ब्यथा विहीवार वेलुकैदेखि लागेको। आमा प्रसव पीडामा हुनुहुन्थ्यो। शुक्रवार विहान पाँच बज्न लाग्दा पनि वच्चा नजन्मिएपछि हजुर आमाले भन्नुभएछ –लु लु जन्मि हाल,पक्कै नातिनै जन्मन्छस,एउटा रेडियो दिउँला। संयोगै होला हजुरआमाले रेडियो दिन्छु भनेको केहि वेरमा च्याहाँ च्याहाँ गर्दै वच्चा जन्मियो। म जन्मेको केहि बर्षमै वुवाले एउटा नेशनल पानासोनिक रेडियो किनेर ल्याउनुभयो।
त्यो रेडियो अझै पनि छ हाम्रो घरमा। त्यो रेडियोको लाइसेन्स पनि थियो। घरमा वन्दुक राख्दा वर्षेनी नविकरण गरेझँै त्यो वेला रेडियोको पनि नविकरण गर्नुपथ्र्यो रे। अझै त्यो लाइसेन्स वुवाले सुरक्षित राख्नुभएको छ। विहान पाँच नवज्दै वुवा उठिसक्नुहुन्थ्यो। रेडियो खोलेर वाहिर वरण्डामा झुण्डयाउनुहुन्थ्यो। अनि गुन्जन्थ्यो रेडियो नेपालवाट सँख ध्वनी।
त्योवेला हाम्रो गाँउका केहि सिमित ब्यक्तिहरुको घरमा मात्र थियो रेडियो। हाम्रो घरमा दिनभर रेडियो वज्थ्यो। स्कुल नजाउन्जेल सम्म म रेडियो सुनेरै वस्थे। स्कुल वाट फर्के पछि पनि प्राय रेडियो सुन्न छुट्दैनथ्यो। त्यसैले स्कुलमा सरहरुले पनि नयाँ कुरा केहि छ कि भनेर मलाई सोधिरहनुहुन्थ्यो।
उहाँहरुलाई वताउनैका लागि पनि मैले रेडियो नेपालको समाचार नियमित सुन्ने गर्थे। त्यसो त त्यो वेला मलाई अपरान्ह पाँच वजे पछि वज्ने वाल कार्यक्रम असाध्यै मन पथ्र्यो। राती वज्ने गीत सँगीतको कार्यक्रम चौतारी सुन्न कहिल्यै नछुटाउने। वुवा समाचार,घटनाविचार,वीवीसी नछुटाई सुन्नुहुन्थ्यो।
उहाँले सुन्दा म वुवाको काखमा वसेर रेडियो सुन्थे। नियमित रेडियो सुन्ने भएकाले पनि होला म जिल्लामा हुने हाजिरी जवाफ प्रतियोगितामा प्राय छानिन्थे। जितेरै आउथे। वक्तृत्वकला प्रतियोगितामा पनि प्राय मलाई हराउन गाहै पथ्र्यो। रेडियोको मोह निक्कै गाढा थियो। अहिले सम्झदा आफैलाई छक्क लाग्छ। वजेट भाषण हुन्थ्यो असारका वेला। असारमा वाउसे काम गर्दा पनि काँघमा रेडियो झुण्डाएर वजेट भाषण सुन्दै काम गर्दै गरिन्थ्यो।
म नौ कक्षा पुगुन्जेल सम्म पनि तोते वोलि वोल्थे। केटाकेटीले तोतेवोलेको ठूलालाई मन परेरै होला मलाई वोल्न लगाइरहन्थे,जिस्क्याइरहन्थे। त्यति वेला आठ कक्षामा पढनेहुदो हुँ। एक दिन स्कुल जादै गर्दा अर्के प्रशँग चलिरहेको थियो मैले फयाटटै भनेछु भविश्यमा म रेडियोमा समाचार भन्नेछु। साथीहरुले मलाई जिस्क्याउनु जिस्क्याए। यस्तो तोते वोल्नेले रेडियोमा समाचार भन्ने ? हो पनि तोते वोल्नेले कसरी समाचार भन्छ त रेडियोमा।
तर अहिले त्यहि तोते वोल्ने विद्यार्थी करिव १३ बर्षदेखि रेडियोमा सकृय छ।
एसएलसी परीक्षा सकेर गाँउ नफकर्दै घरमा दुइवटा पत्र आएका थिए। एउटा मैले पढेको प्राथमिक विद्यालय त्यो वेलाको जनकल्याण प्रावि वाट र अर्को त्यो विद्यालयवाट पास भएर पढेको माध्यमिक विद्यालय त्यो वेलाको मैवाखोला मावि वाट। दुवै पत्रमा एसएलसीको रिजल्ट नआउन्जेल केहि महिना भएपनि स्कुलमा पढाइदिनुपर्ने त्यो वापत केहि खर्च दिने भन्ने आशय पत्रमा थिए।
सधै कक्षामा प्रथम हुने विद्यार्थी भएको नाताले होला दुवै विद्यालयले एसएलसीको परिणाम पछि पनि अध्यन गराओस भन्ने आशय राखेका रहेछन, पछि मात्र थाहा पाँए। गाँउमै वाह कक्षा सम्म पढ्दै स्कुल पनि पढाओस भन्ने कुरा रहेछ। मैले केहि महिना जनकल्याण प्राविमा पढाँए। एसएलसीको रिजल्ट पछाडी हान्निए मोरङको उर्लावारी तर्फ। त्यहाँ मेजर बिषय अग्रेजी र अर्थशास्त्र लिएर पढ्न थाले।
प्रविणता प्रमाणपत्र तह प्रथम बर्ष उर्लावारी क्याम्पसवाट त्यो वर्ष जम्मा चारजना विद्यार्थी उर्तीण भएका थियौ त्यसमा म पनि एकजना थिएँ। स्नातक तह पढन थाल्दा नथाल्दै एक दिन इटहरी आएको थिए। सप्तकोशी एफएम भर्खर भर्खर सुरु भएको थियो। त्यो वेलाका सप्तकोशी एफएमका सम्पादक अग्रज पत्रकार याम प्रधानले सप्तकोशी एफएमका लागि उर्लावारीदेखि सम्वादाता भएर काम गर भन्नुभयो। मैले समाचार पठाउन थाले। समाचार पठाउन थालेको एक वर्ष पनि भएको थिएन २०५९ माघ १८ गते देखि २३ गते सम्म जनकपुरमा भएको नेकपा एमालेको सातौ महाधिवेशनमा रिर्पोटिड गर्ने अवसर मिल्यो।
त्यो वेला सप्तकोशी एफएमवाट जयराम गौतम र मैले सप्तकोशी एफएममा मात्र होइन चितवनको सिनर्जी र पोखराको माछापुछ्रे एफएममा पनि रिर्पोटिड गरयाैँ। रिर्पोटिड निक्कै राम्रो भयो रे। फर्कने वित्तिकै त्यो वेलाका सप्तकोशी एफएमका समाचार प्रमुख अर्जुन उपे्रतिले मलाई डेक्समै आएर काम गर्न प्रस्ताव गर्नुभयो।
मैले पढाई चलिरहेको र पढाई राम्रै भएकाले अहिले जागिर नखाने भनेर उहाँको प्रस्ताव स्वीकार गरिन। तर उहाँले पटक पटक कर करेपछि घर परिवारमा सल्लाह गँरे। मेरा काकाहरु जो, छापा पत्रकारितामा हुनुहुन्थ्यो, उहाँहरुले रेडियोमा अवसर पनि हो आएको अवसरलाई गुम्न नदे भन्ने सल्लाह दिनुभयो।
हुन पनि त्यो वेलामा धेरै रेडियो थिएनन। रेडियोमा वोल्ने भनेपछि निक्कै क्रेज थियो,सम्मान पनि। म डेक्समै आएर काम गर्न राजी भए। सप्तकोशी एफएममा काम गर्न थालेको यतिका बर्ष भयो रेडियो पत्रकारितामा निरन्तर निरन्तर सकृय रहदै आएको छु। त्यो वेला पूर्वमा सप्तकोशी,कोशी र कँचनजघा एफएम मात्र थिए। अहिले त पूर्वका पनि प्रत्येक शहरमा कम्तिमा दुइवटा रेडियो छन। रेडियो खोल्ने लहड र रहर उत्तिकै वढयो एक समय। गाँउ गाँउमा रेडियो खोलिए। अहिले देशभरमा साढेपाँच सय रेडियो घन्किन्छन। ६सय ५२ वढि रेडियोले प्रशारणको अनुमति लिइसकेका छन।
नेपालमा २००३ साल सम्म त सर्वसाधारणले रेडियो सेट राख्न पाउने अनुमति पनि थिएन। २००३ सालमा पदमशमशेरले सर्वसाधारणलाई लाइसेन्स लिएर रेडियो राख्ने अनुमति दिएका हुन। नेपालमा औपचारिक रुपमा २००७ साल चैत २० गते देखि दैनिक चार घण्टा रेडियो नेपाल वाट रेडियो प्रशारण सुरु भएको थियो। तर यस अघिनै राणाविरोधी जनक्रान्तिका क्रममा सुरुमा भोजपुर जिल्ला वाट र पछि विराटनगर जुटमिलको एउटा कोठा वाट रेडियो प्रशारण सुरु गरिएको थियो। २०४६ सालको परिवर्तनको तीन बर्ष पछि राष्टिय प्रशारण ऐन २०४९ वनेपछि मात्र नेपालमा नीजि क्षेत्रलाई रेडियो संचालनको ढोका खुल्यो।
प्रशारण नियमावलि २०५२ वनेपछि २०५४ जेठ ९ मा रेडियो सगरमाथाले प्रशारण सुरु गरयो। जुन दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो हो। नेपालको परिवर्तनको आन्दोलनमा शहर वजार देखि गाँउ गाँउ सम्म खुलेका रेडियोहरुको खुलेर प्रशँशा हुने गरेको छ। भौगोलिक विकटतालाई चिर्ने काम रेडियोहरुलेनै गरेका छन।
जनताको सर्वसुलभ पहुचमा रहेको सँचारको महत्वपूर्ण माध्यम वनेका छन नेपालका एफएम रेडियोहरु। काम गर्दा गर्दै पनि सुन्न सकिने भएकाले जनताको प्रीय माध्यम वनेका छन। विद्युतीय सेवा नपुगेका र निरक्षर ब्यक्तिहरुको लागि त निर्विकल्पनै वनेका छन सूचना,सँगीत,मनोरन्जन,उत्प्रेरणा र अभिप्रेरणा वस्ति वस्ति सम्म पुर्याउन रेडियोहरुको महत्वपूर्ण भूमिका रहदै आएको छ। हाम्रो जस्तो भौगोलिक विषमता र विकटता रहेको देशमा अझै कैयौ वर्ष सम्म रेडियोनै प्रभावकारी सँचारको साधन रहने छ।
विश्व भर आज पाँचौ रेडियो दिवस मनाइदैछ।संयुक्त राष्ट्रसंघको आह्वानमा सन २०१२ देखि हरेक बर्ष फेवु्रअरी १३ का दिन रेडियो दिवस मनाउने गरिएको हो। यो वेला भन्नैपर्छ छयाप्छयाप्ती खुलेका एफएम रेडियोको मुख्य चुनौती भनेको पहिचान र अस्तित्वको संकट हो। अधिकांश रेडियोहरु अध्ययन अनुसन्धाननै नगरि खुलेका छन।
त्यसैले चलिरहेका अन्य रेडियो भन्दा फरक वन्न सकेका छैनन। त्यसैले होला आफनो आवश्यकता पुष्टि गर्न समस्या भएको। धेरै रेडियोहरुलाई कर्मचारीको तलव र दैनिक सँचालन खर्च धान्न पनि मुस्किल परिरहेको अवस्था छ। केहि त यहि कारणले वन्द पनि भइसके। समग्रमा एफएम रेडियोहरु ब्यवासायिक वन्न सकेका छैनन।