प्रेममा विश्वासघात

  • Get News Alerts

united
tata

‘कभि साम ढले तो मेरे दिल में आजा ना

कभि चाँद खिले तो मेरे दिल में आजा ना...

मगर आन इस तरह तुम

फिर यहाँ से नाजा ना तुम

म झसंग ब्युझिएँ, बाहिर हेरेँ, अँध्यारो थियो। सिरानीमुनि रहेको मेरो मोबाइलमा यो गीत गुञ्जिरहेको थियो। मोबाइल हेरेँ, फोन आएको रहेछ अम्बुको।

हेलो? के भयो अम्बु, यति राति किन फोन गरेकी?

ऊ रुँदै थिई, प्लीज, हेल्प मि अञ्जना! म मर्न आँटे। बानेश्वरको रोडमा छु। प्लिज आईज न।

म तर्सिए, मनमा ठूलो भुइँचालो गयो, केही बोल्न सकिनँ। तिमी त्यही बस म आईहाले, भन्दै फोन राखे । जुरुक्क बिस्तराबाट उठेँ, बल्ल चार बजेको रहेछ। अँध्यारोको घुम्टोले सबै देखिने वस्तुलाई चुर्लुम्ब छोपेको थियो, वरिपरिका घरहरू काला मात्र देखिन्थे। आकाशमा रहेका लाखौं ताराको चमकले धर्तीमा मलिन प्रकाश मात्र फिजिएको थियो। लोडसेडिङ र जाडोका कारण सिंगो शहर निस्तब्ध थियो। कताकता कुकुरको भुकाइबाहेक बिल्कुल शून्य थियो शहर।

सानो गल्लीदेखि भित्र एउटा पुरानो घरमा थियो मेरो डेरा। मोबाइलको पिल्पिले लाइट बालेर स्कूटर बाहिर निकाले। मलाई याद नै भएन कि मैले ड्रेस पनि चेन्ज गर्नुपर्छ भन्ने । जुन कपडामा म निदाएँ उठेर त्यही कपडामा हिँडेछु । हाँ...... बिहानै छ केही फरक पर्दैन जस्तो लाग्यो । हुन पनि जाडोका कारणले बिहानको चार बजिसक्दा पनि गल्ली र मुल सडक पूरापूर खाली थियो, १–२ वटा दुध बोकेका गाडी सिवाय । मर्निङवाक गर्नेहरुको पदचाप पनि सुनिएन। म सरासर चोकतिर हानिएँ । भत्किएको घरको पर्खालमा अडेस लगाएर थुचुक्क बसेकी थिई अम्बु। ऊ मलाई गर्लाम्म अंगालो हालेर भक्कानिदै रुन थाली। मोबाइलको लाइट बालेर उसको अनुहार हेरेँ, सुन्निएको अनुहार, आँखामुनि बसेको निलो दाग, मधुर प्रकाशमा पनि प्रस्ट देखिएको थियो। दाहिने हात चलाउन सक्दिनथी । यो सब कसरी भयो? अशोकले आज पनि मलाई यो हालमा पुर्‍यायो।

एउटा स्वास्नीमान्छे जहिले पनि लोग्नेको सुखमा रमाउँछे र लोग्नेकै खुसीलाई आफ्नो खुसी ठान्छे तर, लोग्नेहरु स्वास्नीको हरेक क्रियाकलापमा आत्मीय बनेर प्रस्तुत हुन किन सक्दैनन्? मलाई दिक्क लाग्यो, रिसले म आगो भएँ। उसको हालत एकदमै खराब थियो। हस्पिटल लैजाने सोचेर, ट्याक्सी बोलाए। अम्बुलाई बल्ल–बल्ल उठाएर ट्याक्सीमा राखेर केएमसीको आकस्मिक कक्षमा लगेँ। आकस्मिक कक्षको उपचारपछि अम्बुलाई भर्ना गर्नुपर्ने जानकारी दिए डाक्टरले। उसलाई आइसियूमा राखेर उपचार शुरू गरियो।

कति दुःखलाग्दो थियो मेरो लागि त्यो क्षण। जो सबैभन्दा नजिककी मेरी संगिनी लोग्नेको यातनाबाट घायल छे र हस्पिटलको मृत्युशैयामा छट्पटाइरहेकी छे । अब त सूर्यले पनि आफ्नो प्रकाश जताततै फिजाउँदै थियो। हुस्सुको च्यादरले शहरलाई छोपिरहेको थियो । एउटा अब्यक्त जिज्ञासाले भित्रैदेखि कोतरेर ल्यायो मलाई । म नर्ससँग अनुमति लिएर आइसियूमैं गएँ । अम्बु अर्धचेत अवस्थामा थिई । मैले बोलाएँ, ऊ सानो स्वरमा बोल्न सक्थी ।

कसरी भयो अम्बु यो सब?

उसले ठूलो सास फेरी।

अनि भन्न थाली–

हिजो अफिसबाट अलि छिटै फर्किएँ । बत्ती गएकोले काम भएन, चिसो पनि थियो, घर आएर खाना पकाई अशोकलाई धेरैपल्ट फोन गरेँ, फोन अफ थियो। टिभी हेरेर बसिरहेँ, अशोक आउला र खाना खाउँला भनेर । धरै राति भैसक्यो ऊ आएन । म नखाई सुतेकी थिए राति १२ बजे बल्ल रक्सीले मातेर आएको थियो। मैले सोधेँ– आज पनि आउन ढिला गर्नुभयो त ? ढिला हुने भएपछि त जानकारी दिनुपर्छ नि । फोन पनि अफ थियो । एउटी स्वास्नीको नाताले सोध्ने अधिकार त हुन्छ नि ! त्यही अधिकार प्रयोग गरेकी थिएँ।

चुप लाग रऽऽऽऽ! लाज लाग्दैन घर आई नपुग्दै कराउनलाई? भन्दै तथानाम गाली गर्न थाल्यो, उसले बोलेका घिनलाग्दा कुरा म शब्दमा ब्यक्त गर्न सक्दिनँ। म पनि सधै कति कमजोर बन्थे र! मैले पनि भने– जो चोर उसको ठूलो स्वर, जो ५ बजे अफिस छुटेर १२ बजे रक्सी धोकेर घर आउँदैछ, उसैले यो सब । पापीले त पापको फल नपाएसम्म पाप गर्न नै बेस सम्झदोरहेछ, तपाई त्यही पापी हो भन्दै म सुत्ने उद्धेश्यले उसलाई किचेनमा छोडेर बेडरूम गएँ। ऊ पछि–पछि गयो। म सुतेको ठाउँमा गएर मातेको सुरूमा मलाई चलाउन थाल्यो । उसले त्यही गर्‍यो जो सधै गरिरहन्छ।

म वाक्क भएँ, दिक्क भएँ, उसले छोएको पचाउन सक्ने सामथ्र्य रहेन ममा। जुरुक्क उठेँ, मलाई खपिनसक्नुको रिस उठेको थियो । ‘मलाई माया, ममता विश्वास होइन कि तपाई भोग्न चाहनुहुन्छ, मलाई यो हालतमा आएर जवर्जस्ती गर्ने प्रयास नगर्नुहोला। सहिसलामत आउनुस् म तपाईलाई मेरो सम्पूर्ण चिज हार्दिकतापूर्वक सुम्पने छु। जथाभावी बोलेर जवर्जस्ती होइन कि प्रेमपूर्वक । तपाई मेरो लोग्ने भए पनि जवर्जस्ती गर्नु बलत्कार हो।

यसरी शुरु भएको थियो हाम्रो लडाइँ । ‘तेरो मनमा त गम्भीरको याद छ होला नि! मसँग त के नजिक पर्थिस् त? गम्भीर तेरो मनबाट कहिले हटेन। गम्भीरको मात्र के कुरा तेरो अफिसका स्टाफ वा हाकिमहरु थुप्रै छन् होला तेरो जीवनमा। ऊ एक्कासी आवेशमा आएर मेरो कपाल समात्यो, टाउको भित्तामा ठोकिदियो। तेरो सुन्दर अनुहार कुरूप बनाइदिन्छु भन्दै अनुहारमा मुड्किले हान्यो, हात पछाडि लगेर भाँचिदियो, म दुखाई सहन नसकेर भुइँमा लडे, म के बोल्न सक्थे र? हुन त म पनि उसलाई सकि–नसकी कुटौं लागेको थियो । तर सक्दैनथे। म एउटा बलियों पुरुषको अगाडि निकै कमजोर थिएँ। हुन त त्यहाँ जतिसुकै ठूलो आवाजको पनि सत्व थिएन, जागृत संवेदनाको बीचमा पो आवाज र प्रतिरोधको अर्थ रहन्छ । उसको मनमा त संवेदना भन्ने चिजको अनिकाल छ । ऊ सुक्क गर्दै फेरि बोल्न थाली।

त्यसपछि म केही बोल्न सक्ने अवस्थामा थिइन। यसपल्ट म बेहोस पनि भइन। तलाई थाह छ नि म यस्ता कयौं घटनाबाट गुज्रिसकेकी छु। उसले आज पनि गम्भीरकै कुरा लिएर यो सब गर्‍यो। आइसियूको बेडमा सुताइएकी अम्बुले कुर्ताको सलले आँखा पुछी।

डाक्टरहरु आए । उहाँको टाउको भित्र गहिरो चोट छ । सिटी स्क्यान गर्नुपर्छ भन्दै मलाई बाहिर निस्कन अनुरोध गरियो । म बाहिर निस्किएँ । मैले फेरि अम्बुको जिन्दगीको पाना पल्टाउन थाले । अहो! कति पीडादायक चित्कारहरु भेटिन्छन् उसको जिन्दगीमा, कतिपल्ट जलेको छ उसको मन, अनि कतिपल्ट पिल्सिएकी छे ऊ पीडामा,.....ऊफ् !

बाल्यकालदेखिका संगी थियौ हामी। एसएलसी दिएर यो कोलाहलपूर्ण शहरमा प्रवेश गरेका थियौं । उसको परिवारको आर्थिक हैसियत राम्रो थियो । काठमाडौंमा घर हामी गाऊँमा हुँदा नै बनाएका थिए उसका बाबाले। सधै सुखी छ लाग्थ्यो अम्बु। ‘गरिबको आर्थिक कठिनाइभन्दा धनीहरुका आन्तरिक पीडाहरु दर्दनाक हुँदारहेछन् ।

सानैदेखि बिद्रोही स्वाभावकी अम्बु सुन्दरताकी खानी थिई, उसको अग्लो शरीरमा खोट लगाउने ठाउँ भेटिदैनथ्यो तर प्रेममा कहिले विश्वास गर्दैनथी। उसलाई आउने कैयौ प्रेम प्रस्ताव हाँसोमा उडाउने अम्बु अन्ततः गम्भीरको प्रेममा परी। उसको जिन्दगीमा भर्खरै प्रेमको पालुवा पलाउँदै थियो। त्यति नै बेला उसको बिहेको कुरा चल्यो । उसको दाइको नजिकको साथी थियो अशोक। शहरमा घर, पढे–लेखेको, एनजिओमा जागिर खाने एउटा मात्र छोरा। अब के चाहियो! पाठेघरको क्यान्सरबाट थला परेकी अम्बुकी आमा सबैभन्दा बढी खुसी भएकी थिइन्। छोरीको जिम्मा लगाएर मर्न पाए हुन्थ्यो।

यो कुरा घरमा आउने आफन्त, छिमेकी पाहुना सबैलाई सुनाउन भ्याउँथिन्। त्यसैले पनि आमा र उसको परिवारले एक वचनमा नै अशोकसँग विहे गरिदिने निर्णय गरे।

अम्बुका दाइले नसोधेका पनि होइनन् तर अम्बुले म अरुलाई माया गर्छु र उहीसँग बिहे गर्न चाहन्छु भनेर दह्रो जवाफ दिन सकिन। किनकि ऊ दोधारमा थिई । गम्भीरसँगको प्रेम झांङ्गिएको थिएन । आफ्नो बिहेको कुरा चलिरहेको भन्नलाई पनि त्यहीबेला गम्भीरसँग सम्पर्क भएन । ऊ अमेरिका थियो । मेल लेखी। फोन गरी तर केही सिप लागेन। गम्भीरको जाँच परेकोले सम्पर्क नभएको कुरा पछि थाहा भयो। यो कुरा अशोकलाई भन्ने निर्णय गरी।

अशोकलाई उसले एक्लै भेटी, आफ्नो र गम्भीरको सम्बन्धको बारेमा कुरा गर्दै उसले विहे गर्न नचाहेको कुरा बताई। अफसोच ! अशोकले बिभिन्न शब्दमा अम्बुको उपहास गर्‍यो। ‘यो तिम्रो उमेरको उन्माद हो, उमेरले जन्माएको आकर्षण हो, प्रेम होइन, उसले तिमीलाई बिहे गर्ने उद्देश्यले होइनकी बास्नाका निमित्त नजिक भएको हो। त्यसैले तिमी उसको प्रेमिकाभन्दा मेरी पत्नी भएर खुसी हुन सक्छयौं।

अम्बुले सोचेकी थिई, एउटा केटा मान्छेले अरुकी प्रेमिकालाई कसरी अपनाउला र? विडम्वना! ठ्याक्कै उल्टो भयो। अशोकले अम्बुको परिवारसँग बिहे छिट्टै गर्नुपर्ने कुरा राखेर बिहेको टाइम निश्चित गर्यो। अम्बुको आमाको स्वास्थ्य बिग्रिदै गएकोले पनि केही भनिन आफ्नो परिवारमा। उता गम्भीरलाई भने मेल लेखी। बिचरा अम्बु के गर्न सक्थी र ? हुन त प्रेममा शक्तिको असिम भण्डार हुन्छ तर अम्बुको प्रेम त्यति शक्तिशाली थिएन, प्रेम झाङ्गिएकै थिएन, प्रेममा समझदारी पहिलो शर्त हो तर सम्पूर्ण समझदारी गर्न भ्याएकै थिएनन्। तैपनि अम्बु भन्न चाहन्थी! ‘गम्भीर मलाई यहाँबाट उम्काएर एकान्तमा लैजाऊ। म आत्तिएकी छु, मकै जस्तै हाडीमा भुटभुटिएकी छु, तिमीले सल्काएको प्रेमको आगोमा दनदनी दन्किएकी छु। म यहाँबाट उम्किन चाहन्छु । प्लिज, मलाई यहाँबाट उम्काईदेऊ ।’

समयको कस्तो वियोगान्त हो, समयले अम्बुलाई नयाँ जिन्दगीको सुरुवात बनायो । मैले उसलाई धेरैपल्ट रोएको देखेकी थिएँ, धेरैपल्ट गम्भीरको बारेमा सोचेर छटपटिएको महसुस गरेकी थिए, त्यसैले मैले उसलाई सम्झाएकी थिए। अतितको घटनामा अफसोच गर्दै आफ्नो नयाँ वर्तमानलाई निराशजन्य नबनाऊ भनेर । ऊ अब नयाँ जीवनमा खुसीका किरण ल्याउन तल्लिन थिई । प्रेमको वियोगान्त बिर्सन तल्लिन अम्बुले अशोकलाई साँचो रुपमा प्रेम गर्न थालेकी थिई ।

उता अशोक भने हरेक दिन गम्भीरसँग जोडेर कुरा गर्दथ्यो । सानोतिनो कुरामा निहुँ खोज्ने र हात हाल्ने गर्न थालिसकेको थियो । बारम्बारको शारीरिक तथा मानसिक यातनाले अम्बुलाई जीवनयापन गर्न कठिनाई बढ्दै गइरहेको थियो। हुन त अम्बु शहरमा बस्ने पढे–लेखेकी, बैंकमा जागिर गर्ने आत्मनिर्भर नारी हो । ऊ सक्षम छे हरेक दृष्टिकोणले। तर विश्वास कस्ले गर्ने ? ऊ प्रत्येक दिन घरेलू हिंसा खेपिरहेकी छे। त्यो पनि समाजवादी पढेलेखेको घरेलु हिंसाको बिरुद्धमा जनचेतना फैलाउँदै हिड्ने, देशको महत्वपूर्ण अंश मानिने बौद्धिक व्यक्तिबाट । ऊ पढे–लेखेकी आत्मनिर्भर नारी भएर पनि समाजले नारीमाथि लगाईदिएको इज्जतको ट्याग, र मारे पाप पाले पुण्य भन्ने नारीमाथिको चर्को दमनका वाला कथनको कारण आफू मरेर भए पनि लोग्नेलाई बचाईरहेकी छे।

मलाई घृणा जागेर आयो, जसले छलफल र सहकार्यबाट समस्या समाधान नगरी, धम्की, कुटपिट र यातनाबाट आफ्नो पुरुषत्व देखाउने पुरुषमाथि । नारीलाई मौजमस्ती र खेलाउना ठान्ने पुरुषमाथि । मेरो ध्यान भंग गर्दै ‘बिरामीको तपाईको पर्नुहुन्छ ?’ डाक्टरले बोलाउनु भाको छ। एक जना पातलो शरीर गरेकी नर्स छेऊमा आएर भनेर भित्रिइन्। म भित्र डाक्टरको छेऊमा गएँ । बिरामीको टाउकोमा रगत जमेको छ । उहाँलाई बचाउने हो भने तत्काल अप्रेशन गर्नुपर्छ। ब्लड चाहिन्छ, लिएर आउनुहोला भन्दै डाक्टर बाहिरिए । म आँखाभरि आँशु लिएर अम्बुलाई बचाउने तरखरमा लागेँ।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

  • मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली? मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली?

    टिभी हेर्नेलाई हसाँउथे धुर्मुस–सुन्तली । हामी पनि हाँस्यौं होला । खुसी भयौं होला । काँचको पर्दामा हाँसो फुलाउने यी जोडीलाई बर्दिवासका मुसहरले टिभीमा देखेका थिए–थिएनन्? सधैं गरिबी, अभाव र पीडाले डामिएका ती मुसहरले कहाँ पाएर हेर्दा हुन् टीभी? रहर त कति हो कति हुँदो हो तर बाध्यता? बाध्यता र अभाबभन्दा ठूलो शत्रु के हुन्छ ?र, त्यही काँचका पर्दामा फुल्ने यो जोडीका रङ्गीविरङ्गी फूललाई ? मलाई लाग्छ, बर्दिवासका मुसहरले हाँस्न र खुसी हुन टीभी हेर्नु परेन। आफ्नो बस्तीमा पोतिएको खुसीको रङ् देखर हाँस्न थालेका छन्, अहिले ती।   खुसीको रङ् कस्तो हुन्छ? कठीन छ उत्तर दिन। उत्तर खोज्न बर्दिवासको मुसहर वस्ती नै जानुपर्छ । जहाँ पोतिदै छ, त्यो रङ्।

    शिव प्रकाश

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट