नेपाली फुटबलले २२ वर्षे लामो खडेरीलाई यु–१९ साफ च्याम्पियनले टारेको छ। यो सफलता नेपाली फुटबलको इतिहासमा अविस्मरणीय सफलता हो। उपाधिका लागि दुई दशकभन्दा बढी नेपाली फुटबलले कुर्नु चानचुने कुरा होइन्।
जतिबेला अहिलेका प्रशिक्षक बालगोपाल महर्जन राम्रा खेलाडीमा दरिन्थे। उनैको कालमा प्राप्त ऐतिहासिक सफलताका लागि २२ वर्ष कुर्नु आफैंमा नेपाली फुटबलको लागि चूनौति हो। हरेक पटक उपाधि नजिक पुग्दा पनि नेपालको लागि बाधक भारत नै हुने गरेको थियो।
पछिल्लो समय दक्षिण एसियामा गाभिएको अफगानिस्तान नेपालको लागि अर्को चुनौति दिने राष्ट्र हो। फिफा बरियतामा अफगानिस्तान १३४ स्थानमा पर्छ। जवकी नेपाल ४० अङ्कले पछि छ। भारत भन्दा नेपाल २८ अङ्कले फिफा बरियतामा पछि छ। यस्ता देशका सामू नेपालका खेलाडीहरु शारीरिक र प्राविधिक रुपमा पनि कमजोर मानिन्छन्।
तर, पनि ‘होम ग्राउण्ड’ मा नेपाली फुटबलले २२ वर्षपछि देखाएको सफलतालाई ऐतिहासिक सफलता मान्नै पर्छ। सन् १९९३ को छैठौं साफ च्याम्पियनमा फुटबलमा स्वर्ण पदक विजेता बनेको नेपालले पहिलो पटक भएको यु–१९ साफ च्याम्पियनले फुटबलको स्तरलाईसमेत वृद्धि गरेको छ। उमेर समूहको प्रतियोगितामा यु–१६ को तीनवटा संस्करणमा नेपाल सेमिफाइनल र फाइनलमा पुगेर रोकिएको थियो। इतिहास बनाउने त्यो हारको बदलासमेत यो साफले दिलाएको छ।
सन् १९९३ मा स्वर्णपदक हात पार्दा र २००२ मा एसियन युथ फेस्टिभल यू–१४ कप हाता पार्दा फाइनल प्रतिद्वन्द्वी भारत नै थियो। यो त्यही टीम हो। जसमा गत वर्ष थाइल्यान्डमा एएफसी यू–१६ च्याम्पियनसिप खेलेका अधिकांश खेलाडी थिए। यस्ता खेलाडीहरु सामू नेपाली खेलाडीहरुले देखाएको साहसलाई सल्युट गर्नैपर्छ। यो ऐतिहासिक जित दर्ज गराउने यु–१९ का नेपाली खेलाडीहरु पुरस्कारको भागिदार अवस्य छन्। सरकारले त्यसको मूल्यांकन गर्नुपर्थ्यो, गरेको छ।
तर, सरकार यहाँ नेर जहिल्यै चुक्ने गरेको छ। यु–१९ का अधिकांश खेलाडीहरुको स्तर यहाँसम्म पुर्याउने योगदान के ले गर्यो त्यो तर्फ राज्यको ध्यान अहिलेसम्म जान सकेन् कि?। त्यो योगदानको कसी फिफा अन्तर्गत एएफसीले करोडौंको लगानीमा निर्माण गरेको युवा फुटबल विकास परियोजना अर्थात् गोल प्रोजेक्ट हो। जहाँका उत्पादन हुन् अहिलेका अधिकतम खेलाडीहरु। नेपालको तीन स्थानमा बनेका यी गोल प्रोजेक्टकै उत्पादन मध्येका बिमल घर्ती मगर जो बुटबल गोलप्रोजेक्टका हुन्। हेमन्त थापा मगर जस्ले पेनाल्टी सुटआउटमा एक गोलको योगदान दिए। उनीसमेत धरान गोल प्रोजेक्टका उत्पादन हुन्। अन्जन बिष्टलगायतका अन्य खेलाडी च्यासल ऐकेडेमीका उत्पादन हुन्।
सरकार तत्काल खेलाडीलाई सान्तवना प्रदान गर्न जनही एक–एक लाख रूपैयाँले पुरस्कृत गर्नु ठीक होला। तर, उपलब्धीलाई संस्थागत गर्न खेलाडी उत्पादनमा ध्यान दिनै पर्छ। हाल भइरहेको एकेडेमीहरुलाई सञ्चालनमा ध्यान दिनैपर्छ।
करोडमा लगानी भएका ती गोल प्रोजेक्टलाई सञ्चालन गर। ताकि अहिलेका बिमल, हेमन्त, अञ्जन जस्ता योग्य खेलाडीहरु उत्पादन हुन्छन्। र, भविश्यमा यस्ता प्रतियोगिता जित्नका २२–२२ वर्ष पर्खनु पर्दैन्। फिफा बरियतामा नेपाल भुटानभन्दा पछि छ। कुनै बेला यो र्यांक धेरै माथि थियो। पछिल्लो समय दिनानुदिन खस्किरहेको छ। फुटबलमा भइरहेको राजनीति र विवादबाट नेपाली फुटबल माथि उठ्न सकेको छैन्। यो भन्दा अलग नराखेसम्म फुटबलको विकास असम्भवप्रायः छ। कुनै पनि दिर्घकालीन सफलतालाई चुम्नका लागि नयाँ खेलाडीको आवश्यकता हुन्छ। त्यसका लागि भइरहेको संरचना र फुटबल बिकासको लागि राखिएका त्यस्ता परियोजनाहरुलाई बेलैमा सूचारु गर्नुपर्छ। अन्यथा २२ वर्ष पछिको शाख जोगाउन बिमलहरु जन्मने छैनन्।
बिमल जस्ता योग्य खेलाडी जन्माउनको लागि उत्पादनमा ध्यान दिनुपर्छ। युवा फुटबल विकास परियोजनालाई सञ्चालनमा ल्याउनु पर्छ।
जहाँका उत्पादनले २२ बर्षे खडेरीलाई पूरा गरे। बिमल यस्ता खेलाडीमा दर्ज छन्। जो विदेशमा अनुबन्ध भएका एकमात्रै नेपाली खेलाडी हुन्। जर्मनको एण्डरचेल्त, केआरसी जेन्क हुँदै बुग्गी केभीबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। सरकारको दायित्व नयाँ खेलाडीहरुलाई आशा जगाइदिनु हो। जहाँ रहेर आफ्नो भविश्य सुनिश्चित हुन्छ भनेर भन्नु पनि हो। यदी कुनै युवाले फुटबलमा केही हुदैन भन्ने मात्रै ठान्छ भने उस्को प्यासन फुटबल नबन्न सक्छ। त्यो प्यासनलाई थप मलजल गर्ने दायित्व राज्यको हो। त्यहाँको सरकारको हो। फुटबलमा जसरी अहिले विवादको खाडलमा छ। यो खाडललाई चिर्ने दायित्व पनि राज्यकै हो। योग्य फुटबलरहरु जन्माउन हरेक जिल्लामा एकेडेमीहरु निर्माणमा ध्यान दिनुपर्छ। एक जिल्ला एक एकेडेमी निर्माण भएमा र खेलाडीहरुले फुटबलमा आफ्नो भविश्य देखेमा पक्कै उनीहरु पलायन हुनबाट रोकिन्छन्। त्यो सरकारको लागि उपलब्धी हुने छ। जसरी दुईदशकको खडेरी टरेको छ। त्यसका लागि यत्तिका वर्ष कुर्नु पर्दैन्। फुटबलका विज्ञहरु भन्छन् …उत्पादनमा जति बल दियो त्यति नै उत्कृष्ट खेलाडीहरु केन्द्रसम्म आइपुग्छन् र उनीहरुले आफू भित्रको क्षमता प्रस्तुत गर्छन्।'
तर, गएको २०६८ सालपछि हाल भइरहेको धरान एकेडेमी, ललितपुरको च्यासल एकेडेमी, र बुटबल एकेडेमी बन्द छ। गोल प्रोजेक्ट अन्तर्गत एएफसीले तीनवटा गोल प्रोजेक्टको लागि साढे ४ करोड खर्च गरेको थियो। तर, अहिले यी एकेडेमीहरु जिर्णोद्धार बन्दै छन्। २०६१ मा सम्पन्न भएको धरान एकेडेमी २०६४ मा सञ्चालनमा आयो। २०६४–२०६८ सम्म चारवर्षको लागि एकेडेमीमा खेलाडीहरु भर्ती भए। त्यही खेलाडी मध्येका हेमन्त अहिले अण्डर १९ मा खेलिरहेका छन्। केही भविश्य नदेखेपछि पलायन भए। हो, यही पलायनतालाई राज्यले रोक्नु पर्छ। राज्यले एकपटकको सफलतामा पुरस्कृत गर्नुको सट्टा उत्पादनमा बल लगाउनु पर्छ। तर, सान्तवना दिन पनि राज्य चुक्नु हुदैन।