जिन्दगीको पहिलो पाठशाला हो घर। आफू जन्मेको र हुर्केको परिवेशले संसार चिहाउने भित्री आँखा पहिलोपल्ट खोलिदिन्छ। त्यस्तै जिन्दगीको पहिलो विश्वविद्यालय हो यात्रा। जीवन र जगतलाई वास्तविकतामा देखेर, भोगेर अनि दार्शनिक दृष्टिकोणबाट मनन गर्दै सम्पूर्णतामा बुझ्ने शायद एउटै मात्र खुला विश्वविद्यालय यात्रा नै हो। अझ आफैंले उपचार गर्नुपर्ने देशको रोग चिन्नलाई औपचारिक शिक्षालयभन्दा निकै व्यापक, समृद्ध र अंकुशरहित माध्यम भनेको सकेसम्म धेरै ठाउँ टेक्नु, देख्नु र अनुभूत गर्नु हो जस्तो लाग्छ मलाई। विश्व स्वास्थ्य संगठनको खोप कार्यक्रमका लागि धनगढी शाखामा कार्यरत दाजुको आफ्नो कार्यक्षेत्र सेती अञ्चलभरि काम विशेषले जानुपर्ने हप्ता दिनको यात्रामा साथ लागेर दुर्गमहरुमध्येको सबैभन्दा दुर्गम बाजुरा जिल्लासम्म पुगेर स्वास्थ्य खोज्दै हिँड्ने निर्णय लिएको थिएँ यस वर्षको शिवरात्रिमा।
सुदूरपश्चिम यातायातको रात्रि बस चढ्दा गोंगबु बसपार्कमा दिउँसो तीन बजेको हुँदो हो। साथमा एउटा सानो ब्याकप्याक थियो– मात्र केही लत्ताकपडा, नियमित सामग्री र जस्टिन गार्डरको 'सोफिज वर्ल्ड' नामक एउटा उपन्यास। पहाडीमध्येको एउटा गाउँमा जन्मी हुर्केर राजधानीमा चिकित्साशास्त्रको पढाइ सकाउँदै गरेको एउटा नेपाली मनमा विकटता र अविकासको पर्याय बनेको पश्चिम नेपालका पहाडहरुमा स्वास्थ्य र विकास खोज्दै डुल्ने रोडम्याप बन्दै, भत्कँदै र फेरि बन्दै थियो, रात्रिबसको एकांकी यात्रामा। कतै सुनेका, कतै पढेका कैलाली, डडेल्धुरा, डोटी, अछाम र बाजुराका अनेकौं कहानी, पात्र, घटना र दृश्यहरु एउटा काल्पनिक वृत्तचित्रका फुटकर क्ल्पिसझैं घरिघरि घुमिरहन्थे अनिता आँखाभित्र। पूर्व–पश्चिम राजमार्गको स्पर्श सुनवलको हाइवे टाइपको खानामै सीमित भए पनि पहिलो पल्ट टेक्न लागेको माटोको कौतुहलताले बिहान आठ बजे धनगढी बसपार्क उत्रँदासम्म मेरो साथ छाडेन।
भोलिपल्ट बिहानै धनगढी छाडियो– एक हप्तापछि त्यही ठाउँ फर्कने समयतालिका चालकको डिब्बामा राखेर। सुभाष दाजुको निर्धारित कार्यक्रम थिए– स्वास्थ्य केन्द्रहरुमा खोप कार्यक्रम र संक्रामक रोगहरुको खोजपडतालसम्बन्धी अनुगमन गर्ने। मसँग भने केबल उत्सुकता थियो। भर्खरै छ महिना लामो परीक्षा सकेपछिको शून्य समय अनि प्रतिकूलताभित्रको अवसर र चुनौती खोजी गर्दै गाउँबस्तीहरु डुल्दै हिँड्ने उत्कट चाहना शायद मेरो पनि एक खालको योजना बनिसकेको रहेछ, मनमनै। त्यसैले त नियन्त्रित गाडीभित्र सिल्टबेल्टले टमक्क बाँधेको शरीरले घुम्ती सडक वरिपरि ढकमक्क लालीगुराँस फुलेको सुन्दर पहाडी क्यानभासका कर्नरहरुमा गरिबी र विकटताको कुचीले अभावका दसीहरु पोतिरहेको मनलाई रत्तिभर कज्याउन सकेको थिएन। आखिर म स्वास्थ्य खोज्दै बाजुरासम्म जाँदै थिएँ।
त्यो रात डोटीको सिलगढीस्थित जिल्ला अस्पतालका डाक्टर विकासको न्यानो आतिथ्यमा बित्यो। शिक्षा मन्त्रालयमार्फत छात्रवृत्तिमा पढेका डाक्टरहरुले दुई वर्ष सरकारी अस्पतालमा अनिवार्य सेवा गर्नुपर्ने प्रावधानले गर्दा विकट जिल्लाहरुले समेत केही वर्षदेखि डाक्टर देख्न पाएका थिए भने ती डाक्टरहरुले पनि आफू जन्मेको देशको दयनीय स्वास्थ्य स्थिति प्रत्यक्ष अनुभूत गर्न पाएका थिए। रोजीरोटीका लािग भारतलगायत वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता र फर्कंदा आफूले एड्स बोकेर परिवारलाई समेत त्यही प्राणघातक उपहार ल्याइदिने दुःखद नियति भोगेको डोटीमा यसको निदान र उपचार गर्ने एआरटी सेन्टरसमेत सञ्चालित रहेछ, जुन ५२ जनाले एड्सकै कारण ज्यान गुमाइसकेको र सयौं जना संक्रमित भेटिएको डोटेलीहरुका लागि सानै भए पनि राहत भएको हुनुपर्छ।
समग्रमा २ हजार ७ सय ७६ जना एचआईभी संक्रमितहरु रहेको सुदूरपश्चिम क्षेत्रमा १ हजार ३ सय ६९ जनाले एआरटी उपचार लिइरहेको र केयर नेपाल, नवकिरण प्लसलगायत संघसंस्था क्रियाशील भएपनि गृहिणीहरुमा बढ्दो संक्रमण दरले विकराल भविष्य देखाउने राय पनि उहाँहरुको थियो। त्यही साँझ क्यान्सरसम्बन्धी अभिमुखीकरणका लागि भरतपुर क्यान्सर अस्पतालबाट आउनुभएका डाक्टर, नर्स र जनस्वास्थ्य विशेषज्ञहरुसँग नेपालमा क्यान्सरको उपचारबारे मात्र होइन, स्वास्थ्य क्षेत्रमा क्यान्सर बनेर फैलिएको निकृष्ट राजनीतिक हस्तक्षेप, भ्रष्टाचार, कानुनविहीनता र अदूरदर्शिताका कारण उत्पन्न विकराल अवस्थाबारे पनि बहस भयो, यात्राका यावत अनुभूति र शैलेश्वरी मन्दिरबारेका रमाइला प्रसंगसँगै सहयोगी दाइले बनाउनुभएको मीठो खाना खाँदै गर्दा।
अर्को दिनको गन्तव्य बाजुरा जिल्लाको पूर्व सदरमुकाम टाँटे गाउँ थियो। सडक विस्तारसँगै सर्ने घुम्ती बजारले भर्खरै छाडेको बार्जुगढबाट करिब एक घण्टा उकालो हिँडेर टाँटे स्वास्थ्यचौकी पुगियो, जहाँ कार्यरत स्वास्थ्यकर्मी र सबै वडाका महिला स्वास्थ्य स्वयम्सेविकाहरु डा. सुभाषको प्रतीक्षामा हुनुहुन्थ्यो। स्थानीय व्यवस्थापनद्वारा स्वास्थ्यचौकीमा सञ्चालित प्रयोगशालामा प्राविधिक बनेर त्यो दुर्गम गाउँमा सेवारत खडकबाट तल बगिरहेकी बूढीगंगादेखि हामी चढ्दै गरेको पहरामा निर्मित सुरुङहरुसँग जोडिएका दश वर्षे जनयुद्धका साहसिक कथाहरु र त्यसपछि ती डाँडा, ती खोला र ती बस्तीहरुले देखेका सपनाहरुसँगै टाँटेले भोगिरहेको वर्तमान नियति अनि थकानका बेला उत्साह थप्ने पारिपट्टि कैलाशमण्डी हिमालमा अवस्थित तीर्थस्थलको जात्राका रमाइला किस्साहरु सुन्दै जाँदा भोक लागेको त्यतिबेला मात्र थाहा भयो, जतिबेला गोधूली साँझका सुनौला किरणहरुले कैलाशमण्डीबाट हामीलाई हेदर्ैै थिए।
हो, त्यतिबेलासम्म अन्तरक्रिया कार्यक्रम सकिइसकेको थियो र हामी त्यस भेगमा सबैभन्दा सजिलैसँग पाइने चाउचाउ खाँदै थियौं। एक पटक पोषण कार्यक्रममा केन्द्रबाट आउनुभएका पाहुनालाई करेसाबारीभरि साग र भटमास फलाइरहेको त्यही गाउँको एकजना पसेलेले विशेष सत्कारस्वरुप खानासँग चाउचाउ र स्वायबिनको तरकारी पकाएर दिएका थिए रे। हुन पनि खाद्य संकटको चपेटामा परेका दुर्गम बस्तीहरुमा समेत चुरोट र चाउचाउ पुगेकै हुँदा रहेछन्।
त्यो रात बिताएको टाँटे स्वास्थ्य चौकीको भवन र सुविधा सदरमुकाम मार्तडीमा भएको जिल्ला अस्पतालभन्दा कम थिएन र केही महिनाअघि विदेशबाट आएका डाक्टरहरुको समेत सहभागितामा एक महिनासम्म विशेषज्ञ शिविर सञ्चालन गरी विभिन्न जिल्लाबाट आएर सयौं बिरामीले ठूला शल्यक्रियासम्मका उपचार लिएका रहेछन्। अति दुर्गम गाउँहरुमा पनि स्वास्थ्य सेवा विस्तार गर्ने विकल्पहरु हुँदा रहेछन्, मात्र इच्छा शक्ति चाहिने रहेछ। अझ टाँटेमा विज्ञान विषयमा उच्च शिक्षा (प्लस टु) को अवसर छ भन्ने कुरा त्यो स्कुलमा पुगेर विज्ञानमा स्नातकोत्तर गरी आफ्नै गाउँको सेवा गरिरहनुभएका त्यहाँका प्रअसँग कुरा गरिसकेपछि मात्र मलाई पत्यार भयो। विकासका सम्भावनाहरु अभावका बीच पनि जन्मिने रहेछन्।
आफ्नो कृषि उत्पादनले मुस्किलले ६ महिना धान्ने र आयआर्जनका माध्यमहरु निकै सीमित भएका ती बस्तीहरुमा डाक्टर/इन्जिनियरको सपना बोकेका जेहेनदार छात्रछात्राहरुले आफ्नै गाउँमा विज्ञान विषय पढ्न नपाएका भए उनीहरुका सपना विपना बन्ने पहिलो खुड्किलो पनि टेक्न नपाउँदै मर्ने थिए। सुदूरपश्चिमको विकटता र अभावको मिथक सुनाएरै राजनीतिको बजी मारेका स्वार्थी नेताहरुले टाँटेको त्यस्तो उदाहरणीय स्वास्थ्यचौकी र विद्यालय काठमाडैं बसेर कहिल्यै देख्न सक्लान्?
बिहानै उठेर गाडी राखेको ठाउँसम्म ओर्लेर डोजरले खन्दै गरेको बाटो हुँदै हामी मार्तडीतिर लाग्यौं। ट्याक्टर पनि नपुगेको बूढीगंगा भन्ने ठाउँसम्म गाडी लैजाँदा पनि करिब तीन घण्टा उकालो हिँडेपछि सदरमुकाम पुगियो। न गाडी न त चिलगाडी (हवाइजहाज) नै पुगेको सम्भवतः यही मात्र जिल्ला सदरमुकाम होला नेपालको। आक्कलझुक्कल उडान भर्ने विमानस्थल भएको कोल्टी त्यहाँबाट लगभग एक दिनको पैदलबाटो रहेछ। भीआईपीको सवारीका लागि राखिएको घोडा पनि त्यति प्रयोगमा आउने देखिएन। एक हप्ताअगाडिदेखि परेको हिउँले त्यो पुरानो ग्रामीण बजारमाथि र वारिपारिका टाकुरहरुलाई ढाकेको थियो। साँझ हामी त्यहाँ पुग्दा निकै जाडो थियो र हामी पनि त्यसको साक्षी बनेर लुगलुग कामिरहेका थियौं– सकिनसकी आफैंलाई बजारको टुप्पामा रहेको जिल्ला अस्पतालको क्वाटरसम्म घिसार्दै।
त्यस साँझ टेलिभिजनका सीमित च्यानलहरु चहार्दै खाना पर्खिएँ र थकाइ मेटाउन चाँडै नै ओछ्यान तताएँ। मासु र झोललाई साथी नबनाउनेले मार्तडीको जाडो कटाउने न्यानो खोज्न एकछिन त साथीसँगी र घरपरिवारमा फोन गर्दै यात्राका अनुभूतिहरु साट्दै थिएँ तर जतिबेला पनि निभ्न सक्ने न्यून क्षमताको स्थानीय विद्युत् आपूर्तिका कारण होला, फोनको नेटवर्क पनि काटियो र अन्तमा निद्रादेवीको शरणमा पुगें।
यात्राको मध्यान्तर मार्तडीको बसाइका लागि छुट्याएका थियौं। विकटताको पर्याय बनेको बाजुरालाई आफ्नै पाइलाले नापेर अनि आफ्नै आँखाले हेरेर देशको ७४आंै स्थानमा पर्ने जिल्लाको स्वास्थ्य स्थिति नियाल्ने सुनौलो अवसर थियो त्यो। दुई वर्षअघि नै भवन बनिसकेर पनि जिल्ला अस्पतालसँगै राखिएको मार्तडी स्वास्थ्य चौकीलाई दुई घण्टा पैदल बाटो परको चुथी गाउँमा औपचारिक रुपमा स्थानान्तरण गर्ने कार्यक्रम रहेछ त्यस दिन। जनस्तरमा निःस्वार्थ रुपमा निडर र कर्तव्यनिष्ट भएर काम गर्दा भ्रष्ट नेतृत्वको कोपभाजनमा परेर ४० दिनअघि मात्रै बाजुरा पर्नुभएका सुदूरपश्चिमकै एक अनुभवी चिकित्सक तथा जनस्वास्थ्य प्रशासक डा. गुणराज अवस्थीले चालू आर्थिक वर्षभित्र बाजुरालाई कम्तीमा पचासौं स्थानसम्म उकाल्ने लक्ष्य लिएर कार्यक्षेत्रमा खरो उत्रिएपछि विविध स्वार्थका कारण सदरमुकाममै लुकिराखेको स्वास्थ्यचौकी निर्धारित ठाउँमा सर्न लागेको रहेछ। हामी पनि डा. अवस्थीसँगै उक्त उद्घाटन कार्यक्रममा भाग लिन बिहानै त्यस गाउँतिर लाग्यौं।
आफ्नो झन्डै बीस वर्षे सेवा अवधिमा पचासभन्दा बढी जिल्लामा पुगेर काम गरिसक्नुभएका ती स्फूर्त शरीरका आत्मविश्वासी डाक्टर साबसागै हिाड्न हाम्रो केही जोड चलेन। लालीगुराास फुलेको भीरैभीरबाट छोटो बाटो खोज्दै, फोटो खिच्दै अनि त्यस ठाउाको ढुवानीको एक मात्र विकल्प खच्चडको बथानसाग साइड माग्दै जाादा उहाालाई एउटा चिया पसलमा भेट्टायौं, त्यहााका साना केटाकेटीहरुलाई झाडापखाला, पोलियो आदिका जानकारीमूलक ब्रोसर पठाउादै गरेको। त्यो काम साधारण भए पनि कताकता असाधारण महत्वको लागिरहेको थियो मलाई। त्यसपछि त उहाा सागसागै हिाडियो नेपालको जनस्वास्थ्य र ग्रामीण स्वास्थ्य सेवामा अनुभवको इन्साइक्लोपेडिया जस्तो लाग्ने उहााको प्रेरणादायी जीवनखण्डबाट अनुभूतिको सानो हिस्सा भने पनि कुरै कुरामा सुटुक्क चोर्न सकिन्छ कि भनेर।
ठीक दश बजे, आयोजकले दिएको समयमै हामी कार्यक्रमस्थल पुगेका थियौं जतिबेला मुस्किलले ५/६ जना मात्र आइसकेका थिए। हुन पनि रेडियोले रुकुमको एउटा गरिब परिवारमा सत्ताइस वर्षीया अविवाहित छोरीलाई छारे रोगको उपचार गराउादाको बोझले थलिएर बाबु, आमा र छोरीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको दुःखद खबर बजाइरहादा चुथी गाउँले आफ्नो खोसिएको भाग्य (स्वास्थ्यचौकी) भेट्टाएको थियो। अब त्यस गाउँमा गतवर्ष दैलेख, जाजरकोटमा जस्तो झाडापखाला फैलियो भने जीवनजल माग्न दुई घण्टा हिाडेर आफ्नै नाममा सरकारले दिएको स्वास्थ्यचौकी खोज्दै सदरमुकाम जानु नपर्ला। तर घर व्यवहारको व्यस्तताले गर्दा हो वा कार्यक्रम सञ्चालनको तौरतरिका नपुगेर हो, सााढे बाह्रे बजेसम्म पनि उद्घाटन समारोह शुरु नभएपछि गाउँवासीका तर्फबाट लालीगुराासको माला ग्रहण गरी लोकल रातो चामलको भातसाग मृगको मासु खाएर मार्तडीतिर लागियो। अनि जिल्ला जनस्वास्थ्य कार्यालयको र त्यसपछि जिल्ला कार्यालय प्रमुखहरुको बैठकबाट बाजुरामा सरकार चलेको नमुना हेरियो। सााझको महिला भलिबल र कृषि तथा आयुर्वेद भेला पनि रमाइलो रह्यो।
सााच्चे भन्ने हो भने हाम्रो देशको जिल्ला स्वास्थ्य प्रणाली प्राथमिक स्वास्थ्य उपचारको सिद्धान्तअनुरुप वैज्ञानिक र समय, परिवेश सुहाउादो नै छ। डा. अवस्थीको अनुभव र मेरो हालसम्मको अध्ययनको निष्कर्ष मिल्न आएको थियो यसमा। तर हाम्रो स्वास्थ्य स्थिति किन यति कमजोर छ त? यसका धेरै कारण होलान्, प्रत्यक्ष वा परोक्ष, जुन हरेक तह र तप्कामा छलफल हुनु जरुरी छ। बाजुरासम्म स्वास्थ्य खोज्दै आइपुग्दा मैले देखेका केही असंगत नियतिहरु ती कारणहरुको समीक्षामा पक्कै अटाउलान्।
बाजुरामा पैदल हिाड्दा देखिएका चियापसल हुन् वा घर, सबैजसोमा केही वर्षको मात्र फरक देखिने तीन चार जना बच्चा खाली खुट्टा यताउति टहलिरहेका वा धूलो खेलिरहेका देखिन्थे। उच्च जन्मदर र कम जन्मान्तर हुनु परिवार नियोजन कार्यक्रमको असफलता हुन सक्छ। निकै ठूला गाविसहरु भएकाले स्वास्थ्य संस्थासम्म आइपुग्न धेरै टाढा पर्छ। विद्यालयहरु टाढा भएर होला, धेरै उमेर भइसकेका बालबालिका पनि स्कुलै जान नथालेको पनि पाइयो। सुरक्षित प्रसूति प्रोत्साहनका लागि स्वास्थ्य केन्द्रमा सुत्केरी गराएबापत आमालाई १ हजार ५ सय रुपियाा र स्वास्थ्य संस्थालाई १ हजार रुपियाा प्रदान गरिने स्पष्ट प्रावधान भए पनि बाजुरामा सदरमुकामलगायत सबैजसो गाउँमा घरैमा सुत्केरी गराइादो रहेछ। तर गत तीन वर्षदेखि एउटै मात्र पनि नवशिशु धनुष्टंकारको केस रिपोर्ट नहुनु शायद संयोग मात्रै हुन सक्छ।
त्यति विकट गाउँमा खोप कार्यक्रमलगायत अन्य स्वास्थ्य क्रियाकलापहरु नियमित होलान् भनेर पत्याउनै गाह्रो छ। यतिसम्म कि गत वर्ष क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट हुनै पर्ने नियमित सुपरिवेक्षण भ्रमण त विकटताको कारण देखाइ हुन सकेनछ। अरु जिल्लामा जस्तो गैरसरकारी संस्थाहरुको गतिविधि पनि ज्यादै न्यून देखियो। सरसफाइ र व्यक्तिगत हेरचाहको स्थिति कमजोर हुनु त स्वाभाविक विडम्बना माने हुन्छ। खुला रुपमा दिसापिसाब गर्ने र सरसफाइमा उचित ध्यान पुर्या उन नसक्ने अवस्था हाम्रो गाउँघरको साझा समस्या नै हो। यद्यपि गतवर्षको स्वास्थ्य सूचकांकहरु वार्षिक प्रतिवेदनमा उल्लेख गरिएअनुसार यस क्षेत्रका अन्य जिल्लाहरु र राष्ट्रिय औसतभन्दा राम्रो भएको पाइयो, जुन वस्तुस्थितिसाग तुलना गर्दा फर्जी हुनसक्ने आधारहरु प्रशस्तै देखिन्थे।
आफ्नै आाखाले देखेको, आफ्नै कानले सुनेका, अनि आफ्नै पैतालाले छोएको र आफ्नै विवेकले अर्थ्याएको बाजुरा मैले केही दिनअघिदेखि अनुभूत गरिरहेको कहालीलाग्दो विपना थियो। तर त्यहाा बिताएको अन्तिम रात मैले सपनामा पनि बाजुराको त्यही भूगोल देखें, परन्तु धेरै अर्थमा निकै फरक, शायद बाजुराबाजीले वर्षौंदेखि देख्दै आएको सपना जस्तै। भोलिपल्ट मार्तडी बजार सकिने बित्तिकै चौतारीबाट मास्तिर फर्केर बाइबाई मार्तडी भनिरहादा शायद आफूले टेकेर फर्केको हिउामा ठोकिएर आएको आकाशवाणी मेरो कानैमा बजि्रंदो हो– जाऊ बाजुरामा स्वास्थ्य खोज्न आएको बटुवा। मेरो रोग मैसाग छोडेर जाऊ। बरु सक्छौ भने अर्को चोटि सिंहदरबारबाट मेरा लागि पनि अलिकति स्वास्थ्य लिएर आउनू। त्यतिबेला नाजवाफ बनेर इक्दी खोला तरेपछि बाजुराको बााझो डााडा अन्तिमपल्ट चिहाउादै गत रात सपनामा देखेको स्वास्थ्य, समृद्ध र हराभरा बाजुरा, सुन्दर, स्वस्थ र समुन्नत नेपालको मानचित्रमा समेटिएको अर्को सपनाको खोजीमा म अछाम, डोटी र धनगढी हुादै काठमाडौंतिर गुडिरहेको हुनेछु।