एक युवक आफ्नो जीवनको समस्या समाधान गर्न एक ज्ञानी सन्तकहाँ पुग्यो। उसले ज्ञानी सन्तको सामु जिज्ञासा राख्यो 'जीवनको सम्पूणं ज्ञान के हो?'
ज्ञानी गुरु दुईपलको लागि मौन भए र जुरुक्क उठे।
कोठाको झ्याल नजिक युवकलाइं लिएर आए। झ्यालबाट बाहिर हेर्न भने। झ्यालमा पारदर्शी सिसा थियो। बाहिर सडक सिसाबाट स्पष्टै देखिन्थ्यो। युवकले झ्यालबाट हेर्यो। सडकमा मानिसहरु हिँडिरहेका थिए।
अनि ज्ञानी सन्तले सोधे ‘तिमीले झ्यालबाट के देख्यौ?’
युवकले भन्यो,‘सडकमा मानिसहरु हिँडिरहेका देखेँ। सन्तले युवकलाई झ्यालबाट कोठामा फर्काए। भित्तामा झुण्डीएको ऐना नजिकै लिएर गए। अनि ऐनामा हेर्न भने। युवकले ऐनामा हेर्यो। आफूलाई नै देख्यो।
सन्तले फेरी प्रश्न गरे ‘के देख्यौ?’ युवकले भने ‘ऐनामा मैले स्वयंलाई देखेँ।’
सन्तले युवकको जीवनको सम्पूर्ण समस्या समाधान गर्दै भने —जब तिमी मलाई सोध्न चाहन्छौ कि जीवनको सम्पूर्ण ज्ञान के हो? यहि हो कि सिसामा हेर्यौ भने तिमी अरुलाई देख्छौ तर ऐनामा हेर्यौ भने स्वयं आफूलाई देख्छौ। ज्ञान अरुलाई हेर्नको लागि हुन्छ। ध्यान आफूलाई हेर्नको लागि हुन्छ। ज्ञान मानिसको लागि सिसा जस्तो हो भने ध्यान ऐना जस्तो हो। ज्ञान ध्यानको पृष्ठभूमिका हो। ध्यान ज्ञानको उपसंहार हो। ध्यानमा जानको लागि ज्ञान उपयोगी हुन्छ। ज्ञानको पूर्णता तव मात्र हुन्छ जव मानिस ध्यानको अनुशरण गर्दछन्। ध्यान आफू भित्रको चेतनामा फर्कनु हो।
विना ध्यान ज्ञानमा पूर्णता हुँदैन अनि विना ज्ञानले ध्यानमा परिपक्वता आउँदैन। यसैले ध्यान र ज्ञान दुवै एक अर्काको परिपूरक हो। वर्तमान संसार ज्ञान प्रति अन्ततः जागरुक छ।तर त्यो ज्ञान तब सम्म उपयोगी हुँदैन जवसम्म हामी ध्यानको मार्गमा हिँड्दैनौँ। किनकी ज्ञानबाट हामी अरुलाइं चिन्न सक्छौँ,बुभ्mन सक्छौँ तर आफूलाई चिन्न सक्दैनौँ। यदि आफू चिन्न सकेनौँ भने त्यो ज्ञानको उपदेयता के नै हुन्छ र ?
ज्ञानी व्यक्तित्वहरु भन्ने गर्नुहुन्छ हामीले सबै चिनेका छौँ बुझेका छौँ। तर के सबै चिनेको, बुझेको व्यक्तिले आफूलाई पनि बुझन सक्छ र? के उ नाम हो ? के उ पद हो ? पक्कै पनि होइन । यसैले आपूmलाई चिन्नको लागि ध्यान सुत्रको बाटोबाट आफू भित्र पस्दै गयौँ भने समस्त धर्मको सार, अध्यात्मीक मार्गको सार ध्यान हो भनेर हामीलाई थाहा हुन्छ। जस्तो शरिरमा हाम्रो मुख्य भाग मष्तिक हो, रुखको जरा हो ,त्यस्तै संसारमा सबै अध्यात्मीक धर्मको सार ध्यान हो।
महावीरले सन्यास लिएपछि १२ वर्ष सम्म केवल एउटै काम गरेका थिए। त्यो हो ध्यान। सन्यास भएपछि उनी पूर्णत एकान्तमा बसे। जंगलमा वन र उपवनमा गए। मौन भए। मौन भएपछि उनी साढे बाह्र वर्षसम्म चिन्तन मनन् गर्दै ध्यानमा बसे। महावीरलाई जुन परिणाम साढे बाह्र वर्षमा प्राप्त भयो, बुद्धलाई केवल ६ वर्षमा प्राप्त भयो। महावीर भन्दा पहिला पारसनाथलाई अझ कम समयमा प्राप्त भएको थियो। ओशोलाई २१ वर्ष उमेरमै प्राप्त भएको थियो भने श्री श्री रविशंकरलाई ३० वर्षकै उमेर प्राप्त भएको थियो।
यो त व्यक्ति व्यक्तिमा निर्भर गर्दछ कि उसको पूर्वको कर्म कति सघन छ? जति सघन कर्म हुन्छ, मानिसलाई यो जुनीमा सो कर्म मेटाउन उतिनै समय लाग्छ। पूर्व कर्म कम छ भने, त्यसलाई मेटाउन पनि कम समय लाग्छ। यसैले महावीरलाई साढे वाह्र वर्ष लागेकोमा बुुद्धलाई मात्र ६ वर्ष लाग्यो । महावीर,बुद्ध, ओशो, श्री रविशंकर जति पनि अध्यात्मीक गुरुहरु हुनुहुन्छ, वहाँहरु सबैले सन्यास लिएपछि ध्यानमा जोड दिनु भयो ।
तर वर्तमान युगमा ध्यान प्रति पटक्कै उत्साह छैन। पुजा पाठमा समय निकालिन्छ, तर ध्यान जस्तो गहन विषयमा समय निकालिँदैन । किनकी संसारमा व्यक्तिमा ज्ञानको बढी मूल्य छ। कारण, बाँच्नको लागि ज्ञान उपयोगी छ। ज्ञानबाट अरुको नजरमा आफू असल ठहरिन्छ। प्रतिष्ठित होइन्छ। तापनि आफूलाई चिनेको हुँदैन। आफूलाई नचिन्दैमा अरुले हामीलाई मुर्ख भन्दैन। यसैले आज संसारमा ज्ञानको महत्व थपिदै गएको छ। अनि ध्यानको महत्व विलिन हुँदै जाँदैछ। खास गरेर जो मनुष्य मुक्तिको इच्छा राख्दछन्, मोक्षको अवधारणा राख्दछन्, परमात्मा तत्व प्राप्त गर्न जिज्ञासु छन्, संसारलाई भवः भ्रमण को कारण मान्दछन र भवः भ्रमण बाट छुटकारा पाउन चाहन्छन्, उनीहरुको लागि ध्यान नै प्रथम आधार हो। ध्यान धर्मको सार हो। ध्यान धर्मको साँचो हो। ध्यान अध्यात्मको अनुष्ठान हो।
जब हामी बाहिरको ज्ञानबाट तृप्त हुन्छौँ, बाहिरको दौडबाट थाक्छौँ, त्यसबेला हामी आफूभित्र फर्कन चाहान्छौँ। तर फर्कनको लागि पनि बाटो चाहिन्छ।
बाटोको के हो त? एउटै बाटो छ त्यो हो - ध्यान।
आज प्रत्येक व्यक्ति बिरामी छ। मानवता बिरामी छ, त्यो बिरामीलाई हटाउन ध्यानको आवश्यकता हुन्छ।
ध्यान योगले हामीमा भएको बिरामीपनलाई हटाउन मद्धत गर्दछ।
बुद्धले जब दिक्षा दिनु हुन्थ्यो, सन्यास दिनु हुन्थ्यो, सन्यास दिने वित्तिकै वहाँ उनीहरुलाई एकान्तमा जाउ, स्वयंलाइ जान, स्वयंको कर्मको निर्जला गर, पूर्ववत कर्मको क्षय गर र जव तिमीलाइं लाग्ने छ कि तिमी आफ्नो कर्मबाट मुक्त भयौ, आत्मअनुभूतिको गौरवबाट सारपूर्ण भयौ, अनि समाजमा फर्के आउ। किनकी समाजमा फर्केर आउनु पर्छ, ज्ञानको धरातलमा पनि फर्कनु पर्छ, समाजको धरातलमा पनि फर्कनु पर्छ, भनेर भन्नु हुथ्यो। किनकी बुद्ध पनि फर्केर आउनु भयो। पतन्जली पनि जंगलमा योग साधना गर्नु भयो, आत्म ज्ञानको प्राप्ति पछि समाजमा फर्केर आउनु भयो। र उहाँले योग सुत्रआदि लेख्नु भयो। तर पहिला स्वयं आत्म अनुभुतिको धरातलमा जानु भयो।
ध्यान के हो ? ध्यान शब्दको अर्थ हो डुब्नु। ध्यान शब्दको अर्थ हो लाग्नु। ध्यान शब्दको अर्थ हो एक लय हुनु।
प्रश्न आउँन सक्छ के मा एकलय हुनु?
यदि एक विद्यार्थी पाठ्यपुस्तक पढिरहेको छ भने उ आफ्नो पाठ्य पुस्तकमा एकलय हुनु पर्छ। सफलताको आधार यहि हो। यदि हामीले बाहिरी दुनियाको आँखावाट हेर्यौँ भने ध्यानपूर्वक गरेको काम, सफलताको कारण हुन्छ। यसैले ध्यान जरुरी छ। यदि हामीले ध्यानलाई अध्यात्मसंग जोड्यौँ भने आत्मज्ञानको आधार हुन्छ, संसार संग जोड्यौ भने सफलताको आधार बन्छ। यसैले आज ज्ञान जति महत्वपूर्ण छ ध्यान त्यतिकै आवश्यक छ। मन, विचार र आत्मशुद्धिको लागि ध्यान आज अपरिहार्य भएको छ।