भारतले नेपालमा अघोषित रूपमा आर्थिक नाकाबन्दी गरेको अवस्था छ। अर्कोतिर मधेश अान्दोलनको दबाब देखाउँदै सत्तापक्ष र हुनेवाला प्रधानमन्त्रीका उमेद्वारसँग सम्झौता गर्ने कुटनैतिक प्रयास पनि गरिरहेको छ। एकातिर मधेशमा बस्नेसम्पुर्ण नेपालीहरूले कष्ट पाइरहेका छन् भने अर्कोतिर नेपालको आर्थिक क्षेत्र नै ध्वस्त हुने अवस्थामा छ।
तराई क्षेत्रलाई डेढमहिनादेखि बन्द गराउने सबै मधेसवादी भनिएका नेताले मधेसी जनताप्रति देखाएको अहिलेको मोह कति फोस्रो छ भन्ने कुरा अहिले नाकाबन्दी गर्ने सबै मधेशवादी नेताले काठमाडौंमा महल बनाएको कुराले स्पष्ट पार्छ।अान्दोलन गरिरहेका नेतामध्ये धेरैले कैयौं वर्ष मन्त्री भएर सत्ताको स्वाद चाखेका छन्। उनीहरूको सन्तान यतै पढ्छन यै बस्छन्। बन्द भएको मधेसले उनीहरूको दैनिक जीवनलाई केही फरक पर्दैन। अान्दोलन गरिरहेका दलका नेताहरूमध्येउपेन्द्र यादव बाहेक सबै गएको संविधान सभा चुनावमा हारेकाहरु हुन्।
तराईमा भारतले बनाएको बाँध वा बाटोबाट नेपालमा डुबान भएर तराईवासीले दुःख पाउँदा यी नेताहरू चुईक्क बोल्दैनन्। रुपन्देहीदेखि कपिलवस्तुसम्मका खुर्दलोटन, महलीसागर र बजाहसारहरूमा नेपाल-भारत सीमाको केही मिटर पर बाँधनिर्माण गरिएको छ। ती बाँधहरूले वर्षामा नेपालमा ब्यापक डुबान गर्छ र भारतीयको जमीनमा हिउँदमा सिंचाइँ गर्छ। वर्षामा त्यही बाँधको पानीले नेपालका खेतमा रोपेको बाली डुबानमा पर्छ।
नेपालीहरूले ठूलो क्षति ब्यहोरिहरेका छन्। भारतले नदीहरू एक आपसमा जोड्ने बृहत योजना अन्तर्गत बनाएको ठूला बाँधहरू लगायत त्यसका संरचनाले नेपालको तराईलाई डुबानको समस्या ल्याएको छ। उदाहरणको लागि बाँकेको राप्ती नदीदक्षिण अन्तर्राष्ट्रिय सीमाको ४.५ किलोमिटर नजिकै लक्ष्मणपुर बाँध निर्माण गरेको छ। यस्को कल्कल्बा बण्डले त्यस क्षेत्रबाट बग्ने सोतिया र गान्धाली नाला पूर्ण रूपमा थुनेर नेपालको भू-भागमा डुबान गरेको वर्षौं भैसकेको छ। यो निकासखोल्ने सहमति जनाएको पनि १२ वर्षभन्दा बढी भैसकेको छ। यो क्षेत्रका नेपालीहरूले वर्षै पिच्छे डुबान भोगरहेका छन्। तर मधेशका नेताहरूले भारतको यो व्यवहारको कहिल्यै बिरोध गर्दैनन्।
अर्को बाँध कर्णालीमा छ- गिरिजापुर ब्यारेज। यो बाँधको ढोका वर्षामा बन्द गरेर भारतले आफ्नो भुभाग डुबानबाट जोगाउन नेपाली भूभागमा डुबान गर्छ। कर्णाली लगाएर मोहना नदीमा हुने डुबानको कारण यही गिरिजापुर ब्यारेज हो। तरमधेसवादी दलहरूले मधेसमा भएको यो डुबानको बारेमा चुईक्क बोल्दैनन्।
भारतमा गएका नेपालीहरूले ससीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी र गुण्डाहरूबाट दैनिक लुटिनु र हेपिनु परिरहेको हुन्छ। नेपालमा भारत विरोधी जनमत हुनुमा सीमा क्षेत्रमा भोग्नु पर्ने हैरानी पनि एक हो। तर सबै नेपालीहरूले सधैँ भोगिरहनु परेकोयो समस्यामा मधेशका नेताहरु कहिल्यै अान्दोलनको मुद्धा बनाउँदैनन्।
भारतले नेपालमा जहिले पनि जानलागेको कमजोर संस्थापन पक्षसँग मोलतोल र विरोधी शक्तिलाई उचालिरहेको हुन्छ। ताकि उनीहरूले आफ्नो स्वार्थ पुरा गर्न सकुन्। २००७ सालमा राणाहरूसँग सन १९५० को सन्धी गर्यो तर बाहिर संघर्षगरिरहेको कंाग्रेसलाई पनि सहयोग गरिरह्यो। यो क्रम २०४६ सालको जनआन्दोलनसम्म पनि रह्यो। दरबारसँग सन्धीको खाका पेश भयो भने बाहिरका पार्टीहरूलाई सहयोग गर्यो। २०६२-६३ मा पनि भारतले दुवैतिर मोलतोल र सहयोगकोरणनिति कायम राख्यो। भारतले जे निहुँ बनाएर पनि आफ्नो सामरिक र आर्थिक स्वार्थको रणनीति चालिरहेको नै छ। भारतले नेपालमा स्वच्छ पानी र सुरक्षाको स्वार्थको लागि जहिलै पनि षडयन्त्र गरिरहेको छ।
भारतबाट नेपालमा निर्मित कोशी र गण्डक बाँधबाट भारतले लाखौं हेक्टर सिंचाइँ गर्छ। नेपालबाट नियन्त्रित पानी लिएबापत् एक रुपैयाँ पनि नेपाललाई तिर्दैन। डुबान नेपालीहरूले आफ्नो क्षेत्रमा सहनु पर्छ। नेपालको लागि बनाइएको नहरबिग्रिएर झार उम्रिएको हुन्छ। न त यी नहरको मर्मत गर्छ न यथेष्ट पानी नै छोड्छ। नेपालका किसानहरु आकाशे पानीको भरमा खेती गर्छन्, नेपाली पानीले भारतीय क्षेत्रमा सिंचाइँ गरिन्छ। मधेशका किसानले पानी माग गर्दा कहिल्यै वास्तागरिँदैन। नेपालले पानी पाउनु पर्छ भनेर भारतसँग यी नेताहरूबाट कहिल्यै एक शब्द पनि बोलिएको छैन।
अहिलेको प्रदेशको सीमांकनको विवाद पनि कोशी र कर्णाली बाँधहरूको निर्माण स्थलसँग जोडिएको छ। सुनसरी लगायत पहाडी क्षेत्र रहेको उदयपुर पनि २ नं प्रदेशमा चाहियो भन्ने माग कोशी उच्चबाँधसँग जोडिएको छ। कैलालीको क्षेत्र पनिकर्णाली बाँधसँग जोडिएर आएको शंका गरिन्छ।
अहिलेको मधेस अान्दोलनको कारण पनि सत्तापक्षसँग मोलतोल गर्ने नै हो। अान्दोलनकारीका तर्फबाट आउने माग र भारतले दिएको सुझाव उही हुनुले पनि यो पुष्टि गरिसकेको छ। आफ्नो स्वार्थ पुरा गर्ने भारतको उद्देश्य हो- मधेशमा उग्रप्रदर्शन गराउने र सुरक्षाकर्मीलाई हानी पुर्याउने ता की सुरक्षाकर्मीहरुले गोली चलाउन् र धेरैभन्दा धेरै प्रदर्शनकारी हताहत हुन्। यो हत्कण्डा काम नलागेपछि नाकाबन्दीको नाटक मञ्चन गरिएको हो। यो भारतको नेपालप्रतिको षडयन्त्र हो।
राष्ट्रवादी शक्तीले यो संवेदनशील क्षणमा भारतीय षड्यन्त्रलाई चिरेर अगाडि बढ्नु पर्छ। नेपालको राष्ट्रिय हितलाई हानी गर्ने गरी भारतीय स्वार्थमा कुनै पनि हालतमा सम्झौता हुनु हुँदैन। भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा स्थायीसदस्यको लागि समर्थन खोजिरहेको अवस्थामा नेपालले भारतले गरेको नाकाबन्दी लगायतको षडयन्त्रको अन्तर्राष्ट्रियकरण गर्न समेत पछि पर्नु हुँदैन। भारतीय दादागिरीको अन्त्य गर्न यो मौकालाई नेपालले प्रयोग गर्नै पर्छ।