वीरगन्जमा 'टेडएक्स इभेन्ट'

skoda
  • Get News Alerts

united
tata

 

एक महिनाअघि केबल एट्याचमेन्टमात्र राखेर आइपुगेको इमेलमा ‘के तपाईं टेडएक्स वीरगन्जमा बोल्न तयार हुनुहुन्छ?’ भनेर सोधिएको थियो। मलाई यो के कुरा हो भन्ने थाहै थिएन।

अबको संसारले न्यूक्लियर अस्त्रभन्दा बढी भाइरसको भयावहसँग जुध्नु पर्नेछ भन्ने बिल गेट्सको एउटा रोचक संवाद कतै भिडियोमा हेरेजस्तो त लाग्थ्यो। तर, त्यो कस्तो र कुन मञ्च हो भन्ने न मलाई जिज्ञासा थियो, न म त्यसमा खोजीपसेको थिएँ।

तर, मसँगै काम गर्ने साथीहरु भने यस कुराका जानकार मात्र नभई विश्वप्रसिद्ध टेड इभेन्टका पारखी नै रहेछन्।

‘ओहो, वीरगन्जमा टेड?’, ‘होइन होला...’, ‘पहिले पक्का गर’ उनीहरुले एकपछि अर्को प्रतिक्रिया जनाए। ‘लोगो त उही छ,’ उनीहरुले नियालेर हेरेपछि आदेश दिए, ‘यदि हो भने त सोच्दा पनि नसोचेर ‘हुन्छ’ भनिहाल।’

मैले आदेश पालना गरेँ।

...

‘आइडियाज् वर्थ स्प्रेडिङ’ मूल नारा दिएर सन् १९८४ बाट सुरुभएको ‘टेड टक’ पछिल्लो समयमा युट्युबजस्ता सामाजिक सञ्जालको समेत साथ पाएर संसारभर प्रभावकारी जालो विस्तार गरिरहेको छ। आफूसँग भन्नका निम्ति कुनै पनि रोचक जानकारी छ भने बोल्न पाइने यो मञ्च गैरनाफामुखी मात्र होइन, यसले कुनै विचार वा मान्यताको पक्षपोषण पनि गर्दैन। प्रारम्भमा प्रविधि र डिजाइनमा मात्र केन्द्रित यसका विषयहरु पछिल्लो समय विज्ञान, संस्कृति र बौद्धिक खुराकका तमाम मुद्दाहरुमा विस्तार हुँदै गइरहेको छ।

यसको १८ मिनेट लामो संवादमा अहिलेसम्म अमेरिकी राष्ट्रपति हुँदै विश्वकै प्रख्यात आविष्कारक, संगीतकर्मीदेखि नोबेल पुरस्कार विजेताहरुको लाम लागिसकेको छ। विश्वलाई भन्नुपर्ने कुरा ठूला मानिएका मानिससँग मात्र हुँदैन। आफ्नो शरीरको अत्यधिक वजनबारे वकालत गर्ने सिड्नीकी केली जीनसम्मले यसमा सहभागिता राखेर संसारभरका मानिसलाई प्रभावित पारिदिन सक्छिन्।

यसरी दिन प्रतिदिन बढ्दो लोकप्रियतासँगै यो टेड इभेन्ट अब उत्तरी अमेरिकाबाट फरक स्थानहरुमा विस्तार हुँदै गइरहेको छ। र, टेडसँग लाइसेन्स लिएर स्वतन्त्र रुपले ‘टेडएक्स’ विश्वका कुना कुनामा आयोजना हुन थालिसकेका छन्। नेपालमा यसरी टेडको लाइसेन्स दस जनाले पाइसकेको देखिन्छ। तीमध्ये आठजना काठमाडौंकै छन् भने दुईजना नारायणघाट र वीरगन्जका। तीनैमध्ये भारतमा इन्जिनियरिङ पढ्दै गरेका वीरगन्जका ‘लाइसेन्सी’ विनित डालमियाले पहिलोपटक मोफसलमा आयोजना गरेको इभेन्ट थियो ‘टेडएक्स वीरगन्ज’।


...

टेडएक्समा बोल्ने र अन्य प्रस्तुति दिने सहभागीको समूह गत शुक्रबार काठमाडौंबाट वीरगन्जतर्फ लाग्यो। म चढेको मोटरमा थप दईजना पनि वीरगन्जकै थिए। त्रिविमा स्नातकोत्तर अध्ययनरत आयोजकमध्येकै खुश्बु गुप्ता र केही दिनमै छात्रवृत्तिमा अध्ययनका निम्ति अमेरिका जाने तयारीमा रहेका रविशंकर साह। रोबोटिक्स एशोसिएसनका रविले दुईवटा प्राविधिक विषयमा प्रस्तुति दिएका थिए। हामीसँग ‘वल्र्ड वारियर’की कवि कृति अधिकारी, भोजपुरकी वसन्ता राई र रोबोटिक्सकै अर्का साथी हुँदै अष्ट्रेलिया र नेदरल्याण्डका सहभागी पनि मोटरमै अटाएका थिए।

हामी बेलुकी पुग्यौं। फाट्न लागेको हुस्सु र घामबीचको संघर्षपछि हल्का न्यानो पाएको वीरगन्ज राहत महशुस गरिरहेको थियो। होटलमा पुगेपछि आयोजकहरु भेटिन थाले। एकपछि अर्का जमेर आयोजनामा भिडेका तन्नेरीहरुसँग परिचय हुँदै गयो।

अंग्रेजी, हिन्दी र नेपालीमा गजब पकड बनाएकी प्रस्तोता शैली अग्रवाल यो अभियानकै अथक लडाकू रहिछन्।

त्यसैगरी आशु सर्राफ र रोहित वर्णवालसँग मित्रवत् व्यवहार गर्दागर्दै उनीहरुले परिचय खोलेपछि सबै चकित भयौं। उनीहरु मात्र होइन, त्यहाँका अधिकांश तन्नेरी मेरा बाल्यकालीन साथी, अझ कोही त भाइबहिनीका छोराछोरी रहेछन्।

उनीहरुकै मेहनतको परिणाममा भोलिपल्ट टाउनहल सजिएको थियो। आधुनिक नेपाली चित्रकलाका जनक चन्द्रमानसिंह मास्केले डिजाइन गरेको यो महत्वपूर्ण सभागृहले पनि यसबीच निकै उथलपुथल बेहोरेको छ।सहरकै यो भव्य अडिटोरियमको सञ्चालन कुनै समय उपमहानगरपालिकाले आफैं गथ्र्यो। तर, हिजोआज सारा सहरवासीको सार्वजनिक सम्पत्तिका रुपमा रहेको सभागृह कुनै व्यापारीले ठेक्कामा पाएका छन्।

पारीले यसमा गतिलै पैसा लगाएर साजसज्जा गरेका छन्। पुराना पंखाका ठाउँमा एयरकण्डिसन जडान भएको छ। र, यति गरेपछि हिजोआज यो मञ्च ‘टाउनहल’ कम र ‘पार्टी प्यालेस’ बढी भएको रहेछ।‘गुनासो पनि कसरी गर्ने?’ एक स्थानीय भनिरहेका थिए, ‘उहिल्यै बनाइदिएको कुरा पनि अहिले व्यापारीलाई नदिएको भए यत्रो सहरमा यो जमानामा एउटा व्यवस्थित अडिटोरियम पनि पाइने थिएन।’

हो पनि, व्यापारीले नै भए पनि टाउनहल यसरी व्यवस्थित नपारिदिएको भए टेडएक्स पनि कहाँ पो सञ्चालन हुन्थ्यो? यसरी व्यवस्थित भएको टाउनहलमा करिब दुई सय श्रोता सहभागीको उपस्थितिसहित शनिबार दिनभर टेडएक्स चल्यो।

यसमा विशेषतः नयाँ पुस्ताकै जमघट देखिन्थ्यो, जुन स्वाभाविक छ। संसारका अन्य सहरहरु जस्तै वीरगन्ज पनि नयाँ कुरालाई हत्तपत्त आत्मसात गर्न झस्किन्छ। टेडएक्सका सात वक्तामध्ये समाजसेवी दुईजना कन्चन झा र म वीरगन्जकै थियौं। बाँकी पाँचजना शौरभ ढकाल, किरण नेपाली, दिलिप बिके सुनार, स्नेहा श्रेष्ठ र अष्ट्रेलियाकी जोडी ली थिइन्। यी सबैमध्ये जापान बसोबास गर्दैआएका दिलिप बिके यसअघि पनि विदेसका टेड इभेन्टहरुमा वक्ता भइसकेका रहेछन्।

हामी सबै फरक फरक विचार लिएर मञ्चमा उभिएका थियौं। ‘जन्मभूमिको जीवनी लेख्दाको अनुभव’ भन्ने विषयमा मैले आफ्ना कुरा राखेको थिएँ।यसरी बोल्न उभिएको कार्यक्रममै मैले सुविर घोषलाई भेट्न पाएँ। उनी आधुनिक वीरगन्जका निर्माता पशुपति घोषका नाति हुन्।

सुविर मेरो भाइको संगतमा हुर्केको भएता पनि मैले आजसम्म देखेको थिइँन। उनका हजुरबाप्रतिको श्रद्धाले त्यस परिवारमाथिको जिज्ञासा चाँहि सधैँ रहन्थ्यो।यसपटक वीरगन्जको जुन भेगमा मैले लगभग शतप्रतिशत समय बिताएँ त्यो सम्पूर्ण आदर्शनगर सुविरकै हजुरबुवाको देन हो। त्यसैले त यो ठाउँलाई पुरा नाम लिएर पुकार्दा ‘पशुपति आदर्शनगर’ भनिन्छ।वीरशम्शेरले बसालेको, चन्द्रशम्शेरले रेल र सञ्चारबाट अघि बढाएको, जुद्धशम्शेरले मोफसलमै शिक्षाको ज्योति बालेको यो सहरमा धेरैको योगदान मिसिएको छ। झट्ट सम्झँदा भने तत्कालिन नगरप्रमुख पशुपति घोषको नाम सबैभन्दा अगाडि आउँछ।

लामो समयदेखि भित्री वीरगन्जको विकास ठप्प छ। एउटा गतिशिल आर्थिक सहर भएका नाताले स्वतः स्फूर्त यसले आफ्नो आकारचाहिँ आफैं विस्तार गर्दै लगेको छ। ग्रामीण भेगबाट बसाइ सरेर आउनेको लर्को बढ्दैछ। भारतबाट आएका नवनागरिकका घर पनि जताततै देखिन थालेका छन्। पछिल्लो समय एशियाली विकास बैंकको सहयोगमा धमाधम बन्दै गरेको नालाको कामले चाहिँ प्रगतिको झल्को दिन्छ। तत्काल सडकहरु अस्तव्यस्त भएतापनि ढलको प्रमुख समस्या बोकेको वीरगन्जले भावी दिनमा राहत पाउने अनुमान लगाउन सकिन्छ।

सहर छेवैमा तयार भएको ड्राइपोर्ट र एकीकृत भन्सार चेकपोष्टका निम्ति बढ्दै गरेको फराकिलो बाटोले यसको भावी विस्तारको सम्भावना पनि झल्काउँछ। तर, त्यो अनुसारले उतातिर सहरीकरणको योजना बनाउन ढिला भइसक्दा पनि अहिलेसम्म कोही जागेको देखिँदैन।पशुपति घोषका नातिलाई हेरिरहँदा मेरा मनमा यी सबै कुराहरु खेलिरहेका थिए।

त्यो कार्यक्रममै मैले अर्का प्रतिभाशाली मदन गुप्तालाई पनि भेटेँ। उनी पनि मेरो भाइकै साथी। चार्टर्ड एकाउन्टेन्ट रहेका उनी पछिल्लो समय बेलायतवासी भइसकेका रहेछन्। वीरगन्जमा टेडएक्स सफल पार्न उनकै सबैभन्दा महत्वपूर्ण योगदान रहेको आयोजकहरु सुनाइरहेका थिए। उनका विचारहरु गहकिला र आधुनिक थिए।

पुराना परिचित अनुहारहरु हराउँदै गएको र आफ्नै भइकन पनि विरानो लाग्दै गएको वीरगन्जमा यस किसिमको जमात पनि छ भन्ने मैले अन्दाजै गरेको थिइँन। फर्केर आएको केही दिन बित्दा पनि मलाई यसपाला वीरगन्जको झझल्कोले छाडेको छैन। र, त्यसमा सबैभन्दा बढी योगदान यीनै नयाँ पुस्ताका झल्झलाउँदा तन्नेरीहरुले दिएका छन्। म फेरि एकपटक उस्तै उज्यालो वीरगन्ज देख्न थालेको छु।

झन् त्यसमाथि त बुधबार बिहान विनितले ‘म टेडएक्सको लाइसेन्स फेरि रिन्यु गर्दैछु’ भनेर हामीलाई ग्रुप सन्देश पठाएपछि यो समूहमाथिको विश्वास अझ बलियो बनेको छ।

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मकैको चामल मकैको चामल

    खाना नलिनु अघिः -यो साउले खाना सोध्दा पुग्यो भने ‘आगायो’ भन् हे!
    -नपुगेको चैँ कसरी भन्ने?
    -‘चायो’ भन् न! मलाई फिटिक्कै खसकुरा नआउने। आखिरमा ‘आगायो’ के खाएर भन्न सक्नु ? बल्लबल्ल ‘चायो’ मेरो मुखबाट पाँच किलोको ढक जस्तो गरुङ्गो भएर सुस्तरी प्रक्षेपण हुन्छ। बाले अर्डर दिँदा भात मेरो लागि चैँ ‘हाफ’ भनेको हुन्छ। खाने बेला मैले ‘फुल’ पो खाइसक्छु, कारणः भात चामलको देखापर्छ।

    छम गुरुङ

  • हामी आफैं उखेलिनुपर्ने जरा हौं हामी आफैं उखेलिनुपर्ने जरा हौं

    मैलै जीवनमा धेरै बालबालिकाको कान निमोठेँ। कन्सिरीका रौं तानेँ। गालामा चड्कन लगाएँ। पाइपको लौरोले हत्केला बजाएँ। ढाड भाँचिएला जसरी हिर्काएँ। जबजब म बालबालिकालाई निरीह बनाउँदै शासकीय रवाफमा यी कार्य गर्थेँ म स्वयम् बिरामी पर्थेँ। त्यही दिन या भोलिपल्ट सम्बन्धित बालकसित भेटेर सम्बन्ध पुनसर््थापित भएको अनुभूति भएपछि मात्र आफूलाई सजिलो महसुस हुन्थ्यो।

    नरेन्द्रकुमार नगरकोटी

  • आमा र अनुहारका धर्सा आमा र अनुहारका धर्सा

    घाँटीमा अँगालो मारेर सुत्ने मेरो बानी थियो। बुवासँग सुत्दा पनि त्यसरी नै अँगालो मार्थेँ। उहाँलाई कहिल्यै झर्को लागेन। आमा आइरहन नपाउने। उहाँलाई लिन बुवा नै जानुपर्ने भएकाले चाँडै आँउने सम्भावना कम हुन्थ्यो। चाडपर्वजस्ता विशेष बेलामा मात्र हाम्रो भेट हुन्थ्यो। आमालाई लिन बुवा हिँडेदेखि आईपुगुन्जेलसम्मको पर्खाई सबैभन्दा लामो लाग्थ्यो मलाई। आमालाई सुनाउने धेरै कुराहरु सम्झिएर बस्थेँ म। सुनाउँछु भनेर सम्झिएका धेरै कुराहरु उहाँ नजिकै आईपुग्ने बेलामा हराउँथे।

    सुरज सुवेदी

साहित्यपाटी

  • फर्कनु उसको फर्कनु उसको

    भर्खरै थाहा पाएको हुँ मैले उनी फर्कि आएकी
    उनी जो हाम्रो टोलको सबैभन्दा सुन्दर युवती थिइन्
    अब आएकी छिन् सधैँको लागि विवाहको तीन वर्षपछि फिर्ता

    शिरीष कुमार मौर्य

  • मेयर हर्कचोक मेयर हर्कचोक

    दिनहरु बित्दै गए। मेरा मानसपटलमा ती युवती र त्यो बच्चाको अनुहार धमिलो धमिलो हुँदै गयो। शायद अघिल्लो वाक्य मैले गलत लेखेँ। ती आँखाहरू धमिला हुने किसिमका थिएनन्। सुदूर मानसपटलमा गहिरो गरी कुँदिएका थिए ती।

    शिव संकल्प

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट