‘मेरी आमा मार्ने त्यो मास्टरलाई कहिले सजाय हुन्छ?’

skoda
  • Get News Alerts

united
tata

‘भाई रातभरि निदाउँदैन, यसो निदाए जस्तो गर्छ, मम्मी भन्दै व्यूझेर रून्छ। काखमा राखेर हल्लाई हल्लाई सुताउँछु, अनि फेरि ब्युझिन्छ। उसको हालतको बारेमा हजुरलाई सुनाउनै सक्दैन आन्टी , म पनि निदाएकै छैन , एक रात पनि,‘ लक्ष्मी परियारको जेठो छोरा सागरले मुन्टो निहुराई गहभरि आँसु पारेर भने।

अरू केटाकेटीको तुलनामा कम बोल्ने सागरका पटपटी फुटेका ओठ कापिरहेका थिए। बोली लरबराएको थियो, आफ्नो सानो भाईको कुरा गर्दा गला अबरूद्ध थियो सागरको,  सास नै अड्किए जस्तो। उसलाई जस्तै पीडा मलाई परेको थिएन तर पनि ऊ भन्दा बढी दुःखी मै थिए। उसलाई देखेर नरूने कोही छैनन्, म पनि आँखा भरी आँसु पारेरै उसलाई सुनिरहेँ।

चाचा उर्फ पुराना माओवादी नेता भक्तिराम पाण्डेको किताब चाचा विमोचनमा प्रचण्ड र बाबुरामको भाषण एउटै मन्चमा सुनेर साथी मालालाई लिएर म त्यहाँ पुगेकी थिएँ।

त्यस दिन स्व. लक्ष्मी परियारको बच्चाहरुलाई आर्थिक सहयोग र लुगा किनेर दिने कार्यक्रम थियो। उनीहरूको हालको अवस्था बारे म निक्कै जिज्ञाशु पनि थिएँ।

उनीहरू काठमाडौं आएको कुराले मलाई निकै खुसी बनाएको थियो। सँगै अंगालो हालेर रून मन थियो, उनीहरूको पीडामा रुन मन थियो । दुई थोपा भए पनि आँसु झार्न मन थियो। किनकि म एउटी आमा थिए। मलाई सन्तानको माया र भबिष्यको चिन्ता लाग्छ। मेरा लागि लक्ष्मीका सन्तान मेरै जस्ता थिए।

सागरको बयानले मलाई कैयौ दिनसम्म निदाउन दिएको थियन। म लक्ष्मीले न्याय पाउनुपर्छ भन्दै बिभिन्न ब्यक्तीसँग सल्लाह गर्थेँ, माला अनि दिल निसानी लगायतका साथीहरुले उस्तै मीठा आस्वासन दिन्थे। आक्रोशको मुठ्ठी सँगै उठाउन मन थियो, सानो बच्चालाई आफ्नो छात्तीमा टासेर चुम्न मन थियो।

त्यहाँ पुग्दा लक्ष्मी परियारका ३ छोरा थिए। सानो छोरा माथि देखाउँदै रोईरहेको थियो। उसलाई त्यहाँको कुनै रमाईलोले छोएको थिएन, न त्यहाँको मिठो खाने कुराले उसको मन तानेको थियो, तानेको थियो त केवल बेलुनले ‘बेलुन बेलुन’, भन्दै तोते बोलीमा लोली मिलाउँदै ऊसको रुवाई सिंगो हलभरी गुन्जियो।

उसको रुवाईको वास्ता कसैलाई थिएन। त्यहाँ खानेहरु आफ्नै स्वादमा रमाई रहेका थिए। सुकिला लुगा लगाएका जमातका अगाडि उनीहरु साच्चिकै गरिब देखिन्थे, टुहुरा देखिन्थे, बेसहारा देखिन्थे। उनीहरूको लुगा लगाई चालढाल र रहन सहनले प्रस्ट पारेको थियो कि उनीहरू साच्चिकै अनाथ हुन, गरिब हुन अनि पीडित हुन्। सबैभन्दा त आमा गुमाएर टुहुरा भएका तीन भाईलाई देख्दा म बेला बेला सम्हालिन सक्दिनथेँ।

 म सँगै गएकी मेरो साथी माला बच्चा रोएको देखेर गहभरी आँशु लिएर ऊसको अनुहार हेरेर रुदै थिइन्। मैले नरोऊ भनेर इशारा गरे। मन त मेरो पनि कहाँ नरोएको होर। म रूँदा क्षऊ मलाई सम्हाल्थी , ऊ रूँदा म उसलाई सम्हाल्थेँ। आफ्नै छोरा जस्ता अवोध अनुहार देखेर मैले एकै छिन स्कुलमा गएको मेरो छोरो भुलेको थिए।

मैले त्यहाँ आँशु देखाएर वातवरणलाई खलबलाउन चाहिनँ, कैयौ पटक आँखामै आँसु लुकाए, कैयौ पटक हलबाट बाहिरिए। डाँको छाडेर रुन मन थियो, क्वाँ क्वाँ कराउँदै रोयर मन हल्का गराउन मन थियो।

आफूलाई सम्हालेर बच्चासँग कुरा गर्ने निधो गरेँ,  पहिले बच्चाको नाम सोधेर कुरा सुरू गरेँ, जेठो छोरा सागर लजालु कम बोल्ने, जसले सानो दुधे भाईलाई बोकिरहेको थियो। जे सोध्यो त्यसको जवाफ मात्र दिन्छ, माईलो छोरा सुमन, निडर, आत्मविश्वासी, जसलाई मिडियामा पटक पटक देखेकि थिएँ।

सानो छोरा सुशिल एकदमै मासूम ,उसलाई सम्झदा अहिले पनि आँखा रसाउछन्।

म उनीहरुकै छेऊमा थिएँ, एउटै टेवलमा। साथीहरु पल्लो टेवलमा सहयोगको बारे छलफल गर्दै थिए। बच्चाहरु दायाँ बायाँ नहेरी खाने कुरा खादै थिए, मानौं उनीहरु वर्षौदेखिका भोका छन्, म सानो बच्चालाई काखमा लिएर सागर र सुमनको  बिचमा बसेँ। मगाईएको केही खाने कुरा आफैंले खुवाईदिए सानो बच्चालाई, उनीहरू खाना खाईसके पछि पनि उनिहरूसँग एक्लै बस्न मन थियो उनीहरुको दर्दनाक पीड़ा सुन्न मन थियो, सँगै डाको छोडेर रुन मन थियो। ती निर्दोष अनुहारलाई मायाले चुम्न मन थियो, कोही पनि एकछिन मलाई डिस्टव नगरोस् भन्ने लागेको थियो अब त सानो बावु पनि रुन छोडेको थियो  आमाको काँख पाए जस्तो गरेर।

बच्चासँग नजिकिने बहानाले  मैले लक्ष्मी परियारको ठूलो छोराको अनुहारमा हेर्दै सोधे-  आमाको याद कति आउछ सागर?

ठूलो छोरा सागर आँखाभरी आँसु लिएर शीर निहुरायो। अर्कों छोरा सुमन बोल्यो- ‘आमाको याद एकदम  धेरै आउँछ, आन्टी! सम्झिँदा रून मन लाग्छ। बितेको कुरा केही सम्झनै मन लाग्दैन। दिउँसो त जसो तसो दिन बित्छ। जब रात पर्छ, तब आमाको न्यानो काखमा खुट्टा च्यापेर निदाउन मन लाग्छ, हामीलाई घर जानै मन लाग्दैन। खाना खाने बेला र सुत्ने बेला धेरै याद आउँछ। निन्द्रा लाग्दैन, निदायो भने सपनामा आमालाई देख्छु, फेरि ब्युझिन्छु। भाई मम्मी वुवु भन्दै रोईरहेको हुन्छ। अनि मलाई पनि रून मन लाग्छ। भाइ सँगै रून्छु मुख बन्द गरेर आवज ननिकालेर! हे भगवान! हामीलाई मात्र किन यस्तो जीन्दगी दियौं? आमालाई त लग्यौ, बाबालाई पनि किन टाढा बनायौ? न आमाको काख न बाबाको साथ! साच्चिकै टुहुरा भयौ हामी। मेरी आमाको कुटिएको रक्ताम्मे शरीर झल्झल्ति याद आउँछ। अनि मेरी आमा मार्ने त्यो मास्टरको मासु काँचै खाऊँ  जस्तो लाग्छ आन्टी,’ एकै सासमा यतिका कुरा भन्न भ्यायो , जसले गर्दा मेरा आँखा फेरि रसाए।

म सँगको गफमा ऊ फेरि रोयो , सिँगान र आशुसँगै पुछ्यो ।

उसको भनाईमा दर्दनाक पीड़ा थियो,पिडासँगै आक्रोश पनि थियो । बदलाको भाव थियो । समाज प्रतिको बितृष्णा थियो । त्यो सुनिसके पछि त्यो भन्दा अगाडि केही सोध्ने सामर्थ्य रहेन।

त्यसो त मलाई थाहा छ , आमाको याद कति आउँदो हो , सम्झेर कति रुन मन लाग्दो हो, आमाको कपाल सुमसुमाउदै हातको सिरानी बनाएर सुत्न मन लाग्दो हो, आमाले पकाएर कोख्याई कोख्याई गर्दै खुवाएको तातो भातको याद कति आउँदो हो।

माटो खेलेर चिरा चिरा परेका ती साना हात खुट्टा तातों पानीले धोईदिएको याद कति आउदो हो, लुगा मैलो हुँदा धोईदिएको, शरीर मैलिदा नुहाईदिएको, पलपल प्रत्येक पल सागर सुमन, र सुशील भन्दै बोलाएको सम्झेर मन कति रुदो हो,आफू जस्तै साथीहरु  आफ्नो आमालाई आमा भनेर बोलाउँदा मन तड्पिएर कस्तो हुँदो हो म कल्पिन सक्दैन यतिबेला। किनकी म सँग त्यति ठूलो मुटु छैन , जो सजिलै भुल्न सकूँ।

बिचरा ! ती अवोध बालकहरुको के दोष थियो र? मर्ने त मरेर गैगे, बाच्नेले पो सजाय भोगिरहेका छन् । ती हत्यारा सम्झेर घृणाको थुक थुक्न मन लाग्यो। अलि सहज हुन खोज्दै थिएँ। पुस्कर दाईले बच्चाहरुलाई सहयोगको लागि बोलाउनुभयो।

वातवरण सान्त थियो । पुस्कर  दाईको हातबाट उनीहरूले १ लाख नगद पाए।

उनीहरूलाई त्यो सहयोगले छोएको थिएन। उनीहरुको आँखाले भनिरहेका थिए - सरकार ,अपराधीलाई संजाय कहिले हुन्छ?

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मकैको चामल मकैको चामल

    खाना नलिनु अघिः -यो साउले खाना सोध्दा पुग्यो भने ‘आगायो’ भन् हे!
    -नपुगेको चैँ कसरी भन्ने?
    -‘चायो’ भन् न! मलाई फिटिक्कै खसकुरा नआउने। आखिरमा ‘आगायो’ के खाएर भन्न सक्नु ? बल्लबल्ल ‘चायो’ मेरो मुखबाट पाँच किलोको ढक जस्तो गरुङ्गो भएर सुस्तरी प्रक्षेपण हुन्छ। बाले अर्डर दिँदा भात मेरो लागि चैँ ‘हाफ’ भनेको हुन्छ। खाने बेला मैले ‘फुल’ पो खाइसक्छु, कारणः भात चामलको देखापर्छ।

    छम गुरुङ

  • हामी आफैं उखेलिनुपर्ने जरा हौं हामी आफैं उखेलिनुपर्ने जरा हौं

    मैलै जीवनमा धेरै बालबालिकाको कान निमोठेँ। कन्सिरीका रौं तानेँ। गालामा चड्कन लगाएँ। पाइपको लौरोले हत्केला बजाएँ। ढाड भाँचिएला जसरी हिर्काएँ। जबजब म बालबालिकालाई निरीह बनाउँदै शासकीय रवाफमा यी कार्य गर्थेँ म स्वयम् बिरामी पर्थेँ। त्यही दिन या भोलिपल्ट सम्बन्धित बालकसित भेटेर सम्बन्ध पुनसर््थापित भएको अनुभूति भएपछि मात्र आफूलाई सजिलो महसुस हुन्थ्यो।

    नरेन्द्रकुमार नगरकोटी

  • आमा र अनुहारका धर्सा आमा र अनुहारका धर्सा

    घाँटीमा अँगालो मारेर सुत्ने मेरो बानी थियो। बुवासँग सुत्दा पनि त्यसरी नै अँगालो मार्थेँ। उहाँलाई कहिल्यै झर्को लागेन। आमा आइरहन नपाउने। उहाँलाई लिन बुवा नै जानुपर्ने भएकाले चाँडै आँउने सम्भावना कम हुन्थ्यो। चाडपर्वजस्ता विशेष बेलामा मात्र हाम्रो भेट हुन्थ्यो। आमालाई लिन बुवा हिँडेदेखि आईपुगुन्जेलसम्मको पर्खाई सबैभन्दा लामो लाग्थ्यो मलाई। आमालाई सुनाउने धेरै कुराहरु सम्झिएर बस्थेँ म। सुनाउँछु भनेर सम्झिएका धेरै कुराहरु उहाँ नजिकै आईपुग्ने बेलामा हराउँथे।

    सुरज सुवेदी

साहित्यपाटी

  • फर्कनु उसको फर्कनु उसको

    भर्खरै थाहा पाएको हुँ मैले उनी फर्कि आएकी
    उनी जो हाम्रो टोलको सबैभन्दा सुन्दर युवती थिइन्
    अब आएकी छिन् सधैँको लागि विवाहको तीन वर्षपछि फिर्ता

    शिरीष कुमार मौर्य

  • मेयर हर्कचोक मेयर हर्कचोक

    दिनहरु बित्दै गए। मेरा मानसपटलमा ती युवती र त्यो बच्चाको अनुहार धमिलो धमिलो हुँदै गयो। शायद अघिल्लो वाक्य मैले गलत लेखेँ। ती आँखाहरू धमिला हुने किसिमका थिएनन्। सुदूर मानसपटलमा गहिरो गरी कुँदिएका थिए ती।

    शिव संकल्प

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट