बाबुराम काका ,देश बिग्रिनुमा त्यो निर्जीव टोपीको के दोष थियो र?

  • Get News Alerts

बाबुराम भट्टराईलाई भतिजको चिठी :
tata

प्यारा काका बाबुराम,

तपाईको कूलमै जन्मेको हुनाले ढोग प्रणाम भनेर पत्रको सिलसिला अघि बढाउन चाहेको थिएँ तर भू. पू. कम्युनिस्ट भएकाले यो ढोग सोग पनि बुर्जुवा र सामन्तहरुको चाकरी भन्नुहुन्छ होला भन्ने ठानेँ । लाल सलाम, अभिभावादन गर्न पनि कता कता अप्ठेरो लाग्यो, हाय हेल्लो त म कसरी गर्न सक्थेँ र तपाईँ मेरो काकाको उमेरको मान्छे, बिदेशमा बसेपनि कट्टर नेपाली बनेर नेपालकै अहोरात्र चिन्ता गर्ने मान्छे म ।

अमेरिकामा नयाँ वर्षको रौनक़ चलिरहेको थियो, अंग्रेज़ी नयाँ बर्ष २०१७ को स्वागतमा मध्यरात पछि झन् धेरै अमेरिकीहरु सडकमा निस्किएका थिए, पूरा शहर दुलही जस्तै सिंगारिएको थियो तर मलाई चाहिँ नयाँ बर्ष भन्दा पनि आफ्नै देशमा केही वर्षदेखि चलनमा आएको टोपी दिवसकै रौनकले छोएको थियो। राति बेला बेला जाग्दै फेसबुक, ट्वीटर हेर्दा यस्तो लाग्थ्यो देश बिदेशको पूरै नेपाली समाज टोपीमय बनेछ, नेपालीको सान, नेपालीको मान र देशलाई चिनाउने नेपाली टोपीको ईज्जत बढेछ भनेर खुशीले गद्गद भएँ म। कतै कतै त मित्रहरुले धोती दिवस पनि मनाउनु भएछ, मलाई औधी खुशी लाग्यो । टोपी धोती सबै नेपालकै पोशाक हुन्, सोचेँ नेपालका हरेक पोशाक दिवस मनाए झन राम्रो ।

त्यसो त अंग्रेज़ी नयाँ वर्षमा अर्धनग्न भएर होश गुमाउने नेपालीहरु पनि थुप्रै थिए तर मैले तिनीहरुको प्रतिनिधित्व गर्दिनँ। मैले पनि अवसर बाहेक अरुमा टोपी पहिरिएको छैन तर यो टोपीको औधि माया लाग्छ मलाई।

हुन त शिरमा टोपी पहिरिदैमा देशप्रेम र संस्कार अनि पहिचानको अमृत बर्षिने होईन तर आफ्नै पिता पुर्खाको शिर सजाउने गौरवको प्रतीक टोपीले के नै बिगारेको छ र ? बिगार्ने त टोपीको दुरुपयोग गर्ने पो हुने त!

समाचार हरु हेर्दै जाँदा तपाईको ट्वीटमा आँखा पर्यो: सर्र हेरेँ तर मन खिन्न भएर आयो तपाईँले टोपी दिवसलाई नमज्जाले ब्यंग गरिरहनु भएको रहेछ, त्यति मात्र होइन बख्खु दिवस र धोती दिवश पनि भनेर कटाक्ष गर्नुभएको रहेछ। संविधानले भेषभूषा र धर्म  हटाईसकेपछि पनि फेरि किन यो बवन्डर भनेर तपाईले पोखेको आक्रोँस पढेँ ।

चिँउडोमा हात राखेर सोचेँ: काकाको ट्वीटर ह्याक भएको पो हो कि भनेर, त्यसैले अरु अनलाईन मिडियामा पनि हेरेँ जताततै तपाईकै ट्वीटकै चर्चा थियो । कतिपय साथीहरुले ल हेर तेरा काकाको पहिचान भन्दै मेसेन्जरमा माथिको तपाईकै ट्वीटको स्कृनशट पठाएका थिए । म अवाक्क भएँ ।

मैले असाध्यै श्रद्धा गर्ने मान्छे तपाई, ब्यक्तिगत चिनजान नभएर के भो हामी त एउटै बंशको। त्यसभन्दा पनि माथि नेपालको विकासमा सधैभरि चिन्तित मान्छे तपाईँ , देशमा पर्रिवर्तन चाहने मान्छे तपाईँ, कसैले तपाईलाई प्रशंसा गर्दा मेरै प्रशंसा गरेजस्तै हुन्छ, तपाईका विकास र समृद्धिका कुरा सुन्दा मलाई आनन्द आउँछ । त्यसैले मैले जनयुद्व समयले निम्त्याएको आवश्यकता थियो भनेर चित्त बुझाएको थिएँ, तपाईलाई पटक पटक खुलापत्र र लेखहरु लेखेर प्रशंसा र खबरदारी दुबै गरेको थिएँ । तपाईलाई खुट्टा नकमाउनुस बाटो फराकिलो छ भन्ने पनि मै हूँ ।

तर काका , कसैले तपाईको बिरोध गर्दा पनि मान्छेले मेरै बिरोध गरेको जस्तो लागेर प्रतिवाद गर्ने मान्छे म अचेल तपाईको साँगुरो सोचाई देखेर हैरान भएको छु । तपाईँका सहयोद्दा प्रचण्डले दशैँमा टीका बहिष्कार गर्दा तपाईले चौरासी वर्षका बुवाको हातबाट टीका थाप्दा, तिहारमा बहिनीको हातबाट सप्तरंगी टीका लगाउँदै गर्दा तपाई प्रति जागेको सद्भाव र बिश्वाश अनि अरु धर्म र समुदायलाई पनि माया गर्ने तपाईँ आज आकारमा सानो तर भावना र पहिचानमा बिशाल एउटा टोपीकै कारणले ह्वात्तै घटेको छ । आशा छ यसको खण्डन गर्नु हुनेछ।

हो काका , तपाईँलाई लाग्दो हो दौरा सुरुवाल लगाउनेले देश बिगारेका हुन्, टोपी लगाउनेले देश बिगारेका हुन् । जानेर भन्नु भएको हो या कोही कसैको निगाह पाउन भन्नु भएको हो ? तर तपाईँले भने जस्तै तपाईका बुबा र हाम्रा बाले देश बिगारेका हुँदै होईनन्। यहाँ त धोती लगाउनेले पनि देश बिगारेका छन्, गेरू बस्त्र लगाउनेले पनि देश बिगारेका छन् , के बिदेशी कोट पाईन्ट र टाई लगाउनेले देश बिगारेका छैनन् र ? देश पोशाकले हैन शोषकले बिगारेका हुन् त्यसमा त्यो निर्जिव टोपीको के दोष। तिनीहरुले जे लुगा लगाए पनि नांगै हुनु सरह हो। देश बिगार्ने हरु कुनै जात होईन कुजात हुन्।

प्यारा काका ,

संविधानले फालेको दौरा सुरुवाल र टोपीले देश बिगारेकै हो भन्ने तर्क तपाईँ जस्तो बिद्वान मान्छेकै मुखबाट सुन्न पाउँदा बडो दुःख लागेको छ। भाषा, भेष र धर्ममा भेद देखाएरै गरेको राजनीतिले देश थला परिरहँदा  कोही त मोटाएका होलान् तर यस्तै बेला नागरिकले स्वत:स्फूर्त रुपमा टोपी लगाएर आफ्नो संस्कृति झल्काउँदा तपाई जस्तो मान्छेले बरु मन नपरे चुप लागेर बसेको भए पनि त हुन्थ्यो नि! भोलि कसैले बख्खु दिवस र धोती दिवस नै मनाए पनि नेपाल भित्रकै पहिचानको प्रचार त हुन्थ्यो नि! यति धेरै शुभचिन्तकको चित्त दुखाएर कसलाई खुशी पार्न खोज्नु भएको हो र काका?

काका, तपाईँलाई थाहै छ अमेरिकी राजदूत टेप्लिजले कसैको डरले दशैको टीका थापेकी थिईनन्, अमेरिकी राष्ट्रपति बाराक ओबामाले कसैको करकापले हनुमानको मूर्ति पकेटमा राखेका हैनन्, भू. पू. ब्रिटिश प्रधानमन्त्री डेविड क्यामरूनले कसैको लहलहैमा लक्ष्मीपूजा गरेका होईनन्, त्यो त हरेक धर्म प्रतिको सम्मान पो थियो, विश्वाश पो थियो। मैले त कैयौ नेपाली मुसलमान मित्रहरुले पनि टोपी लगाएर हिडेको देखेको छु। मैले विकसित देशका कोही नेताहरुले कुनै जात र धर्मको बिरोध गरेको सुनेको छैन ।

तर  संविधानले फालेको टोपीलाई माया गरेर स्वत:स्फूर्त लगाएर टोपी दिवस मनाउँदा किन फौजी कारबाहीमा आफ्ना सिपाही मारिएजस्तो गरी बोल्न हतार गर्नु भो ? तपाईँकै दलका केही नेता, कार्यकर्ताहरुले पनि टोपी दिवस मनाएको देखियो। आज देश संघीयताका नाममा मधेस स्वतन्त्र हुन्छ भनेर खुलेयाम बोल्दा उनैलाई उक्साउने तपाई राष्ट्रिय एकताका लागि एउटा टोपी दिवस मनाउँदा किन त्राही त्राही हुनु भो ? के टोपी लगाउनेहरू आतंकवादी हुन्? के टोपी लगाउनेहरु देश द्रोही हुन्? के टोपी राष्ट्रघातको निशानी हो ? टोपी, धोती र बख्खु त हाम्रै बाबा, दाजु र दिदी बहिनीले लगाउने पोशाक त हुन् नि। तपाईँले पनि भादगाउँले टोपी लगाएको देखेको छुँ, ढाका टोपी लगाएको देखेको छु मैले , हाम्रा बा हजुरबाले पनि टोपी लगाएकै हुनुहुन्छ त ! यो सानो टोपी भित्र कति घात प्रतिघात लुकेको देख्नु भो ?

प्यारा काका,

के हामीले आफ्नो संस्कार मान्दा अरुको अपमान हुन्छ र , जातीय द्वन्द हुन्छ र ? कि टोपी दिवस मनाउन कसैलाई बन्दुक देखाएर जबर्जस्ती सडकमा उतारियो कि ? भन्नुस काका हिजो टोपी दिवस मनाउँदा कहाँ कति मारिए ? राज्यको कति ढुकुटी स्वाहा भो ? राज्य बहुजातीय,बहुभाषिक र बहुधार्मिक हुनुको मतलब बहुमतले मान्दै आएको संस्कार, भेष र भुषा पनि शहीद हुनुपर्ने हो ?  होईन भने राता रात धर्म किन्दा र बेच्दा, तपाईँ किन बोल्नु हुन्न, भूकम्पपीडितलाई राहतसँगै बाईवल बाँड्दा किन बोल्नु हुन्न? बालआश्रममा कलिला बालबालिकालाई बाईवल पढाउँदा किन बोल्नु हुन्न ? धर्म निरपेक्षतामा धर्म किन्न र बेच्न पनि पाईन्छ र ?

के धर्म निरपेक्षता भनेको बहुसंख्यकले बोल्ने भाषा, मान्ने धर्म, लगाउने भेष भुषाको तेजोबध हो र ? आज धेरै मान्छेले प्रश्न गरिरहेका छन् ।

लेख्ने कुरा धेरै छन् काका, एउटै पत्रमा लेखेर सकिन्नन् । हिजो ९० प्रतिशतले सहमति गरेर ल्याएको संबिधानमा खोट देखाएर दशगजामा पुगेर बिरोध गरेको पनि ठिकै जस्तो लागेको थियो, सर्वहारा पार्टीका नेता कार्यकर्ता  सुख सयलमा डुबेको देखेर बितृष्णा भई नयाँ शक्ति खोलेको पनि ठिकै लागेको थियो, तपाईको देश प्रतिको चिन्ता पनि ठिकै लागेको थियो तर तपाईँ जस्तो बिद्वान मान्छेले हाम्रा आफ्नै बा हजुर बा ले पहिला तातो चिसो छल्न र अहिले पहिचानका लागि लगाउने टोपीको यति बिघ्न बिरोध कस्तो स्वार्थका लागि गर्नु भो, मैले बुझ्न सकेको छैन । तपाईलाई तपाईका बिरोधीले लगाउने धेरै आरोपहरुलाई बल पुग्ने काम किन गर्नु भएको होला?

काकाको जवाफको प्रतीक्षामा यो भतिज ब्यग्र छ। तपाईको देश बनाउने दिब्य दृष्टि साना तिना बिवादले नमिचियोस्, नछेकियोस् । बाँकी काकाकै मर्ज़ी ! काकाको जय होस् , ढाका टोपीको जय होस् ।

तपाईको भतिज

- सरगम भट्टराई

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

  • माघीलाई मिलनको पर्व बनाउने कि फुटको? माघीलाई मिलनको पर्व बनाउने कि फुटको?

    माघीको मौकामा मालिकहरू गाउँमा गएर गरिब, सोझा अभिभावकलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारेर, वर्षको सिर्फ एकजोर कपडा दिएर वा एकदम न्यूनतम पैसा दिएर ५ देखि २० वर्ष सम्मका छोरीलाई आफ्नो घरायसी काम गर्नका लागि कमलरीको रूपमा लैजाने चलन थियो। कमलरीको नाउँमा हजारौं थारू चेलीवेटीहरूको विभिन्न तवरले शोषण हँुदै आएको छ। उनीहरू श्रम शोषण, यौन शोषणमा परी मानसिक पीडा भोग्दै विक्षिप्त अवस्थामा मालिकको घरमा नारकीय जीवन जिउन विवश छन्। कुनै न कुनै बहाना पारेर चेलीवटीलाई अझैसम्म कमलरी बनाउने काम हुँदै आएको छ। यसलाई रोक्न समाजका हरेक सचेत नागरिक लाग्नु जरुरी छ। साथै राज्य पक्षबाट यी सामाजिक विकृतिपूर्ण कुप्रथालाई हटाउनका लागि ठोस कार्यक्रम अगाडि ल्याउनु पर्दछ। तर उनीहरुले अझैसम्म कमलरी परिचय पत्र समेत पाएका छैनन्।

    शत्रुघन चौधरी

साहित्यपाटी

  • खाम भित्रको माया खाम भित्रको माया

    मैले भनें– म थाकेकी थिएँ, यसो पल्टेको भुसुक्कै निदाएछु । ‘तिमी बद्लियौ।’ ‘मेल्वर्नको मौसम जस्तै भयौ भन्न खोजेको कल्याण?’ ‘तिमी नजिस्क त मसँग।’ ‘हुन्छ, त्यसो भए अर्कोसँग जिस्किन्छु नि त।’

    निरु त्रिपाठी

  • कसको सिन्दूर? कसको सिन्दूर?

    गएको वैशाखमा गिरानचौरतिर बिहे भएको रहेछ मस्यौरीको। रामदाइ घर फर्किएको खबर सुनेर मामाघर राउतगाउँ जाने बहाना बनाएर आएकी रहिछन् यता।  हुनु–हुनामी भइसक्यो। रिसाएर अथवा रोएर अब केही हुनेवाला थिएन। 'के गछ्र्यौ त अब?' रामदाइले सोधे।  'तिमी जे भन्छौ, त्यही गर्छु... !' उनले आँसु पुछ्दै भनिन्। 'जान्छ्यौ त मसँग?' रामदाइले खिरिल्याएर सोधे। मस्यौरीले मुन्टो हल्लाइदिइन्।

    प्रोल्लास सिन्धुलीय

  • जुग्री जुलुस जुग्री जुलुस

    तराईमा औलो उन्मूलन भयो। पहाडबाट मान्छे ओइरिए। त्यसबेला दाङका फाँटमा धान झुलेका थिए। पहेलपुर तोरी फुलेका थिए। र, तिनकै रङमा भूमिपुत्र थारूका अबोध मन खुलेका थिए। पहेलपुर तोरीको फूलसित बाजी लाग्दै जुग्री–जग्गु प्रेमको कोपिला लागेको थियो। दाङ झरेका शासक खलकका अाँखा पहेलपुर फाँटमा परे। थारू र अक्षर, थारू र राज्यसत्ताबीच गोरु बेचेको साइनो पनि थिएन। त्यसैले ‘शासक खलक’लाई ती फाँट कब्जा गर्न कुनै आइतबार कुर्न परेन।सिङ्गो पञ्चायत नै तिनका भएपछि छिनभरमै सारा फाँट आफ्नो बनाए। हेर्दाहेर्दै पहाडबाट झरेका शासक खलक जति जिम्दार भए भने थारू भूमिहीन।

    नवीन विभास

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट