देश, जनता, विद्यार्थीको शैक्षिक गतिविधि र लोकतन्त्रको वृद्धिविकासमा कृयाशिल विद्यार्थी राजनीति इतिहास मात्र होइन वर्तमान र भविष्य हो । संविधान निर्माणको यात्रासँगै देशले जितेको यो बेला सुन्दर वर्तमान र सुनौलो भविष्य निर्माण गर्ने समय हो । देशको सिंगो जिवनमा यात्रा गरेको लोकतन्त्र र लोकतन्त्र प्राप्तिकै एतिहासिक उतारचढावपुर्ण कालखण्ड जहाँ नेपाल विद्यार्थी संघको जिवन जोडिएको छ । सवैभन्दा परिस्कृत र लामो इतिहास बोकेको ने.वि.संघ विद्यार्थी राजनीतिमा भिन्न पृष्ठभुमी भएको संगठन हो जसले संगठन सरल, सहज, शालीन र विद्यार्थीको शैक्षिक हितका लागि उत्तरदायी हुनुपर्छ भन्ने मुलभुत मान्यता राख्दछ । परिवर्तनको प्रतिनिधित्व गर्ने संस्था ने.वि.संघले लोकतन्त्र प्रतिको निष्ठा, वर्गिय हक अधिकार, सु–शासन, पारदर्शीता र जवाफदेहीतामा आफ्नो जिवन अर्पण गरेको छ । विद्यार्थी राजनीतिका पट्यार लाग्दा शृंखलाहरुलाई राजनीतिकर्मी, वौद्धिक समुदाय, नागरिक समाज र मिडिया मार्पmत सहज र सरल बनाउँदै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गर्ने संगठन ने.वि.संघ नेताहरु बिचको विद्यमान संकटको कारण केही समस्यामा पनि परिरहेको छ । यद्यपी ने.वि.संघ आपैmमा एक असाधारण संगठन भएका कारण त्यस्ता आन्तरिक समस्याहरुलाई पन्छाउँदै आफ्नो गन्तव्य तर्पm यात्रारत छ । भनिन्छ बोली होइन कर्म लेखिन्छ इतिहासमा तसर्थ अग्रगामी सोच सहित प्रगतिशिल र परिस्कृत कर्मको यात्री बन्नुपर्छ ने.वि.संघ हरेक विद्यार्थीको मनमा आशा र भरोसाको ढुकढुकी बन्नुपर्छ ने.वि.संघ
कस्तो ने.वि.संघ?
विद्यार्थीका वर्गिय हक अधिकारका लागि आप्mनो जिवन अर्पण गर्न सक्ने ने.वि.संघ,विद्यार्थी, देश र जनतालाई केन्द्रमा राख्ने त्याग र सेवाभावको ने.वि.संघ, दुरदृष्टि सहित विद्यार्थीको समस्यालाई समाजसँगै बग्ने गतिशिल जिवन पद्दती मान्ने ने.वि.संघ, विद्यार्थी संसाधनको व्यवस्थापन गर्ने ने.वि.संघ, प्रगतिशिल विचार, योजना र दृष्टिकोण भएको ने.वि.संघ, विधि र सामाजिक मुल्यलाई आत्मसाथ गर्ने ने.वि.संघ, निष्ठा, इमान्दारीता, सिर्जशीलता र नैतिकतामा आधारीत ने.वि.सघ, तोडफोड र गुण्डागर्दी बिनाको ने.वि.संघ, परिवर्तित विश्व सन्र्दभ र विकसित सुचाना प्रविधिसँग घुलमिल हुन सक्ने ने.वि.संघ, विश्वका सफल राजनीतिक अभ्यासहरुलाई आप्mनो मौलिकतामा अनुसरण गर्न सक्ने ने.वि.संघ, विभिन्न विश्वविद्यालयहरुलाई अत्याधुनिक र प्रविधियुक्त बनाई विश्व बजारमा प्रतिस्पर्धि नागरिक निर्माणमा मद्दत गर्ने ने.वि.संघ, नेपाली समाजको प्राकृतिक स्रोतसाधन, क्षमता र आवश्यकताको आधारमा शैक्षिक कार्यक्रम निर्माण गर्न सक्ने ने.वि.संघ राष्ट्र, राष्ट्रियता, बहुलवादमा आधारित लोकतन्त्र प्रति प्रतिबद्ध ने.वि.संघ, विधानतः आवधिक अधिवेशन–महाधिवेशन गर्ने ने.वि.संघ तसर्थ ने.वि.संघ परिस्कृत र प्रगतिशिल, संगठित र प्रशिक्षित, साझा र सृजनशिल, सुचित र प्रविधियुक्त हुनु पर्छ ।
कसको ने.वि.संघ?
विद्यालय देखि विश्वविद्यालयसम्म अध्ययन गर्ने विद्यार्थीको ने.वि.संघ । स्वतन्त्रता, न्याय र ऐक्यवद्धताका पक्षधर विद्यार्थीको ने.वि.संघ, विधिको शासन, दण्ड र पुरस्कारलाई आत्मसाथ गर्ने विद्यार्थीको ने.वि.संघ, समाजमा परिवर्तन ल्याउन कृयाशिल विद्यार्थीको ने.वि.संघ, सामाजिक अन्याय र शोषण विरुद्ध लाग्ने विद्यार्थीको ने.वि.संघ, जनचेतना र जनमतमा विश्वास गर्ने विद्यार्थीको ने.वि.संघ, शान्ति र अहिंसामा विश्वास गर्ने विद्यार्थीको ने.वि.संघ, विपक्ष विद्यार्थी संगठनको अस्तित्वलाई स्विकार्ने विद्यार्थीको ने.वि.संघ, अध्ययन, अनुसन्धान, अग्रगमनकारी सोच राख्ने विद्यार्थीको ने.वि.संघ, संसार पढ्ने, खोज अनुसन्धान गर्ने र श्रम गर्नेहरुको हो भन्ने मान्यता राख्ने विद्यार्थीको ने.वि.संघ, अन्य मुलुकका विद्यार्थी र शिक्षासँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ भन्ने आँट र मेहनत गर्ने विद्यार्थीको ने.वि.संघ,देशको विद्यमान आवश्यकता र समस्याको पहिचान गरी सम्भाव्य समाधानमा कृयाशिल विद्यार्थीको ने.वि.संघ ।
तसर्थ, निःसन्देह रुपमा लोकतन्त्रमा वादविवाद र असहमतिका अवस्थाहरु विद्यमान हुन्छन् तर यि अवस्थाहरुनै लोकतन्त्रका अन्तरनिहिद शक्ति हुन् जसले समाजलाई गतिशिलता र जिवन्तता प्रदान गर्दछ र लोकतन्त्रमा सच्चिएर अगाडि बढ्ने बाटो सधै खुला हुन्छ तसर्थ लोकतन्त्रको अर्को पाटो भनेको नै सम्भावनाको खोजि हो र अवसर पनि हो भन्ने विद्यार्थीको साझा संगठन हो ने.वि.संघ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता सबै हाम्रा आदर्श होइनन् !
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई ने.वि.संघका धेरै अग्रजहरु र साथिहरुले बोल्दा र लोख्दा आदर्श भनेको सुनिन्छ र पढिन्छ तर राष्ट्रियता हाम्रो आदर्श हो, लोकतन्त्र पद्दति, समाजवाद कार्यक्रम र विद्यार्थी एकता राजनीतिक रणनीति हो । हामीले पद्दति, कार्यक्रम र राजनीतिक रणनीतिलाई समेत आदर्श भन्यौ भने ने.वि.संघ प्रतिस्प्रधी संगठन बन्न सक्दैँन ।
विश्व विद्यार्थी राजनीति र ने.वि.संघ
अमेरिकी राष्ट्रपती बाराक ओबामालाई कुनै एक प्रसंगमा चिनको बढ्दो विश्व प्रभावबारे प्रश्न गर्दा उनले भनेका थिए “संसारभरका विद्यार्थी, वैज्ञानिक र विद्धान हार्वर्ड, एमआइटि, र स्टर्यानफोर्ड अनि सिलिकन भ्यालीको सपना देख्छन्, चिनको कुनै विश्वविद्यालय होइन । जबसम्म हाम्रो विश्वविद्यालय संसारको आर्कषण बनिरहन्छ तब सम्म अमेरिका नम्बर एक रहन्छ ।” ओबामाको यो अभिव्यक्ति अमेरिकी विश्वविद्यालय र त्यहाँको सिस्टम प्रतिको गहिरो विश्वास हो । त्यहाँ पनि विद्यार्थी युनियन छ र राजनीति हुन्छ तर त्यहाँको राजनीति सिस्टममा हिडेको छ र त संसारका धेरै देशको राष्ट्रप्रमुख जन्माएको छ । हार्वर्ड, क्याम्ब्रिज, नेशनल युनिभर्सीटी अफ सिंगापुर, जेएनयु सबै ठाँउमा विद्यार्थी राजनीति छ तर त्यहाँ खोज, अनुसन्धान, गुणात्मक शिक्षा, देश प्रतिको आप्mनै कथा, संघर्ष र सपना छ अनि आप्mनो मातृभुमी, गाँउ–ठाँउ र देश बनाउने अठोट छ उनीहरुमा यसैका लागि प्रतिस्पर्धा हुन्छ ।
हाम्रो त्रिभुवन विश्वविद्यालय संख्याका हिसाबले संसारको नवौं नम्बरको ठुलो मानिन्छ तर त्रि.विले न त सिंगापुरका लि क्वान यु र मलेसियाका महम्मद महाथिर जस्ता विकासवादी नेता जन्माउन सकेको छ न त ठुला–ठुला अनुसन्धानकर्ता र वैज्ञानिक नै न त विश्वबजारका लागि प्रतिस्पर्धी नागरिक । गुणस्तरका दृष्टिले एक हजार विश्वविद्यालय भित्र समेत हाम्रो विश्वविद्यालय पर्दैन । यहाँको राजनीति अलिक धुमिल र प्रदुषित छ । ने.वि.संघले विश्व राजनीतिक परिदृष्यलाई हेरेर त्रि.वि. लाई साउथ एसियाकै नम्बर एक विश्वविद्यालय बनाउन मेहनत र प्रयत्न गर्नुपर्छ तब मात्र हामी प्रतिको विद्यार्थी आकर्षण बढ्दै जान्छ ।
यदि हामीले र हाम्रो राजनीतिले मेहनत गर्ने र विधि र गुणस्तरलाई ध्यान दिने हो भने एसियाको नम्बर एक मानिएको नेशनल युनिभर्सीटी अफ सिंगापुरलाई समेत उछिन्न सक्छौं । त्यो दुरदृष्टि, दृढता र सपना राजनीतिज्ञसँग हुनुपर्छ तपाई हामीसँग हुनुपर्छ ।
लेखक ने.वि.संघ केन्द्रिय पत्रकारीता समन्वय समितिका अध्यक्ष हुन् ।