बुवाको थर लेख्न पाइन भनेर म किन चित्त दुखाऊँ?

skoda
  • Get News Alerts

united
tata

‘आमा मेरो न्वारनको नाम के हो?’ बहिनीको न्वारनको दिन मैले आमालाई सोधेकी थिएँ।

हामी पिँढीमा बसेर ढोकाबाट भित्र भइरहेको न्वारनको पूजा हेरिरहेका थियौं।

पण्डितले बहिनीको जुरेको नाम सुनाए। आमाबाबाले तुरून्तै उसलाई बोलाउने नाम अर्कै हो है भन्ने सूचना दि’हाल्नुभयो। म छक्क परेँ, ‘बोलाउने नाम अर्कै?’

मेरो मनमा एउटा प्रश्न फुत्त आयो, ‘त्यसो भए मेरो न्वारनको नाम के हो?’

जब आफ्नो नामको अर्थ खोज्न थाल्ने उमेर भयो मैले फेरि आमालाई त्यही प्रश्न सोधेकी थिएँ,‘आमा मेरो न्वारनको नाम के हो?’

यसपाली आमाले मलाई मेरो नामको कहानी सुनाउनु भयो, ‘तेरो बुवाले अर्कै नाम राख्ने भन्नुभएको थियो, हजुरबुवाले शोभा राख्नुपर्छ भन्नुभयो। यो सजिलो र राम्रो पनि छ।’

मैले बुवाले राख्न खोजेको मेरो नाम मनमनै दोहोर्‍याएँ, अल्ली लामो थियो। तै पनि त्यो नामको मलाई खुब माया लाग्यो।

त्यो बेला मलाई के थाहा, केही समय पछि मैले बुवाको थर समेत लेख्न पाउने छैन?

यो त्यतिबेलाको कुरा हो, जब म मेरो जीवन र संसारका बारेमा प्रश्न गर्न थालेकी थिएँ। आफैँ सोच्ने, धारणा बनाउने र त्यसैमा अड्डी लिन सक्ने हुँदैथिएँ।

त्यसैबेला मैले सोध्न थालेकी थिएँ मेरो नामको अर्थ। आफू हुनुको अर्थहरु खोज्न सुरू गरेकी थिएँ कि?

अचानक त्यही बेला मेरो थर फेरियो। मेरो मन बेस्मारी विथोलियो, म बिथोलिएँ।

नाम बारे मेरा जति जिज्ञासा थिए, थरलाई लिएर मेरा मनमा प्रश्नहरू थिएनन्। त्यो मेरो पारिवारीक विरासत थियो। त्यसलाई मैले स्वभाविक मानेकी थिएँ। बुवाको थर मेरो पनि थर हो भन्नेमा मलाई किन्चित पनि शंकासम्म थिएन।

नौ पढ्दा हामीले आफ्नो नाम र थर के हो भनेर निर्णय गरिसक्नुपथ्र्यो। नौ कक्षामा जे लेखिएको छ, त्यो नाम नै एसएलसीमा लेखिन्थ्यो। र त्यो नामनै नागरिकतामा हुन्थ्यो।

नौ कक्षामा पुगुन्जेल मेरो थर मेरो बुबाकै थर थियो। आचार्य थियो। 

नौ कक्षामा एसएलसीका लागि ‘फारम’ भर्दा मेरो थर रातारात 'देवी शर्मा’ बनाइयो, मेरो सहमति बिना। मलाई कुनै जाानकारीनै नदिकन।

 ‘तपाईँले मेरो थर किन फेरिदिएको?,’ घर पुगेर म आमासँग झोक्किएँ।

कक्षामा आफ्नो नयाँ, थर सुनेर म निराश भएकी थिएँ, आमाको उत्तर सुनेपछि भाउन्न भयो।

स्कुलमा भर्ना लगायत सबै काम आमाबुवा नै गरिदिनुहुन्थ्यो। बुवा त्यो बेला पढ्नका लागि काठमाडौँ जानुभएको थियो। आमाले त मेरा बारे विचार गरिदिनुपथ्र्यो भन्ने मेरो गुनासो थियो।

आमाले होइन अर्का शिक्षकले पो थर फेरिदिनुभएको रहेछ।

सँगै बसेकी काकी तिर हेरेर आमाले ती शिक्षकले थर फेरिदिनुको कारण सुनाउनु भयो, ‘हेर न, छोरीको थर अहिलेनै 'शर्मा’ राख्यो भने विहे गरेर गएपछि पनि थर फेर्नु पर्दैन भन्दै सरले यसको थर  फेरिदिनु भएछ, यसलाई चित्त बुझेन।’

चित्त नबुझेको मात्र होइन, मलाई यस्तो लाग्यो म मेरो परिवारबाट अलग भएँ। मेरो परिवारको पहिचानबाट मलाई कसैले सुटुक्क चुढेर छुट्याइदियो। रुखबाट बतासले चुँडाएको पात झैँ भँए म। निरुपाय भएर म कहिले आमाको अनुहार हेर्थेँ।

कहिले र्‍याखर्‍याख्ति पार्थे, ‘तपाँईहरू यही स्कुलमा शिक्षक भएको के काम?’

मेरो नयाँ थर स्कुलको अभिलेखबाट जिल्ला शिक्षा कार्यालयमा गएर दर्ज भैसकेको थियो, आमाले चाहेर पनि केहि गर्न सक्नु हुन्थेन।

काठमाडौंबाट बुबाआएपछि सबैका कुरा लगाउँनेछु भन्दै दिन गनेर बस्न म थालेँ। बुवा आए पनि मेरो थर फेरिने त थिएन, तर मेरो कुरा सुन्नुहुनेछ, चुकचुकाउनु हुनेछ। आमाले त त्यसलाई ठूलो कुरा मान्दै मान्नुभएको थिएन।

स्कुलमा जे सुकै लेखिएको होस्, जिल्ला शिक्षा कार्यालयमा जे सुकै लेखिएको होस्, वा भोलि मार्कसिटमा जे सुकै लेखियोस्, मेले भने बुवाको थर लेख्न कहिलै छोडिनँ।

तर एकदिन यस्तो पनि आयो, बुवाको थरसँग मलाई मोहभङ्ग भयो। 

बुवाको थर लेख्न नपाउदा म धेरै वर्ष रन्थनिइसकेकी थिएँ। त्यसपछि म स्कुल सकेर कलेज पढ्न काठमाडौँ आँए। कलेजको छुट्टीमा घरगएका बेला बुवाले कापीमा बनाएको एउटा चार्ट देखेँ।

वंशावली रहेछ। हाम्रो पुस्तेनी हेर्दा खुबै रमाइलो लाग्यो। मैले त्यो हेर्दै गएँ। मेरा आँखा हाम्रो पुस्तामा गएर टक्क अडिए।

मलाई फेरि भाउन्न भयो।

त्यहाँ त भाइको मात्रै नाम छ। हामी दिदिबहिनीको नामै थिएन। अनि मैले फेरि नियालेर हेरेँ। त्यहाँ त आमाको पनि नाम थिएन। फुपुहरुको र हजुरआमाको पनि थिएन।

थाहा छैन कहिलेदेखि वंशावली लेख्न सुरु भयो। थाहा छैन वंशमा आमा र छोरीहरु किन अटाएनन्। थाहा छैन आमाको पहिचान किन आवश्यक ठानिएन।

म अचम्म पर्छु, यो धर्तीमा छोरीमान्छेको नाम, थर, अधिकार किन नअटाएको?

 ‘वंशावलीमा हाम्रो नाम खै?’ मैले बुवालाई सोधेँ।

शायद बुवाले यस्तो प्रश्न आउँछ भनेर सोच्नुभएको थिएन। उहाँलाई मेरो माया त भरपुर थियो, अहिले पनि छ,  मेरो प्रश्नको उत्तर भने थिएन। बुवाले यो साफी गर्न बाँकी छ भनेर मलाई टार्नुभयो र हतारमै हाम्रो नाम पनि लेख्दिनुभयो।

‘त्यो हाम्रो वंशावली होइन, तपाईँहरुको मात्रै रहेछ। मलाई अबदेखि यो वंशावलीसँग केही  मतलब छैन, यो मैले दोहोर्‍याएर कहिलै हेर्ने छैन, छुने छैन,’ चित्त फाटेको स्वरमा मैले भनेँ।

बुबा उत्तर विहिन हुनुभएको थियो। वंशावली छापिएर किताबमा आएछ। त्यसमा भने बुवाले हाम्रो नाम थपिदिनुभएको छ। ‘छापिएर आएको हैन बुवाले माथिबाट थप्नुभएको हो’ वंशावलीको कुरा चल्दा बहिनीले यो कुरा सम्झाइरहन्छे।

मैले चुपचाप बाबाको थर लेख्न छोडे। ‘आफ्नै' थर लेख्न थाले- शर्मा।

आमाको थर पनि त शर्मा नै छ। मैले आफूलाई सम्झाउन थाले।

बेलाबेला मानिसहरु सोध्थे, 'तिम्रो थर के हो?'

म शर्मा हो भन्थे। उनीहरुलाई चित्तै बुझ्दैनथ्यो, र सोध्थे, 'बुवाले के लेख्नुहुन्छ?'

‘मेरो थर आमाको थरबाट राखेको हो,’ म मानिसहरुलाई भनिदिन्थे।

यसरी पारिवारिक थर राख्न नपाएको पीरमा मैले धेरै वर्ष गुजारेँ। यी वर्षहरुमा चित्त दुखेर मेरो मनमा कति प्रश्न आए गए त्यसको हिसाब मैले राखिनँ।

फेरि नागरिकता बनाउने बेलामा थाहा भयो-बुवा बिना नागारिकता नबन्ने रहेछ। अचेल बल्ल बुझ्दैछु, यतिका वर्ष बुवाको थर राख्न पाइन भनेर मैले चित्त दुखाएँ, तर मलाई नौ महिनासम्म पेटमा बोक्ने आमाको त मेरो परिचयमा नामो निसान रहेनछ।

वुवाको थर हुने आमाको थरै नहुने? आमाले सन्तान जन्माउने अनि वंश चैँ बुवाको चल्ने? कसले बनायो यस्तो ?

हुन त म जात कुल जस्ता कुरामा त्यति धेरै दम हुन्छ भन्ने मान्दिनँ। थर, जात वा धर्मकै आधारमा मानिसबारे धारणा बनाउँदिन।

अचेल मलाई लाग्न थालेको छ- वंश भनेको पितृसत्ताको इगोमात्रै रहेछ। यही इगोले बसालेको व्यवस्थामा तमाम आमाहरुले आफ्नो पहिचानको बलि दिए।

आमाहरु विना पहिचान पनि खुसी भए। छोराहरुले कहिलै आफ्नी आमाको पहिचान खोजेनन्। आफ्नै स्वार्थसिद्ध हुने गरि समाजमा शासन गरे, परम्परा बसाले। छोरीहरुले त्यसैलाई मानिदिए।

यसरी पो हाम्रो समाज बनेको रै’छ।

यति बुझे पछि बुवाको थर लेख्न पाइन भनेर म किन चित्त दुखाउँ? आमाहरू पहिचान बलि चढाएर स्थापित बुवाहरुको अहममा म किन गर्व गरुँ?

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मकैको चामल मकैको चामल

    खाना नलिनु अघिः -यो साउले खाना सोध्दा पुग्यो भने ‘आगायो’ भन् हे!
    -नपुगेको चैँ कसरी भन्ने?
    -‘चायो’ भन् न! मलाई फिटिक्कै खसकुरा नआउने। आखिरमा ‘आगायो’ के खाएर भन्न सक्नु ? बल्लबल्ल ‘चायो’ मेरो मुखबाट पाँच किलोको ढक जस्तो गरुङ्गो भएर सुस्तरी प्रक्षेपण हुन्छ। बाले अर्डर दिँदा भात मेरो लागि चैँ ‘हाफ’ भनेको हुन्छ। खाने बेला मैले ‘फुल’ पो खाइसक्छु, कारणः भात चामलको देखापर्छ।

    छम गुरुङ

  • हामी आफैं उखेलिनुपर्ने जरा हौं हामी आफैं उखेलिनुपर्ने जरा हौं

    मैलै जीवनमा धेरै बालबालिकाको कान निमोठेँ। कन्सिरीका रौं तानेँ। गालामा चड्कन लगाएँ। पाइपको लौरोले हत्केला बजाएँ। ढाड भाँचिएला जसरी हिर्काएँ। जबजब म बालबालिकालाई निरीह बनाउँदै शासकीय रवाफमा यी कार्य गर्थेँ म स्वयम् बिरामी पर्थेँ। त्यही दिन या भोलिपल्ट सम्बन्धित बालकसित भेटेर सम्बन्ध पुनसर््थापित भएको अनुभूति भएपछि मात्र आफूलाई सजिलो महसुस हुन्थ्यो।

    नरेन्द्रकुमार नगरकोटी

  • आमा र अनुहारका धर्सा आमा र अनुहारका धर्सा

    घाँटीमा अँगालो मारेर सुत्ने मेरो बानी थियो। बुवासँग सुत्दा पनि त्यसरी नै अँगालो मार्थेँ। उहाँलाई कहिल्यै झर्को लागेन। आमा आइरहन नपाउने। उहाँलाई लिन बुवा नै जानुपर्ने भएकाले चाँडै आँउने सम्भावना कम हुन्थ्यो। चाडपर्वजस्ता विशेष बेलामा मात्र हाम्रो भेट हुन्थ्यो। आमालाई लिन बुवा हिँडेदेखि आईपुगुन्जेलसम्मको पर्खाई सबैभन्दा लामो लाग्थ्यो मलाई। आमालाई सुनाउने धेरै कुराहरु सम्झिएर बस्थेँ म। सुनाउँछु भनेर सम्झिएका धेरै कुराहरु उहाँ नजिकै आईपुग्ने बेलामा हराउँथे।

    सुरज सुवेदी

साहित्यपाटी

  • फर्कनु उसको फर्कनु उसको

    भर्खरै थाहा पाएको हुँ मैले उनी फर्कि आएकी
    उनी जो हाम्रो टोलको सबैभन्दा सुन्दर युवती थिइन्
    अब आएकी छिन् सधैँको लागि विवाहको तीन वर्षपछि फिर्ता

    शिरीष कुमार मौर्य

  • मेयर हर्कचोक मेयर हर्कचोक

    दिनहरु बित्दै गए। मेरा मानसपटलमा ती युवती र त्यो बच्चाको अनुहार धमिलो धमिलो हुँदै गयो। शायद अघिल्लो वाक्य मैले गलत लेखेँ। ती आँखाहरू धमिला हुने किसिमका थिएनन्। सुदूर मानसपटलमा गहिरो गरी कुँदिएका थिए ती।

    शिव संकल्प

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट