दुईवर्ष अगाडि दसैंमा घर (नेपाल) जाँदा जमलबाट भोटाहिटी लाग्ने चोकमा एउटा अशक्त वृद्धले सहयोगको याचना गरेको प्रसङ मलाई मेरो एकजना साथीले सुनाएका थिए । वृद्ध अलिक चर्को स्वरमा कसैलाई लक्षित गरेर भन्दै थिए । “नारन बाबु केहि सहयोग गर्नुस् नारन बाबुको जय होस् ” नजिकको भलादमीले केही रकम दियो जुन वृद्धले सोचे भन्दा निकै कम थियो ।
वृद्धले फेरी भने “नारन भएर पनि यति थोरै रकम” पछि कुरो बुझ्दा वृद्ध ‘नारन’ भनेको “एनआरएन” भन्न खोजेका रहेछन् । यो प्रसङ्गले बुझ्न सकिन्छ २-२ बर्षमा नेपालमा हुने एनआरएनको सम्मेलनले तारे होटल देखि सडकमा माग्ने सम्मलाई तरङ्गित गर्ने रहेछ ।
दसैंको पछाडि तिहारको अगाडि हुने यो सम्मेलन यो पटक छैटौ सम्मेलन हो । विगतका पाँचवटा सम्मेलन हेर्ने हो भने दसैं मान्ने त्यस पछाडि तारे होटलमा लन्च, ब्रेकफास्ट गर्ने, कार्यक्रम स्थलमा भित्र भन्दा बाहिर बसेर गफिने, एक थान नेता छान्ने र्फकने भन्दा त्यहाँ भएका कार्ययोजनाहरु उपलब्धिमुलुक बन्न सकेका देखिँदैनन् ।
तैपनि नेपालका सवै राष्ट्रिय मिडियामा यो सम्मेलन एउटा ठूलै चाड झै चमक झमकका साथ चित्रित गराइन्छ । अझ केही टेलिभिजन प्रसारणले त यसलाई लाइभ (प्रत्यक्ष प्रसारण) नै गरिदिन्छन् । दर्सैंकहरुलाई खाए खा नखाए घिच भने झै हेर्न बाध्य बनाइन्छ, पाठकहरुलाई पढन बाध्य बनाइन्छ । लोडसेडिङ्गले मोबाइल चार्ज गर्न नपाएका धेरै देसैंबासीलाई टेलिभिजनका ति बहस, यति र उति मेघाबाटको बिजुलिको कुरो र कार्यपत्र, प्रस्तुती कति दिलचस्वी होला त्यो न नेपालका पत्रकारले न विदेसैंबाट आएका “नारन” हरुले नै सोचेका छन् ।
एक दर्जन व्यक्तिबाट सैुंरु भएको यो संस्थाले अहिले ६५ देसैंमा आफ्नो संजाल विस्तार गरिसकेको छ । देसैं विकासैंमा विदेसैंीएका नेपालीहरुलाई पनि संस्थागत रुपमा सहभागि हुन पे्ररित गर्न परोपकारितालाई संस्थागत गर्न, विदेसैंमा सिकेको सिपलाई देसैं भित्रयाउने महत्वपूर्ण पूलको रुपमा कार्य गर्ने पवित्र उद्घेसैंय साथ स्थापना भएको यो संस्था विगत १२ बर्ष कागजी बाघ भन्दा अरु केही हुन नसकेको तथ्य पनि कसैसँग छिपेको छैन् । अहिले एनआरएनमा परोपकारिता र सिप भित्रयाउने भन्दा पनि पैसा भित्रयाउने या डलर भित्रयाउने कुरो बढी हुने गर्दछ । सामुहिक लगानी, हाइड्रो पावरमा लगानी आदि आदि । लाग्छ, यो एउटा संस्था होइन विजिनेसैं कम्पनी हो ।
त्यसो भन्दै गर्दा यस्को लोकप्रियता घट्नु पर्ने हो त्यसको उल्टो यस्को लोकप्रियता बिसौ गुना बढेको छ । प्रत्येक देसैंका राष्ट्रिय कमिटीहरु बन्दा सौहाद्र्घ नेतृत्व छानिएको कतै सुन्न पाइएन् । प्रत्येक देसैंमा सदस्यता विवाद, खुट्टा तानातानको स्थिति, मनमुटाव साथ राष्ट्रिय सम्मेलन सकिएर अहिले अलिकति टाठा बाठा सबै नेपालतिर लागेका छन् । घात–प्रतिघात, झुटको राजनीति सबै तिर असन्तुष्टि बीच संसार भरी बाट झरेका सुकिला मुकिला नारनहरुले केही हप्तालाई भए पनि नेपालका पत्रकारलाई नयाँ मसला मिलेको छ । तर माथि भने झै यी नारनहरुको क्रियाकलाप र कार्यक्रम नेपालमा बस्नलाई खास चासो नहुनु पर्नेमा यसरी प्रस्तुत गरिन्छ मानौ एनआरएनहरु विना अब नेपालमा केही सम्भव छैन ।
विदेसैंमा एनआरएनको नेतृत्वमा पुग्नु भनेको सत्ता प्राप्ती हो झै गरी सो प्राप्तीका लागी तल्लो स्तरको कृयाकलाप गरेर त्यहाँको पुलीस प्रसौंसनकै सहयोग लिनु पर्ने गरी बदनाम गर्नेहरु नेपाल आईपुग्दा एकाएक देसैंभक्ति र राष्ट्रभक्ति बन्न पुग्छन् । जनमुखी सरकारको कार्यपत्र जस्तो गाँउ गाँउमा एनआरएन पुग्ने, प्रत्येक गाँउको अनुहार अव एनआरएनले फेर्ने जस्ता अतिरञ्जित घोषणा पत्र साथ यसरी प्रस्तुत हुन्छन् मानौं देसैं यति निरीह बन्यो की एनआरएनहरुको औला नसमाती अब एक पाइला अगाडि बढ्न सक्दैन । अर्कोतिर कानूनी रुपमा दर्ता सम्म नभएको एउटा संस्थाको उद्घाटन देखि समापन सम्ममा स्वयं देसैंको राष्ट्रपती र राष्ट्रप्रमुख निहुरीमुण्टी ‘न’ भएर आउन हुन्छ की हँुदैन । दर्ता सम्म पनि नभएको संस्थाको कार्यक्रमलाइ देसैंका मिडियाहरुले अनावसैंयक प्राथामिकता दिन हुन्छ कि हुँदैन । यि कुरा विचारणीय छन् । फरक यत्ति हो विचार गरिदिने कोही छैनन्, जमल र भोटाहिटीको चोकमा भेटिएको माग्ने जस्तै सबै जना भूलभुलैयामा छन् ।
उक्त सम्मेलनमा सहभागी हुन पनि नारनहरुलाई कम्ति दौडा दौड छैन । निसिैंचत संख्याका भोटर र प्रतिनिधिहरु मात्र सहभागी हुन पाइने यो सम्मेलनमा आफ्रनो नाम पार्न मिनी नाटकहरु आ–आफ्नै देसैंबाट मञ्चन गरेर आइपुगेका नारनहरु बिच नेतृत्वमा पुग्न चहानेहरुले ठुलै धनरासैंी खर्चिसकेको सुन्न पाइन्छ । आफ्नो देसैंको एनआरएनमा सदस्य सम्म नबनेकाहरु पनि दसैंैको आसपासमा हुने यो अन्तराष्ट्रिय सम्मेलनमा राम्रै रकम तिरेर वा तिराएर भोटर या प्रतिनीधी बन्न लालायीत मात्र होइन सम्मेलन कै लागि मात्र नेपाल आएको भन्न पनि वेर लाउँदैनन् । त्यसैले पनि एनआरएनको सम्मेलनको लागि यो समय भन्दाअरु कुनै समय ठिक हुने कुराहरु पनि अहिले आएका छन् । ताकी अनावसैंयक भिडभाड, एक काज दो पन्थ या पसैुंपतिको यात्रा सिध्राको व्यापार गर्ने नारनहरु भन्दा एनआरएनलाई माया गर्ने एनआरएनहरुको मात्र जमघट हुन सकोस् ।
व्यापारिक संस्थाले परोपकारी काम गर्न मिल्ला तर परोपकारी संस्थाले व्यापारिक काम गरेको सुहाउँदैन । त्यसैले पनि एनआरएन यो कुरामा स्पष्ट हुन सक्नु पर्दछ । अर्कोतिर यति ठूलो कुरा गर्ने संस्था यो वा त्यो बहाना गर्दै बाह्रौ बर्ष सम्म दर्ता नहुनु, दर्ता नभएको संस्थाको प्रमुखले सरकार मै राष्ट्रप्रमुखको आर्थिक सल्लाहाकारको हैसियत खोज्नु र दिनेले दिनु कानुनी राज्यमा नसुहाउनु पर्ने हो । दर्ता नभएको एउटा संस्थालाई जसरी विदेसैंमा एउटा कार्यक्रम स्थल र हल प्राप्त गर्न पनि गाह्रो हुन्छ त्यो कुरा नेपालका मिडियाहरुले बुझाइ दिन सके नारनहरुलाई ठुलै गुन हुने थियो ।
नेपालबाट बिदेसिैंएको एउटा नेपाली अवसरको खोजिमा, सैंैक्षिक योग्यतामा उन्नतोरि गर्न, आफु र आफ्रनो परिवारको आर्थिक हैसियत वा स्थिती दह्रो बनाउने बिदेसिैंएका हुन्छ । राष्ट्रको मुहार फेर्न या राष्ट्रिय चिन्तन बोकेर कोही विदेसिैंएका होइनन् या कोही एनआरएन भएका होइनन् । माथि भनिएका कुराहरु पुरा गर्न नसकेको मानिसले न राष्ट्रको लागि केहि सोच्न सक्छ न समाजको लागि । यो बास्तबिकता मिडीयाहरुले बुझाइदिन सके एनआरएन भनेका झोलाभरि डलर बोकेर आउने नारन हुन भन्ने भ्रम हट्न सक्थ्यो । अर्को तिर आफ्नो हैसियत बिर्सिएका नारनहरुलाई बास्तबिक हैसियतमा आउन पनि मद्धत पुग्थ्यो । यहि वास्तविकता तारे होटल परिसरमा घाम ताप्ने वा भित्र माउसले कम्प्यूटरको पाना पल्टाउने सवैले बुिझदिए अहिले देखिएको पदिय लिगलिगे दौड निसैंचय नै कम हुने थियो ।
तिहार आइपुग्दा नपुग्दै आफ्नै व्यापार भएका एक दुई प्रतिसैंत वाहेक धेरैको छुट्टि लगभग सकिनै लागेको हुन्छ । कर्म भुमीमा फर्कन त्याहाँ पुग्नासाथ त्यहाँका अपुरा काम स्कन र लेटर बक्समा प्रतिक्षा गरिरहेका थुप्रै बिलहरुलाई पार लगाउनु यहि र यस्तै हुन्छन् लगभग ९८% का कथार ब्यथा । त्यसैले विदेसिैंएका नेपालीहरुको अभिभावकत्व ग्रहण गर्दै परोपकारी काममा आफ्ना एजेन्डाहरु केन्द्रित गर्न एनआरएनए सक्षम भयो भने ९८% एनआरएनलाई सहजै समेटन सकिन्छ । नत्र भने भुइफट्टा र बालुवाको बाँध बनाउने कागजी बाघ मै आफुलाई चित्रत गराइ राख्ने हो भने बिगतका पाँच वटा सम्मेलन काठमाडौले देखिसकेको छ । छैठौ सम्मेलनमा पनि आकासैं खस्ने वाला छैन किनकी आकासैं धानेका छौ भन्ने घमण्ड हुटिटयाङले मात्र गर्दछ । फेरी कुरो उही हो गफ धेरै भए तर उपलब्धी उहि “ आए नारन गए नारन ” †
(लेखक द नेपाली टाइम्स अष्ट्रेलियाका सम्पादक हुनुहुन्छ )