केटाको अगाडि सजिसजाउ भएर उभिनुपर्दा..

  • Get News Alerts

tata

दाइजोको बहस धेरैजसो चल्छ। दाइजो लिनु या दिनु गैह्रकानुनी हो, यो सबैलाई थाहा छ तर लिनेदिने क्रम रोकिएको छैन। र, सायद सजिलै रोकिदैन पनि होला। किनकि यसले अशिक्षितभन्दा पढेलेखेका परिवारमा झन् तलैसम्म जरा गाडेर बसेको छ।

भर्खरै मंसिर महिना सकिएकोमा खुसी भएका महिलाहरुको फेसबुक स्टाटस पढ्न पाइयो। यसले पनि प्रष्ट पार्छ दबाब कति हुन्छ विवाहको भनेर।

पहाडे समुदायमा थाहा छैन तर हाम्रो मधेसी समाजमा दाइजोभन्दा भयानक रोग छ केटी हेर्ने अनौठो चलन।

थरीथरीका केटा आउँछन्, हेर्छन्, केही न केही बहाना बनाएर जान्छन्, कहिले दाइजोमा कुरा मिल्दैन भने कहिले शरीरमा भएको खत कारण बन्छ।

यस्तो बेला एउटी महिला कुन अवस्थाबाट गुज्रिरहेकी हुन्छिन् भन्ने सोच्न पनि सकिन्न। हेर्न आएका केटाको परिवार फर्किन  नपाउँदै घर अनि  छिमेकीबाट सुन्नुपर्ने नानाथरी कुराले त झन् मरेतुल्य बनाउँछ। घरिघरि त महिला भएर जन्मिएकोमा अफसोस लाग्छ।

म एउटा मधेसी परिवारमा जन्मिएकी छोरी हुँ। काठमाडौंमै जन्मेँ,यतै हुर्किएँ तर यो परम्पराबाट न म बच्न सकेँ न मेरा दिदीहरु।

म सानै छदाँ मेरो आफ्नै दिदीको बिहेको कुरा चलिरहेको थियो। केटा पक्ष हाम्रो घरमा दिदीलाई हेर्न आउँथ्यो।

सोफा अगाडि टेबलमाथि सुन्दर फूलको भास हुन्थ्यो।  केटा पक्षका सम्पूर्ण परिवार सोफामा बसेका हुन्थे। 

दिदीलाई श्रृङ्गार गरेर राम्रो लुगा लगाइ कोठामा प्रवेश गराइन्थ्यो।

कुनै हिन्दी फिल्ममा देखाइने दृष्य भन्दा कम हुन्नथ्यो।

नामबाट सुरू हुने अन्तर्वार्ता खोइ कता गएर टुंगिन्थ्यो। दिदी लाज मानेर जवाफ दिने गर्थिन्।

मन पर्नेदेखि मननपर्ने सबै कुरा सोधिन्थ्यो। घण्टौं चल्थ्यो यो वार्तालाप।

यति मात्रै कहाँ हो र, उठेर, हिँडेर समेत देखाउनुपर्थ्यो। हातका औंला र खुट्टाका औंला पनि हेरिन्थ्यो।दिदीको खुट्टामा उम्लेको पानी पोखिएर हल्का सेतो दाग देखिन्थे शंका गरेर कतै चरख हो कि यादेवीदेवताको श्राप भनी डाक्टरलाई चेकअपसम्म गराइन्थ्यो। चेकअप गरेपछि पनि विश्वास नगरी कुराकानी त्यहीँ टुङ्गो लगाएर बाटो लाग्थे।

यस्तै दाग कतै शरीरको कुनै अर्को अंगमा पनि छ कि भनी महिलाहरुको टोलीले संवेदनशील अंगहरुसमेत हेर्न बाँकी राख्दैन थिए। दिदी कति रुनुहुन्थ्यो त्यो दृष्य देख्दा मलाई नि कस्तो कस्तो लाग्थ्यो। म सानै थिएँ, गर्न सक्ने केही थिएन। घरिघरि विरोध नगरेको हैन तर मेरो कुराले कसलाई छोओस्।

दिदीलाई धेरैले हेर्न आए र अन्त्यमा विवाह भयो।

बीस वर्ष पहिलेको कुरो हो यो। म सानै थिएँ त्यति बेला।

समय बित्दै गयो म पनि यो सिलसिलाबाट कहाँ बच्न सक्थेँ र। घरमा मेरो बिहेको कुरा चल्न थाल्यो।

यति लामो समय बितिसक्दा पनि परम्परा भने उस्तै थियो। कुरा चल्नु पहिला नै बुवा ले मेरो फोटो र चलनचल्तीमा आएको बायोडाटा पठाइसक्नु भएको थियो।

आफूलाई मन नपरे पनि परिवारको सम्मानको लागि  अगाडि उभिनै  पर्थ्यो। केटी हेर्ने दिन मिलाइयो। मलाई पनि त्यसरी नै सजाइयो। इन्टरभ्युका लागि मलाई अगाडि बढाइयो। नर्भस हुँदै म पनि अगाडि बढेँ। जे कुरा बीस वर्ष अघि मेरो दिदीले भोग्नुभएको थियो म सँग पनि त्यहि घटना दोहोरियो। मपनि उनीहरुको नजरमा कहाँ सर्वगुणसम्पन्न, ३२ सै लक्षणले पूर्ण थिएँ ररु खोइ के कुरामा चित्त बुझेन,कुरै अगाडि बढेन। यसरीनै सिलसिला चलिरह्यो। इन्टरभ्यु लिन्थे, कसैले म्यानेजमेन्ट त कसैले  आइ क्युबारे। कसैलाइ होम साइन्समा चासो थियो त कसैलाइ हिसाब किताबमा।

जागिर खान त बरु एउटा फ्याकल्टीको बारेमा जाने पुग्छ तर यहाँ सबै विधामा पूर्ण हुनुपर्ने।

अनि दाइजोको कुरा त छँदैछ।

परिवारमा बुहारी भित्रिन लागेको हो कि, कुनै कम्पनीमा लगानीकर्ता।

तर यो केटीहरुको हकमा मात्रै हुन्छ।

केटा हेर्न आउन अघि नै हामीलाई तयार गरिन्छ, अनि केटालाई अनावश्यक प्रश्न नगर्न सिकाइन्छ।

हामी त बस मुसुमुसु हँसिदिनुपर्ने जे भन्यो त्यो मानिदिनुपर्ने, हाम्रो त कुनै महत्व, अस्तित्व नै छैन जस्तो।

दाइजोको कुराले सञ्चारमाध्यममा पनि मनग्गै कुराहरु उठाइन्छ, तर दाइजोभन्दा पनि ठूलो मानसिक पीडाबाट हामी गुज्रन्छौं, यसको कुनै लेखा जोखा नै छैन।

यो चलन समयसँगै बदलिदैँ जाला भन्ने सोचेको थिएँ तर अझै नि उस्तै छ।

केही दिनअघिको एउटा घटना, मेरो एकजना साथीलाई केटा पक्षले हदै गरे।

यतिसम्म कि उनको ढाडमाथिबाट पानी खन्याएर तल कम्मरसम्म सिधा खस्छ कि खस्दैन भनेर जाँच गरियो। उनी फेल भइछन्। यसले केटीको शरीर मिलेको छ कि छैन, भन्ने जाँच हो रे। सुन्दै आङ सिरिंग हुन्छ।

 अनि यो कुरालाई त्यही छोरीको परिवारले प्रश्रय दिइरहेका हुन्छन्।

 संसार कहाँदेखि कहाँ पुगिसक्यो तर हामी अझै नि यस्तै कुरामा अल्झिरहेका छौं।

 यो घटना मेरो, मेरी दिदीको या मेरी साथीको जीवनमा मात्रै हैन, धेरैको जीवनमा घटेको हुनुपर्छ। तर हामी सबै चुप बस्छौं। कसैलाई सुनाउने या भन्ने आँट गर्दैनौं जसले गर्दा पनि यस्ता घटनाहरु बढ्दै जान्छन्।

 संविधान लेखियो, महिला अधिकारका ठूला ठूला नाराहरु लागे र अझै लागिरहेकै छ तर यस्ता घटनाहरु अझै भइरहेकै छन्।

 प्रश्न यो हो, अझै पनि हामी सहेरै बस्ने कि आफ्नो आत्मसम्मानका लागि लड्ने?

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

  • माघीलाई मिलनको पर्व बनाउने कि फुटको? माघीलाई मिलनको पर्व बनाउने कि फुटको?

    माघीको मौकामा मालिकहरू गाउँमा गएर गरिब, सोझा अभिभावकलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारेर, वर्षको सिर्फ एकजोर कपडा दिएर वा एकदम न्यूनतम पैसा दिएर ५ देखि २० वर्ष सम्मका छोरीलाई आफ्नो घरायसी काम गर्नका लागि कमलरीको रूपमा लैजाने चलन थियो। कमलरीको नाउँमा हजारौं थारू चेलीवेटीहरूको विभिन्न तवरले शोषण हँुदै आएको छ। उनीहरू श्रम शोषण, यौन शोषणमा परी मानसिक पीडा भोग्दै विक्षिप्त अवस्थामा मालिकको घरमा नारकीय जीवन जिउन विवश छन्। कुनै न कुनै बहाना पारेर चेलीवटीलाई अझैसम्म कमलरी बनाउने काम हुँदै आएको छ। यसलाई रोक्न समाजका हरेक सचेत नागरिक लाग्नु जरुरी छ। साथै राज्य पक्षबाट यी सामाजिक विकृतिपूर्ण कुप्रथालाई हटाउनका लागि ठोस कार्यक्रम अगाडि ल्याउनु पर्दछ। तर उनीहरुले अझैसम्म कमलरी परिचय पत्र समेत पाएका छैनन्।

    शत्रुघन चौधरी

साहित्यपाटी

  • खाम भित्रको माया खाम भित्रको माया

    मैले भनें– म थाकेकी थिएँ, यसो पल्टेको भुसुक्कै निदाएछु । ‘तिमी बद्लियौ।’ ‘मेल्वर्नको मौसम जस्तै भयौ भन्न खोजेको कल्याण?’ ‘तिमी नजिस्क त मसँग।’ ‘हुन्छ, त्यसो भए अर्कोसँग जिस्किन्छु नि त।’

    निरु त्रिपाठी

  • कसको सिन्दूर? कसको सिन्दूर?

    गएको वैशाखमा गिरानचौरतिर बिहे भएको रहेछ मस्यौरीको। रामदाइ घर फर्किएको खबर सुनेर मामाघर राउतगाउँ जाने बहाना बनाएर आएकी रहिछन् यता।  हुनु–हुनामी भइसक्यो। रिसाएर अथवा रोएर अब केही हुनेवाला थिएन। 'के गछ्र्यौ त अब?' रामदाइले सोधे।  'तिमी जे भन्छौ, त्यही गर्छु... !' उनले आँसु पुछ्दै भनिन्। 'जान्छ्यौ त मसँग?' रामदाइले खिरिल्याएर सोधे। मस्यौरीले मुन्टो हल्लाइदिइन्।

    प्रोल्लास सिन्धुलीय

  • जुग्री जुलुस जुग्री जुलुस

    तराईमा औलो उन्मूलन भयो। पहाडबाट मान्छे ओइरिए। त्यसबेला दाङका फाँटमा धान झुलेका थिए। पहेलपुर तोरी फुलेका थिए। र, तिनकै रङमा भूमिपुत्र थारूका अबोध मन खुलेका थिए। पहेलपुर तोरीको फूलसित बाजी लाग्दै जुग्री–जग्गु प्रेमको कोपिला लागेको थियो। दाङ झरेका शासक खलकका अाँखा पहेलपुर फाँटमा परे। थारू र अक्षर, थारू र राज्यसत्ताबीच गोरु बेचेको साइनो पनि थिएन। त्यसैले ‘शासक खलक’लाई ती फाँट कब्जा गर्न कुनै आइतबार कुर्न परेन।सिङ्गो पञ्चायत नै तिनका भएपछि छिनभरमै सारा फाँट आफ्नो बनाए। हेर्दाहेर्दै पहाडबाट झरेका शासक खलक जति जिम्दार भए भने थारू भूमिहीन।

    नवीन विभास

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट