एक दशकअघिमात्रैको कुरा हो, एसएलसीको नतिजा हेर्न दिनौ पर्खनपथ्र्यो । आइरन गेटको रुपमा चर्चा गरिने एसएलसीको नतिजा आउनु हप्तादिनदेखि नै यसको चर्चा सुरु हुन्थ्यो अनि आएको हप्तौसम्म नतिजा कन्फर्म गर्नै लाग्थ्यो । गोरखापत्रमा प्रकाशित हुने नतिजा हेर्नको लागि शहर बजारमा गएर लाइन लागेर पत्रिका किन्ने र हेर्ने गनुपरेको तपाइ हामिलाइ थाहा नै छ । आजभोलि हेनुर्स त, त्यो जमना र नतिजा हेर्ने शैलीमा कसरी आमुल परिवर्तन आएको छ । एसएलसीको नतिजा हेर्ने क्रममा तपाइहरुको पनि आ आफनै अनुभव हुनसक्छन्।
हुन त आजभोलिको एसएलसीको नतिजा पहिलेजस्तो ठूलो चर्चाको विषय हुँदैन। अब एसएलसीमा सबैजना उतिर्ण गराउने निर्णयले यसको चर्चा अझ सेलाउला। तर प्रविधिले ल्याएको यो परिवर्तन सेलाउदैन। गोरखापत्र पश्चात हिमालयन र अन्य स्थानिय पत्रिकाहरुले पनि एसएलसीको नतिजा प्रकाशन गर्न थालेको थियो केहि समयअघि । फेरि त्यसभन्दा द्रुत्तगतिमा क्षणभरमै नतिजा थाहा पाउनै सिस्टमहरु विकास हुँदै जादा पत्रिकाको नतिजा त्यति प्रभावकारी देखिएन।
केहि वर्षदेखि एसएमएस र वेबसाइट नै प्रभावकारी माध्यम भए एसएलसीको नतिजाको लागि ।
यस वर्षको नतिजा शुक्रबार प्रकाशन भयो, केहि सञ्चार माध्यमहरुमा विज्ञापन गरि आफ्नो एसएमएस सर्भिसबाट तुरुन्त रिजल्ट पैदान गर्ने, त्यसको लागि रजिस्टर गर्नुस भनेर सुचनाहरु प्रकाशन भएका थिए। यो एक किसिमको व्यापार पनि हो र सेवा पनि । तर तपाइले आधिकारिक रुपमा कस कसले नतिजा प्रकाशन गर्ने अनुमति लिएका छन र कसरी हेर्दा सहज हुन्छ भन्ने कुरा भने बुझिरहनुपर्दछ।
अब स्मार्टफोनमा नम्बर घुमाएको र एसएमएस गरेको भरमा मोवाइलमै नतिजा प्राप्त हुने यो प्रविधि ल्याएको स्मार्ट शैली हो। अब एसएमएस र वेबसाइट नै खोलिरहनु पर्ने झन्झटबाट पनि मुत्ति दिदैछ मोवाइल एपले। एसएमएसको क्षेत्रमा लामो अनुभव संगालेको स्पारो एसएमएसले एसएलसी कै नतिजालाई लक्षित गरेर अफलाइनमा पनि रिजल्ट हेर्न सकिने गरि मोवाइल एप सार्वजनिक गरेको छ।
तपाइ इन्टरनेटकको सहज पहुँचमा हुनुहुन्छ भने वेबसाइट नै प्रभाकारी माध्यम हुनसक्छ। तर नेपालमा वेबसाइटहरुको होस्टिङ त्यती गुणस्तरिय नभएका कारण एकैपटक सबैले हेर्न खोज्दा साइट डाउन हुनसक्ने समस्याहरु छन्। नतिजा हेर्नको लागि आधा दर्जन वेबसाइटहरु तपाइले ख्याल गरिरहनुभए हुन्छ। शिक्षा मन्त्रालयको आधिकारिक वेबसाइट र शिक्षा विभाग सानोठिमी भत्तपुरको वेबसाइटमा पनि नतिजा हेर्न सकिनेछ।
त्यसैगरी परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको वेबसाइट आधिकारिक सरकारी वेबसाइट हुन्। नेपाल टेलिकमको सेवा एसएलसीको नतिजा हेर्न सकिने अर्को प्रभावकारी विकल्प हो। नेपाल टेलिकम लगायत विभागले मार्कसिट सहित नतिजा उपलब्ध गराउदछन । नेपाल टेलिकमको वेबसाइटमा मार्कसिट सहित नतिजा प्रकाशन हुने भएकाले पनि धेरैले यसको भर पर्ने गर्दछन्।
यससगै एजुसञ्जाल डट कम लगायत केहि निजी क्षेत्रबाट सञ्चालित शिक्षा सम्वन्धीका वेबसाइटहरुमा पनि नतिजा प्रकाशन गर्ने गरिन्छ । नतिजा प्रकाशन भएपछि सबैले आफ्नो वेबसाइटको भिजिट बढाउनलाइ यहाँबाट नतिजा हेर्न सकिने भनेर प्रचार गरिरहेका हुन्छन, तर ति सबै आधिकारिक नतिजा प्रकाशन गर्ने वेबसाइट हैनन्।
टेलिकम, विभागको वेबसाइटमा रिडाइरेक्ट गरेर आफ्नो होमपेज नतिजाको लिंक राखेका हुन्छन धेरैले । त्यसैले पनि अरु धेरै वेबसाइट हेरि समय बर्बाद गरिरहनु आवश्यक छैन।
अब कुरा गरौ एसएमएसको । एसएलसीबाट नतिजा प्रकाशन हुन थालेको धेरै समय भएको छैन तर यो प्रभावकारी माध्यम बनेको छ । दुरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा ४० प्रतिशतमा इन्टरनेट (जिपिआरएस सेवा सहित) इन्टरनेट पहुच र ९५ प्रतिशत बढि मोवाइलको पहुच रहेको उल्लेख छ । यसर्थ हात हातमा मोवाइल भएका कारण एसएमएस सेवा प्रभावकारी भइरहेको छ । एसएलसीबाट नतिजा प्रकाशन गर्ने एक दर्जनबढि सस्थाहरुले अनुमती लिएका थिए। यसमध्ये नेपाल टेलिकमको् १६००, स्पारो एसएमएसको ५००१, टेलिटक प्रालिको ५२२५, फोकसवानको ५५६६, आप्का नेपालको ७७२२, कान्तिपुर मिडिया ग्रुपको ३३३ एसएमएस नम्बरहरुले नतिजा प्रकाशन गर्ने तयारी गरेका छन । नतिजा हेर्न यि नम्बरहरुमा मोवाइलको म्यासेज बक्समा गइ SLC लेखि आफ्नो सिम्बोल नम्बर लेखेर एसएमएस गर्न सकिनेछ।
एसएमएस सेवामा कतिपय सर्भिस प्रोभाइडरले एसएमएस शुल्क नै उल्लेख नगरि विज्ञापन गरिरहेका हुन्छन । निजी क्षेत्रका एसएमएस सेवा प्रदायकहरु कसैलै ३ रुपैया, कसैले ५ रुपैया लिने गर्दछन । नेपाल टेलिकमको सेवा केहि सस्तो छ । यसर्थ नतिजा थाहा पाउने होडमा फेसबुक र अन्य माध्यममा गरिएका अनावश्यक विज्ञापनतर्फ नभइ शिक्षा मन्त्रालयले स्विकृती दिएका वेबसाइट, एसएमएस, आइभिआर र एप मार्फत नतिजा हेर्नु भए कुनै झन्झट र खर्चिलो हुने छैन ।
यो सगै नेपाल टेलिकमको १६०० नम्बरमा फोन डायल गरेरपनि आइभिआर प्रविधिबाट नतिजा सुन्न सकिन्छ । नतिजा हेर्ने शैलीलाइ अझ स्मार्ट बनाउदै जानकी टेक्नोलोजी प्रा.लिले स्पारो एसएमएसको मोवाइल एप्लिकेशन नै प्ले स्टोरमा उपलब्ध गराइसकेको छ । स्मार्टफोनमा उक्त एप इन्स्टल गरेपश्चात एमएमएस गर्ने सुविधा दिइएको छ, त्यहाबाट बिना इन्टरनेट नै नतिजा थाहा पाउन सकिने कम्पनीले जनाएको छ ।
यस वर्ष परिक्षामा ५ लाख ७१ ह्जार विद्यार्थीहरु सहभागी भएका थिए। नियमित तर्फ ४ लाख २६ हजार विद्यार्थीहरु रहेका थिए भने प्राविधिक तर्फ ३ हजार २ सय ८८ विद्यार्थीले परीक्षा दिएका थिए।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसअनुसार १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् ।
शुक्रबार प्रकाशित नतिजा अनुसार परीक्षार्थी मध्ये नियमिततर्फ १ लाख ९२ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । जसमध्ये छात्रतर्फ १ लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना उत्तीर्ण भएका छन् ।
विशिष्ट श्रेणीमा २१ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजार ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन्।
प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा छात्रतर्फ ५२ हजार ५ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्राको संख्या ३८ हजार १ सय ७१ रहेको छ ।
त्यसैगरी दोस्रो श्रेणीमा छात्रतर्फ ४२ हजार १ सय ७६ र छात्रातर्फ ३४ हजार ३ सय ६ गरी कुल ७६ हजार ४ सय ८२ जना उत्तीर्ण भएका छन् ।
तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा छात्रतर्फ २ हजार ४ सय ३६ जना उत्तीर्ण छन् भने छात्रा १ हजार ९ सय २६ छन् ।
प्राविधिक तर्फका विद्यार्थीहरु सबै उतिर्ण गराउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । एसएलसी परीक्षामा पास हुनु भएका सबै भाइबहिनीहरुलाइ शुभकामना।
razan@livingwithict.com