बुधबार राति साढे ८ बजेको थियो। हामी सेतोपाटीकै कार्यालयमै बस्ने निर्णय गर्यौ। खाना खानको लागि बाहिर गयौ। म समुन्द्र र कृष्ण खाना खाने पसलमा पुग्यौं। तर, खाना होइन आज बारा खाउँ भन्ने उनीहरूको सल्लाहले बारा पसल खोज्दै अगाडि बढ्यौ।
झम्सिखेल चोकबाट पुल्चोकतिर अगाडि बढ्दै थियौं। तेल हाल्न लाइन लागेका गाडीहरू आर्मीको चिफ सापको निवास अगाडिसम्म पुगेको थियो। पुनरावेदन अदालत अगाडिको पसलमा बारा बन्दै रहेछ। साथीहरूलाई त्यो देखेपछि अरू के चाहियो र?
त्यहाँ हामीले २-२ पिस बारा खायौं। अनि कृष्णले आइसक्रिम खाउ भन्न थाल्यो। त्यो राति कहाँ खुल्ला र भन्दै आइसक्रिम खोज्न फेरि गयौ। आइसक्रिम पसलतिर। एसो रोडमा हेरेको एकातिर बसको लाइन अर्कातिर मोटरसाइकल। आँखाले देखेसम्म मोटरसाइकलको लाइन थियो। पुल्चोकको आकाशे पुलबाट हेर्यौं। फोटो लिनुपर्यो भनेको लाइटले पुगेन राति त्यो पनि क्यामेरा बोकेका थिएनौं। मोबाइलको प्रकाशले त्यति भ्याएन।
साथीहरू यो साँझको मौसम त रमाइलो रै’छ। जाउँ कृष्ण मन्दिरसम्म भने। अनि हो त है भन्दै उतै लाग्यौं। बाटोभरी मोटरसाइकल मात्रै थियो। लाइनमा बसेकाहरू कतिखेर पालो आउँछ भनेर पर्खेर बसेका थिए। एक जना प्रहरीले माइकिङ गर्दै आइरहेका थिए। १० बजेपछि तेल बाढिँदैन। जानकारी गराएको हो। भरे हो-हल्ला गर्न पाउनुहुन्न। लाइनमा भर्खर कलेज पढ्नेदेखि ६० वर्ष नाघेका बृद्धहरू पनि थिए।
यता साझा पेट्रोल पम्पले मोटरसाइकललाई बिलबुकमा छाप लगाएर हरेकलाई ३-३ लिटर तेल दिइरहेको थियो। त्यही भएर लाइन चाडो चाडो सरेकै थियो। जति अगाडि बढ्यौ उतीनै लाइन थियो। ठ्याक्कै कृष्ण मन्दिर अगाडि पुग्दा पनि मान्छेहरू लाइनमै थिए। कोही चाउचाउ खाएर मोटरसाइकल डोहोर्याउँदै थिए त कोही घरमा पकाएको खाना खादै थिए।
‘१० बजेदेखि बन्द गर्छ रे आज पनि पाइने हो कि होइन,’ कृष्ण मन्दिर अगाडि लाइन बसेका एक ब्यक्ति भन्दै थिए। त्यस्तै अर्का एक जनाले भन्दै थिए खै पत्रिकाले लेखेको थियो भोलिदेखि त निजी गाडीलाई तेल नदिने रे अब १० बज्न ४० मिनेट बाँकी छ आज पनि नपाइने भयो, अब बाइक थन्काइन्छ।’
मंगलबजार भित्र गएर कृष्ण मन्दिरको दर्शन गर्यौ। समुन्द्र पहिलो चोटी कृष्ण मन्दिर गएको रे त्यही भएर उसलाई पोज दिएर फोटो खिच्नुपर्यो त्यती राति पनि। २-३ वटा फोटो खिच्यौ।
त्यहाँको वातावरण एकदमै रमाइलो थियो। भूकम्पले भत्काएका संरचनाहरूलाई व्यवस्थित बनाइसकेको रहेछ। कृष्ण मन्दिर अगाडि तार जाली लगाइएको रहेछ। अनि अगाडिको भूकम्पले चर्किएको मन्दिरमा पनि त्यस्तै गरी जाली लगाइएको थियो। त्यती राति पनि कृष्ण मन्दिरमा सितल ताप्नेहरूको भीड बाक्लै थियो मन्दिरमा।
केहीबेर मन्दिरमा बस्यौ। एसो एउटा भत्किएको मन्दिरमा माथि बस्ने ठाउँ बनाइएको रहेछ। त्यही केही बेर बसेर फर्किने निर्णय गर्यौ। मैले भने- जाउँ यार अब गएर एक दुई वटा स्टोरी हेर्नुछ। उनीहरुले हाँस्दै भने जतिखेर पनि स्टोरी कुनै बेला त आफ्नो टाइम पनि निकाल्नु न हौ सर। मलाई हाँस उठ्यो उनीहरू चुप भए। त्यही बेला ल अब यस्तै हो। रात पर्न लागिसक्यो यहाँ बसेर हुन्न बरू त्यो लाइनमा बस्ने २-४ जनासँग कुरा गरेर एउटा स्टोरी बनाउँ। तिमी अंग्रेजीमा बनाउँ म नेपालीमा बनाउँछु मैले कृष्णलाई भने। उसले हाँस्दै भन्यो तपाईसँग त हिड्नै हुन्न जतिखेर पनि स्टोरी स्टोरी। दिउँसो अफिसमा पनि काम यता राति घुम्न निस्किएको बेलामा पनि कामै लौ बा मैले त माने।
हल्ला नगर न मान्छेले यत्रो दुःख पाइएरहेका छन्। के भन्दा रहेछन् यसो बुझौन। राम्रै कुरा गरे भने गएर न्यूज बनाइदिउँला। त्यस्तै कुरा गर्दै मन्दिरबाट फर्कने तयारी गर्दै थियौ। मोटरसाइकलको लाइन कृष्ण मन्दिर कटेर पुलिस बिट नेर पुगेको रहेछ। कोही फर्कने तयारी गर्दै थिए। के गर्ने १० बजेदेखि तेल नदिने रे अब त १० बज्न पनि २५ मिनेट बाँकी छ। लु भयो म चै अब घर गएर सुत्छु,’ एक जना स्कुटर लिएर आएका मान्छेले भने।
गाबाहाल अगाडि दिउँसो चार बजेदेखि लाइनमा बसेका सुबोध थानीले भने,‘ अब तेल भर्न पाइयो भने मोटरसाइकल लगेर थन्काउँछु। ट्यांकी भरि त दिँदैन त्यही तीन लिटर तेलले कति पुग्छ र तेल आउने कहिले हो कहिले कमसेकम ट्यांकी त खिया लाग्दैन। अफिसमा आधा छुट्टी लिएर लाइन लाग्न आएको बताउने उनले सरकारले चाँडै पहलकदमी चाले जनताले दुःख पाउने थिएनन्।’ भने
मान्छेको लाइन घटेको थिएन। अर्को पट्टी रहेको ट्याक्सीको लाइन त चटपनि पटाएको थिएन।
हिजो पनि आयौ। यतिकै फर्कियौ। आज अन्तिम दिन भनेर अफिस बिदा बसेर लाइनमा बसेको पाटन ज्वागलकी श्रुती श्रेष्ठले भनिन्।
‘२ बजे नेपाल बैंक अगाडि बसेको बल्ल यहाँ आइपुगियो खै पाइने हो कि होइन्? आज त पालो आउँदैन होला भोलि दिने हो की होइन यदि दिने हो भने त स्कुटर यही छोडेर जाने थियौ,’ उनले भनिन्।
संविधान बनेको भोलपल्टदेखि जनताले दुःख पाएका छन्। जनताका लागि भनेर संविधान ल्याइयो तर जनताले नै यसरी दुःख पाएका छन् भने यो संविधानको के काम भयो र?’ उनले आक्रोश पोखिन्।
‘अब चाडबाड आउन लाग्यो यस्तो बेलामा पनि हाम्रो देशको यस्तो ताल छ तीन लिटर तेलका लागि यस्तो हैरानी त सायदै कसैले खेप्दैन होला। सरकारले आफ्नो तवरबाट काम त गरिरहेको होला तर चाडै समस्याको समाधान गरेर चाडबाड मान्ने वातावरण बनाइदेओस्,’ उनले सरकारलाई सुझाव पनि दिइन्।
यस्तै पुल्चोकको आकासे पुलमुनी आइपुगेका प्रकाश घिमिरे २ बजेदेखि लाइनमा बसेका थिए। ‘अझै यत्रो लाइन छ आज पाइने हो कि होइन पाए त ठीकै हुन्थ्यो नभए सानागाउँसम्म हिडेर जानुपर्थ्छ,’ उनले भने। सरकारले चाडै सम्मन्धित निकायसँग वार्ता गरेर सहज रूपमा तेल पाइने व्यवस्था मिलाओस् उनको सुझाव पनि यस्तो छ।
यस्तै ४५ सालको नाकाबन्दी पनि भोगेका सनराइज बैंकदेखि लाइनमा बसेका पाटनढोकाका ६० वर्षीय ब्यापारी कुलबहादुर ब्यन्जनकार साढे दुई बजेदेखि लाइन बसेका छन्।
‘यत्रो बेर लाइनमा बसेर पनि तीन लिटर तेल पाइन्छ रे’, उनी भन्छन् ‘अब तेल पाएँ भने पनि फारू गरेर चढ्छु फेरि सात दिनपछि मात्र तेल पाइन्छ।’
सरकारले चाडै इन्डियासँग वार्ता गरेर समस्याको समाधान गरोस भन्ने उनको विचार छ। ‘भारतले यस्तो भूकम्प गएको बेलामा सहयोग गर्नुपर्नेमा झन खोसेर लगेजस्तै भयो,’उनले भने, ‘भूइँचालोले गर्दा सबै कुरा ध्वस्त छ। यस्तो बेलामा पनि भारतले नाकाबन्दी गरेर गर्नै नहुने काम गर्यो।’ सरकारले मधेसी र भारतसँग चाडै वार्ता गरोस् उनको पनि सुझाव छ।
यस्तै साढे १ बजेदेखि लाइनमा बसेर गेटमै पुगेका हरि महर्जनलाई प्रहरीले फर्काइदियो। ‘१० बजिसक्यो भन्दै गेट बन्द गरे। अब भोलि बिहान सात बजे आउनु भन्यो यत्रो बेर लाइनमा बसेँ तेलै पाइएन,’ उनले दुखेसो पोखे। अब बुङ्मतीसम्म हिडेरै जानुपर्यो, डेढ घन्टा लाग्छ होला। फेरि बिहानै आउनुपर्छ।
***
यस्तै बेलामा पम्प अगाडि खटिएका प्रहरीको व्यवहार अभद्र थियो। त्यहाँ लाइन लाग्न पुगेका जो कोहीलाई पनि उनी ठूलो स्वरले गाली गरिरहेका थिए। यहाँ उल्लेख गर्न नमिल्ने शब्दमा गाली गरिरहेका थिए। मैले के भयो दाई भनेर सोधेको मात्र के थिए। तँ मेरो फोटो खिच्न लागेको? किन मेरो फोटो खिच्छस् जाँ न तराइमा गएर खिँच। के म गच्छदारजस्तो देखिन्छु। म मन्त्री हुँ र फोटो खिचेको भन्दै मेरो मोबाइल खोसेर लगे।
सर के भयो किन मेरो मोबाइल खोस्नु भएको दिनुहोस् न भन्दा मेरो फोटो किन खिचिस्। म के मन्त्री जस्तो देखिन्छु। तलाई अनुमति बिना यहाँको फोटो खिच्न कसले भन्यो भन्दै तथानामा गाली गर्न थाले।
काँधमा दुई तारा भिरेका पुल्चोकमै कार्यरत बिक्रम दाहालले मेरो मोबाइल दिने कुरै गरेनन्। सर म पत्रकार हुँ । त्यसमा मैले तपाईको फोटो र भिडियो केही खिचेको छैन। यसमा त लाइन बस्नेहरूको अडियो मात्र रेकर्ड गरेको छु नपत्याए सुन्नुहोस्। तर मेरो मोबाइल फिर्ता दिनु भन्दा उहाँले उल्टै जा मन्त्रीलाई भन्छस् कि कसलाई भन्छस् पत्रकार भएर के भो त यहाँको लाइनको फोटो खिच्ने अधिकार कस्ले दियो तलाई भन्दै उल्टै गाली गर्न थाले।
यति तुच्छ भाषाको प्रयोग गरेकि त्यहाँ लाईनमा भएका एक जना दिदीले किन गाली गरेको जे पायो त्यही बोलेर भन्दा पनि तिमीहरू पनि चुप लाग भन्दै उनीहरूलाई पनि उनले थर्काएर बसे।
परै ठुस्स गन्हाइरहेका उनले छेउमै रहेका अर्का प्रहरीलाई भन्दै थिए, ‘यसले मेरो रेकर्ड गरेको छ सबै डिलिट गरौं त।’
मोबाइल फिर्ता दिने कुनै छाट नै देखाएनन्। मेरै अगाडि सबै धमाधम डिलिट गरे। मोबाइल लिएर हिँडे।
मैले तपाईँहरूको प्रमुख मान्छे को हो भन्नु न म कुरा गर्छु भन्दा तलाई किन चाहियो भन्दै साझाको पम्प भित्र छिरे। म सँग भएको मोबाइल उसले लगेपछि कसैको नम्बर भएन।
समुन्द्रको मोबाइलबाट प्रकाश ढुंगानालाई फोन गरेर पुल्चोकको प्रहरी निरीक्षक हर्क बिकको नम्बर मागेँ। उनले दिएको नम्बरमा फोन गर्दा फोन रिसिब भएन। फेरि प्रकाशलाई नै फोन गरेँ। मेरो पुलिसले मोबाइल लग्यो। यहाँ अरू कसैको नम्बर छैन भनेपछि उसले ललितपुरका एसएसपी पिताम्बर अधिकारीलाई फोन गरेछन्। तर पनि मेरो मोबाइल फिर्ता गर्ने कुनै छाटकाट नै देखाएनन्।
मैले त्यहाँको प्रहरी निरीक्षक सुबोध थापासँग पनि कुरा गरेँ। उनले त राम्रै कुरा गरे। ‘हेर्नु सर म यहाँ आएको भर्खर हो। यहाँको मान्छेको बानी ब्यहोरा थाहा छैन। बोल्दा बोल्दै बढी गर्छन्,’ उनले भने। तर पनि मेरो मोबाइल फिर्ता गर्ने कुरै गरेनन्।
उल्टै यहाँ खिच्न नहुने थियो भनेर पो भन्छन्। यस्तै बिचमा प्रकाशले एसएसपी पिताम्बरलाई फोन गरेछन्। त्यो मेरो मोबाइल लाने पुलिसले अर्कै पुलिसलाई लगाएर मोबाइलमा भएका फोटा अडियो र पुरानो भिडियोहरू(आज त भिडियो खिचेकै थिएन) समेत सबै डिलिट गर्न लगाए।
ती दाहालजीले मलाई मात्र होइन धेरैलाई गाली गरेका रहेछन्। त्यो पनि जे पायो त्यही बोल्न हुने र नहुने। यस्तै गाली खाने पाटनका किशोर कायस्थ पनि रहेछन्। उनले जे पायो त्यही (यहाँ उल्लेख गर्न नमिल्ने शब्द) मा गाली गरिरहेको भेन। उनले पनि ‘यो मान्छे जाँड खाएर यस्तो व्यवहार देखाउँछ, यस्तालाई त कारबाही गर्नेपर्छ,’ भन्दै थिए।
म आज भएको कुरा सबै यहाँको कमान्डरलाई भन्छु भनेर उनैलाई भेट्न गए। प्रकाशले पनि उसलाई फोन गरिसकेका रहेछन्। उसलाई भेट्न जाने बेलामा अर्कै एक जना प्रहरीले करिब ४५ मिनेट पछि मेरो मोबाइल फिर्ता गरे। त्यसमा केहि थिएन। न त रेकर्ड गरेको केही कुरा थियो न फोटो नै त्यहाँ त भिडियो खिचेको थिइनँ। तर मेरो मोबाइलमा भएका सबै भिडियोहरू पनि डिलिट गरेछन्। मोबाइल खाली थियो। केही फोटो र भिडियो अर्कै फोल्डरमा राखेकाले बचे।
कायस्थले मसँग भएको कुराकानीको अडियोको केही अंश रेकर्ड गरेका रेहछन्। उनले मलाई त्यो उपलब्ध गराए। त्यसका लागि उनलाई धन्यवाद। ती प्रहरीको अगाडिको हर्कत पनि उनले भिडियो खिचेका रहेछन्। त्यो पनि उनले मलाई दिए।
बिस्तारै तेल भर्न आएको भीड म भएतिरै आयो। ठूलो हो हल्ला भयो। तेल दिन बन्द भइसकेको थियो। गेट बन्द गर्दै गर्दा एउटा पुलिसले चलाएको बाइक भित्र छिर्यो तेल हाल्यो फर्कियो। कसैले केही भनेनन्।
त्यतीखेर पनि उनै दुई तारे बिक्रम दाहालले आएर किन हल्ला गरेको भन्दै गाली गर्न थाले। प्रहरी निरीक्षक बिकलाई फेरि समुन्द्रको नम्बरबाट फोन गरेँ। उनी त्यही छेउमै रहेछन्। मेरो फोन भन्दा अगाडि उनलाई एसएसपीको फोन आइसकेको रहेछ कि के हो। उनले यो पटक चै फोन उठाए र मन्त्री क्वार्टर जाने बाटोमा छु आउनुहोस् भने।
उनलाई मैले नदेखेर कहाँ हो तपाई भन्दै तिनै इन्पेक्टरलाई फोन गरेँ। उनको फोन बिजी थियो। त्यसपछि युएन अगाडि पुलिसको गाडी रोकिराखेको थियो त्यही गएँ। त्यहाँ पुगेपछि उनैले फोन गरेँ। मैले म चन्द्र भन्ने बित्तिकै सरी सर मेरो स्टाफले जानेन होला उसको तर्फबाट पनि म माफि माग्छु भन्न थाले। उनलाई मैले कुरा भन्नै पाएको थिएन। उनी आफैले त्यस्को कुरा भन्न थाले।
त्यसपछि भएको सबै कुरा सुनाए।
‘यो त ठूलो अपराध हो सर उसलाई म कारबाहीका लागि सिफारिस गर्छु तर तपाई समाचार नलेख्नू। मलाई प्रकाश भाइले पनि फोन गरेको थियो। तपाईहरू त आफ्नै मान्छे त्यो मान्छे अलि त्यस्तै खालको छ। जे पायो त्यही बोल्छ,’ भन्न थाले।
मैले भने, ‘सर समाचार लेख्ने नलेख्ने भन्ने कुरा होइन। म त समाचार बनाउनै आएको हुँ। तर तपाईको मान्छेले मेरो मोबाइलमा खोस्यो। त्यसमै थियो मेरो म्याटर त्यो पनि डिलिट गरिदिए। अनि के लेख्नु त! यहाँ जे भयो त्यही लेख्छु भने।
मोबाइल हेरेँ डायल नम्बरहरू पनि डिलिट गरेका रहेछन्।
‘तपाईँहरूको संगठनलाई मैले दोष दिएको होइन सर तर बिना कारण किन मेरो मोबाइल खोसियो र यहाँ भएका सामाग्रीहरू डिलिट गरियो मात्र भनेको हो,’मैले उनलाई भने, ‘यस्तो अवस्थामा म के गरौ?’
नले अब जे हुनु भइ हालो अबदेखि त्यस्तो हुन्न मलाई एसएसपी सापले पनि फोन गरिसक्नु भयो। यो कुरा चै नलेख्नुहोला भनेर हात समातेर तपाइलाई म न्याय दिलाउँछु भने।
मलाई त यस्तो गर्नुभयो। अरूलाई के गर्नुभयो होला । उहाँ कायस्थजी जस्तालाई पनि दिनुहुँ गाली गर्नुहुन्छ रे तपाईको पुलिसले यही हो तपाईहरूको मुस्कानसहितको सेवा भनेर भनेँ।
उनले अब जे हुनु भइगयो। अब त्यस्तो हुन्न आज एक पटकलाई माफ गरिदिनु होला भने।
मेरोमा त केही रेकर्ड पनि बाँकी थिएन। करिब १५ जनाजतिसँग लाइनमा बसेकाहरूको कुरा गरेको थिएँ। समुन्द्रले केहीको रेकर्ड गरेको रै’छ। अरू केही छैन। मेरो मोबाइल खोसेको बेला कायस्थले केही कुरा गरेको रेकर्ड गरेका रहेछन् त्यो ब्लुतुथबाट सारेर राखेँ। उनले केही समय अगाडि भिडियो पनि खिचेका रहेछन्। तिनै २ तारेको।
उनले दुःखेसो पोख्दै भने, ‘यो पुलिस निकै मै हुँ भन्छ। अस्ती मछिन्द्र नाथको रथ तान्दा पनि जाँड खाएर हल्ला गर्दा हामीलाई गाली गर्दै थियो आज पनि त्यस्तै व्वहार देखायो।’
तेल भर्न २ बजेदेखि लाइनमा बसेकी बसन्तीले पनि ‘यी प्रहरीहरूलाई त कारबाही गर्नै पर्छ झन सजिलो बनाउलाम् भनेको त यस्तो छ, भन्दै थिइन्। ११ बजिसकेको थियो। भीड निकै बढेको थियो।
अनि म पनि तिनै विक सापसँग बिदा भएर अफिस आएँ। उनी अलि वरैसम्म आए र फेरि त्यही कुरा दोहोर्याए।
***
तेलको लाइनमा पेट्रोल भर्न बसेका सर्वसाधारणहरूसँग कुरा गर्न गएको म अन्तिममा प्रहरीबाट यस्तो अपमानित गाली सुन्दै मोबाइल नै खोसाउनु पर्यो। मोबाइलमा भएका फोटा र अडियो तथा भिडियो र डायल नम्बर डिलिट गरिदिए। केका लागि डिलिट गरे त्यो त मलाई थाहा भएन।
प्रहरीलाई मेरो अनुरोध छ- मेरो डिलिट भएका फोटा भिडियो र अडियो त अब आउँदैन होला। तर यस्ता प्रहरी तपाईको विभागमा भए अरू थप जटिलता ल्याउन सक्छ। के उनलाई कारबाही गर्न सक्नुहुन्छ कि उनैले भनेजस्तो जे सुकै गर भन्नुहुन्छ। मैले न्याय पाउनु पर्यो।