भोकको कथा

  • Get News Alerts

tata

सुझाव : तपाईंलाई भोक लागेको छ भने नाटक ‘भोको घर’ हेर्न नजानुहोस्!

कारण : नाटक हेर्नुभयो भने थाहा पाउनुहुनेछ। नाटक हेर्नुभएन भने तपाईंले थाहा पाउनु पर्ने छैन र तपाई तपाईको भोकको खातिर ढुक्क हुन पाउनु हुनेछ।

भोको घरले उसको आफ्नो कथा भन्ला। म भने थोरै नाटकको कथामा तपार्इंलाई सयर गराउँछु।

यस्तो भयो कि, तपाई काठमाडौं मलको छैठौं तलासम्म लिफ्ट चढेर वा हिँडेर जानुभयो। जस्तो कि, बाटोमा बिभिन्न किसिमका अप्ठ्यारा व्यवधानहरु आइपुग्छन्, तपाईं चढेको लिफ्ट चौंथो तलामा खोलिन पनि सक्छ। वा, तपाईं हिँडेरै जाँदा तपाईंलाई कसैले धक्का पनि दिन सक्छ। तर तपाईंले आजको दिन नाटक हेर्छु भनेर तय गरिसक्नुभएकाले ठोक्किँदै, रोकिँदै तर उक्लिँदै नाटकको टिकट पाइने स्थानसम्म पुग्नुहुन्छ र टिकट लिनुहुन्छ। यी सामान्य कुरा हुन्, तपाईं नाटक हेर्नकै लागि भनेर टिकट लिइसकेपछि पनि केहीबेर बाहिर बसिराख्नुहुन्छ। केहीबेरपछि नाटकघर पुग्ने ढोका खुल्छ, तपाईंको पाईला अगाडि बढ्छ र तपाईं अँध्यारोमा आफ्नो आँखा बालेर छामछुम गर्दै अगाडिको साथीको पाईला पछ्याउँदै जानुहुन्छ। तपाईंको टाउको ठोक्किन सक्छ, त्यसकारण टाउको झुकाउनुपर्ने ब्रम्हज्ञान तपाईंलाई प्राप्त भइसकेपछि तपाईं आफ्नो टाउको झुकाउनु हुन्छ र एउटा सिटमा आफ्नो शरीरलाई तपाईंले सक्ने जति आफूलाई सजिलोसँग बसाउनुहुन्छ।
तपाईं केहीबेर पर्खनुहुन्छ।

काठमाडौंका अन्य थिएटरहरुजस्तो साजसज्जा सहितको सेट नदेखेपछि तपाईं केही चकित महसुस हुन्छ। तपाईंलाई काठमान्डौका अन्य नाटकघरको भव्य सेटले प्रभावित पारेको छ भने तपाईंलाई पक्कै सेट डिजाइन खास लाग्नेछैन।
...

अगाडि स्टेजमा एउटी केटी हल्लने चेयरमा आफूलाई हल्लाईरहेकी हुन्छे। त्यहाँ उसको सपना हल्लिएको होस्÷नहोस् त्योसँग के नै मतलब भयो र?

सोफामा एउटा केटा सुतेझैं देखिन्छ। खासमा थिएटरमा मधुर उज्यालो मात्रै छरिएकाले ऊ निदाएको छ वा निदाएको अभिनय मात्रै गरिरहेछ त्यो तपाईंलाई थाहा हुन्न।

मन्चमै एउटा भ¥याङ छ। तपाईंको आँखा विस्तारै भ¥याङ चढ्छ र भ¥याङमाथि केही खासखुस गरिरहेको जोडी देख्नुहुन्छ। कसैले चुरोट सल्काउँदै गरेको पनि देख्नुहुन्छ। तर त्योभन्दा बाहेक नाटक अगाडि बढ्दैन।

एकजना मानिस स्टेजमा आइपुग्छ। उसको अनुहारमा परेको लाइटको कारणले तपार्इंले उसको अनुहारको रुपरेखा सजिलै ठम्याउनुहुन्छ।

ऊ नाटकघरको नियमबारे फत्फताउँछ। केही भनिरहँदा घत परे तपाईं हाँस्नुहुन्छ नपरे तपाईं चुप। तर मोबाइलचाहीँ त्यतिखेरसम्म साइलेन्ट मोडमा राख्नुहुन्न, जबकि, नाटकघरमा तपाई धेरैपटक आएपनि, नाटकघरको नियम थाहा भएपनि उनीहरुले मोबाइल साइलेन्ट मोडमा राखिदिनुस् भनेर नभनेसम्म।

खैर, उसले भन्छ, नाटक गोविन्दबहादुर मल्ल ‘गोठाले’ले लेख्नुभएको हो। र, नाटक सुरु हुन्छ ।
...
नाटकमा उही केटी हल्लने चेयरमा आफूलाई हल्लाइरहन्छे। त्यो अघि सुतिरहेकोझैं देखिने केटा उठ्छ र किताब सुम्सुम्याउँछ। भ¥याङमाथि एउटा बल्ब सल्किएपछि अघि खासखुस गर्ने बुढाबुढी अब गफ गर्न थाल्छन्।

र, नाटक अगाडि बढ्दै जाँदा तपाईं आफूले आफैंलाई यो एउटा परिवारकै कथा हो भनेर विश्वस्त तुल्याउनुहुन्छ।
...
बुबासँग आफ्नो भोक हटाउने योजना छ। उसको पेट भोको छ।

आमा मीठा परिकारहरुको सपना देख्छिन्। उनको पेट भोको छ।

छोरो सोफाबाट जुरुक्क उठ्छ। छेउमा एउटा टेबलमाथि राखिएको प्लेटमाथिको स्याउको टुक्रा हेरेर अघाउने भरमग्दुर प्रयास गर्छ। उसको पेट भोको छ।

छोरी आफूलाई राजकुमारी भन्ठान्छे। ऊ भ्रम बाँच्न मन पराउँछे। कुनै लोककथाको राजकुमार आएर आफूलाई सुनको लठ्ठीले छोइदिने मीठो भ्रममा रमाउँछे। उसको पनि त पेट भोको छ।

अँ... तपाईं एकछिन गम खानुहुन्छ। उसको पेट भोको हो या तन? या मन भोको हो? खैर, उसलाई पनि भोक लागेको कुरा तपाईंलाई नाटकले विस्तारै बताउँदै लगिरहेको छ।
...
बुबाको योजना सधैं असफल भइरहेको छ। कागजका खोस्टामा लेखिँदै फालिँदै गरेको योजना देखेर तपाईंलाई या त हाँसो उठ्छ या त राम्रो कविता लेख्न नसकेको झाेंकमा भूपि शेरचनले फालेको कविताका टुक्राहरु मस्तिष्कमा नाच्न थाल्छन्। राम्रो कविता लेख्न नसकेर कपीको पाना च्यात्दै फालिरहेका भूपि र राम्रो योजना नबनेर केरमेट फालिरहेको नरबहादुर तपाईंलाई उस्तै लाग्न सक्छ! नलाग्न पनि सक्छ।

त, नाटक अघि नै सुरु भइसकेको छ। राजेन्द्रले सोफाबाट उठेर झ्याल खोलेदेखि नै नाटक सुरु भइसकेको हो। सरीता नाटकभित्र पनि अर्को नाटक खेलिरहेकी छे। भोक चाहे तनको होस् वा मनको वा पेटमा लागिरहेको भोक नै किन नहोस्, भोकलाई बिर्सेको अभिनय गरिरहन्छे। जस्तो कि, सानो बालकलाई भोक लाग्दा कथा सुनाइन्छ, ऊ उसैगरी आफ्नो सपनाको राजकुमार आउने कथा भनिरहन्छे र आफैंमा हराएर बस्छे।

राजेन्द्र सोफाबाट उठिसकेको छ र यतिखेर आफ्नो कोट सुम्सुम्याउँदै आफ्नो कोटको महत्व बखान गरिरहेको छ। उसको भोकलाई अलिकति भए पनि कोटले हटाएको छ। किनकि, ऊ कोट लगाउँदा भने बाहिर साथीहरुसँग कहिलेकाहीँ मुख मिठ्याउन पाउँछ।

तर, सबै भुलेर भोक मात्र सम्झिरहेकी सरिताको पेट बाउँडिरहँदा हलमा हाँसोको फोहरा छुट्न सक्छ। तपाईं कसैलाई भोक लागेको कुरा सुनेर मात्रै पनि हाँस्न सक्नुहुन्छ। र, विश्वास गर्नुस्, तपाईं जवरजस्ती पनि हाँस्नुहुन्न। जबरजस्ती हाँस्न त तपाईंको पनि पेट भोको हुनुपर्छ। तर, यो कुरा सत्य हो, तपाईं भोको हुनुहुन्न र यसकारण तपाईं हाँस्न सक्नुहुन्छ। नत्र त आफ्नैजस्तो पीडामा पनि कसरी हाँस्न सक्छ होला र मान्छे?

र, यतिखेर जसरी भोकै पेट मन्चमा मन्दिरा र राजेन्द्र, सरीताको लोककथा सुनिरहन्छन् तपाईं पनि सरितालाई सुनिरहनुहुन्छ। ऊ लोककथाको राजकुमारको कुराबाट धेरै अगाडि बढिसकेकी छे। अब त त्यो कथामा राजकुमार आइसकेको छ र मृत राजकुमारीलाई सुनको लठ्ठीले बचाइसकेको छ। फरक यत्ति, हो यो दृष्य तपार्इं पर्दामा छायाँहरुले खेलेको देख्नुहुन्छ। तपाईंलाई यतिखेर भने नाटकको सेट केही राम्रो जरुर लाग्नेछ।
...
अँ... सरीताले सुनाइरहेको लोककथासँगै मन्चमा मन्दिरा र राजेन्द्र बहकिन्छन्। तपाईं भने कथामा बहकिनुहुन्छ। ऊ राक्षसको कुरा गर्छे। राक्षसले उनको राज्यका सबै प्राणीहरुलाई मारेर उसलाई मात्र जिवित राखेको कुरा गर्छे। र, राक्षस बहुत शक्तिशाली भएको कुरा गर्छे। राजकुमारलाई आफूलाई बचाउन पनि आग्रह गर्छे। तर, राजकुमारमा राक्षसलाई मार्न सक्ने शक्ति नभएको पनि हुन सक्ने आँकलन गरेर राजकुमारलाई भाग्न आग्रह गर्छे। ऊ भन्छे, राक्षसको प्राण पुतलीमा छ र पुतली ...

एकछिन पर्खनुस्, सायद तपाईंले यो लोककथा कतै पढिसक्नुभएको छ। नपढेको भए पनि सुन्नुभएको होला। तर, नाटकले सो कथालाई थोरै बङ्ग्याएको छ। तपाईं आफू पनि नाटक स्वयं हेरिरहनुभएकाले थाहा पाइरहनु भएको छ, नाटकले कथालाई कुन मोडमा पु¥याउँछ। भलै, कथाको यो मोड तपाईंलाई मन नपर्ला। किनकि, तपाईंको दिमागमा त पुरानै कुराले जरो गाडेकै छ, नयाँ कुरालाई घुसाउन तपाईंको दिमाग नमान्न सक्छ। खैर, त्यो त तपाईंको कुरा। मलाई के मतलब!
...
भोक त नरबहादुरलाई पनि लागेकै छ नि। नत्र ऊ योजना किन बुनिरहन्थ्यो र? बस् कुरा यत्ति हो, ऊ थोरै घुस लिँदालिँदै...। ऊ बिनाकारण जागिरबाट निकालिएको कुरो नाटकमा नरबहादुर आफैंले भनिरहेको छ र ऊ निकालिनुको कारण लखपति, करोडपति हुनको लागि हो भन्ने पनि ऊ आफैं बताइरहेको छ। सपना बहुत मीठो हुन्छ त्यसैले सपना भोको पेटले मात्रै देख्छ। मलाईं यो थाहा छैन कि, तपाईंले देख्दै गरेको आफ्नै सपनालाई आफंैले रोक्नुभएको छ कि छैन? सपनामै सही सपनाको राम्रो अन्त्य भएन भने, तपाईंलाई बडो नरमाइलो लागेका घटनाहरु यथेष्ट होलान्। छन् होला नि, तपार्इंका पनि अपुरा सपनाहरु?

खैर, विद्वानहरुले भनेका छन्–सपना देख्न छोड्नुहुन्न। म त को नै हुँ र तपाईलाई यो सब बताउँ कि, सपना जम्माजम्मी एउटा भ्रम हो! छोड्नुस, मेरो कुराको बहसमा तपार्इं नआउनुस्। किनकि, भ्रम र सत्यको तर्कमा लागेर नाटक खल्लो नबनाउनुस्, किनकि नाटकले नयाँ मोड लिइसकेको छ।

तपाईंलाई अब भने नाटक बडो रमाइलो लागिरहेको छ किनकि लोककथा भनिरहेकी सरीता खासमा आफ्नो घरको कथा भनिरहेकी छे। सरीतालाई नाटकभित्र पनि नाटक खेल्न भोको पेट समाजवादको दर्शन छाँट्ने राजेन्द्रले बडो साथ दिइरहेको छ। दर्शक तपाईं मात्र हैन, मन्दिरा पनि त हुन्।

टंकमानको स्टेज प्रवेशसँगै तपाईंले कत्ति बुझ्नुहोला, खास लोककथाको राक्षस टंकमान हो भनेर। अघिदेखि स्टेजको एक कुनामा बडो जतनसाथ राखिएको स्याउको टुक्रा उसले खाएको जब देख्नुहुन्छ, तपाईंलाई टंकमान साँच्चै नै लोककथाको राक्षस झैं लाग्छ। राक्षस बुवा! यो सम्बोधनले टंकमान तर्सिनु स्वाभाविक हो भने तपाईंको दिमागमा घन्टी बज्नु पनि स्वाभाविक हो। तपाईंको दिमागको गुलुप यसरी बलेको छ, देखिरहनु भएको छ, कसरी टंकमानले भर्खरै लाचार नरबहादुरलाई धक्का दिइसकेको छ। उखानै छ नि, ओरालो लागेको मृगलाई बाच्छोले नि खेद्छ।

अन्तत : विचरा नरबहादुरको कयौं दिनदेखिको भोको पेटको योजना।

पुनश्च : धुजाधुजा हुन्छ। यहाँनेर तपाईंको आँशु झर्नुपर्ने हो तर, नाटकले तपाईंलाई त्यो मौका कतै पनि दिँदैन किनकि नाटक त्यत्ति धेरै दरिलो तरिकाले तपाईंलाई रुवाउन सक्षम छैन। उल्टो मन चिसो हुनुपर्ने ठाउँमा पनि तपाईं हाँसिदिनुहुन्छ। बजिरहेको एउटा धुन नअड्कनुपर्ने ठाउँमा अड्किएर फेरि अर्को धुन बज्दा ध्यान भङ्ग हुन सक्छ।

खैर, जे होस्, तपाईंलाई सरीताको कथा भन्ने मोहले भने तान्न सक्छ।

तर, नाटककै लागि नाट्यकर्मीहरुको तयारी पूर्ण नभएको जस्तो, खल्लो लाग्न पनि सक्छ। मानौं कि, उनीहरु जबरजस्ती नाटक खेलिरहेछन्।
...
र, बत्ती झ्याप्प निभ्छ। पर्दामा एउटा पुतली विस्तारै उड्दै जान्छ, त्यही पुतली जो राक्षसको प्राण थियो।

अँ... राजेन्द्रको किताबमा पनि त पुतली थियो।

सरीताको ऐनामा थियो पुतली।

नरबहादुरको योजनामा थियो पुतली।

र, थियो मन्दिराको पछ्यौरामा पुतली।

तपाईं भित्र पनि त छ एउटा पुतली! त्यो पुतली मन्चको पर्दामा उडेको देखेर तपाईंलाई खै के मज्जा आयो त्यो मलाई थाहा छैन। तर अब तपाईं अरुसँगै लय मिलाउन ताली पड्काउनुहुन्छ र आफू बसेको सिटबाट उठेर बाहिर निस्कनुहुन्छ। तपार्इंले आफूभित्रको पुतलीबारे कत्तिको थाहा पाउनुभयो/भएन त्योचाहीँ मलाई थाहा भएन।

माफ गर्नुहोला, मलाई तपार्इंको घर कहाँ हो भन्ने कुरा थाहा हुन्थ्यो भने, तपाईं कुन गाडी चढेर घर जानुहुन्छ पनि भनिदिन्थेँ। साँझ गाढिसकेको छ। तपाईं समयमा घर नपुगे तपाईंको खाना चिसो भइसकेको हुनसक्छ। लौ त, अब आ–आफ्नो बाटो लागौं, मौका मिले फेरी भेटौंला!

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

  • माघीलाई मिलनको पर्व बनाउने कि फुटको? माघीलाई मिलनको पर्व बनाउने कि फुटको?

    माघीको मौकामा मालिकहरू गाउँमा गएर गरिब, सोझा अभिभावकलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारेर, वर्षको सिर्फ एकजोर कपडा दिएर वा एकदम न्यूनतम पैसा दिएर ५ देखि २० वर्ष सम्मका छोरीलाई आफ्नो घरायसी काम गर्नका लागि कमलरीको रूपमा लैजाने चलन थियो। कमलरीको नाउँमा हजारौं थारू चेलीवेटीहरूको विभिन्न तवरले शोषण हँुदै आएको छ। उनीहरू श्रम शोषण, यौन शोषणमा परी मानसिक पीडा भोग्दै विक्षिप्त अवस्थामा मालिकको घरमा नारकीय जीवन जिउन विवश छन्। कुनै न कुनै बहाना पारेर चेलीवटीलाई अझैसम्म कमलरी बनाउने काम हुँदै आएको छ। यसलाई रोक्न समाजका हरेक सचेत नागरिक लाग्नु जरुरी छ। साथै राज्य पक्षबाट यी सामाजिक विकृतिपूर्ण कुप्रथालाई हटाउनका लागि ठोस कार्यक्रम अगाडि ल्याउनु पर्दछ। तर उनीहरुले अझैसम्म कमलरी परिचय पत्र समेत पाएका छैनन्।

    शत्रुघन चौधरी

साहित्यपाटी

  • खाम भित्रको माया खाम भित्रको माया

    मैले भनें– म थाकेकी थिएँ, यसो पल्टेको भुसुक्कै निदाएछु । ‘तिमी बद्लियौ।’ ‘मेल्वर्नको मौसम जस्तै भयौ भन्न खोजेको कल्याण?’ ‘तिमी नजिस्क त मसँग।’ ‘हुन्छ, त्यसो भए अर्कोसँग जिस्किन्छु नि त।’

    निरु त्रिपाठी

  • कसको सिन्दूर? कसको सिन्दूर?

    गएको वैशाखमा गिरानचौरतिर बिहे भएको रहेछ मस्यौरीको। रामदाइ घर फर्किएको खबर सुनेर मामाघर राउतगाउँ जाने बहाना बनाएर आएकी रहिछन् यता।  हुनु–हुनामी भइसक्यो। रिसाएर अथवा रोएर अब केही हुनेवाला थिएन। 'के गछ्र्यौ त अब?' रामदाइले सोधे।  'तिमी जे भन्छौ, त्यही गर्छु... !' उनले आँसु पुछ्दै भनिन्। 'जान्छ्यौ त मसँग?' रामदाइले खिरिल्याएर सोधे। मस्यौरीले मुन्टो हल्लाइदिइन्।

    प्रोल्लास सिन्धुलीय

  • जुग्री जुलुस जुग्री जुलुस

    तराईमा औलो उन्मूलन भयो। पहाडबाट मान्छे ओइरिए। त्यसबेला दाङका फाँटमा धान झुलेका थिए। पहेलपुर तोरी फुलेका थिए। र, तिनकै रङमा भूमिपुत्र थारूका अबोध मन खुलेका थिए। पहेलपुर तोरीको फूलसित बाजी लाग्दै जुग्री–जग्गु प्रेमको कोपिला लागेको थियो। दाङ झरेका शासक खलकका अाँखा पहेलपुर फाँटमा परे। थारू र अक्षर, थारू र राज्यसत्ताबीच गोरु बेचेको साइनो पनि थिएन। त्यसैले ‘शासक खलक’लाई ती फाँट कब्जा गर्न कुनै आइतबार कुर्न परेन।सिङ्गो पञ्चायत नै तिनका भएपछि छिनभरमै सारा फाँट आफ्नो बनाए। हेर्दाहेर्दै पहाडबाट झरेका शासक खलक जति जिम्दार भए भने थारू भूमिहीन।

    नवीन विभास

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट