कुनै अबला एकान्तमा बलात्कृत भइन्। भएका गहना पनि लुटेर चोर भाग्यो। केही क्षणपछि अर्को व्यक्ति त्यहीँ आइपुग्यो। उसले सबै कपडा च्यातिएर दयनीय अवस्थामा परेकी सुन्दरीलार्इ भर्खरै किनेका नयाँ लुगा लगाउन दियो र उनको इच्छाबमोजिम घर पुर्यारइदियो। उनी पुलिस र अस्पतालको चक्करमा पर्न चाहिनन्। श्रीमती बलात्कृत भएको कुराले श्रीमान् टेढिन सक्थ्यो, छोड्न सक्थ्यो।
धर्म कि पुण्य ?
माथिको घटनामा धर्मात्मा को हो भनेर सोध्ने हो भने जो कोहीले पनि सहजै उत्तर दिनेछ( दोश्रो व्यक्ति नै धार्मिक हो । मेरो उत्तर हुनेछ(दुवै धार्मिक हुन् । पहिलो व्यक्तिले जुन धर्म (व्यवहार)गर्यो्, त्यो सामाजिक दृष्टिले अति घृणित थियो, त्यसैले त्यो खराब हो। तर दोश्रोको धर्म सामाजिक दृष्टिले राम्रो थियो, त्यसैले त्यो असल हो।
यी दुर्इबीच फरक के हो भने समाजले जस्तो रुपमा हेरे पनि वास्तविकतामा पहिलोले पाप गर्योह, दोश्रोले पुण्य । पहिलो अमानवीय हो भने दोश्रो मानवीय । फेरि दोहोर्याधउँ( धर्म भने दुवैले गरे । धर्मभित्र पाप र पुण्य दुवै अटाउँछन् । राम्रो र नराम्रो सबै अटाउँछन् ।
धर्म त्यो आकाश हो जहाँ घाम, पानी, बादल, धूलो, वायु, तारा, ग्रह, उल्कापिण्डझैँ हरेकका फरकफरक चरित्र अटाएका छन्। कसैले गार्इ काटेर कुनै गल्ती गरेको आभास गर्दैनन् त कोही गार्इको खुरको जल खान्छन्। कोही मूर्ति पूजा गर्छन् त कोही गर्दैनन् इत्यादि। यी सबै आ(आफ्ना चरित्र हुन्। देशकाल र आस्थाका उपज हुन्।
महात्मा त्यो हो, जसले दोश्रोको आत्माको चीत्कारलार्इ सुन्दछ। पुण्य गर्दछ। यसलार्इ धर्म नभनी नछाड्ने हो भने यही नै धर्मको शाश्वत् पक्ष हो।
धर्म के हो?
पूर्वमा विद्वान्हरुले शब्दलार्इ बडो मार्मिक ढंगले प्रयोग गरेका छन् । जो सत्यको अति नजिक छ, उसैले शब्दमाथि विजय पाउने रहेछ। पाणिनि व्याकरण अनुसार धृञ् धातुबाट धर्म शब्दको उत्पत्ति हुन्छ । यसको अर्थ धारण गर्नु हो। हरेक व्यक्तिले आफ्नो स्वभाव नै धारण गरेको हुन्छ। उदाउनु¸प्रकाश दिनु सूर्यको धर्म हो। वायु बहन्छ, त्यही नै यसको धर्म हो। लाग्छ, अब धेरै उदाहरणको आवश्यकता पर्दैन किनकि स्वभाव नै धर्म हो भन्ने कुरा स्पष्ट भएको छ।
पाली भाषामा धम्म शब्दको प्रयोग भएको पाइन्छ। विजयकुमारले ‘खुसी’मा धम्मबाट धर्म बनेको भनेका छन्। उनले यही कुरालार्इ माघ २६ गते सेतोपाटीमा प्रकाशित लेखमा दोहोर्यादएको देखिन्छ। जनजिब्रो सधैँ सरलताको खोजमा रहने हुनाले र भाषिक इतिहासलार्इ नियाल्दा पनि संस्कृत तुलनात्मक रुपमा प्राचीन भाषा भएकाले धर्मबाट धम्म अपभ्रंश भएको मान्नु युक्तिपूर्ण देखिन्छ।
बुद्धको धम्म पाप, पुण्य र धर्मको सामान्य परिभाषाभन्दा अनन्त गुणामाथि छ। धम्म धर्मको उत्तरोत्तर आधुनिक विवेचना हो। अंग्रेजीमा धर्मलार्इ ‘रिलिजन’ भनिन्छ। ल्याटिनबाट यसको उत्पत्तिका चार सम्भावना छन्। पश्चिमको रिलिजन केही संकुचित छ। सुपरनेचुरलको पूजा¸ प्रार्थना र विश्वाससँग जोडिएको छ।
स्वभावबिना कुनै वस्तुको सत्ता हुनै सक्दैन। यसैले त धर्म स्वाभाविक रुपमा हुन्छ। के कसैले निद्रामा सास फेर्न भुल्ने डरले डाक्टरलार्इ गुहारेको छरु के धर्मलार्इ बचाउन जरुरी छरु कि मानवतालार्इरु के धर्म निरपेक्ष वा सापेक्ष भनिरहनु जरुरी छ?
को हो हिन्दु¸के हो हिन्दुत्व ?
हिन्दु राष्ट्रको माग गर्नेहरुले हिन्दूत्वको परिभाषा कसरी गरेका छन् भन्ने प्रश्न निकै गहन र चोटिलो हुन सक्छ। के उनीहरु बृहस्पति आगमले भनेझैं हिमालयदेखि इन्दु सरोवरसम्मको देवनिर्मित देशलार्इ हिन्दुस्थान र त्यसका बासिन्दालार्इ हिमालयको हि र इन्दुको दु मिलाएर हिन्दु भन्दछन् ?(हिमालयात् समारभ्य यावदिन्दु सरोवरः। तं देवनिर्मितं देशं हिन्दुस्थानं प्रचक्षते ।।)
वा गार्इलार्इ पूज्ने, ॐ कारलार्इ मान्ने र पुनर्जन्ममा विश्वास राख्नेलार्इ हिन्दु भन्दछन् (गोषु भक्तिर्भवेत् यस्य प्रणवे च दृढा मतिः। पुनर्जन्मनि विश्वासः स वै हिन्दुरिति स्मृतः।।)
वा लोकमान्य तिलकलार्इ स्वीकार गर्दै सिन्धु नदीको उद्गमदेखि हिन्द महासागरसम्म जसको मातृभूमि भारत फैलिएको छ, त्यसैलार्इ हिन्दु भन्दछन् (आसिन्धोः सिन्धुपर्यन्ता यस्य भारत भूमिका । पितृभूः पुण्यभूश्चैव सैव हिन्दुरिति स्मृतः)
वा माधव दिग्विजयको अनुसार ॐकारलार्इ मूल मन्त्र मान्ने, पुनर्जन्ममा विश्वास गर्ने, गोभक्त¸ हिंसालार्इ त्यागेको भारतगुरुलार्इ हिन्दु मान्दछन् (ॐकारः मन्त्रमूलाढ्यःपुनर्जन्मःदृढाशयः। गोभक्तो भारत गुरुर्हिन्दुहिंसन दूषकः।।)
यी सबै परिभाषामा नेपाल र भारतको अनुपात कति अटाएको छरु धेरैजसोले पर्सियन उच्चारणमा स् लार्इ ह् बोलिने हुनाले सिन्धुसभ्यतालार्इ हिन्दु संस्कृति भनिएको मान्दछन्। यस्ता परिभाषाले आफूलार्इ टाढा पुर्यारउने देखेर कतिले मेरुतन्त्रको सहायता पनि लिने गरेका छन्।
मेरुतन्त्रमा हिन्दुलार्इ ‘हिंसालार्इ त्याग्छ जसले’ भनेर परिभाषित गरिएको छ। यो आम बुज्रुकहरुले व्यापकरुपमा प्रस्तुत गर्ने परिभाषामध्ये पर्दछ।
कतिपयले पञ्चदेवताको पूजा गर्ने, वेद, पुराण, उपनिषद् र स्मृति आदिको आधारमा संस्कृति मान्नेलार्इ नै हिन्दु भन्ने गरेको पाइन्छ। तर यसरी परम्परागत रुपमा संस्कृति मान्नुलार्इ मात्र धर्मको पूर्ण परिभाषा सम्झनु उचित देखिँदैन।
के यस्ता परिभाषाबाट सन्तुष्टि नमिलेर हिन्दु भनिने धर्मको छुट्टै परिभाषा गरिएको छरु छ भने त्यो आम साधारणलार्इ किन बुझाइएको छैनरु यदि स्पष्ट परिभाषा छैन भने किन खोक्रो आडम्बर?
नेपाललार्इ हिन्दु राज्य बनाएर पुग्ने फाइदा के हो रु के धर्मको नाममा हुने छुवाछुतको अन्त्य हुन्छरु के मान्छेले मान्छेलार्इ उँच र नीचको दृष्टिबाट हेर्न बन्द गर्दछरु के समानता र सहिष्णुता अझै प्रगाढ हुन्छरु
यथार्थ के हो भने संसारमा कुनै पनि कुराको ठोस परिभाषा पाउन सकिँदैन। धर्मको पनि कुनै ठोस परिभाषा पाउन सकिँदैन। प्रश्न यथावत् छ – को हो हिन्दु¸के हो हिन्दुत्वरु
कसले मागेको छ हिन्दुराज्य ?
जसले अनादिकालदेखि शासनको मियो वरिपरि दाइँ हालेर सर्वसाधारणको जीवनलार्इ परालझैँ कुल्चिए, तिनै अहिले धर्म बचाउने भन्दै कसिएका छन्। यिनीहरुका पछाडि केही घरपालुवा आज्ञाकारी संगठन पनि होलान्।
अर्कातिर राजनीतिक रुपमा पतनोन्मुख र खिया लागेको भविष्यलार्इ चम्काउन हिन्दुत्वको पाइन लगाउनेहरु पनि फाट्टफुट्ट देखिन थालेका छन्। शासनका भूतपूर्व ठालुहरु र मन्दिर¸मठ एवं आश्रममा बटुक र भक्तहरुको सर्वपक्षीय शोषण गरी लाखौँ कुम्लाउने सीमित साधु एवं पण्डितहरुको अनौठो ऐक्यबद्धता देख्न सकिन्छ।
मौका मिलाएर चौका हान्ने यिनको प्रवृत्ति कम डरलाग्दो छैन।
जसले वेद, पुराण र दर्शनको गम्भीरतापूर्वक अध्ययन गरेका छन्, तिनको नजरमा धर्म बचाउनुपर्ने कुनै जीव होइन। ‘अप्प दीपो भव’भन्ने बुद्ध वचन ओठमा गुन्गुनाउँदै ती मुस्काइरहेका देखिन्छन्।
कर्मकाण्डलार्इ नै धर्मको पर्याय हो भन्ने आत्मघाती धारणा बोकेर धनाढ्यहरुलार्इ स्वस्ति गर्नेहरुको झुण्डले विद्वान्हरुको तटस्थ चेतनालार्इ कदर गर्न चाहन्न। यस्तो बेलामा अवसरवादीलार्इ फाइदा पुग्नु स्वाभाविक छ।
अन्त्यमा¸
संस्कार र सस्कृति धर्मका परिवर्तनशील तत्त्व हुनाले स्थायी रहने कुनै कल्पना गर्न सकिन्न । हामी हाम्रा महर्षिहरु जस्तै रुखका बोक्रा काढेर लँगौटी लगाउन सक्दैनौँ। बाँच्ने त केवल प्रेम¸सद्भाव र आस्था मात्र हुन्। यी नै धर्मका स्थायी तत्त्व हुन्।
प्रतिस्पर्धाको वर्तमान युगमा आफ्नो र परिवारको आवश्यकता पूरा गर्न सक्नु नै अश्वमेध यज्ञ गर्नु जस्तो भएको छ। यस्तो चुनौतिपूर्ण युगमा जन्मेर पनि जसले न्यूनतम नैतिकता र इमान जोगाउने ख्याल राख्छ, त्यही नै सही अर्थमा महात्मा हो। उसैको धर्म अनुकरणीय हुन्छ।
यदि हाम्रो लक्ष्य निरन्तर प्रगति हो भने स्वभाविक रुपमा धार्मिक, जातीय, लैंगिक, वर्गीय, क्षेत्रीय आदि सबै विभेद नामेट भएर जानेछन्। धर्म र शासनको आडमा विगतमा भएको दमन र शोषणलार्इ लुकाउन मिल्दैन, सकिँदैन र सुहाउँदैन पनि।
तर त्यो भन्दा पनि नसुहाउने कुरा हामीमा रहेको प्रतिशोधपूर्ण विचार हो। यसले हामीलार्इ उम्कनै नसक्ने दलदलमा फसाउनेछ। सबै खाले अहंकार र प्रतिशोधलार्इ त्याग्न सकेनौँ भने हामी बाँचेको समय इतिहासमा एक जटिल अध्याय मात्र बन्नेछ। जसरी राणाकाल र पञ्चायतकाल प्रति कसै गरे पनि सहानुभूति उत्पन्न हुन सक्दैन, त्यसरी नै आगामी पुस्ताले हामीप्रति सहानुभूति देखाउन सक्नेछैन।