‘हामीतपाईँको बच्चालाई बचाउने हरसम्भव कोशिस गर्छौँ । तर ग्यारेन्टीभने दिन सक्दैनौँ।’रुकुमका प्रमोद न्यौपानेलाई आफूले यी शब्द सुन्नु पर्ला भन्ने कहिल्यै लागेको थिएन।
एक महिना अघि मात्र सेभ द चिल्ड्रेनका यी शिक्षाअधिकृतलाई केही सुर्ता थिएन किनभने पहिलो पटक बाबु बन्न लागेका उनले आफ्नी श्रीमतीलाई लिएर प्रत्येक महिना जाँचगर्न अस्पताल पुग्थे। उनकी श्रीमती २४ वर्षिया सीता पहाडीको गर्भमा सन्तान राम्रोसँग हुर्किरहेको थियो।
तर गर्भ रहेको सातौँ महिनामा नसोचेको कुरा भयो। अचानक सीताको ब्लड प्रेसर ह्वात्तै बढ्यो। ‘हामीलाई नेपालगञ्जको अस्पताल रिफर गरिएको थियो, तर सम्पूर्ण स्वास्थ्य सेवापाउने आशमा हामी काठमाडौँ नै आयौँ,’प्रमोदले भने।
राजधानी आइसकेपछि सीताले प्रेसर काबुमा ल्याउन चिकित्सकको सल्लाहमा औषधी पनि खाइन्। तर यसले पनि प्रेसर नघटेपछि चिकित्सकहरु चिन्तित भए।
आमाको स्वास्थ्यमा कुनै असर पर्न नदिन उनीहरुले बच्चालाई तुरुन्त जन्माउनु पर्ने धारणा राखे। ‘प्रेसर बढेर आमाको आँखा वा मिर्गौलामा असर पर्ला वा पक्षघात होला भनेर सबैलाई चिन्ताभयो,’प्रमोद सम्झिन्छन्, ‘मेरी श्रीमती असाध्यै डराइन्। हाम्री बच्चीबाँच्ने कुरामा पनि अन्यौल थियो, सबैकुरा अनिश्चित थियो। तर आमालाई बचाउन हामीले शल्यक्रिया गर्ने निधो गर्यौँ।’
असोजको १५ गते शल्यक्रिया गरेपछि आमाको स्वास्थ्य त खतरा मुक्त भयो।
बच्चा जन्मिने वित्तीकै रुन्छन्, । तर उनीहरुकी छोरी त रुँदै रोइनन्। बाउआमाको सातो नै गयो। उनलाई एनआइसीयु लगियो २८ दिन डाक्टरको निगरानीमा राखेर स्याहार गरे उनीहरुले। जन्मिदा छोरी ९८० ग्रामकी थिइन्।
प्रमोद र सीता छोरी जन्मेकोमा उनीहरु खुसी त थिए तर छिटो स्वस्थ देख्न मन थियो।
अस्पतालमै भएकोले ‘चिकित्सक र स्वास्थ्यकर्मीहरुले नानीलाई स्याहार गर्न सिकाइरहनुहुन्थ्यो,’प्रमोद भन्छन्, ‘नानीलाई घर ल्याएपछि पनि हामीले उहाँले सिकाएको उपायलाई उत्तिकै ध्यान दिएर अपनाएका छौँ,’
समय नपुगीजन्मभएको शिशुलाई सबैभन्दा आवश्यक पोषक आहार, न्यानोपन, सरसफाई र नियमित स्तनपान हो भनेर उनीहरुलाई डाक्टरले सिकाएका थिए। ‘अहिले त छोरीको खान्कीपनि बढेको छ। हामीनानीलाई बेग्लै कोठामा राख्छौँ, कसैलाई छुन दिदैँनौ। हामीदुईजनापनि स्यानिटाइजरले हातधोइराख्छौँ । यसले गर्दा संक्रमणको डर निकै कम हुन्छ।’
प्रमोदलाई सबै भन्दा महत्वपूर्ण लागेको कङ्गारु मदर केयर विधि (मायाको अङ्गालो)हो। शिशुलाई आफ्नो नाङ्गो छातीमा टाँसेर न्यानो राखिरहनुपर्छ। यसरी नानीलाई विशेषगरी आमाले वा अरु अभिभावकले जीउमा राख्नाले तौल पनि चाँडो बढ्ने र शारिरिक र मानसिक वृद्धि पनि छिटो हुने उनले अनुभव गरेका छन्।
सीता र प्रमोदले पालैपालो दिनको आठ घण्टासम्म छोरीलाई आफ्नो छातीमा टाँसेर सुरक्षित महसुस गराउँछन्।
‘यसले गर्दा नानीमा राम्रो परिवर्तन आएको छ,’ प्रमोदले खुसी हुँदै भने ‘आजको उनी २.१ किलो भइसकिन्।’ आफ्नी नानीलाई उचित स्याहार र स्वास्थ्य सुविधाप्रदानगर्ने सेवामा पहुँच भएकाले यी दम्पत्ती प्रसन्न छन्।
यही क्षेत्रमा कामगर्ने प्रमोदलाई त यति गाह्रो भयो भने केही जानकारी र स्वास्थ्य सेवामा पहुँच नभएका परिवारलाई कस्तो कहालीलाग्दो होला?
उनका कुरा सुनेपछि यो विषयमा धेरै जनचेतना बढाउन बाकीँ छ जस्तो मलाई पनि लाग्यो। हरेक दम्पतीलाई गर्भ रहने बित्तिकै अन्य जानकारी सहितसमय नपुगी शिशु जन्मने अवस्था (प्रिमेच्युरिटी), यसका कारणहरु र यसरी जन्मिएको शिशुलाई आवश्यक स्याहारबारे परामर्श दिइनुपर्छ।
आजको दिनमा यो सन्देश निकै सान्दर्भिक छ –किनभने नोवेम्बर १७ लाई धेरै देशमा विश्वप्रिमेच्युरिटी दिवसका रुपमा मनाइन्छ। विभिन्न मुलूकले महिना नपुगी जन्मिएकाशिशु र उनीहरुको परिवारलाई सहयोग गर्नका लागि जनचेतनाअभिवृद्धि, शोध र अनुसन्धान, गर्छन्। यस्ता शिशुलाई उचित स्याहार सुसार प्रदानगर्न सके बाल मृत्युदर पनि निकै घटाउन सकिन्छ।
२०१५ मा महिना नपुगीजन्मिएका कारण पाँचवर्ष मुनिका दशलाखभन्दा बढी बालबालिकाको मृत्यु भयो। नेपालमा मात्र प्रिमेच्युरिटीले उब्जाउने जटिलताका कारण लगभग ४,३०० बालबालिकाले ज्यान गुमाए, जुन संख्याले पाँचवर्ष मुनिका बालबालिकाको मृत्युको १९ प्रतिशत ओगट्छ ।
यी भयानक संख्यालाई घटाउने अभिभारा हामी सबैको हो। नेपाल सरकारले गतवर्षदेखि जनचेतनामूलक कार्यक्रमका माध्यमबाट यसबारे जानकारी फैलाउने कोशिस गर्दै छ। तर यो पर्याप्त छैन। शिशुले अकालमै ज्यानगुमाउने यो कारणबारे सबैले जान्नैपर्छ, सम्भव भए रोकथामकालागि प्रयास गर्नुपर्छ, र शिशु जन्मिहालेमा मिलेसम्मका सबै सेवाप्रदान गर्न पहल पनि गर्नुपर्छ। गर्भ रहने बित्तिकै आमाको पोषणको ख्यालगर्ने, ठीक समयमाजाँच गराइराख्ने र केही जटिलता आएध्यानदिने गरे महिना नपुगी हुने यस्ता जन्महरुमा कमीआउन सक्छ। तर हाम्रो जस्तो देशमा, जहाँ स्वास्थ्य सेवामा पहुँचहुने जनसंङ्ख्या नै अत्यन्त न्यून छ, यो निकै नै चुनौतीपूर्ण काम हो।
प्रमोदले पनि यी कुरा बुझेका छन्। ‘यसबारे थाहाहुने हामीसबैले मिलेर आ–आफ्नो तहबाट पनि यो जानकारी देशका कुनाकाप्चासम्म पु¥याउनै पर्छ। यही ज्ञानले सयौँ जीवन बचाउन सहयोग गर्न सक्छ।’ उनले भने।