दैनिक छ सय गरिब र निमुखा जनता अस्पताल पुग्नै नपाइ ज्यान गुमाउँदछन। केही समयपहिल अनलाइन दैनिक सेतोपाटीमा समाचार पढेको थिएँ। नेपाल सरकारले यस्तो तथ्याङ्क किन राखेको होला भनेर मैले थाहा पाएकै थिइन। न त हाम्रो सरकारलाई स्वास्थ्य जाँच र उपचार जनताको घरघरमा पुर्याउँनु छ? न त गरिव र निमुखा जनताको लागि स्वास्थ्य–बिमाको कुनै कार्यक्रम छ। यो तथ्याङ्कको खासै औचित्य देखेको थिइन, मैले।
तर, अस्ति एकाएक मेरो दिमागमा रहस्यको घन्टी बज्यो। छिमेकि मुलुक भारतमा स्वाइ फ्लु अर्थात मौसमि इन्फ्लुएन्जा …ए' (एच१पेन्डेमिक ००९) ले भहामारीको रूपलियो। र, भारतमा छ सय जना भन्दा बडि बिरामीहरू मरे, त्यही महामारीले। र, १० हजार भन्दा बडि शंक्रमित छन भन्ने सामाचार सुनियो।
यस्तो समाचार सुनेपछि नेपालीहरूलाई चिन्ता नहुने कुरैभएन। नेपाल भारतसित खुल्ला सीमाना जोडिएको देश हो। पश्चिम नेपालका अधिकांश मान्छेहरू भारतीय बजारमा निरभर रहने गरेको पाँइन्छ। खाद्य र दैनिक उपभोग्य वस्तुमात्रै होइन, पश्चिम नेपालका जनताहरूको रोजगारीको मुख्य भूमिपनि भारत नै हो। त्यसअर्थमा नेपालमा पनि स्वाइन फ्लूको प्रकोप बढ्ने पक्कापक्कि नै थियो।
त्यसैले विदेशतिर बस्ने हामीसाथीहरूले घरघरमा फोन गरेर सजग गरायौं। तर, प्रायः कसैलाई पनि त्यसमो बारेमा थाहा नै रहेनछ। यत्रो महामारी, जो नेपालमा फैलन सक्ने सत्प्रतिशत सम्भावनाछ, तर नेपालसरकारको लागि त्यति महत्वको विषय बन्न सकेको थिएन। र, यत्तिका दिन बितिसक्दापनि नेपालसरकार त्यति गम्भीर भएजस्तो देखिँदैन।
चितवनस्थित भरतपुर अस्पतालबाट नमुना परिक्षणका लागि पठाइएका मध्य चारजना विमारी स्वाइन फ्लूप्रभावित भएको थाहा भएपनि मात्रै नेपालमा त्यसको बारेमा फाट्टफुट्ट चर्चा हुन थाल्यो। र, अहिले बिरामी संङख्या १७ पुगिसकेको छ।
ती चारजना बिरामीमा स्वाइन फ्लुको संक्रमण देखियो भन्ने समाचार प्रसारण गरियो। र, त्यसैको साथमा नेपाल सरकारसित त्यस्तो आकस्मिक महामारीकोलागि सूको पनि बजेट नभएको समाचार सँगसँगै प्रसारण गरियो।
हामीसित छक्क पर्नुभन्दा अरु गर्नसक्ने कुरै थिएन? सबैजना छक्क पर्यौ। र, आ–आफ्नो घरमा फोन गरेर, अत्यन्त चनाखो र सतर्क रहन सल्लाह दियौं। बजारमा माछामासु नखान, घुलमिल नगर्न, टाडै बसेर गफ गर्न, हातमिलाउँनुको सट्टा नमस्कार गरेर अभिबादन साटासाटगर्न र मास्कलगाएर मात्रै सार्बजनिक ठाउँमा जान सल्लाहा दियौं।
तर, मन किन मान्थ्यो र? नानावलीको कुराहरू खेलिरहे मनमा। स्वाइन फ्लुको उपचार गर्न सूको नहुनु र दैनिक छ सय जना अस्पतालको मुखै नदेखि मर्नुपर्ने, नेपाल सरकारको यस्तो तथ्याङ्कको रहस्य के हो?
के साँच्चै नेपाल सरकारसित जनताको उपचार गर्न सूको पनि बजेट नभएकै हो? कि सरकार अस्पताल पुग्नै नपाइ मर्ने, छ सयजनाको पुरानो तथ्याङ्कमा अझै बृद्धि गर्न चाहान्छ? किनभने नेपाल सरकारसित बाध्यतावस राख्नुपरेको अर्को तथ्याङ्क पनि रहेछ। जस्ले सूको नभएको भन्ने कुराको पुष्टि गर्दैन।
नेपालको सरकारले वाद्यताबस राखेको इलिट–भीखारीहरूको तथ्याङ्कको कथा यस्तो रहेछ। नेपालका प्रधानमन्त्री शुशिल कोइरालाको उपचार खर्च १५ करोड, एमाले नेता केपि ओलीको लगभग २ करोड। चक्र वास्तोलाको ५० लाख। विशेष अदालतले २ करोड भन्दा धेरै भ्रष्टाचार गरेको ठहर गरेका काङ्ग्रस नेता गोविन्द राज जोसीले २८ लाख र राष्ट्रपतिले आद्राको दागको उपचार गर्न भनेर ६० लाख लिएका रहेछन।
त्यसैगरि रामचन्द्रपत्नी, गोपालमान श्रेष्टका ससुरा, माओवादी कि उर्मिला अर्यालको पाठेघरको उपचार, कामरेड झलनाथको निमोनिया र पिसाव नलीको खर्च यी सबै गर्दाखेरि शुशिल कोइराला प्रधानमन्त्री भए यता चारपाँचजना नेताहरूको लागि ५० करोड भन्दा बढि उपचार खर्च बाँडिएको रहेछ।
यी इलिट–भिखारीहरूको उपचारकोलागि नेपालका स्वस्थ्य र अर्थमन्त्रालयमा कहिल्यै पनि पैसाको खाँचो भएन। स्वस्थ्यमन्त्री यिनीहरूलाई हाछ््यु आउला कि, खोकि लाग्ला कि, पिसाप पोल्छ कि, कतै चस्स दुखि पो हाल्छ कि भनेर चौविसै घण्टा …स्टेण्ड–बाइ' हुन्छन।
इलिट भिखारीहरूको लागि कराडौ खर्चगर्न सक्ने सरकार, स्वाइन फ्लु जस्तो माहामारीको लागि सरकारसित सूको पनि छैन भन्दै छ, किन?
एउटा कथा सडकको पनि छ– मन्दीरको पेटीमा बसेर भीख माग्ने मान्छेहरूले पनि सडक–अख्तियारको दूरुपयोग गर्छन, अरे। कतिपय अपाङ्गहरू खाटो बसेको घाउमा रुवाको लेपन लगाउँछन र रगत जस्तै रातो रङ्गले भिजाएर आलोघाउ जस्तै बनाउँछन। र, मन्दीरको पेटिमा बसेर भावविभोर हुदै पीडाहरू पोख्दछन। ऐया र आथो गर्छन। ता कि बटुवाहरू र दर्शनाभिलाशीहरूको मनलाई छुन सकियोस र दयाको भिखमा केही बृद्धि होस।
अझ छिमेकि मुलुकतिर त भिखमाग्ने ब्यवसाय नै हुन्छ, भन्ने सुनिन्छ। कयौ मानव तस्करहरू कृतिम भिखारीहरूको उत्पादन गरेर सडकपेटीमा भीख माग्न बाद्य बनाउँने गरेको घटनापनि प्रशस्त सुनिन्छ। सपा्रङ्ग बालबालिकालाई अपाङ्ग बनाएर सडकपेटिमा भीख माग्नलाउँने गरेका घटनाहरूपनि सुनिन्छन। हो, राज्यसत्ता जनउत्तरयी नभएसम्म सडक–पेटिका यस्ता कथाहरू पनि जन्मिरहन्छन।
यही कथासित मिल्दोजुल्दो छ नेपालसरकारको कथा पनि। नेपाल सरकारसित बजेट हुँदैन यतिबेला। किनभने स्वास्थ्यमाफियाहरूको लुट्ने चाडबाडको समय हो यो। सम्बन्धन दिने बेलामा ठुलो रकम लिएर सरकारले माफियाहरूसित एग्रिमेन्ट गरेको हुन्छ। माहामारीको चाडबाडको बेला सरकारले स्वास्थ्यमा अनुदान दिनेछैन, भनेर।
यसो गर्दा नेताहरूलाई दुईटा फाइदा हुन्छ।
पहिलो फाइदा– सरकारसित बजेट हुँदैन त्यसैले प्राइभेट अस्पतालमा रिफर गरिन्छ। घरजग्गा हुनेले बेचेर उपचार गर्नुपर्छ। त्यसको बदलामा आफियाहरूबाट कमिशन, दाइज्व या उपहारको रूपमा नेताहरूको पनि एउटा घर ठडिन्छ।
दोश्रो फाइदा– प्राइभेट अस्पतालमा उपचार गर्न नसकेर मरेकाहरूको लाश अगाडि राखेर सरकार क्वाक्वा रुन्छ। यसबाटपनि दुईवटै फाइदा हुन्छ। पहिलो– जनतालाई आफ्नो नेता हामीलाई कतिधेरै माया गर्दोरहेछ भन्ने पर्छ। जनता सँधै आफ्ना भैरहन्छन। दोश्रो– विदेशी सरकार र संघसंस्थानहरूले स्वस्थ्य उपचारार्थ ठूलो रकमको भिख अनुदान दिन्छन। र, अर्को पटकलाई निमोनिया र किड्निको ओखतिखान बिदेश जाने खर्चको जोहो हुन्छ।
यता जनता भगवान भरोषा, बाच्नु परिरहेकोछ। आफ्नो देशमा, आफ्नो गाउँघरमा, आफ्ना इस्टमित्रहरूको बीचमा बसेका परिवार सुरक्षित छन, भनेर हामी कोहीपनि ढुक्क हुन सकेका छैनौं।
कहिलेकहीँ पार्टीका नेताका चाकरहरू भन्थे, पोजेटिभ सोच्नुपर्छ। विरोधमात्रै गरेर हुँदैन। तर, यस्तो बेलामा कसरी पोजेटिभ सोच्नु? हामी कसैले पनि जानेनौ।
हामी बिदेशिएका नेपालीहरूले अहोरात्र श्रमगरेर बैदेशिक मुद्राआर्जगरि आफ्नो देशको अर्थतन्त्रको धुकधुकि धानिराखेका छौ। हाम्रा परिवार जनको सुरक्षा गर्नु सरकारको दाइत्व हो कि होइन? ती निमुखा, गरिब र दुःखी जनताको सुरक्षाको उपचारको ग्यारेन्टी कस्ले गर्ने? राज्यले जिम्मा लिनुपर्छ कि पर्दैन?
राज्य कस्तो वर्गको पक्षधर हुनुपर्छ? राज्यको सहयोग कस्तो वर्गलाई चाहिएको छ? ती छ सयजनाको लागि जो अस्पताल नै नपुगि मर्छन या ती इलिट वर्ग जो राजनीतिलाई व्यावसाय बनाएर राताराता धनाढ्य भएकाछन?
मान्छेहरू किन छँदाखादाको पुर्खौली सम्पति बेचेर, आफ्ना लालावाला, बूडाबूडी भएका आमाबूबा लिएर विदेशतिर जान्छन। चुपचाप, केहीनबोली कन। के उनीहरूले भन्ने गरेको पोजेटिभ सोच यहि हो?
के राज्य यही चाहान्छ कि हामी सबै चुपचाप केही नबोलीकन, आफ्ना परिवार लिएर बिदेसिउँ? कस्ले दिन्छ यस्को उत्तर?