‘बिके पाल्पाली राम्रो पत्रकार हुनुहुन्छ, उहँ“ले १२ वटा त कृति नै प्रकाशित गरिसक्नुभएको छ, उहा“ लेख्नु चाहनुहुन्छ, तर आज उहाँ लेख्न सक्नुहुन्न’ मैले मञ्चमा निम्ता गर्नासाथ काठमाडौंको मण्डला थिएटरको पोडियममा पाल्पाली पत्नी रेनुकाबाट निस्किएको यो वाक्यले सबैको अनुहार ओइलिएको फुल प्रतिविम्वित भयो । रेनुकाजीका दुवै आँखाबाट छुटेका आँशुका बलेनीले हलमा उपस्थित सबै निःशब्द थिए ।
भित्रभित्रै डर पनि लाग्यो, रेनुकाजी आज यहीं ढल्ने हुनुभयो । तर, उहाँ सम्हालिनुभयो । र, भन्नुभयो — ‘म मेरो श्रीमानलाई बचाउनुस भन्दिन, तर एकजना कुशल पत्रकारलाई बचाइदिनुस ।’
सायद २ बर्षअघि भेट भएको थियो, मेरो पत्रकार बिके पाल्पालीस“ग, प्रेस चौतारी काठमाडौंको अधिवेशनका क्रममा । उहा“का श्रीमान—श्रीमती दुवै पत्रकार । नया“ कार्यसमितिमा कस्लाई राख्ने दुविधा भयो ।
पाल्पालीजी कार्यसमितिमा अटाउनुभयो, उहाँकी धर्मपत्नी रेनुका भट्टराई भने नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा प्रत्यासी हुने तय भयो, सोहीबमोजिम उहा“ सदस्यमा निर्वाचित पनि हुनुभयो पनि । त्यतिबेलादेखि नै मेरो पाल्पाली परिवारसँग औपचारिक सम्बन्ध गाँसिएको हो । पाल्पालीजीस“ग प्रेस चौतारी र पत्रकार महासंघले गरेको अनगिन्ती कार्यक्रममा भलाकुसरी गर्नेे मौका मिलेको थियो, उहाँ शिष्ट र शालिन रुपमा प्रस्तुत हुनुहुन्थ्यो ।
योबीचमा पाल्पालीजी बिरामी भएको खबर पाएँ, प्रेस चौतारी उपत्यका कमिटिका अध्यक्ष सन्तराम बिडारी, काठमाडौं अध्यक्ष राजीव सिलवाल र नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष गोबिन्द चौंलागाईंमार्फत । उहा“हरु अन्यौलमा हुनुहुन्थ्यो, विगतको आफ्नै कमिटीका साथीको जीवन रक्षा कसरी गर्ने भनेर । प्रेस चौतारी केन्द्रले पनि पाल्पालीलाई सहयोग गर्ने बारे सोचिरहेको थियो, तर पाल्पालीजीका लागि सहयोग छिटो चाहिने भयो । एकरात शन्तराजजीलाई मैले सुझाएँ — मेरो ‘बहादुर बहिनी’ डकुमेन्ट्री देखाएर पैसा उठाउ“, दर्शकहरु पनि मै जुटाउ“छु । बिडारीजी सहमत हुनुभयो र निधो भयो डकुमेन्ट्री देखाएर पैसा जुटाउने । उहा“हरु पनि आवश्यक सहयोग जुटाउन सक्रिय हुनुभयो ।
आँटेपछि सहयोगी हातहरु धेरै पाइन्छन् । काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरले निःशुल्क हल उपलब्ध गराइदिने भयो, मेगा कलेजले प्रोजेक्टर । असोज २१ गते आयोजित कार्यक्रममा अधिकांश वरिष्ठ पत्रकारहरु आमन्त्रित थिए, प्रेस चौतारी, प्रेस युनियन र नेपाल पत्रकार महासंघका प्रायः सबै पदाधिकारीलाई खबर थियो । तर, सोचे जस्तो उपस्थिति भएन । यो या त्यो बहानामा टार्ने काम गरे, अधिकांशले। अरुको मुख ताक्ने बानी परेका हामीलाई आफैले सहयोग गर्नुपर्छ भन्ने भावना नजागेको दुख्दा दुःख पनि लाग्यो ।
धन्न नेपाल पत्रकार महासंघका उपाध्यक्ष यशोदा तिमिल्सिना, केन्द्रीय सदस्य दीपक पाण्डे र सल्लाहकार पोषण केसी केहीबेरका लागि भएपनि साथ दिन आइपुग्नुभयो । एनआरएनका केन्द्रीय महासचिव तेन्जी शेर्पा, सचिव टिबी कार्की, कलाकार भुवन केसी, व्यवसायी गणेशमान लामा र निमा लामा, बैंकर बसुधा पोखरेलले पनि सक्दो सहयोग गर्नुभयो । डकुमेन्ट्री हेरिसकेपछि व्यवसायी होम श्रेष्ठले त एक्लै ४२ हजार ६ सय प्रदान गर्नुभयो, द्वन्द्वपीडित सावित्री श्रेष्ठले ‘पीडाका ५००० दिन’ नामक आफ्नो पुस्तक बिक्रीबाट प्राप्त २५ हजार ५ रुपैंया सहयोग दिनुभयो । पत्रकार महासंघ काठमाडौंका अध्यक्ष गोविन्द चौलागाईं र प्रेस चौतारी उपत्यका कमिटीका अध्यक्ष सन्तराम बिडारीले १०/१० हजार सहयोग गर्ने घोषणा गर्नुभयो । अन्य अतिथिबाट समेत गरी एक घण्टाको कार्यक्रममा नै ९९ हजार १ सय रुपैंया संकलन भएपछि हामी उत्साहित भयौं, पाल्पालीजीको जीवन रक्षाका लागि गरिएको पहिलो कार्यक्रम थियो, जुन एक हदसम्म सफल भयो । त्यही दिन पत्रकार महासंघले पनि पाल्पालीको उपचारार्थ रकम संकलन अभियानको उद्घोष र्गयो, पदाधिकारीहरुले ५ सय रुपैंया प्रदान गरे भन्ने खबर आयो । तर, कति उठ्यो, सार्वजनिक भएको छैन ।
एकजना पत्रकार थलिएका छन् । उनका सिर्जनशील मस्तिष्कमा आज अनिश्चियको बादल मडारिएको छ, दुवै मिर्गौला काम गर्दैन, मधुमेह पनि देखिएको छ । मानिस जन्मिएपछि मृत्यु अवश्वमभावी छ । मृत्युलाई कसैले रोक्न सक्दैन । तर, पाल्पालीजीलाई अल्पायुमै हामीबाट टाढा हुन जोगाउन सक्छौं, त्यसका लागि राजधानीमा रहेका संचारकर्मीहरुबाट मात्रै रकम संकलन गर्ने हो भने पनि पर्याप्त थियो । तर, त्यसो गर्न हामीले चाहेनौं, या चाहेका छैनौं।
नेपाल पत्रकार महासंघ होस या अन्य पेशागत संघसंस्थाका बैठक र कार्यक्रमहरु निकै महंगा हुन्छन् । केन्द्रीय समितिका बैठकमा नाममा डांडाकांडाका सबै होटलहरु भ्याइन्छिन् । खान र पिउन हजारौं खर्च गरिन्छ। राति साथीभाईसंगको जमघटमा हजारौं खर्च गरिन्छ । तर, एकजना श्रमजीवि पत्रकार थला पर्दा हाम्रा पेशागत संघसंस्थाहरुस“ग आवश्यक सहयोग गर्ने सामथ्र्य रहन्न ? हामी प्रेस स्वतन्त्रताको नारामात्रै अलापिरहने कि एकजना सहकर्मी बचाउन तिर पनि लाग्ने ? आफ्नै एकजना सहयोद्धा मृत्युको मुखमा पुग्दा पनि बचाउन नसक्ने हो भने पेशागत संघसंस्था पो किन चाहियो ? संचारजगतलाई चौंथो अंगको उपमा दिने राज्य त झन यस्ता संकटमा निरीह बन्ने गर्छ ।
पत्रकार पाल्पालीको यतिबेला भारतमा उपचार भइरहेको छ । पाल्पाली परिवारलाई खोक्रो आश्वासन चाहिएको हैन, आर्थिक सहयोग चाहिएको छ । साहित्यकार राधेश्याम लेकालीको संयोजकत्वमा पाल्पाली बचाउ अभियान समेत बनेको छ । विभिन्न बैंकमा खाता समेत खोलिएको छ । मृत्युपछि श्रद्धान्जली दिने संस्कार अब अन्त्य गरौं । यही आग्रह छ, पत्रकार पाल्पाली जिउन चाहनुहुन्छ, उहाँलाई बचाउनका लागि आ—आफ्नो क्षेत्रबाट सहयोग गरौं ।