united
tata

कक्षा कोठामा सिकेका सैद्धान्तिक कुरालाई व्यवहारको कसीमा घोटेर जाँच्ने कडीको रूपमा विश्वविद्यालयहरूले आफ्ना विद्यार्थीलाई शोध गराउँछन्। शोध कार्यसम्बन्धमा विश्वविद्यालयका आफ्नै नियम छन्– कसैले स्नातक तहमै र कसैले स्नातकोत्तर तहदेखि विद्यार्थीलाई थेसिस लेख्न लगाउँछन्। नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा भिन्नाभिन्नै नियम बनाइएको पाइन्छ। रमाइलो त के भने त्रिविका केन्द्रीय विभाग र अध्ययन संस्थानहरूमा सेमेस्टर प्रणाली लागू गरिएको छ भने यसका आंगिक र सम्बन्धनप्राप्त (अफिलिएटिङ) कलेजहरूमा वार्षिक प्रणाली लागू गरिएको छ। सेमेस्टर प्रणालीमा शोध लेखन प्राय: अनिवार्य छ भने वार्षिक प्रणालीमा केहीमा अनिवार्य र केहीमा ऐच्छिक। अनिवार्य शोध कार्य गर्नुपर्ने विषय (खास गरी समाजशास्त्र/मानवशास्त्र) मा एमए तहका विद्यार्थीहरूका अनुभवको आलोकमा त्रिविको शोध लेखन प्रक्रियाको लेखाजोखा यहाँ गरिएको छ। त्रिविमा सेमेस्टर प्राणालीमा पढ्नेहरू भर्खर शोध लेखन गर्दै रहेकाले सेमेस्टर प्रणालीका विद्यार्थीको शोध-लेखन-अनुभवबारे यहाँ टिप्पणी गरिएको छैन।

पाठ्यक्रम र कक्षा कोठा

वार्षिक प्रणाली अन्तर्गत त्रिविमा स्नातकोत्तर तह पढ्ने विद्यार्थीहरूले दुई वर्षको पाठ्यक्रम छिचोल्दा अनिवार्य रूपमा “रिसर्च” विषय पढ्छन्। तर पढाइको दौरान उनीहरूलाई अनुसन्धान पत्र या रिसर्च पेपरहरू लेख्न या प्रस्तुत गर्न जरुरी छैन, न कक्षा कोठामा दुई वर्षसम्म पढेको अनुसन्धान विधिलाई विद्यार्थीले अनुसन्धान गर्न खोज्ने विषयसँग जोडेर नै पढाइन्छ। सेमेस्टर प्रणालीमा “टर्म पेपर”हरू बुझाउन अनिवार्य भए पनि ती झारा टार्ने किसिमका हुने, “पेपर”माथि अध्यापकहरूबाट पनि पर्याप्त “फिडब्याक” नदिइने, र पुनर्लेखनको अभ्यास नगरिने विद्यार्थीहरू बताउँछन्।

त्रिविका समाजशास्त्र मानवशास्त्रका पाठ्यक्रममा अंग्रेजी भाषामा लेखिएका सामग्रीको भरमार छ। नेपाली भाषामा लेखिएको गतिला सामग्रीको अभाव हो या पाठ्यक्रम निर्माताको अंग्रेजीप्रतिको आग्रह, विद्यार्थीले अंग्रेजीमा मूलत: लेखिएका सामग्री मात्रै पढ्न पर्छ। अहिले विद्यार्थी र शिक्षक दुवैलाई पढ्न-पढाउन सहयोग हुने गरी “कम्पेन्डियम” तयार बनाएर उपलब्ध गराए पनि भाषाका कारण ती त्यति उपयोगी हुनसकेका छैनन्। स्नातक तहसम्म नेपाली भाषामा पढ्ने, लेख्ने र सोच्ने गरेका विद्यार्थीहरूको अंग्रेजीमा पहुँच पुग्दैन। उनीहरू नेपालीमा सान्दर्भिक पाठ (रेफरेन्स टेक्स्ट) खोज्छन्, तर पाउँदैनन्। यद्यपि, अहिले त्रिविका विभिन्न क्याम्पसमा पढाउने शिक्षकले अंग्रेजीका ती कम्पेन्डियमको नेपाली अनुवादजस्तो “टेक्स्टबुक” छापेर बेचिरहेका पनि छन्, जसको गुणस्तरमा धेरैले शंका समेत ब्यक्त गर्छन्।

स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षापछि या चौथो सेमेस्टरबाट धेरै विद्यार्थीले शोध कार्य शुरू गर्छन्। शुरू गर्नुअघि शोध अनुसन्धानबारे विभागहरूले विद्यार्थीहरूका लागि “अभिमुखीकरण सेशन” पनि सञ्चालन गर्छन्। यी सेशनमा खासमा विद्यार्थीले कक्षा कोठामा पहिले एकसरो पढिसकेका सैद्धान्तिक कुराहरूकै बाहुल्य हुन्छ। यसले विद्यार्थीहरूलाई सैद्धान्तिक टेक्स्टहरूबारे पुन:स्मरण त गर्छ, तर यसले विद्यार्थीहरूलाई कुनै सीपचाहिँ सिकाउँदैन। यही अभिमुखीकरणको भरमा विद्यार्थीहरूको शोध लेखन यात्रा प्रारम्भ हुन्छ। यसपछि नै विद्यार्थीको शोधको विषय, शोध निर्देशक छनौट, इत्यादि प्रक्रिया शुरू हुन्छन्।

विषय छनौट

समाजशास्त्र र मानवशास्त्रका केन्द्रीय विभागमा विगतमा सयौं थेसिस “फलानो जातजातिको सामाजिक, साँस्कृतिक र आर्थिक पक्षको अध्ययन” शीर्षकमा (अंग्रेजी नेपाली दुवैमा) लेखिसकिएकाले अध्यापकहरूले विद्यार्थीलाई त्यस्ता शीर्षकमा शोध नगर्न सचेत गराउँछन्। तथापि अझै पनि सोही ढर्राको शीर्षकहरू स्वीकृत भएको देखिन्छ। यस्ता “खास” शीर्षकभन्दा बाहिर गएर शोध गर्नेहरूको संख्या त्रिविमा निकै कम छ। नियमित विद्यार्थीहरू धेरैले शुरूमा अथवा शोध अभिमुखीकरण गर्ने बेलासम्म फरकफरक र रोचक विषयमा शोध गर्ने विचार बनाएका हुन्छन्। तर विस्तारै समय घर्कँदै जाँदा विद्यार्थीहरूले आफूले सोचेका मौलिक विषयमा शोध गर्ने मनसुवा त्याग्छन् र उही पुरानै ढर्राका थेसिस गर्छन्।

यसो हुनुका पछाडि केही कारण छन्: पहिलो त धेरैले शोध बुझाइसकेको विषयमा शोध गर्दा अघिल्ला थेसिसलाई नमुनाको रूपमा प्रयोग गर्न सजिलो हुँदो रहेछ। शीर्षकमा सामान्य परिवर्तन गर्ने (जाति, स्थान, आदि) र तथ्यांकहरू परिवर्तन गरिदिएमा शोध तयार गर्न सकिँदो रहेछ। यसो गर्दा शिक्षकहरूसँग पनि त्यति भर पर्न जरुरी हुँदैन। अर्कोतर्फ नयाँ विषयमा लेख्दा निकै “पापड बेल्न” पर्छ। धेरै अध्यापकले नयाँ शीर्षकमा काम गर्न खोज्ने विद्यार्थीलाई प्रोत्साहन पनि दिन्छन्, तर त्यसका लागि विद्यार्थीहरूले निकै मेहनत गर्नुपर्ने हुन्छ। शिक्षकले विभिन्न लिटरेचर पढ भन्छन्, पुराना थेसिस हेर्न भन्छन्। पहिले कुनै लघु अनुसन्धानमा समेत सहभागी नभएको अवस्थामा विद्यार्थीलाई शिक्षकको निर्देशन परिपालन गर्न भने हम्मे पर्छ। नयाँ विषयमा शोध लेख्दा जुन किसिमको मेहनत, सन्दर्भ सामग्रीमा पहुँच र सहयोगी एवं सक्षम निर्देशकसँगको तालमेलको खाँचो पर्छ, त्रिविमा सामान्य विद्यार्थीलाई यी सबै कुरा जुटाउन निकै जुटाउन कठिन हुन्छ।

हाल स्नातकोत्तरतहको शोध कार्य गर्दै गरेकी नारायणी देवकोटा थप्छिन्: “विद्यार्थीहरूले लेख्ने शोध बजारसँग सम्बन्धित छ कि छैन, यसले ठूलो अर्थ राख्छ। थेसिस सकिएको दिनमा कहाँ, केमा काम गर्ने चिन्ता सबै विद्यार्थीलाई हुन्छ।” त्यसैले, आफूले सोचेको विषयमा शोध गर्न चाहँदा-चाहँदै पनि “फिल्ड, समय र रोजीरोटीले ठूलो प्रभाव पार्ने” उनको बुझाइ छ। भर्खरै थेसिस बुझाएकी दुनीराम सारुको अनुभवमा विद्यार्थीले शुरूमा “ठूला-ठूला शीर्षक छान्छन् र विस्तारै हैसियत थाहा” पाउँछन्। विद्यार्थीसँग अनुसन्धान गर्ने र लेख्ने अभ्यास नभएकाले अन्तत: थेसिसलाई उनीहरूले बिरालो बाँध्ने कर्मकाण्ड जस्तो गरी फगत डिग्री लिने कदमका रूपमा लिन्छन्। यद्यपि त्रिविको प्रत्येक ब्याचमा केही राम्रा थेसिस नलेखिने होइनन्। मानवशास्त्रका अध्यापक मुक्तसिंह लामाका अनुसार “त्रिविमा पाँच प्रतिशत जति विद्यार्थीले राम्रा काम गर्छन्। ती त्रिविका वातावरणले भन्दा पनि आफ्नै जोडबलले राम्रा हुन्छन्।”

डाटा कलेक्शन र विश्लेषण

शोध कार्यको पहिलो काम “अनुसन्धान प्रश्न” तय गर्नु हो। भन्ने गरिन्छ, शोधको यो पहिलो कदम सकियो भने शोधको आधा काम सकिन्छ। तर धेरै विद्यार्थीको समस्या यहीँ शुरू हुन्छ। अनुसन्धान प्रश्न तय भएपछि त्यसको जवाफ खोज्ने सिलसिलामा “डाटा” संकलन गर्नुपर्ने हुन्छ, जुन “फिल्ड”मा गएर गरिन्छ। फिल्डमा जाँदा के सूचना ल्याउने, के नल्याउनए, केमा केन्द्रित हुने, कति डाटाले आफूलाई प्रर्याप्त हुन्छ, डाटा कसरी संकलन गर्ने भन्नेबारे धेरै विद्यार्थी अलमलमा हुन्छन्। डाटाको लागि कहिले टाढासम्म पुग्नु पर्ने हुन्छ, कुनै डाटा लिन धेरै समय लाग्न सक्छ, यस्तो परिस्थितिमा जुन समय र खर्च लाग्छ, त्यसले थेसिस लेखनीमा प्रभाव पारिरहेको हुन्छ।

फिल्डबाट विभिन्न अनुसन्धानका औजार प्रयोग गरी ल्याएका डाटाको व्यवस्थित विश्लेषण गर्नु अर्को कठिन काम हो। अनुसन्धानको “रिजल्ट” केकस्तो आउँछ भन्ने कुरा सोही फिल्डबाट बटुलिने डाटामा भर पर्छ। तर कस्तो डाटा, कसरी ल्याउने र त्यसबाट कुन प्रश्नको जवाफ कसरी निस्कन्छ भन्ने कुरा सहज छैन। कक्षाकोठामा केही सैद्धान्तिक ज्ञान लिए पनि फिल्डमा गएर डाटा लिनु र अझ विश्लेषण गर्नु धेरै परको कुरा हो। त्रिविबाट केही समयअघि थेसिस सकेका श्याम कुँवर भन्छन्: “डाटा ल्याएपछि पहिलो, प्राविधिक कुरा फिल्ड नोट लेख्ने, ट्रान्सक्राइव गर्ने, त्यसलाई शिलशिलाबद्ध गर्ने काम आफैँमा झन्झटिलो र चुनौतीपूर्ण छन्। दोस्रो, फिल्ड नोटलाई सैद्धान्तिक कुरासँग जुधाएर विश्लेषण गर्नु झनै जटिल हुने रहेछ।” यहीँनेर शोधकर्ताको लेखनशीप र विश्लेषण गर्ने क्षमताको खास परीक्षण हुन्छ।

शोध निर्देशक र शोधार्थीको सम्बन्ध

कुनै पनि थेसिस राम्रो हुनुमा सक्षम शोध निर्देशकको पनि भूमिका महत्त्वपूर्ण हुने गर्छ। तर त्रिविका धेरै अध्यापक स्वयं शोध कार्यमा निपूर्ण छैनन्। कतिपयको शोध अनुभव उनीहरूले स्नातकोत्तर तहमा अध्ययन गर्दा लेखेको थेसिस मात्रै हो। यसले विद्यार्थीको शोधमा प्रभाव पारिरहेको छ। अध्यापनबाहेक अध्ययन- अनुसन्धानमा प्रवृत्त भैरहेका शोध निर्देशक पाउनै मुश्किल छ। कदाचित पाइहाले पनि विद्यार्थीलाई राम्ररी डोहोर्याउनेहरू कमै भेटिन्छन्। विनाअनुभवका विद्यार्थी के गर्ने-कसो गर्ने पत्तो नपाइ रुमल्लिरहन्छन्।

थेसिसको दौरान शोध निर्देशक र विद्यार्थीबीच निरन्तर भेटघाट, छलफल, संवादको आवश्यकता पर्छ, तर त्यो त्रिविमा सम्भव देखिँदैन। एक त, अध्यापकहरू प्राय: आफ्नो क्लास हुने दिन (हप्ताको एक या दुई दिन) मात्र विश्वविद्यालय आउँछन्, त्यसैले विद्यार्थीहरूले चाहेर पनि भनेको समयमा अध्यापकलाई भेटन सक्दैनन्। अर्को, एउटै अध्यापकले कैयौं विद्यार्थीलाई गाइड गुर्नुपर्ने बाध्यता छ, जसले गर्दा गाइड र विद्यार्थीबीच राम्ररी सहकार्य हुन सक्दैन। तेस्रो, विद्यार्थी र शोध निर्देशक बसेर छलफल गर्ने ठाउँको समेत त्रिविमा अभाव छ। चौर, क्यान्टिन, चिया पसल, शोध निर्देशको निजी आवास, आदि शोध कार्यबारे छलफल गर्ने चौतारो बन्छन्।

त्रिविमा खास गरी वार्षिक प्रणालीमा पढ्ने “टुरिष्ट” विद्यार्थीहरूको संख्या निक्कै ठूलो छ। उनीहरू नियमित कक्षामा आउन्नन् र नोट्स रटेर परीक्षामा सामेल हुन्छन् र जेनतेन गरेर, वर्षौं लगाएर अनिवार्य पेपरहरू पास गर्छन्। न उनीहरूले अध्यापक चिन्छन् न अध्यापकले विद्यार्थीलाई। तर शोध कार्यको कर्मकाण्ड पुरा गर्न उनीहरूलाई पनि अध्यापकसँग नभेटी धरै हुँदैन। कसै गरी “प्रपोजल” र थेसिस सक्काउने उनीहरूको ध्याउन्ना हुन्छ।

धेरै अध्यापकको विचारमा विद्यार्थीहरू थोरै मेहनतमा काम सक्न खोज्ने, नपढी आउने, काम नसकी भेट्न खोज्ने, आफूले गर्नुपर्ने काम पनि अध्यापकले गरिदिए हुने जस्तो गर्छन्। विद्यार्थीले लटरपटर गरी थेसिस सक्काउन अनेकथरी  बहानावाजी गर्ने उनीहरूको अनुभव छ। “मेरो विदेश जाने भिसा लाग्यो, मेरो विवाह हुँदैछ, मेरो डेलिभरीको डेट आउँदैछ, आमा-बा विरामी हुनुहुन्छ” जस्ता अनेक बहाना लिएर विद्यार्थी शिक्षकलाई गुहार्छन्। भनेको काम गर्दैनन् अनि अन्तिम समयमा कालोनिलो मुख लिएर “डिग्री कोल्याप्स” हुने भो भन्दै आँसु तुर्क्याउँछन्। अनि अध्यापकहरू मन लागी-नलागी विद्यार्थीको थेसिसको “भाइबा” गरेर डिग्री हासिल गर्ने बाटो खोलिदिन्छन्।

अन्तमा

हालका वर्षमा स्नातकोत्तर तहका धेरै विषयका पाठ्यक्रम अन्यत्रका विश्वविद्यालयको भन्दा कमजोर नभएको दावी गरिन्छ। त्यो होला पनि। तर जतिसुकै राम्रो, “अप-टु-डेट” कोर्ष तयार गरे पनि कक्षाकोठाको पढाइले मात्र राम्रो शोध कार्य ननिस्कने कुरा छर्लंगै छ। शोधको महत्तालाई आत्मसात गरेर जबसम्म अहिलेको जस्तो कर्मकाण्डी शोध कार्यलाई सुधार गर्नेतर्फ प्रयत्न गरिँदैन तबसम्म “कपीपेस्ट” या “किनुवा” या “खेताला” या “चैते” थेसिसको उत्पादन त्रिविबाट भैरहन्छ।

–लेखक त्रिविका ग्राजुअट र स्वतन्त्र अनुसन्धाता हुन्।

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मकैको चामल मकैको चामल

    खाना नलिनु अघिः -यो साउले खाना सोध्दा पुग्यो भने ‘आगायो’ भन् हे!
    -नपुगेको चैँ कसरी भन्ने?
    -‘चायो’ भन् न! मलाई फिटिक्कै खसकुरा नआउने। आखिरमा ‘आगायो’ के खाएर भन्न सक्नु ? बल्लबल्ल ‘चायो’ मेरो मुखबाट पाँच किलोको ढक जस्तो गरुङ्गो भएर सुस्तरी प्रक्षेपण हुन्छ। बाले अर्डर दिँदा भात मेरो लागि चैँ ‘हाफ’ भनेको हुन्छ। खाने बेला मैले ‘फुल’ पो खाइसक्छु, कारणः भात चामलको देखापर्छ।

    छम गुरुङ

  • हामी आफैं उखेलिनुपर्ने जरा हौं हामी आफैं उखेलिनुपर्ने जरा हौं

    मैलै जीवनमा धेरै बालबालिकाको कान निमोठेँ। कन्सिरीका रौं तानेँ। गालामा चड्कन लगाएँ। पाइपको लौरोले हत्केला बजाएँ। ढाड भाँचिएला जसरी हिर्काएँ। जबजब म बालबालिकालाई निरीह बनाउँदै शासकीय रवाफमा यी कार्य गर्थेँ म स्वयम् बिरामी पर्थेँ। त्यही दिन या भोलिपल्ट सम्बन्धित बालकसित भेटेर सम्बन्ध पुनसर््थापित भएको अनुभूति भएपछि मात्र आफूलाई सजिलो महसुस हुन्थ्यो।

    नरेन्द्रकुमार नगरकोटी

  • आमा र अनुहारका धर्सा आमा र अनुहारका धर्सा

    घाँटीमा अँगालो मारेर सुत्ने मेरो बानी थियो। बुवासँग सुत्दा पनि त्यसरी नै अँगालो मार्थेँ। उहाँलाई कहिल्यै झर्को लागेन। आमा आइरहन नपाउने। उहाँलाई लिन बुवा नै जानुपर्ने भएकाले चाँडै आँउने सम्भावना कम हुन्थ्यो। चाडपर्वजस्ता विशेष बेलामा मात्र हाम्रो भेट हुन्थ्यो। आमालाई लिन बुवा हिँडेदेखि आईपुगुन्जेलसम्मको पर्खाई सबैभन्दा लामो लाग्थ्यो मलाई। आमालाई सुनाउने धेरै कुराहरु सम्झिएर बस्थेँ म। सुनाउँछु भनेर सम्झिएका धेरै कुराहरु उहाँ नजिकै आईपुग्ने बेलामा हराउँथे।

    सुरज सुवेदी

साहित्यपाटी

  • फर्कनु उसको फर्कनु उसको

    भर्खरै थाहा पाएको हुँ मैले उनी फर्कि आएकी
    उनी जो हाम्रो टोलको सबैभन्दा सुन्दर युवती थिइन्
    अब आएकी छिन् सधैँको लागि विवाहको तीन वर्षपछि फिर्ता

    शिरीष कुमार मौर्य

  • मेयर हर्कचोक मेयर हर्कचोक

    दिनहरु बित्दै गए। मेरा मानसपटलमा ती युवती र त्यो बच्चाको अनुहार धमिलो धमिलो हुँदै गयो। शायद अघिल्लो वाक्य मैले गलत लेखेँ। ती आँखाहरू धमिला हुने किसिमका थिएनन्। सुदूर मानसपटलमा गहिरो गरी कुँदिएका थिए ती।

    शिव संकल्प

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट