बदनाम हुँदै विश्वविद्यालय र विद्यार्थी

  • Get News Alerts

united
tata

देशकै प्रतिष्ठित विश्वविद्यालयका रुपमा परिचित काठमाडौं विश्वविद्यालय यसपालि विभिन्न शंकास्पद गतिविधिका कारण बदनाम हुँदै गएको छ। एकपछि अर्को गैरकानुनी निर्णय गरेको आरोप खेप्दै आए पनि विश्वविद्यालयले आफूमाथि लागेको आरोप खण्डन गर्न कुनै तदारुकता भने देखाएको छैन।

देशका विभिन्न क्षेत्रमा काठमाडौं विश्वविद्यालयबाट उत्पादित जनशक्तिको उच्च मूल्यांकन भइरहेका बेला हालका घटनाक्रमहरुले ती जनशक्तिलाई पनि लज्जित तुल्याएको छ। अहिलेकै बेथिति जारी रहे तिनलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नआउला भन्न सकिन्न। विश्वविद्यालयका सीमित व्यक्तिको स्वार्थपूर्तिको खेलमा विश्वविद्यालयका पदाधिकारीहरु फस्दा त्यहाँबाट उत्पादित सम्पूर्ण जनशक्ति नै बदनाम हुँदै छन्।

यसअघि पोस्टग्राजुयटको प्रवेश परीक्षामा पनि विवाद भएर संसदीय छानबिन समिति नै गठन भएको थियो। अहिले एमबिबिएस प्रवेश परीक्षामा पनि चिट चोरीको घटना सञ्चारमाध्यममा सार्वजनिक भएको छ। यसरी एकपछि अर्को गम्भीर प्रकृतिका घटना दोहोरिरहने तर विश्वविद्यालयले कुनै कदम नचाल्ने प्रवृत्तिका कारण सम्पूर्ण विश्वविद्यालयको काम-कारबाहीप्रति नै प्रश्नचिन्ह उब्जिने स्थिति बनेको छ। यसले हाम्रा विश्वविद्यालयमा नियुक्ति पाउने पदाधिकारी नैतिकवान छन् कि छैनन् भनेर खोज्नुपर्ने अवस्था आइपुगेको छ। हामीले अहिले पनि असल व्यक्तिलाई जिम्मेवार ठाउँमा पुर्याउन चुक्यौं भने हाम्रो सम्पूर्ण शिक्षा प्राणली नै तहसनहस हुने पक्का छ।

हालको हाम्रो प्रमुख समस्या भनेकै सम्पूर्ण क्षेत्रमा हुने राजनीतिक नियुक्तिहरु नै हुन्। दलहरुको सम्पूर्ण ध्यान राम्रालाई भन्दा हाम्रालाई नियुक्ति दिनमै केन्द्रित छ। जुनसुकै मूल्य चुकाएर भए पनि आफ्ना कार्यकर्तालाई विश्वविद्यालयमा भर्ती गर्ने काम जहिलेसम्म रोकिँदैन, त्यति बेलासम्म यस्ता हर्कत दोहोरिरहने छन्। यस्ता हर्कत दोहोरिनुमा जिम्मेवार निकायलाई उन्मुक्ति दिएर भएका घटनाको मात्रै चिरफार गर्नुभन्दा मूल नै सफा गर्ने अभियानमा लाग्नुपर्ने हुन्छ।

हाल आएर मेडिकल क्षेत्रमा किन विद्यार्थीको खडेरी पर्‍यो? यसको कारण खोज्नुको साटो मेडिकल कलेजहरु विद्यार्थीसँग मनपरि शुल्क उठाउने अनि प्रवेश परीक्षामै चिट चोराउनेजस्तो घृणित कार्य गर्न पछि नपर्ने प्रवृत्तिले हाम्रो समजमा भोलि आउने डाक्टरप्रति कस्तो दृष्टिकोण रहला? उनीहरु आफैं पनि भोलि कस्तो डाक्टर होलान् भनेर प्रश्न उब्जिनु स्वाभाविक नै हो। जिम्मेवार निकायले यी प्रश्नहरुको जवाफ दिन पनि जरुरी छ।

जोन डिउलीले भनेका छन्- "शिक्षा जीवनको तयारी होइन जीवन नै हो।" कसैले राम्रो शिक्षा पायो भने उसले समाजलाई सही पथ देखाउन सक्छ तर हाम्रोमा शिक्षा दिने जिम्मा पाएकाहरु नै सुरुआतमै गलत पथ प्रदर्शन गर्न लागिपरेका छन्। जीवन जिउन सिकाउने जिम्मा लिएकाहरुले नै समाजमा गलत नजिर स्थापित गरिरहेका छन्। यस सन्दर्भमा केयुले आफूमाथि लागेका आरोप खण्डन गर्न जरुरी देखिन्छ जसमा सम्पूर्ण विश्वविद्यालयको हित हुनुका साथै उसका सर्टिफिकेट लिएकाहरुको इज्जतमा लागेको दाग मेटाउन पनि मद्दत पुग्ने छ। केयुले यथासिघ्र यसमा कदम चालोस्।

twitter@ seeuabhishek
Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • ताल्चा तोडेर एयरपोर्टमा गहना चोरिएपछि… ताल्चा तोडेर एयरपोर्टमा गहना चोरिएपछि…

    ‘नेपालको एयरपोर्ट भित्र चोरै चोर छन्,’ हिजोआज यस्तो भनाइ सबैले ब्यक्त गर्छन्, मेरो परिवार मात्र के कम होस्? सबैभन्दा ठूलो गल्ती त भाइ कै थियो। उसले सुनका गहना लगेजमा राखेको थियो। 

     

    गिरीश गिरी

  • विवाहपछि पुरुषचाहिँ बदलिनु पर्दैन? विवाहपछि पुरुषचाहिँ बदलिनु पर्दैन?

    नारीले समाज र परिवेशलाई हेरेर आफूलाई परिवर्तन गर्न सक्छे, श्रीमानको घरको सबै जिम्मेवारी लिनसक्छे भने एउटा पुरुषले विवाहपछि आफूलाई परिवर्तन किन गर्न सक्दैन? के श्रीमती घर सम्हाल्नका लागि मात्र हो त? जब नारीलाई अधिकार दिने कुरा आउँछ, त्यसबेला पछि हट्ने अनि घर सम्हाल्नचाहिँ फेरि नारी नै चाहिने?

    लक्ष्मी खनाल

  • कसरी भइन् उनी चरित्रहिन? कसरी भइन् उनी चरित्रहिन?

    एकै परिवेश र एकै दैनिकीमा रहेकी उनले त्यो भन्दा बढी कसरी सोचुन्, बुझुन् र जानुन् । जुन संस्कार, परिवेश र दैनिकीमा आफूलाई अभ्यस्त बनाएकी छिन् त्यो भन्दा बढी जान्न बुझ्न र सिक्न नसक्नुमा उनीमात्रै दोषि पक्कै होइनन्। त्यो वातावरण नपाउनुमा उनको शिक्षा, चेतनास्तर, परिवार र समाज दोषी छ। त्यसैले उनले सोचेको सोचमाथि पनि दया लागेर आयो ।

    जमुना वर्षा शर्मा

साहित्यपाटी

  • खाडीः पैसा फल्ने रूखको शहर खाडीः पैसा फल्ने रूखको शहर

    बाध्यतामा खाडी छिरेको मलाई रहरले छिरेको जस्तो व्यवहार सबैले गर्छन्, आफन्त, साथीभाइ सबैले। मोज गरेको छस् यार भन्ने साथीभाइ र कति उतै बस्छस्, अब त आइज भन्ने घरपरिवार सबैले मेरो बाध्यता बुझ्दैनन्। अस्ति फेसबुकमा चिल्लो कारको अघिल्तिर उभिएर खिचेको एउटा फोटो पोष्टिय। दुर्गेले कमेन्ट गर्दै भन्यो– ‘वाउ हेन्सम ! मस्ती छ है।’ अनि त्यसैको तल राजुले लेख्यो– ‘लास्टै हेन्सम भएको छस्, के खान्छस् ?’

    दीपक घिमिरे

  • म अझै असुरक्षित छु आमा म अझै असुरक्षित छु आमा

    आमा ! म गोबिन्द बोल्दैछु,

    मेरो घरको भिरमाथि, दुस्मन को तिरले मलाई

    र तिमीलाई पिर परेको बेला

    लड्न गएको थिएँ आमा, यही वर्ष,

    तिम्रा हातहरू च्यापिएका बेला,

    मेरै छिमेकमा तिम्रो घर र मेरो बारी

    रक्षाका लागि बसेका सुरक्षाकर्मी छँदा छँदै

    मेरो शरीरमा बिदेसीको गोलीले मेरो बोलि

    असुरक्षित भएको थियो आमा यही वर्ष,

    -सुरेन्द्र प्र. जोशी

  • ती भर्खर जन्मिएकी छोरी... ती भर्खर जन्मिएकी छोरी...

    बाहिर निस्कदै गर्दा मनमा धेरै कुरा खेल्न थाल्यो । जीन्दगीको पहिलो सासमै आफ्नै परिवारबाट तिरस्कृत ति छोरीको भविष्य के होला । अझै पनि समाजमा छोरा र छोरीबीच रहेको त्यो सामजिक कुरीतिको  पर्खाल भत्काउन उनले जीवनमा कति संघर्स गर्नुपर्ला ।

    पुरूषोत्तम अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट