संसारमा कुन बाबु आमा होला आफ्नो सन्तानप्रति माया सद्भाव स्नेह प्रेम नदेखाउने। एकाध अपवादमा कोहि अभागि होला जो आफ्नो अभिभावक वुवा आमाको प्रेमबाट तिरस्कृत, हेलत्वको पात्र बनेको होला । गलत अर्थ नलागोस म मात्र एक पात्र हो जो मात्र आफ्नो छोरीको माया प्रकट गर्ने भनेर सावित गर्न खोजेको भने पक्कै हैन । आफ्नो सन्तानलाई सवै आमा वावुले उत्तिनै महत्व र माया दिन्छन् जति म आफूलाई ठान्छु । सवैको उत्तिकै महत्व र भुल्ने र रमाउने खुसी साट्ने व्यक्ति मात्र एक सन्तान हो।
प्रसिद्ध साहित्यकार, रचनाकार, गीतकारहरुले आफ्नो सन्तानको मायाको मात्रा व्यवहारमा मात्र सिमित राख्न नसकेर आफ्नो क्षेत्र, माध्यम जस्तै चलचित्र, नाटक, गीत, म्युजिक भिडियो, कविताबाट प्रकट गर्ने गरेको हाम्रो सामु प्रसस्त उदाहरण छन्।
सवैले लेख्नुपर्ने लेख्दा बढी र घटि भन्ने छैन। कोहिले हातमा टाटु हान्न भ्याएका छन । कतिले घरको ढोकामा सन्तानको नाम राख्न भ्याएका छन्। कतिले फेसवुकमा प्रोफाइल पिक्चर विभिन्न कृतिहरु सन्तानको नाममा सुम्पेको हाम्रा सामु तमाम उदाहरण छन्।
पहिला कुनै समय थियो संयुक्त परिवार हुन्थ्यो, बच्चा बच्ची बर्सौटे हुने, धेरै हुने, परिवार नियोजनको चेतनाको विकास भइसकेको थिएन। कृषिजन्य काममा लोड बढी हुने अहिले जस्तो कुनै उपकरण र साधन पनि थिएन जस्को निवारण सहजै हुन सकोस्। खुवाउने पिलाउने बच्चा बच्चीलाई समय त्यति दिन भ्याउँदैनथे अभिभावक घरमा जो खालि बुढा पाका बाहिरि काम धन्दा गर्न नसक्नेले हेरविचार गर्न त्यति केयर हेरचाह नहुने धुलो मैलोमा लडिवुडी खेल्ने, पल्टने, टाइममा खानपिन र सफासुग्घरमा ध्यान नदिने दिँदा पनि आफूभन्दा मान्यजनको डर र त्रास मान्नुपर्ने समय थियो। अहिले जस्तो १ वा २ मात्र सन्तान त्यो पनि केही वर्षको अन्तरमा आमा बाबु दुवै व्यवासयिक कुनै न कुनै काम धन्दामा आर्थिक रुपमा व्यवहारिक देखे जानेको सिकेको कारण सवै सेवा सुविधाबाट सम्पन्न छन आजका बालबच्चाहरू। जो पहिलो पुस्ताका वन्चित थिए ।
अस्ती शुक्रबार सबैतिर तीजका गीतहरु घन्किरहेको छ, हरेक अफिस कार्यालयमा दरखाने बहानामा देखाशिखि गर्ने तडक भडक भड्किलो तीजको महत्व एकातिर, रितिरिवाज परम्परा संस्कृति एकातिर भुलेर तीज पर्वको बहानामा खर्चिलो भड्किलो र देखाउनु हाम्रो हाईफाई देख्दा लाग्छ हामी कुन मार्गतिर लागिरहेछौ।
कहिलेसम्म धान्य हो यो तमक झमक समाजमा घर घरमा चिन्ताको विषय बनेको छ, लिने हो र देखाउने हो भने हजार समस्या र वेदना छछल्किन्छ मन मुटु भित्र तर पिन सवैलाई भुलाई दिएको छ । भोज भतेर पसल आफन्त इष्टमित्र जहाँ जो भेटिन्छ सवैको गफको विषय ध्यान एउटै छ, वच्चाको प्रसंशा र हर्ष र गदगद वखान गर्न पाउँदा ती अभिभावकहरु दंग छन् । एनटिवाइटिकको काम गरिरहेको छ मेरी सानी २ वर्षकी छोरीले सवैतिर भाइरल छ सवैका केटा केटी बिरामी छन्।
हामी कामकाजी दुवै जना बिहान ८:३० मा निस्केको बेलुका ७:३० मा घर पुग्छौ । छोरी बरण्डामा हरेक सडकमा कुद्ने वाइकको लाइट हेरेर बाबा मामु भनेर प्रतिक्षाको घडिमा हुन्छे व्यक्त गर्न सक्दिनँ। तर, कति मिस गर्दि हो त्यो कल्पना गर्दा पनि म भावविह्ल हुन्छु । जब हामी घर पुग्छौ छोरीले हामी प्रति गरेको व्यवहार प्रस्तुति र उस्को खुसीले म केहीवेर छोरीसँग आनन्दित हुन्छु।
संसार जिते जस्तो ठूलो सफलता प्राप्त हुँदाको क्षण पनि फिक्का लाग्छ । त्यो पल मेरा लागि भन्छन छोरीले जात देखाइहाल्छन त्यस्तै मेरी प्यारी छोरी बाबा आइप्याडमा पारवर्ड राख्न लगाउँछे ऊ आफैं सिपालु छ उस्लाई औधि मन पर्ने गीतको “स्वर्ग” नेपाली कथानक चलचित्र सम्भु प्रधानको बोल–
छोरी मलाई भागि भागि नसताउ,
कानमा आई सुटुक्क बताउ,
तिम्लाई बाबाको माया कति लाग्छ रे ?
आज छोरी रुघा खोकि र ज्वरोले ग्रस्त छे । मलाई आजको दिन ठूलो चिन्ता र पिरले सताएको छ । खानाको स्वाद छैन। बेलुका ८:०० बजे छोरीलाई पुल्चोक अल्का पुर्याएँ, छोरी अस्पताल भनेपछि शब्दले नै पनि रुवावासी र त्रसित हुन्छे।
उसका आँखाबाट आँशुका ढिक्का वर्षिन थाल्यो । मेरो मुटुमा भक्कानो पर्यो म जस्तोसुकै समस्या र दुःख झेल्न रोक्न सक्छु तर छोरीको मन दुःखाउन सक्दिनँ। उस्को दिलमा चोट पार्न सक्दिनँ। डाक्टरले उस्को डर र त्रासपूर्णको अभिव्यक्ति हाउभाउ बुझेर औषधिको नाम टिपाइदिनु भयो ।
बाहिर आएपछि छोरी खुसी हुँदै बाबा घर जाउँ उस्लाई ठूलो छुट्कारा र शान्ति मिल्यो जब ऊ डाक्टरको कोठाबाट बाहिर आइ। आज छोरी उसकी मामुसँग मामाघर तिज मान्न गएकि छ । म उस्को सम्झना र यादमा एक्लो भाछु। मोवाइलमा उस्को तस्विर हेर्दै उस्को याद कागजको टुक्रामा आफ्ना भावना यसरी कोर्न पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु। म कति भाग्यमानि बाबु जो भगवान जस्ति छोरीको वावु वन्न पाएको छु। सवै पिर मर्का र समस्याको हल अब मेरी छोरी बनेकी छ।
निन्द्रा लागेन, कोठा सून्य लाग्यो, छोरीको स्वास्थ्य र तोतेबोलिमा बाबा सम्वोधन सुन्दा स्वर्गिय आनन्द मिल्ने हुँदा उस्को मामुको फोनमा डायल गरे। ९:०० बजे फोन उस्ले नै उठाई बाबा आऊ, बाबा माम खाको, बा बा के गर्न लागेको म भोलि आउने good night See you by.