नगरपालिका शब्दले प्राचीन नगरराज्यको झल्को दिन्छ। कतिपय राज्यहरु जनसहभागिताका नमुना थिए। आज पनि साना, ठूला, संघात्मक वा एकात्मक राज्यहरुमा राजधानी लगायत टाढा–टाढाको उद्योग व्यवसाय, यातायात सञ्चार, शिक्षा स्वास्थ्य र सुरक्षाको अपेक्षाकृत राम्रो व्यवस्था भएको, स्वशासनको क्षमतावान, सचेत नागरिकहरुको होनहार वस्तीलाई नगरपालिका घोषित गरेर अधिकार सम्पन्न गराउने चलन छ।
लामो समयदेखि आवश्यक पूर्वाधारका प्रमाण पेश गरी नगरपालिकामा सुचिकृत हुन प्रयासरत प्रस्ताविक (७२+६१) १२३ लाई २०७१ को बैशाख र मंसिरमा गरी नगरपालिका घोषित गर्दा नगरवासीहरु विकासको फडको मार्न हौसिएका छन्।
भनिन्छ "Rome was not built in a day" २०१६ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले “...उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ..।” भन्ने कविताको आसयमा सायदै कसैलाई विश्वास थियो होला दशकै भित्र २०२५ साउनमा एपोलो ११ का यात्री नील, आर्मस्ट्रङ चन्द्रमामा अवतरण होलान भनेर।
दिल्ली, मुम्वई, जेनेभा, पेरिस, लण्डन, न्युयोर्क, टोकियो, सांघाई, हङ्कङ, सिङ्गापुर, सिड्नी, एडीलेड, आदि विश्वका चर्चित नगरपालिकाहरु हालको स्वरुपमा आइपुग्न दिगो विकासको खाकामा ठूलो धनराशि, सरकार र सरोकारवालाको तत्परता इमान्दारी र समर्पणका साथ परिश्रम र लामो समय लगानी भएको हो।
हिमालको फेदीमा, रमणीय उपत्यका स्थित नेपालको राजधानी प्राचीन शहर काठमाडौंका सडकहरुलाई फराकिलो बनाउन खोज्दा हिजोआज नगरवासीले बेहोर्नु परेको क्षति र भोग्नु परेको पीडाबाट शिक्षा लिइ व्यापारिक, औद्योगिक, पर्यटकीय शहरीकरणको सम्भावना बोकेका नवघोषित नगरपालिकामा दिगो विकासका लागि शहरी विकास तथा नमुना वस्ती विकासका लागि नगरपालिका एवं सरोकारवाला सबैले विभिन्न चरणको बहस र छलफलबाट तय गरिएको स्पष्ट लक्ष्य(Clear Vision) हासिल गर्न तत्कालिन, अल्पकालिन र दीर्घकालिन योजना गुरु योजना निर्माण गर्न आजको समय अति महत्वपूर्ण हो। जसको प्रभाव सदियौंसम्म रहिरहने छ।
सगरमाथाको देश, बुद्धको देश, कस्तुरी, बाघ, भालु, सुगा, मैना, डाँफे, चौंरी, बाह्रसिंगे, हात्ती, गैंडा, गोही आदि जलचर थलचर उभयचर जीवजन्तु, पशुपंक्षीको साझाचौतारी, मेची, कोशी, गण्डकी, कर्णाली, महाकाली जस्ता पवित्र गङ्गाका निर्मल अपार जलसम्पदाको देश, अन्मोल जडीबुटी, अन्न र फलफूलको भण्डार, सयभन्दा बढी जाति जनजातिको मैत्रीपूर्ण मालामा गाँसिएको नेपाल विश्वकै अति कम विकसित मुलुक ९ीभबकत म्भखभयिउभम ऋयगलतचथ० मध्येमा परेको अवस्थालाई अति मार्मिक र सम्वेदनशील मानी दशकै भित्र उक्त कलंकबाट उन्मुक्ति पाउनमा आ–आफ्नो नगरपालिकाको महत्वपूर्ण भूमिका रहने अठोटका साथ योजना तर्जुमा गर्नु उपयुक्त हुन्छ।
सबै किसिमका योजना गुरुयोजना तयार गर्न, अभिलेख तयार गर्न, साविक गा.वि.स र हाल न.पा.का वडा भन्ने दोहोरो पहिचानबाट मुक्त हुन कुनै पनि सुविधा र दोहोरोपनबाट मुक्त भए न.पा. कै नाम, काम र उद्देश्यमा नै सरोकारवाला सबै एक मन एकाकार हुन जग्गा पुनः नापी (सर्वे नापी) को कार्यक्रमलाई उच्चतम प्राथमिकतामा राखेर आ.व. २०७२।०७३ भित्र नयाँ संरचनायुक्त नगरपालिकाको वास्तविक स्वरुप तयार पार्नु नै विकासको पहिलो पुर्वाधार हो। पुनः जग्गा नापी नगरिएसम्म नगरपालिकाको कमजोर र अप्रष्ट खोल भित्र साविकका गा.वि.स. नै लुकेर बसेका देखिनेछन् र जताततै अन्यौल र अल्मलाट रहने छ। सम्बन्धित क्षेत्रका माननीय सांसदज्यूको पहलमा, संघीय तथा स्थानीय विकास मन्त्रालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, अर्थमन्त्रालयको समन्वयात्मक भूमिकाले मात्र कार्यक्रम सम्पन्न हुने सम्भावना देखिन्छ। जग्गा पुनः नापी नभएसम्म पनि योजना र कार्यक्रमहरुलाई न.पा. ले अगाडि बढाई राख्न उपयुक्त नै हुन्छ।
हिमाल, पहाड र तराईको भिन्नाभिन्नै भौगोलिक अवस्थानुसार स्थान सुहाउँदा योजना उपयुक्त हुन्छन्। तराईका नवघोषित नगरपालिकाको लागि सम्भाव्य स्थानीय सडक यातायात समेत सन्दर्भमा लेख मार्फत केही सुझावहरु अघिसारिएका छन्।
१. नगरपालिका क्षेत्रमा न.पा. केन्द्र घोषित बजारलाई आधार बिन्दु मानेर शहरको उपयुक्त आकार निर्धारण गर्न उपयुक्त आकार निर्धारण गरी प्रस्तावित शहरको किनारी भाग तर्फ एक शहरी चक्रपथ निर्धारण गर्न उपयुक्त हुनेछ।
२. नगरपालिकाको लम्वाई चौडाईका आधारमा सकभर दुवै चक्रपथको बीच तर्फको वासिन्दाले १ कि.मि. (१०००मि.) भन्दा बढी हिंड्न नपर्ने गरी सबैको पहुँचका लागि थप चक्रपथहरु निर्धारण गर्न उपयुक्त हुनेछ।
३. चक्रपथको चौडाई कम्तिमा १६ मि. हुनु उपयुक्त हुनेछ।
४. चक्रपथ निर्धारण गर्दा साविकका बाटाहरुलाई नै समावेश गर्नु उपयुक्त हुनेछ।
५. शहरी चक्रपथ ९ऋष्तथ च्ष्लन च्यबम० को प्रत्येक १०० मि. मा क्रसरोड हुनु आवश्यक देखिन्छ जसको चौडाई कम्तिमा ८ मि. उपयुक्त हुनेछ।
६. शहरी चक्रपथ भित्रका साविक तथा नयाँ सडकहरुको मापदण्ड निम्न अनुसार कायम गर्दा उपयुक्त हुनेछ।
(क) प्रथम श्रेणीका बजार सडकहरुको चौडाई १६ देखि २० मि.
(ख) दोस्रो श्रेणीका बजार सडकहरुको चौडा ११ देखि १५ मि.
(ग) तेस्रो श्रेणीका बजार सडकहरुको चौडाइ ८ देखि ११ मि.
(घ) गल्ली सडक ५ देखि ७ मि.
सडक यातायात सम्बन्धी आगामी नगर परिषद् लगत्तैबाट कार्यान्वयन गर्ने गरी यथासम्भव चाँडै विस्तृत कार्ययोजना अधिकृत कार्ययोजना बनाउन नगरपालिका (न.पा.) प्राविधिक टीम, कार्यकारी अधिकृत, न.पा. परिवार सर्वदलीय बोर्ड, योजना तर्जुमा समिति, वडा नागरिक मन्च, समाज सेवी बुद्धिजीवी, सम्बन्धित क्षेत्रका राजनैतिक दल तथा सांसदको तत्परता र समर्पणमा भर पर्नेछ।
१०० वर्ष भन्दा पनि पछिसम्म उपयुक्त हुने पुल–पुलेसा, सडकपेटी, ढल निकास, चोक, सार्वजनिक शौचालय, वाल–वाटिका, खेलमैदान, कभर्डहल, स्टेडियम, विद्यालय, पुस्तकालय, क्याम्पस, खानेपानी, अस्पताल, फोहरमैला व्यवस्थापन स्थल, हरित पेटी तथा खुला चौर, पुष्प वाटीका, नगर सभाहल आदिको उपयुक्त डिजाईन स्टीमेट तयार गर्ने प्रमुख दायित्व प्राविधिक वर्गको नै रहन्छ।
“...................... को तत्परता, इमान्दारी र समर्पणमा नै देशको उज्ज्वल भविष्य निहित छ।”